पोखरा:     कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट—ठूलीवेशी—देउपूरवेसी—पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।  गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगर...

कास्की:   पोखरा महानगरपालिका २५ को नयाँ प्रशासनिक भवनबाट सेवा सुरु भएको छ ।   पहिले सेवा दिदै आएको कार्यालयबाट सेवा दिन कठिनाई भएको हुदा नयाँ कार्यालयबाट सेवा प्रदान गरिएको हो ।    नयाँ भवनकाो उद्घाटन मेयर धनराज आचार्यले गरे ।   सो अवसरमा बोल्दै मेयर आचार्यले भूगोलको हिसाबले पोखरा ठुलो महानगरपालिका भएको बताउदै जनसंख्या पनि धेरै भएको बताए। सेवाग्राहीको सेवाका लागि भवन आवस्यक रहेको बताउदै अब नागरिकले नयाँ भवनबाट सहज सेवा पाउने विश्वास व्यक्त गरे ।   कार्यक्रममा पोखरा २ का वडाध्यक्ष  दिवसमान प्रधानांग, साबिक हेमजा गाविसका अध्यक्ष रामचन्द्र त्रिपाठी  र गौरीशंकर माविका अध्यक्ष भोजराज पौडेल लगायतले बोलेका थिए ।

पोखरा:   युनाइटेड क्लब पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका ४ परिवारलाई आर्थिक सहयोग गरेको छ ।   पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो ।   क्लबले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापित विपद् व्यवस्थापन कोषमार्फत आर्थिक सहयोग गरेको हो ।   आर्थिक सहयोग अन्तर्गत पोखरा ३२ चैनपुर आरती ओझाको परिवारलाई १० हजार, पोखरा २७ अर्चलेका स्वर्गीय अनमोल सुनार र स्वर्गीय भीम थापाको परिवारलाई १०÷१० हजार र पोखरा १९ पुरनचौरका पहिरोबाट ७ जना परिवार गुमाएका पवन परियारलाई २५ हजार नगद प्रदान गरेको हो ।   युनाइटेड क्लबले प्रत्येक वर्ष विपदमा परेका परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको र सोही कार्यक्रम अन्तर्गत असार महिनामा अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले बताए ।   उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमाल बख्रेल, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सुुर्य बहादुर बानियाँ, सह कोषाध्यक्ष सीमा गुरुङ, कार्यसमिति सदस्यहरु सन्तोष कार्की, जयराम आचार्य, पूर्ण कुमार श्रेष्ठ र आजीवन सदस्य कृष्ण गौतम, सल्लाहकार रमेश कार्की लगायतको उपस्थिती रहेको क्लवका महासचिव दिनेश सुनारले बताए ।   स्थापना कालदेखीनै देउसीभैलो कार्यक्रम गरी संकलन भएको रकमबाट विपद ब्यवस्थापन कोष स्थापना गरी नेपालको पश्चिम कैलाली देखी पूर्वमा उदयपुर सम्म विपदमा परेकाहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आइरहेको बताउदै बिपदमा परी ज्यान गुमाएका प्रति श्रद्धान्जली सहित परिवारमा समवेदना प्रकट गरेको सुनारले बताए । 

पोखरा:   केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामको आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।   पोखरामा झण्डै साढे दुई दशकदेखि जारी यो कार्यक्रमले यहाँ धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै गएको छ ।   ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बगर शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिनेछ ।   शनिबार पत्रकार सम्मेलनमा विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका बोलबम संयोजक शंकर खरालले कार्यक्रमको आवश्यक तयारी पूरा भएको बताए ।   केदारेश्वर महादेवमणि सेवाश्रमका पिठाधीश डा. चिद्घन चैतन्यले पोखरा धार्मिक पर्यटनको प्रशस्त अवसर भएको सहर भएको बताए । प्रचार संयोजक दुर्गा अधिकारीले बोलबम पोखराको चिनारीसमेत भएकोले सञ्चारमाध्यमबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् ।   कार्यक्रम सफल पार्न विभिन्न उपसमिति गठन गरिएको समिति सचिव ओमनाथ अधिकारीले बताए ।   बोलबम जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकी प्रस्तुत गरिने छ । मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन कीर्तन गरिने छ भने सन्ध्याकालीन समयमा विशेष पूजासहित महाआरतीसँगै शिवसाधना हुनेछ ।   राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, विश्व हिन्दू महासंघ सांस्कृतिक समूह र विभिन्न भजन समूहद्वारा भजन प्रस्तुति गरिने आयोजकले जनायो । बोलबम प्रचारका लागि शनिबार मोटरसाइकल ¥यालीसमेत भयो ।

