पोखरा:     कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट—ठूलीवेशी—देउपूरवेसी—पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।  गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगर...

पोखरा:    पोखरा ३० स्थित खुदिखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्य  भएको छ ।  शुक्रबार खुदीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर बिष्णु थापामगरको मृत्यु भएको हो ।  पोखरा महानगरपालिका–३० खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा थापामगर गम्भीर घाइते भएका थिए ।  करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि सरुवा तथा संक्रमण अस्पताल शिसुवा पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

पोखरा:   अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ तल्लोकोट ठाँटीमा मृत्यु भएका  ५ जनाका सामूहिक अन्त्योष्टी गरिएको छ ।    माथिबाट आएको पहिरोमा परेर मृत्यु भएका ७ जना मध्ये ५ जनाको चिन्तेबौर सेती नदीकिनार चिन्तेबौर घाटमा सामुहिक दाहसंस्कार गरिएको हो ।   कुल बहादुर परियार र उनी श्रीमती मनकुमारी परियारलाई एउटै चितामा अन्त्योष्टी गरिएको स्थानीय भुजेलले जानकारी दिए । उनका अनुसार कुल बहादुरका कान्छी छोरी प्रशना परियार, आमा लक्षिमा परियार र राधिका परियारको पनि सोही घाटमै अन्त्योष्टी गरिएको हो ।     माइत आएकी कुलबहादुरका छोरी प्रभा परियार र ज्वाई अस्मित परियारको शव भने उनीहरुकै घर पठाइएको थियो ।   उक्त पहिरोमा परी कुल बहादुरका छोरा पवन परियार घाइते भएका छन् ।   यो पनि पढ्नुहोस   कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु, ३ जना घाइते   अब कुल बहादुरको सन्तानको रुपमा जेठी छोरी जापानमा रहेकी छिन् भने छोरा पवन घाइते छन् ।   गएरातीका पहिरोमा परेर कास्कीका कुल ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका थिए ।

पोखरा:   पोखरा महानगरपालिका–१९ पुरनचौरमा पहिरोमा पुरिएर मृत्यु भएका ५ जनाको अत्येष्टी गरिएको छ । उनीहरुको भुज्रुङखोला स्थित सेती घाटमा अत्येष्टी गरिएको हो ।  गएराति करिब १०  बजेको समयमा पुरनचौरमा पहिरो जाँदा ४७ वर्षीय कुलबहादुर परियारको घर पुरिएको थियो ।    पहिरोमा पुरिएर मृत्यु भएका पोखरा महानगपालिका–१९ पुरनचौर घर भएका ४७ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लश्रीमा परियार, १५ वर्षीय प्रशना परियार र राधिका परियारको सामुहिक अन्येष्टी गरिएको हो ।  गएराति पुरनचौर पहिरो जाँदा ७ जनाको ज्यान गएको थियो । पहिरोमा पुरिएर मृत्यु भएका २५ वर्षीय अस्मित परियार र २० वर्षीय प्रभा परियारको शव परिवारले लगेका छन् ।  गएराति कास्कीको तीन स्थानमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । भने, ४ जना घाइते भएका छन् । 

पोखरा:     मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन असार २९ गते हुने भएको छ । १६ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक पनि क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन लेकसाइड स्थित होटेल बाराहीमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगाएत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन ई–सेवा तथा अडिसनमै  वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । पोखरा अडिसनबाट करिब ५ देखि १०  जना छनौट गरिने र उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा फेरि अडिसन हुनेछन् । जहाँबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ । प्रशिक्षणपछि काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुनेछ । पोखराबाहेक नेपालगंज, बुटवल, चितवन, हेटौडा, जनकपुर,दमक र विराटनगरमा अडिसन सम्पन्न भइसकेको छ। मिस्टर नेपालको विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यस्तै मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिकाले चालु आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा सचिव विष्णुप्रसाद भट्टराईलाई सम्मानित गरेको छ ।  गाउँपालिकाको गाउँसभाको १५ औं अधिवेशनको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा नम्बर ८ का वडासचिव भट्टराईलाई आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गरेको आधारमा सम्मान गरेको हो ।  माछापुच्छ्रे गाउँपालिका–८ मा कार्यरत वडासचिव भट्टराईले वडामा आर्थिक वर्ष २०८०÷०८१ मा राजश्व संकलन लगायत समग्र सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।   

