पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   १२ औं राष्ट्रिय विज्ञान दि...

पोखरा:   पोखरा महानगरपालिका–१ स्थित विध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत एक गायन प्रतियोगिता सम्पन्न भएको छ ।  ‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा वार्षिक पात्रो अनुसार एकल गायन प्रतियोगिता सम्पन्न भएको हो ।  ४० जना विद्यार्थीहरुको सहभागिता रहेको एकल गायन प्रतियोगिता दुई तहमा सञ्चालन भएको थियो ।  एकल गायन प्रतियोगिता आधारभूत जुनियर तर्फबाट अनुस्का अधिकारी प्रथम, निश्चल जि.सी. द्वितीय, क्रिस्टन जोशी तृतीय र सौगात हमालले सान्त्वना स्थान प्राप्त गरे ।   यस्तै आधारभूत सिनियर तथा मा.वि. तहमा सौरभमान शाक्य प्रथम, अंकित गुरुङ द्वितीय, सुनिशा श्रीपाल तृतीय र अस्दीप बर्देवाले सान्त्वना भए ।  विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा स्कुलका संगीत शिक्षक दूतप्रसाद थापामगर र सोनु जोजिजूले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।  प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै पुरस्कृत भएका विद्यार्थीहरुलाई जोजिजू म्युजिक सेन्टरले एक महिनाको लागि निःशुल्क तालिम प्रदान समेत जानकारी दिए । यस कार्यक्रमको सञ्चालन कक्षा ८ की छात्रा मञ्जिसा भुजेलले गरेकी थिइन् ।    

पोखरा:    पोखरा महानगरपालिका वडा नं.१९ मा गत महिना २७ गते राति गएको पहिरोमा परि परिवारका सबै सदस्यहरू गुमाएका पवन परियारलाई राहत प्रदान गरिएको छ ।  अमेरिकामा रहेका पोखरा १९ का बासिन्दाहरूले सङ्कलन गरी पठाएको राहत रकम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिरो पीडित परियारलाई प्रदान गरे ।  असार २७ गते राति गएको पहिरोमा परि परिवार नै गुमाएका परियारको आवास निर्माणमा सहयोग गर्ने गरी नगद रु.८ लाख २ हजार २ सय राहत प्रदान गरिएको हो । पहिरोका कारण अभिभावकत्व गुमाएका परियारको पठनपाठन सहयोगार्थ पोखरा महानगरपालिकाले थप व्यवस्थापन गर्ने नगरप्रमुख आचार्यले बताए ।  राहत वितरण कार्यक्रममा नगर प्रमुख आचार्य सहित पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे लगायत वडाका जनप्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अमेरिका बस्ने १९ बासीका आफन्तहरू, स्थानीय बासिन्दाहरू लगायतको उपस्थिति रहेको थियो ।

पोखरा:  पोखरा ६ हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।   हल्लनचोक स्पोर्टस् क्लबले यही भदौको १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।   उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिताको विजेताले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   प्रतियोगिताको उपविजेतालाई नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने सचिव थापाले बताए ।   प्रतियोगितामा प्रदेशभन्दा माथिल्लो स्तरको खेलाडी टिममा १ जना मात्रै समावेश गर्न पाउने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।   उनका अनुसार सो प्रतियोगितामा सहभागिता जनाउनका लागि ४ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।   प्रतियोगिताका लािग टिम दर्ता फोनबाट पनि गर्न सकिने (९८०६७१६७०९, ९८०६७७७३००) क्लबले जनाएको छ ।     

