पोखरा:     कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट—ठूलीवेशी—देउपूरवेसी—पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।  गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगर...

पोखरा:   राष्ट्रिय संगीतकर्मी संघ कास्कीेको छैटौं साधारण सभा तथा तेश्रो अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा प्रकाश रसाईली, कोषाध्यक्षमा सोनिया कार्की खत्री, सह–सचिवमा नविन लामिछाने, सहकोषाध्यक्षमा सचिन भट्टराई चयन भएका छन्  ।  यस्तै सदस्यहरुमा सुजित परियार, किसु गुरुङ्,रविन नेपाली,सूर्य बहादुर परियार, सुजन परियार, राज बराल, सिता सुवेदी,अनु विक, सागर रुम्बा सर्वसम्मत चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै सपथ खुवाउनु का साथै प्रमाणपत्र वितरण गरिएको थियो ।  

पोखरा:   पोखरामा आज बिहान पोखरा १७ बिरौटा स्थित एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटना भयो ।   सुरुमा कास्की प्रहरीले २२ जना सवार भएको जानकारी दिएपनि पछिल्लो समय ३० जना सवार रहेको पुष्टि गरेको छ ।   दुर्घटनामा परि अधिकांश घाइते भएका थिए । जसमध्ये २ जनाको मृत्यु भएको छ ।   करिब ३२ वर्षीया आरती बिक र ५ वर्षीय प्रिन्स बिकको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गयो ।   अन्य घाइतेको अहिले पोखराको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।     घाइतेहरुको नामावली: (गण्डकी मेडिकल कलेजमा उपचारत) पोखरा २१ कृष्तिका ९ वर्षिय अनमोल बिक ५ वर्षिय रोशन बराल रामदी बस्ने १४ वर्षिय दिप्सन कार्की वर्ष ६ को योना गुरुङ १३ वर्षिय डिना गुरुङ १५ वर्षिय प्रकृति कार्की एकहातका ६ वर्षिय प्रिन्स राना रामदी बस्ने ७ वर्षिय चिजा बिक ९ वर्षिय प्रवेश काकी १२ वर्षिया विसिका पौडेल ११ वर्षिय विश्वास पौडेल १२ वर्षिया सिम्रन बिक ११ वर्षिय विवश खत्री   (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)    पोखरा २१ का ८ वर्षिया अनन्या पौडेल ३ वर्षिया सिमन मगर  ३ वर्षिय न्युजन मगर ७ वषिएय रिजन मगर  १३ वर्षिय रामकृष्ण नेपाली  २ वर्षिय अंकित खत्री  १४ वर्षिया सीतादेवी बिक (छोरेपाटन स्कुलमा अध्ययनरत) २ वर्षिय अंकित खत्री ७ वर्षिय अस्मित बिक ७ वर्षिय अस्मित बिक ३० वर्षिय सुमित्रा सुनार (स्कुलको फि तिर्न आएका अभिभावक) २ वर्षिय निर्दोष सुनार शिक्षक ३० वर्षिय सपना आले  ११ वर्षिय निश्चल सुनार   (मणिपाल शिक्षण अस्पतालमा) बसका चालक पोखरा १७ बिरौटा बस्ने ५५ वर्षिय टेक बहादुर भुजेल पोखरा २१ रामदी बस्ने ८ वर्षिय निशान सुनार ५ वर्षिय सागर थापा   यो पनि पढ्नुहोस   पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै स्कुल बस दुर्घटना अपडेट:  घाइतेमध्ये १ जनाको अवस्था गम्भीर स्कुल बस दुर्घटना: गम्भीर घाइते भएकी बिकको मृत्यु स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो

पोखरा:   स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको सँख्या २ पुगेको छ । उपचारको क्रममा एक बालकको मृत्यु भएको हो ।   मृत्यु हुनेमा अन्दाजी ५ वर्षका प्रिन्स बिक रहेका छन् ।    गण्डकी मेडिकल कलेजमा उनलाई १०: ४५ बजे चिकित्सकले मृत घोष्णा गरेको  जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।   उनका अनुसार यसअघि करिब ३२ वर्षीया आरती बिकको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक प्रिन्स र आरती आमाछोरा भएको बताइएको छ । यो पनि पढ्नुहोस   स्कुल बस दुर्घटना अपडेट:  घाइतेमध्ये १ जनाको अवस्था गम्भीर स्कुल बस दुर्घटना: गम्भीर घाइते भएकी बिकको मृत्यु अन्य घाइतेहरुको भने अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ ।   पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए ।   कास्की प्रहरीले घाइतेको तथ्याङ्क दिने क्रममा प्रारम्भिक चरणमा २२ जना सवार रहेको भनिएपनि यो समाचार तयार पार्दासमेत ३० जना सवार रहेको जनाएको छ ।  

