१९ युनिट रगत संकलन

पाेखरा | मंसिर २१, २०८२

१९ युनिट रगत संकलन

पोखरा: नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको छन् ।
    

रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मीला खड्काले उद्घाटन गर्नुुभएको थियो ।
    

कार्यक्रमममा प्रमख अतिथि खड्काले रक्तदानको आँर्फैमा विशिष्ट महत्व भएको बताउँदै रक्तदान जीवनदान भएको बताउनुभयो ।
    

शाखाका सभापति विन्दुराज तिवारीले शाखाले समाजिक उत्तरदायित्वसँगै आफ्नो नियमित कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिएको बताउनुभयो ।
    

कार्यक्रममा परोपकार आमा समूह, गगन नेवाः खल, पूर्णद्विप पौडेल, घनश्याम खनाल, शिखर नेट, विष्णुुबहादुर बस्नेत, खेम गुरुङलगायतले विभिन्न किसिमका सहयोग गर्नुभएको थियो ।
    

शाखा सभापति विन्दुराज तिवारीको सभापतित्व एवम् सचिव विष्णुबहादुर बस्नेतले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपसभापति विमला थापा बस्नेतले गर्नुुभएको थियो भने रेडक्रसका सात सिद्धान्त वाचन सदस्य देवी तिवारीले गर्नुभएको थियो ।
    

कार्यक्रममा शाखाका निवर्तमान सभापति किसान परियार, रेडक्रस जिल्ला शाखा कास्कीका सदस्य एवम् वडा नं ३२ सहजकर्ता सुवास अधिकारी र वविता सुवेदी, शरणकुमार प्रधान, मोहनकुमार प्रधान, भरत थापा लगायतले रक्तदानको महत्व लगायतका विषयमा बोल्नुभएको थियो ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्