पोखरा:   पोखरा महानगरपालिका ६ स्थित हल्लनचोकमा हाइलक्स र मोटरसाइकल एक आपसमा ठोक्दिा मोटरसाइकल चालकको ज्यान गएको छ ।   मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ बस्ने २६ वर्षीय इश्वर परियार रहेका छन् ।   ठक्करपछि घाइते भएका परियारलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपपनि पौने ७ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।   आज बिहान पौने ६ बजे हल्लनचोकमा  ग ३ च ३४५७ नम्बरको हाइलक्स र ग ११ प ९१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।   अहिले हाइलक्स चालक बर्दियाको ठाकुर बाबा नगरपालिका ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशिल दहितलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।   दुर्घटनापछिको कारण र गल्तीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरा:   पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पनखोलामा पौडी खेल्न गएका २ जनाको डुबेर मृत्यु भएको छ ।  शुक्रबार हर्पन खोलामा पौडी खेल्न गएका १८ वर्षीय प्रकृत बुद्धचार्य र स्वयं ताम्राकारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने प्रकृत बुद्धचार्य र पोखरा–२ बस्ने १८ वर्षीय स्वयं ताम्राकार रहेका छन् ।  ६ जनाको समूहमा हर्पन खोलामा पौडी खेल्न गएका ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।  यस्तै पोखरा महानगरपालिका–२६ गुदेतालमा एक बालकको डुबेर मृत्यु भएको छ ।  लमजुङको मध्य नेपाल करापुटार घर भई पोखरा–२६ बस्ने ३४ वर्षीइ बिकाश परियारको ६वर्षीय छोरा सचिन परियारको गुदेतालमा डुबेर मृत्यु भएको हो ।  बुवासँग माछा मारेको हेर्न गएका सचिन अचानक तालमा डुबी रहेको अवस्थामा बुवा र स्थानीयले देखेपछि उद्धार गरेर उपचारको लागि लेखनाथ सिटी अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरीको टोली खटिएको कास्की प्रहरीले जनाएको छ ।   

कास्की:  पोखरा विश्वविद्यालयको नयाँभवन बन्ने भएको छ ।   विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोेत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो ।   यही साउन १५ गतेदेखि निर्माण सुरू भई ३० महिनाभित्र सम्पन्न हुने भवनको लागत रु ४१ करोड ४३ लाख १७ हजार पाँच सय ५९ रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुुभयो ।   नयाँ भवन निर्माण गर्नेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।   प्रस्तावित भवन सात तलाको भवनमा ६६ भवन हुनेछन् ।   सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारी र निर्माण व्यवसायीका तर्फबाट सन्तोष श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

पोखरा:    गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो ।  अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए ।  प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको भन्दै उनले बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।  “प्रविधि मैत्री शिक्षा आजको आवश्यकता हो । बजारले खोजेको जस्तो शिक्षित जनशक्ति उत्पादनमा जोड गरौं ।“, उनले भने । मन्त्री थापाले रोजगारीका लागि विदेश जाने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न यस्ता कार्यक्रम सहायक सिद्ध हुने विश्वास लिएका छन् ।  एमआइटी एआई कार्यक्रमको सार्वजनिकिकरण सङ्गै प्रचारप्रसारको समेत आवश्यक्ता रहेको भनाई उनको छ । विश्वविद्यालयलाई समन्वयात्मक हिसाबले अगाडी बढाउनुपर्ने विषय उनले उठाएका छन् ।  गुणस्तरीय शिक्षालाई आत्मसात् गर्दै शैक्षिक आयाम र आयतनमा बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई मन्त्री थापाको छ ।  विश्वविद्यालयका डीन कपील अधिकारीले एमआईटी एआईको आवश्यक्ता ठानेर नै कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गरे । उनले विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेको बताए । एआईको अध्ययन गर्ने विद्यार्थी पछाडी नपर्ने भनाई उनको छ । नेपालको अर्थतन्त्र सुधारमा एआईको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।  सरकारी तथा गैरसरकारी क्षेत्रमा एआईको प्रयोगलाई बढाउने उदेश्य सहित विश्वविद्यालयले एमआईटी एआई कार्यक्रम सार्वजनिक गरेको भनाई उनको छ । आइटीमा जति धेरै उत्पादन गरिएता पनि खपत हुने उनले बताए ।  रजिस्ट्रार कैलाश तिमिल्सिनाले २०७६ सालबाट संचालनमा आएको गण्डकी विश्वविद्यालयले छोटो समयमा नै फड्को मारेको जानकारी गराए । पोखरा ३२ मा आफ्नै संरचना खडा गरि आइटी र फार्मेसीको क्षेत्रमा अध्ययन अध्यापन गराउदै आएको उनले बताए । विश्वविद्यालयले आविस्कार केन्द्रको समेत स्थापना गरेको छ । गण्डकी विश्वविद्यालयमा ५२ जिल्लाका विद्यार्थीको आबद्धता रहेको उनले उल्लेख गरे ।  कुलपति गणेशमान गुरुङले आइटी पार्कलाई समेत अगाडि बढाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । ५७६ रोपनी जग्गा विश्वविद्यालयको नाममा प्राप्त भएको उनले जानकारी गराए । विश्वविद्यालयले प्राप्त गर्ने अनुदानमा उदार हुन प्रदेश सरकारलाई उनको आग्रह छ ।  