पोखरा:   कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्य  भएको हो । कास्कीको पोखरा महानगरपालिका नम्बर १९, ३२ र मादी गाउँपालिकामा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा पुरिएर ३ जना घाइते भएका छन् ।   पोखरा महानगर–१९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।  उनका अनुसार बिहीबार राति १० बजेतीर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको श्रीमती ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय आमा लक्षिमा परियार, छोरी १५ वर्षीय प्रशना परियार , २० वर्षीय प्रभा परियार, ज्वाइँ २५ वर्षीय अस्मित परियार र उद्धार गर्ने क्रममा तल्लोकोट बस्ने राधिका परियारको मृत्यु भएको हो ।    छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको सूचना अधिकारी शर्माले बताए ।  पहिरोमा पुरिएर १७ वर्षीय पवन परियार र ३१ वर्षीय कुमार परियार घाइते भएका छन् र उनीहरु उपचार पछि डिचार्ज भइसकेको प्रहरीले जनाएको छ ।  यस्तै पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीय अनिता ओझा, ११ वर्षीय अनुस्कार ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीमा पुरिएर ४० वर्षीय आरती ओझा घाइते भएकी छिन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।  यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्युु  भएको छ ।  ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।  

पोखरा:   अविरल वर्षाका कारण बाढी र पहिराले देशभर भएको जनधनको क्षति प्रति नेकपा (एमाले) कास्कीले दुःख व्यक्त गरेको छ ।  नेकपा (एमाले) कास्कीका सचिव दर्शन लामाले आज विज्ञप्ती जारी गर्दै अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भएको जनधनको क्षति प्रति दुःख व्यक्त गरेको हो ।  सचिव लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘हाल कास्की जिल्ला र देशभर विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति नेकपा एमाले जिल्ला कमिटी दुःख प्रकट गर्दछ, उक्त वर्षातका कारण विपद्जन्य घटनामा परेर कास्कीमा असार महिनामा मात्र ३ जनाले ज्यान गुमाएका छन् । मृतक सबैमा नेकपा एमाले जिल्ला कमिटी कास्की भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दर्छौ ।’   एमाले कास्कीले प्राकृतिक प्रकोप पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरणमा सहयोग पुर्याउन राज्यका संयन्त्रहरुको ध्यानाकर्षणसमेत गरेको छ ।  प्राकृतिक प्रकोपबाट उत्पन्न यस दुःखद घडीमा पाटीको सबै कमिटी जनसंगठनहरुलाई आवश्यक समन्वय  र सहकार्यसहित उद्धारमा लाग्नसमेत निर्देशन दिएइको छ ।  मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार अझै पनि वर्षाको सम्भावना कायमै रहेकाले जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन र क्षति न्यूनिकरणतर्फ गम्भीर हुनसमेत एमाले कास्कीले सुरक्षा निकायलाई आग्रह गरेको छ ।  

पोखरा:    पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुजिँगत खर्च गरेको छ । भने चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि वडाले ४ करोड ८ लाखको बजेट कार्यान्वयन गरेकोमा पुजिगततर्फ २ करोड ७७ लाख बजेटमा २ करोड ३२ लाख  र चालु तर्फ १ करोड ८ लाख बजेट बिनियोजन गरेकोमा ८५ लाख ५० हजार खर्च भएको वडा सचिव प्रमिला सुवेदीले जानकारी दिइन् । वडाले सबैभन्दा धेरै रकम पूर्वाधार निर्माणमा खर्च गरेको छ । यसैगरी वडाले ५ करोड ६४ लाख राजश्व संकलन गरेको छ । भूमि तथा मालपोत करबाट सबैभन्दा धेरै १ करोड १४  र व्यवसाय दर्ता तथा नविकरणबाट ६० लाख २० हजार राजश्व संकलन भएको सचिव सुवेदीले जानकारी दिइन् । वडा कार्यालयको आयोजना र पब्लिक फोरके टेलिभिजनको सहकार्यमा भएको पब्लिक सरोकार कार्यक्रममा  वडासचिव सुवेदीले चालु आर्थिक वर्षको प्रगति विवरण पेश गरेकी थिइन् । कार्यक्रममा सहभागी वडावासीले फेवा नहर र  विधुत नहरमा छेकबार, फोहोर संकलनलाई नियमित र प्रभावकारी बनाईनुपर्ने, खानेपानीको अभाव रहेको र फेवा ताल सरसफाइ   लगायतका विषयमा जिज्ञासा राखेका थिए ।  बिजुलीको नाङगो तार विस्थापन गर्न, सोलार बत्ती मर्मत, युवा लक्षित कार्यक्रमलाई बजेटमा समावेश गर्न उनीहरुले माग गरे । स्थानीय अनन्त लम्सालले वडामा खानेपानीको समस्या सभाधान गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराए । उनले बर्षातमा आउने बाढी नियन्त्रण र ढलको दिर्घकालिन समाधन गर्नुपर्नेमा जोड दिए । युवा व्यवसायी इश्वर केसीले सार्वजनिक स्थानमा सिसिक्यामेरा जडान र जडान भएका क्यामेरालाई चुस्त राख्ननुपर्ने बताए । डिआर भट्टराईले वडामा  भौतिक पूर्वाधार मात्र प्राथमिकतामा परेको भन्दै जेष्ठ नागरिक र बालबालिका खेल्ने बगैँचा, पार्क र हरियाली प्रवद्र्धनका कार्यक्रममा ध्यान दिन आग्रह गरे । शान्ती लिम्बुले मतगौँडा जग्गाको हालसावी नहुदाँ स्थानीय समस्यामा परेको भन्दै हालसावीका लागि आग्रह गरिन् । सहभागीले विकासको प्राथमिकता पहिचान गरी गुणस्तरीय र पारदर्शी रुपमा बजेट खर्च गर्न साथै वडाबाट दिइने सेवालाई चुस्तदुरुस्त बनाउन सुझाव दिए । सहभागीका प्रश्नको जवाफ दिदै वडाध्यक्ष राधिका शाही योगीले वडाको आवश्यकता र जनताको माग अनुसार नै वडाले काम गदै आएको बताइन् । फेवा नहर र विधुत नहरमा बालबालिका डुबेर मुत्यु हने गरेकाले सिंचाई कार्यालय र विधुत प्राधिकरणसंग मिलेर नहरलाई छेकबार गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । अहिले भएको स्थानमा वडा कार्यालय साधुरो भएकाले ६ महिनाभित्र नयाँ भवनमा वडा कार्यालय स्थान्तरण गरी सेवाग्राही मैत्री कार्यालय बनाइने बताइन् । कार्यक्रममा उठेका जिज्ञासाको जनप्रतिनिधि, सचिव, प्राविधक कर्मचारीले जवाफ दिएका थिए । कार्यक्रमको सहजिकरण पब्लिक फोरके टेलिभिजनका प्रस्तोता अमृत कुमार भट्टराइले गरेका थिए ।