पोखरा:   स्कुल बस दुर्घटना हुँदा घाइते गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार करिब ३२ वर्षीया आरती बिकको उपचारको क्रममा मृत्यु भएको हो ।   ‘अहिले औपचारिक पुष्टि गर्न बाँकी छ, डाक्टरहरुको प्रक्रिया हुन्छ तर प्राथमिकतामा अन्य घाइते हुने भएकाले पुष्टि गर्न समय लागेको हो,’ इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने ।   दुर्घटनामा परेका अन्य घाइतेहरूको भने उपचार भइरहेको उनले जानकारी दिए । उनका अनुसार कास्कीको छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित २७ जना घाइते भएका थिए ।    अन्य घाइतेहरुको अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ ।   पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो । (उपचारको क्रममा रहेकाले घाइतेको सँख्या एकिन गरिदैं)

पोखरा:  स्कुल बस दुर्घटना हुँदा घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।   कास्कीको छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित २७ जना घाइते भएका थिए ।   उनीहरुको अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ ।    बस चालकलाई गण्डकी मेडिकल कलेजबाट मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ ।   घाइते मध्ये गण्डकी मेडिकल कलेजमा उपचाररत ४२ वर्षीय आरती बिकको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिए ।   ‘अरुको अवस्था त्यस्तो जटिल छैन तर, एक जना महिलाको भने अवस्था चिन्ताजनक नै छ । उहाँको बारेमा भन्न सकिने स्थिति छैन’, सुनगाभा न्यूजसँग ति प्रहरी अधिकारीले भने ।   पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो ।  

पोखराः   पोखरामा स्कुल बस दुर्घटना भएको छ ।   एलपी देवकोटा मेमोरियल ​इङ्लीस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटना भएको हो ।    पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक स्कुल बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  बस दुर्घटनामा घाइते भएका विद्यार्थीहरुलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याउँदै गरेको ट्राफिक प्रहरीले जनाएको छ । थप विवरण आउँदै

पोखरा:   सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्पm उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् । पोखरा महानगरपालिका–२१ स्थित वनपाले सामुदायिक वन समूहले पर्यापर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ रु २६ लाख लागतमा सुविधासम्पन्न मनकामना उद्यान (पार्क) निर्माण गरेको छ ।  गण्डकी प्रदेश वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत  डिभिजन वन कार्यालय कास्कीमार्फत रु १५ लाख र एक लाख ६५ हजार सात सय ७४ बराबरको जनश्रम परिचालन गरी उद्यान निर्माण गरिएको वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि डिभिजन वन कार्यालय कास्कीको रु पाँच लाख लागतमा जग्गा सम्याउने र पोखरा–२१ द्वारा रु चार लाखको खर्चमा आवश्यक ट्रष्ट भवन र शौचालय निर्माण गरिएको हो ।  “पार्कबाट आरोहणको पहिलो हिमाल अन्नपूर्ण, कुमारी हिमाल माछापुच्छ्रेसहित हिमशृङ्खला एवं पोखरा बजारको एकैसाथ मनोरम दृश्य देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “पार्कमा दुईवटा चौतारासहित हरियाली प्रवर्द्धन गर्दैे राष्ट्रिय झण्डा राख्ने तयारी गरिएको छ ।” सात सयजना क्षमताको सो पार्कमा सुरक्षाका लागि फलामे पोलसहितको तारजाली लगाउनुका साथै हरियाली प्रवर्द्धन गर्न  धुपीका बिरुवा रोपिएको छ भने फलामका कुर्चीसमेत राखिएको अध्यक्ष भुजेलले बताउनुभयो । थप भौतिक संरचना निर्माणका लागि आर्थिक वर्ष २०८१। ८२ का लागि प्रदेश सरकारबाट रु १५ लाख विनियोजन भएको छ । पोखरा महानगरपालिका–१७ स्थित पर्यटकीयस्थल छोरेपाटन हुँदै जाने सो पार्कसम्म पुग्नका लागि पक्की सडक निर्माण भएको छ भने खानेपानी, शौचालयलगायत आवश्यक संरचना निर्माण गरिएको छ ।  विशेषगरी पोखरा बजारबाट वनभोज खानका लागि सबैभन्दा नजिक र सुविधासम्पन्न एवं मनोरम दृश्यावलोकन गर्न सकिने उक्त पार्कमा प्रति समूहलाई रु तीन हजार पाँच सय शुल्क तोकिएको छ । प्राप्त रकमबाट रु पाँच सय सरसफाइका लागि छुट्याउने र रु तीन हजार वन समूहको खातामा जम्मा गरिँदै आएको भुजेलले जानकारी दिनुभयो । यसअघि वन समूहले रु १० लाख लागतमा वनपाले पार्क  निर्माण गरी सञ्चालन गर्दै आएको वन समूहका सचिव प्रकाश सुवेदीले जानकारी दिनुभयो । विसं २०६८ मा हस्तान्तरण गरिएको ४७ दशमलव चार हेक्टर क्षेत्रफलमा पैmलिएको सो वनमा एक सय १४ घरपरिवार आबद्ध छन् । समूहले वनको संरक्षण, संवर्द्धन, उपयोग गर्दै आयआर्जनका लागि वैकल्पिक आधार तयारमा जोड दिँदै आएको सुवेदी बताउनुहुन्छ । मनकामना पार्कमा वृक्षारोपण नवनिर्मित मनकामना पार्कलाई वातावरणमैत्री बनाउने उद्देश्यका साथ चेरी, अशोका र गुलमोहरका बिरुवा रोपिएको हो । पोखरा महानगरपालिका वडा नं २१ का वडाअध्यक्ष दीपक सुवेदीले  रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।  वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ पोखरा अन्नपूर्ण अध्यक्ष गणेश छवीसहित सदस्यहरू, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेल, स्थानीय लक्ष्मीप्रसाद पोखरेललगायतकाको सहभागिता रहेको कार्यक्रम संयोजक प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