पोखराः     पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ ।  पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवा:खलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय ताया: मचा: नृत्य प्रतियोगिता हुने भएको हो ।      गगन नेवाःखलःले आज आयोजना गरेको पत्रकार सम्मेलनमा शताब्दीऔँदेखि चल्दै आएको नेवार समूदायको मौलिक तथा सांस्कृतिक नृत्य तायाः मचाःको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी भदौ १५ गते नृत्य प्रतियोगिता एवं गाइजात्रा महोत्सव गर्न लागिएको खलःका सचिव शरणकुमार प्रधानले जानकारी दिए ।       महोत्सवसँगै नयाँ युवापुस्तामा आफ्नो सांस्कृतिक, परम्पराको महत्वलाई बुझाई यसको संरक्षण र प्रवर्द्धन गर्दै निरन्तरताको बोध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रधानले बताए । उनका अनुसार नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ४० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।       उत्कृष्ट परी, जोकर र भेषभूषालाई रु तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोेगितामा आयोजक गगन नेवाःखलःसहित नौवटा समूहको सहभागिता रहने सतिव प्रधानले जानकारी दिए ।       तायाः मचा: नृत्यको सांस्कृतिक महत्वलाई दृष्टिगत गरी लेखनाथ नेवा: खलको आह्वानमा विगत केही वर्षदेखि शिशुुवा नेवा: खल:, मिलिजुली नेवा: खल:, समाज कल्याण नेवा: खल:, गणेश नेवा: खल:, अर्घौपौवा नेवाः खल:, भिमसेन नेवा: खल:को आयोजनामा छैटौँ संस्करणसम्मको ताया: मचाः नृत्य प्रतियोगिता सम्पन्न भइसकेको गगन नेवाः खलःका अध्यक्ष लीलबहादुुर श्रेष्ठले जानकारी दिए ।       प्रतियोगितासँगै कुमारी नृत्य, लेखनाथस्तरीय तायाः मचाः नृत्य, धिमे बाजा, रोपाइँ(धान) जात्रा, लाखे नाच, नेवारी नाच आदि आकर्षणको रुपमा रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।  पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, विभिन्न खल:का प्रतिनिधिलगायत वक्ताले नृत्य प्रतियोगिताले मौलिक सांस्कृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गरे । 

पोखरा:  आगामी असोजको दोस्रो साता विकाश प्रिजेन्टस् एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ ।   पोखरा महानगरपालिका -१५ नयाँगाउँ खेलमैदानमा असोजको ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए ।    उनले नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन्, उनीहरुले स्थान पाएका छैनन्, गुरुङले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गर्न लागेको हुँ,’ उनले भने ।    उनका अनुसार सो प्रतियोगितामा ‘ए’,  ‘बि’ र ‘सि’ डिभिजन खेलेका खेलाडीहरु सहभागि हुन पाउने छैनन् ।   उक्त प्रतियोगिताले फुटबलको विकासमासमेत टेवा पुर्याउने विश्वास छ ।   पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   प्रतियोगितामा विधागततर्फ उदीयमान खेलाडीलाई नगद रु ५ हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।    प्रतियोगितामा सहभागित टिममध्ये एक टिमलाई अनुशासित टिमका रुपमा नगद रु ५ हजार प्रदान गरिने विकास गुरुङले बताए ।    प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण गरिएको छ भने, फोनबाटपनि टिम दर्ता गर्न सकिने (९८०६५०४५९९) बताइएको छ ।   उक्त प्रतियोगिताका खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।  

पोखरा:   कास्कीको मादी गाउँपालिका २ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।    सुशासन प्रवद्र्धन अन्तरगत वडा कार्यालयले प्रवाह गरेका सेवाबारे जनतालाई जानकारी दिने तथा जनताका गुनासा सुन्ने उद्देश्यले विहीवार सार्वजनिक सुनुवाई सम्पन्न गरिएको वडा अध्यक्ष भोजबहादुर गुरुङ्ले बताए ।   कार्यक्रममा वडा समिति, टोल विकास संस्था, वडाका सामुदायिक संघसंस्थाका प्रतिनिधिका साथै वडाबासीको उपस्थिति रहेको छ । कार्यक्रममा वडाध्यक्ष गुरुङ्ले वडाले प्रवाह गरेका सेवा सुविधाका बारेमा उपस्थित प्रतिनिधि तथा जनतालाई जानकारी गराएका थिए ।   सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका उप प्रमुख कल्पना गुरुङ्ले वडा कार्यालयले गर्ने सार्वजनिक सुनुवाई कार्यक्रमले गाउँपालिकाकै सुशासन प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् ।   उनले २ नम्बर वडा जस्तै अन्य वडाले पनि सार्वजनिक सुनुवाई गरेर आफुले गरेका कामको बारेमा सरोकारवालाहरुलाई जानकारी दिनुपर्नेमा जोड दिईन् ।   कार्यक्रममा वडा सदस्य दिलबहादुर गुरुङ्ले वडा समिति भनेको जनताको सबैभन्दा नजिकको सरकार भएकोले जनताले अनुभुति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । अहिलेसम्मका वडा कार्यालयको सेवा प्रवाह सन्तोषजनक रहेको बताउँदै गुरुङ्ले आगामी दिनहरुमा पनि जनताको जीवनशैलीमा परिवर्तन गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए ।   सार्वजनिक सुनुवाई कार्यक्रमममा वडा सदस्य पुर्णसुब्बा गुरुङ्ले आफुहरुले सकेसम्मको सेवा वडाबासीलाई दिईएको दावी गरिन् ।   उनले जुनसुकै समयमा पनि आफुहरु वडाबासीको सेवामा तत्पर रहने प्रतिवद्धता व्यक्त गरिन् ।   सेवा प्रवाहवारे जानकारी गराउने क्रममा वडाध्ष्क्ष गुरुङ्ले मादी गाउँपालिकाबाट १ करोड ३६ लाख  र गण्डकी प्रदेश सरकारबाट १५ लाख गरि जम्मा १ करोड ५१ लाख रकम विभिन्न योजना तथा कार्यक्रम गरि रकम विनियोजन भएकोमा यस वर्ष मादी गापा वडा नम्बर २ ले योजना तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्नमा सफल भएको दाबी गरेका थिए ।     कार्यक्रमको सञ्चालन वडा सचिव बसन्त थापा मगरले गरेका थिए ।