पोखरा:    ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन ।  हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत अध्यक्ष चयन भएकी हुन ।  एशोसियसनको वरिष्ठ उपाध्यक्षमा चित्र कुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया विश्वकर्मा र सह सचिवमा पुष्पा पौडेल सर्वसम्मत चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा कामना गुरुङ, मन्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ चयन भएका छन । त्यस्तै ब्यूटीपार्लर एशोसियशन कास्कीको अध्यक्षमा छाँया ढकाल, उपाध्यक्षमा सुनिता गुरुङ, सचिवमा शिशिर गोदार, उपसचिवमा हिमलादेवी गुरुङ, कोषाध्यक्षमा शान्ता लामिछाने र सह कोषाध्यक्षमा प्रभा वैद्य सर्व सम्मत चयन भएका छन । एशोसियसन कास्कीको सदस्यहरुमा शुसिला केसी, प्रमिला जोशी, टीका पुन, पूर्णकला गुरुङ र  निकिता गुरुङ चयन भएका छन । त्यस्तै ब्यूटीपार्लर एशोसियसन लेखनाथ ईकाइको अध्यक्षमा शोभा पौडेल सर्वसम्मत चयन भएका छन । ईकाइको उपाध्यक्षमा पवित्रा गौतम, सचिवमा शिल्पा परियार, सह सचिवमा लक्ष्मी कुमाल र कोषाध्यक्षमा अमृता गुरुङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा रश्मी गिरी, सुस्मिता खड्का, पार्वती हरिजन, बिन्जु गोदार र अस्मिता परियार चयन भएका छन । उक्त अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आत्मनिर्भर बन्न र अर्थतन्त्रलाई नियन्त्रित गराउनका लागि ब्यवसाय गर्न आवश्यक रहेको बताए । बरालले ब्यूटीपार्लर पेशालाई राज्यले बेवास्था गरेको भनाइप्रति सहमत जनाउदै ब्यूटीपार्लर ब्यवसाय मार्फत राज्यको अर्थतन्त्रमा टेवा पुगेको हुँदा यस पेशा प्रति सरकार सकारात्मक भएर लाग्नुपर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीका महिला अध्यक्ष चिनु गुरुङले सौन्दर्य पेशामा महिलाहरुलाई  सम्पर्कमा राखेर ब्यवशाय सञ्चालन गर्नुपर्ने भएकाले कोरोना लगायतका सरुवा रोगहरुको जोखिममा रहेको र सरकारले समेत सुचीकृत गरेको भएतापनि सरकारले त्यसबारेमा चासो नदेखाएको बताइन ।   कार्यक्रममा ब्यूटीपार्लर एशोसियसन गण्डकीका अध्यक्ष रुपकला श्रेष्ठले ब्यवशायीहरुले आफुहरुलाई समय अनुसार आफुहरुलाई अपडेट गर्न आवश्यक रहेको बताए । सौन्दर्य पेशामा प्रयोग हुने सामाग्रीहरु दिन प्रतिदिन अपडेट भएर आउने भएकाले ब्यवसायीहरुले विभिन्न तालिमहरुको माध्यमबाट अपडेट हुनुपर्ने उनको भनाइ रहेको थियो ।