दोस्रो पर्वतीय दौडलाई मजेष्टिक लेक फ्रण्ट होटलको सहकार्य
पाेखरा | साउन १८, २०८२

पोखरा: पोखरा लेकसाइडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्सले असोज ४ गते पोखरामा हुन गइरहेको दोस्रो पुम्दी—भुम्दी पर्वतीय दौड प्रतियोगितामा सहकार्य गर्ने भएको छ ।
होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र दोस्रो पर्वतीय दौड प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्यमा सम्झौता भएको हो ।
करिब सात रोपनी क्षेत्रमा फैलिएको होटलमा हाल तीन स्वीट रुमसहित डिलक्स र सुपर डिलक्स गरी ३८ रुम रहेकामा आउँदो असोजमा २४ रुम नयाँ थप हुने अर्को एक तीन सय सिट क्षमताको सभाहल निर्माणपछि जम्मा ६२ रुममा दुई सभाहल सहित फूलफेजमा होटल सञ्चालन हुने सञ्चालक भट्टराईले जानकारी दिनुभयो ।
फेवाताल, माछापुच्छ«े र अन्नपूर्ण हिमालशृंखलासहित मेथलाङ डाँडा नजिकको दृश्यावलोकन गर्न सकिने होटल सुरु भएको एक वर्षमै ट्रिप एडभाइजरमा पोखराका उत्कृष्ट पाँच होटलमध्ये एकमा पार्न सफल होटलसँग सहकार्य गर्न पाउँदा प्रतियोगितामा रौनकता थपेको संयोजक बरालले जानकारी गराउनु भयो ।
कन्फरेन्स हल, स्पा, साउना, स्ट्रिम, मसाज, खुला पार्किङ सुविधा भउको उक्त होटलमा दुई सयभन्दा बढी पाहुना को सिट क्षमताको रेस्टुरेन्टबाट समेत सेवा लिन सकिने सञ्चालक भट्टराईले बताउनु भयो ।
रेस्टुरेन्टले हरेक दिन एकोष्टिक लाइभ म्युजिकसहित कन्टिनेन्टल, नेपाली र भारतीय परिकारको स्वाद पस्कदै आएकाले पर्वतीय दौडसँगको सहकार्यले थप प्रचारप्रसार हुने पोखरा क्लिकका बजार व्यवस्थापक सागर सुनार बताउनुहुन्छ ।
सञ्चालक भट्टराईले होटल स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा फेवातालमा १० हजार माछाको भुरा छाड्दै वातावरण संरक्षणमा इट्टा थप्ने प्रयास गरेकोमा पर्वतीय दौडमा सहकार्य गर्न पाउँदा गौरवबोध भएको बताउनुभयो ।
विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा आयोजना हुने प्रतियोगितामा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्य रहेको छ ।
मेडिकल पार्टनर रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कारसमेत प्रायोजन गरेको प्रतियोगिताको अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ । प्रतियोगिताको आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।
प्रतियोगितालाई सफल बनाउन विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद् लगायत स्थानीय व्यावसायिक संस्थाहरूको सहयोग रहेको छ ।
काठमाडौं: उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र ब...
मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहाद...
काठमाडौं: देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता ...