नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक
पाेखरा | कात्तिक २४, २०८२
पोखरा: नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो ।
अर्वाड कार्यक्रमको लागि १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ सय रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले जानकारी दिए ।
कोषाध्यक्ष तिवारीले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको छ । मञ्चको सातौं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नवौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको थियो ।
नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका थिए । त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको थियो । उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनीन् ।
यता उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बनेका थिए । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गरेको थियोभने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाएका थिए ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।
काठमाडौं: निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आज आगामी निर्वाचनला...
पोखरा: गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने “मौलिक (कोसेली) घर” निर्माण कार्यको सोमबार एक विशेष समारोहबीच शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुर...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र द...