पोखरा:     युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न  विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिना लगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख सिशुकला पराजुली, क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युुनाइटेड क्लबले जेहेन्दार विद्यार्थीहरु अध्ययन गर्ने पोखरा बहुमुखी क्याम्पसमा आएर अक्षयकोष स्थापना गरेकोमा धन्यवाद ब्यक्त गरे ।  युनाइटेड क्लबको सहयोगले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई कालान्तर सम्म शिक्षामा सहयोग पुुग्ने उनको भनाइ रहेको थियो । युुनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटनको क्षेत्रमा पुु¥याएको योगदानको कदर गर्दै आफ्नो क्याम्पसमा दिउसोको समयमा विभिन्न ठाउँमा जागिर गर्दै बिहानको समयमा विद्यार्थीहरु अध्ययन गर्ने गरेको बताउदै युनाइटेड क्लव पोखराको सहयोगले उनीहरुको शिक्षामा थप उर्जा मिलेको समेत लालचनले बताए । त्यस्तै क्याम्पसका प्रमुख सिशुकला पराजुलीले शिक्षाबाट बञ्चित भएका जो कोही बिद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरेको पोखरा बहुमुखी क्याम्पसको अभियानमा जोडिन पुुगेकोमा युनाइटेड क्लव परिवार प्रति आभार  प्रकट  गरिन । युनाइटेड क्लबले युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मुल अभिप्रायका साथ अगाडी बढेकाले त्यसको सिको गर्न समेत बिद्यार्थीहरुलाई पराजुलीले आग्रह गरिन । क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमालले युनाइटेड क्लवले देशभरिमा सामाजिक काम गर्दै आइरहदा पोखरा बहुमुखी क्याम्पसको शैक्षिक बिकासको लागि अक्षयकोष स्थापना गरेकोमा आभार प्रकट गरे । अक्षयकोषले विद्यार्थीहरुले विउको रुपमा लिनुपर्ने वताउदै पोखरा महोत्सवमा टिकट काटेर सहभागी भएकाहरुलाई सो रकम फिर्ता अभियानका रुपमा आफुले लिएको बताए । आगामी मंसिर १६ गते क्याम्पसको वार्षिकोत्सवको अवसरमा अक्षयकोषबाट जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण कार्यक्रममा क्लबलाई समेत निमन्त्रणा गर्ने रिमालले बताए । सो अवसरमा वोल्दै क्याम्पसमा अध्ययनरत छात्रा  अस्मिता ठकुरीले युनाइटेड क्लब पोखराले आफुहरुको क्याम्पसमा आएर अक्षयकोष स्थापना गरी सम्पूर्ण विद्यार्थीहरुलाई पढाइ प्रति लगाव राख्न थप मदत गर्ने बताइन । क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले स्थापना कालदेखी हाल सम्म आइपुुग्दा एक दर्जन वढी विद्यालयहरुमा आर्थिक अभावका बावजुद पनि जेहेन्दार रुपमा पढाइ गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी अक्षयकोष स्थापना गरिसकेको बताए । क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र प्राकृतिक प्रकोप र विपदमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो । पछिल्लो समय नेपालबाट उच्च शिक्षाको नाममा विदेशिने क्रम वढ्दै जाँदा विद्यार्थीहरुले पनि ब्यवहारिक शिक्षाका लागि पहलकदमी थाली स्वदेशमै व्यवहारिक शिक्षाको लागि सरकारलाई सचेत गराउन विद्यालय स्तरबाटै विद्यार्थीहरु लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।  क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लबका कोषाध्यक्ष सुुर्य बहादुर बानियाँ, क्लबका कार्यसमिति सदस्यहरु सन्तोष कार्की, जयराम आचार्य लगायतको सहभागीता रहेको कार्यक्रममा शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन युनाइटेड क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।  

पोखरा:    वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्रकुमार श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।    डिएसपी श्रेष्ठले पदीय मर्यादा विपरित कार्य गरेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।    उक्त उजुरी गत असार ३० गते दर्ता  (सि-०८७२४१) भएको छ ।     अख्तियारमा दर्ता भएको उजुरी पत्रमा डिएसपी श्रेष्ठले पदीय मर्यादा विपरित प्रहरीको जनशक्ति नै दुरुपयोग गरेर मासिक रुपमा शुल्क उठाउँदै आएको आरोप लगाइएको छ ।    उजुरीमा भनिएको छ , ‘व्यवसायीहरुले डिएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाउने गरेका छन् । त्यतिमात्रै होइन पैसा माग्ने उद्देश्यले डिएसपी श्रेष्ठले क्लब डान्सबार, दोहोरी गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारवाहीको नाटक गर्दै आएका छन् । क्लब, डान्सबार र दोहोरीमा हुने झगडाहरुमा प्रहरीले पैसाकै लागि बार्गेनिङ गरिरहेको तथ्यसमेत देखिन्छ ।’   व्यवसायीहरुले भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार कारवाही गर्न माग गरेका छन् ।    यस्तो छ, उजुरी