 पाेखरा:  गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ ।   यससँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।   प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरुले  आइतबार सार्वजनिक यातायात सेवा नै ठप्प पारेका थिए ।     दिउँसो भएको वार्तामा व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएको छ ।   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा बसेको समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि समेत छन् । समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ ।

पोखरा:  राइड सेयरिङलाई गण्डकी सरकारले वैधनिकता दिन लागेको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समिति आजदेखि आन्दोलनमा छ ।   सोही घटनाको स्थलगत रिपोर्टिङमा जादैगर्दा ग २० प ३९७३ को स्कुटरमा सवार पत्रकार सुरज थापा र विनु थापालाई पठाओ भन्दै पृथ्वीचोकमा सांघतिक हमला भयो ।   उक्त घटनाप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले दुख व्यक्त गर्दै सांघातिक हमलामा उत्रने जो कोहीलाई कारवाही दायरामा ल्याउन माग गरेको छ ।   महासंघका प्रदेश सचिव योगेन्द्र बहादुर केसीले व्यवसायीहरु शान्तिपूर्ण आन्दोलनमा रहेकाले आपराधिक क्रियाकलाप गर्ने कसैलाई महासंघले बचाउ नगर्ने बताए ।    ‘हामीले आजदेखि शान्तिपूर्ण आन्दोदन सुरु गरेका छौं । पहिलो चरणमा हाम्रा गाडीहरु घर तथा ग्यारेजमा राखेर शान्तिपूर्ण तथा सन्देशमूलक आन्दोलन गरेका हौ, ‘उनले सुनगाभा न्यूजसँग भने, ‘यस क्रममा दुई जना पत्रकारमाथि कुटपिट भएको घटनामा हामी दुखि छौं । यो गैरकानूनी काम भयो । त्यसैले हामीले पहिल्यै आरपाधिक क्रियाकलाप नगर्न निर्देशन दिएका थियौं । त्यसैले कुटपिटमा संलग्नलाई हामीले बचाउ गर्ने भन्ने छैन । कानूनी कारवाही होस् भन्ने कुरामा प्रष्ट छौं ।’   उनले उक्त घटनापछि भीडलाई कम गर्नका लागि कोण सभा गर्दै आपराधिक क्रियाकलापमा संलग्नको पक्षमा महासंघ नगरेको घोषणा गरेको थियो । त्यसपछि अहिले सार्वजनिक सवारी साधानको चालक तथा सहचालकहरु सडकबाट किनार लागेका छन् ।   अहिलेसम्म उक्त घटनामा संलग्नमध्ये २ जनालाई कास्की प्रहरीले पक्राउ गरिसकेको छ । अन्यको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।   सांघातिक हमलापछि  कारवाहीको माग    रिपोर्टिङको क्रममा रहेका पत्रकार सुरज थापा र विनु थापालाई पठाओ भन्दै सांघातिक हमला गरेको प्रति खेद प्रकट गर्दै विभिन्न संस्थाले कारवाहीको माग गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज), नेपाल पत्रकार महासंघ गण्डकी, नेपाल पत्रकार महासंघ कास्की, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश, नेपाल मगर पत्रकार संघ लगायतले प्रेस विज्ञप्ती जारी गर्दै सांघातिक हमलामा संलग्न जो कोहीलाई कानूनी कारवाही गर्नुपर्ने उल्लेख गरेको छ । कुटिएका पत्रकार सुरज थापा नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) का कार्यसमिति सदस्य र नेपाल मगर पत्रकार संघ कास्कीका उपाध्यक्ष हुन् भने विनु थापा नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष हुन् । विनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् ।   यस्तो छ, यातायात व्यवसायीको माग   निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।   यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।