पोखरा:     नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला/पुरुष) प्रतियोगिता भएको छ ।  फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भएको छ ।  पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले मञ्चलाई सुम्पेको हो ।    विजेता बनेको मञ्चको टिमले सिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । भने, फोनिज गण्डकीले मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो ।  महिलातर्फको खेलमा फोनिज गण्डकीको टिमले नेपाल पत्रकार महासंघ कास्कीको टिमलाई २५–२१  र २५–२० को सोझो सेटमा पराजित ग¥यो । भेट्रान्सतर्फको खेलमा पनि आयोजकको टिमले पत्रकार महासंघको टोलीलाई २५–१६ र २५–१४ को सेटले हरायो ।    दुवै विधामा विजेता बनेको फोनिजको टिमले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने, उपविजेता भएको पत्रकार महासंघको टिमले मेडल र प्रमाणपत्र पायो । प्रतियोगिता अन्तर्गत भएको छेलो प्रतियोगितामा पुरुषतर्फ अशोक थापा प्रथम बने । विजेता थापाले  नगद रु २ हजारसहित फेटा र मेडल प्राप्त गरे ।    महिलातर्फ प्रियंका गर्बुजा मगर प्रथम बनिन् । उनले पनि नगद रु २ हजारसहित दोसल्ला र मेडल प्राप्त गरिन् ।  प्रतियोगिताको उद्घाटनपछि प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुद र पत्रकारितको माध्यमबाट समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्ने बताए । ‘खेलकुदको अनुशासन र पत्रकारितको सचेतनालाई सँगै राखेर समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्छ,’ उनले भने, ‘यदि यसो गर्न सकिएमा राष्ट्र नै अनुशासित हुन्छ अनि कर्तव्यनिष्ट र जवाफदेही बन्छ ।’ प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेश भित्रका खेल क्षेत्रको विकास लागि तल्लिन रहेको उनको बताए । यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए ।  खेलकुद संयोजक अर्जुन गाहा ‘सुशान्त’ ले आगामी वर्ष पनि फोनिजले खेल गतिविधिलाई निरन्तरता दिने बताए । फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङले पत्रकारहरुको भाइचारा प्रगाढ बनाउनका लागि प्रतियोगिता आयोजना गरेको बताए ।  फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले फोनिजले यो वर्ष रजत वर्ष मनाईरहेकाले गण्डकी र कास्की शाखाले संयुक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको बताए ।  रजत वर्षकै अवसरमा साउन २७ गते मुल कार्यक्रम आयोजना गरी कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरिने महासचिव धनबहादुर गुरुङले जानकारी दिए । यसका लागि कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नलवपुरकी कमला रानामगर छनोट भइसकेको उनले बताए । सोही दिन अनिज स्थापनामा योगदान दिने र फोनिजलाई साथ, सहयोग र सल्लाह गर्ने अग्रज फोनिजकर्मीहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले बताए । 

