नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक

पाेखरा | कात्तिक २४, २०८२

नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक

पोखरा:  नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो ।


अर्वाड कार्यक्रमको लागि  १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ सय रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले जानकारी दिए । 


कोषाध्यक्ष तिवारीले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको छ । मञ्चको सातौं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नवौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको थियो ।


नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका थिए । त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको थियो । उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनीन् ।


यता उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बनेका थिए  । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गरेको थियोभने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाएका थिए ।


खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्