पोखरा:   गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यबहादुर खड्का बिखर्चीले मगर समुदायको भाषा संरक्षणका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।  नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको आयोजना र जिल्ला समितिको सहकार्यमा भएको एक महिने मगर ढुट (भाषा) कक्षाको समापन समारोहमा बोल्दै कुलपति बिखर्चीले मगर समुदायको भाषा, कला संस्कृतिको संरक्षणमा पज्ञा प्रतिष्ठान सहयोग गर्न तयार रहेको बताए ।    ‘धेरै जातजाति मिलेर बनेको नेपालमा एउटा मगर समुदाय पनि महत्वपूर्ण जाति हो, गण्डकी प्रदेशमा पनि मगर समुदायको भाषा उत्थानका निम्ति कुनै भेदभाव नगरी गण्डकी पज्ञा प्रतिष्ठान सहयोग गर्न तयार छ, कुलपति बिकर्चीले भने, ‘गण्डकी प्रज्ञा प्रतिष्ठान कला संस्कृति, भाषा साहित्यको संरक्षण निम्ति हो , त्यसमा पनि मैले कसैलाई भेदभाव नगरी सहयोग गर्ने प्रण गरेको छु र आज पुनः दोहो¥याएको छु ।’ गण्डकी पज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीले गण्डकी प्रज्ञा प्रतिष्ठानले मगर समुदायको इतिहासको बारेमा पुस्तक प्रकाशित गरिसकेको समेत बताए ।    ‘गण्डकी प्रज्ञा प्रतिष्ठानले भाषा, कला संस्कृति र साहित्यको कुरा गर्दा मगर जातिको किताब पहिलो रुपमा निकालेको हो, प्रज्ञा प्रतिष्ठानले मगर जातिको इतिहास भनेर किताब निकालेको हो, त्यो तपाईहरुको लागि यो सहयोग हो र हाम्रो लागि अमूल्य सम्पत्ति हो ।’, उनले भने ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका अध्यक्ष एमव् मगर ढुट (भाषा) प्रशिक्षक रुद्र श्रीस मगरले मगर भाषाको आधारभुत तहको ज्ञान लिने अवसर भएको बताए ।  ‘यो एक महिना मगर भाषा सिक्नका लागि त्यति प्राप्त समय त होइन तर अहिले जुन मगर भाषाको पाठ्यक्रम तयार भएको छ त्यसमा रहेर हामीले आधारभुत तहको ज्ञान लिने अवसर पाएका छौं ।’ श्रीस मगरले भने । ‘एक महिनासम्म सञ्चालन भएको मगर भाषा कक्षाबाट विद्यार्थीहरुले अरुले सिकेका ज्ञानलाई व्यवहार उतार्न सके सिकाईको उपलब्धी हुन्छ ।’  पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा अध्ययनका लागि देशका विभिन्न जिल्लाबाट आएका मगर विद्यार्थीहरुलाई लक्षित गरेर एक महिना मगर ढुट (भाषा) कक्षा सञ्चालन गरिएको क्याम्पस समितिका उपाध्यक्ष इन्द्रा थापामगरले बताईन् ।  ‘मगर समुदायमा विशेष गरी तीन वटा मातृभाषा रहेका छन्, गण्डकी प्रदेशको ११ जिल्ला मध्य बागलुङको पश्चिम क्षेत्र बाहेक अन्य क्षेत्रमा मगर ढुट (भाषा) बोल्ने मगर समुदायको बाहुल्यता रहेको छ’, थापामगरले भनिन्, ‘मगर समुदायको मातृभाषा पुस्तान्तरण नहुँदा लोप हुुँदै गएकाले संरक्षणका लागि क्याम्पसमा १ महिना सम्म मगर ढुट (भाषा ) प्रशिक्षण सम्पन्न भएको बताईन् ।  असार २० गतेदेखि सुरु भएको मगर भाषा कक्षामा ३९ जनाको सहभागिता रहेको थियो । 

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिकाले भोलि ३० औं विश्व आदिवासी दिवसको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको आज बसेको कार्यपालिकाले बैठकले भोलि ३० औं विश्व आदिवासी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।  उनले भोलि गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरु तथा शैक्षिक संस्थाहरुमा अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द रहने जानकारी दिए ।