पोखरा:   कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार पहिरोमा पुरिएर एक युवकको मृत्यु  भएको छ ।  घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छ्रे सडक खण्डमा बुधबार विहान करिब १० बजे ...

पोखरा:    कक्षाकोठालाई सिकाई मैत्री तथा शैक्षिक वातावरणमय बनाउन कक्षागत रुपमा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न गरिएको छ ।    पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा पाठ्यपुस्तकमा भएका सिकाई क्रियाकलापहरुको विभिन्न सामाग्री निमार्ण गरी कक्षा सजावट प्रतियोगिताको आयोजना गरिएको हो ।    कक्षा १ देखि कक्षा १० सम्म गरी ३ तहमा वर्गीकरण प्रतियोगिता आयोजना गरिएको प्राचार्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।    उनका अनुसार कक्षा १ देखि कक्षा  ३ सम्मको पहिलो तहतर्फ कक्षा २ प्रथम भबन्यो।    यस्तै कक्षा ४ देखि कक्षा ७ सम्मको दोस्रो तहमा कक्षा ६ प्रथम भयो । भने, कक्षा  ८ देखि कक्षा १० सम्मको तेस्रो तहमा कक्षा ८ पहिलो बन्यो ।    उक्त प्रतियोगिताको विजयी कक्षाका विद्यार्थीलाई निर्णायक समितिका सदस्य द्वय होमराज अधिकारी र शान्ति रानाले पुरस्कार वितरण गरेकी थिइन् ।  

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवार च्याम्पियन बनेका छन् ।    अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा भएको म्याराथनमा अन्नपूर्ण आधार शिविर (एबिसी) देखि घान्द्रुकसम्मको दुरी ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।   सुनुवार च्याम्पियन बन्दै नगद रु १ लाख ५० हजार प्राप्त गरे ।   यस्तै नेपाली सेनाकै होमलाल श्रेष्ठ द्वित्तिय बने । उनले उक्त दुरी ४ घण्टा ३० मिनेट ४८ सेकेन्डमा पार गरे । भने, दलबहादुर कुँवरले ४ घण्टा ३३ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै तृतीय बने ।    स्थानीय सचिन गुरुङले ४ घण्टा ३६ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै सान्त्वना स्थान हाँसिल गरे ।    उनीहरु क्रमश नगद रु १ लाख, ५० हजार र ३० हजारबाट पुरस्कृत बने ।   यसैगरी महिलातर्फ सुनमाया बुढाले ४ घण्टा ४१ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितिन् । सुनमायाले नगद रु १ लाख ५० हजार प्राप्त गरिन् ।   राममाया बुढाले ४ घण्टा ५० मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै द्वित्तिय बनिन् । भने, कल्पना बुढाले ५ घण्टा २ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै तृतीय बनिन् ।    उनीहरु क्रमश नगद रु १ लाख र ७५ हजारबाट पुरस्कृत बनिन् ।   ‘सबै मौसमका लागि पर्यटन’ भन्ने नाराका साथ समुन्द्री सतहको ४ हजार १ सय ३० मिटर उचाई भएको अन्नपूर्ण आधार शिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन भएको थियो ।  

पोखरा:  गत १५ गतदेखि आन्दोलनरत  यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र अनिश्चितकालिन बन्द गरेका छन् ।   गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् ।     त्यही आन्दोलनलाई आज (मंगलबार) पनि यथावत राखिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष तथा सँयुक्त संघर्ष समितिका प्रवक्ता योगेन्द्र केसीले बताए ।   उनले उक्त आन्दोलन अनिश्चितकालिन भएको स्पष्ट पारे ।   ‘गण्डकीमा हाम्रो आन्दोलन जारी छ । यो कहिलेसम्म हुन्छ भन्न सकिन्न, उनले भने, ‘केन्द्रमा सहमति भएको भनिएपनि स्थगन भन्ने शब्द स्वीकार्य छैन । त्यसैले हाम्रो आन्दोलन निरन्तर छ ।’   सरकारले राइड सेयरिङ रातो प्लेट नभई कालो प्लेट नै प्रदान गर्ने व्यवस्था ल्याए वार्तामा आउन सकिने केसीले बताए ।   ‘हामीले त खारेजै भनेका छौ । यदी राइड सेयरिङलाई  पनि रातो प्लेट नभई कालो प्लेट नै दिने भए हामी वार्तामा जान सक्छौ,’ उनले भने ।   गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने यातायात व्यवसायीहरुको माग छ ।  

काठमाडौँ:   यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरेका छन् ।   ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रेका हुन् ।   उनीहरूकाे गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग छ ।    यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन परेकाे व्यवसायीहरूकाे भनाइ छ ।    यसअघि गण्डकी प्रदेशमा गत १५ गतेदेखिनै सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा छन् ।   यो पनि पढ्नुहोस   बन्दको मारमा यात्रु: स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै पोखरामा इन ड्राइभ राईडर कमाउ धन्दा: बढी भाडा असुल्ने ८ जनालाई कारबाही    

पोखरा:  गत १५ गतेदेखि सार्वजनिक यातायात बन्द गरिएपछि अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि आज (साेमबार) पनि स्कर्टिङ गरिएको छ ।   सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई साेमबार बिहान १० बजेदेखि १७ वटा पर्यटक बसलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो ।   कास्की प्रहरी​का डिएसपी हरिबहादुर बस्नेतको कमाण्डमा अपलत्र परेका करिब ५ सय बढी यात्रुलाई काठमाडाैं र चितवन पठाइएकाे कास्की प्रहरीले जनाएको छ ।    गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् ।     आजदेखि देशभर यात्रुबहाक र मालबहाक सार्वजनिक सवारी साधन ठप्प पारेका छन् ।         

पोखरा:   रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु वितरण गरेको छ ।   कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले सहभागिलाई २००० वाटको विद्युतिय चुल्हो, ३ लिटरको प्रेसर कुकर, दिउरी र कराई सहितको सेट सहभागीमध्ये जेष्ठ नागरिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।   साथै उनले विद्युतबाट चल्ने भएकोले प्रयोगमा ल्याउन सुरु सुरुमा अप्ठ्यारो हुने भएकाले इलेक्ट्रिसियनको सहयोग लिनु पर्ने सुझाव दिदैं ग्यास र दाउरामा खाना पकाउन भन्दा सस्तो पर्ने समेत बताए ।   सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बरालले रोटरी क्लब संग सहकार्य गरेर आफ्नो वडालाई धुवा मुक्त भान्सा वनाउने अभियानमा जोडिन पाउनु नै गर्वको कुरा भएको बताए ।   उनले वातावरण जोगाउँदै स्वस्थ रहि आफ्नै देशमा उत्पादन भएको विजुलीको अधिकतम् उपयोग गर्नु पनि नागरिकको कर्तव्य भएको बताए ।   कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्माले आगामी वर्ष पोखरा २२ का सबै घर धुरी धुवा मुक्त बनाउन सबै वडावासीलाई विद्युतिय चुल्हो तथा अन्य आवश्यक किचन सामाग्रीहरु वितरण गर्ने योेजना रहेको बताए ।   क्लबका अध्यक्ष दिपेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, क्लबका पुर्व अध्यक्षहरु सुवास सिग्देल, गिता सिग्देल, कार्यक्रम संयोजक प्रेम प्रसाद शर्माले बाेलेको कार्यक्रमको संचालन सचिव वर्षा केशव पराजुलीले गरेका थिए ।

पोखरा:   हेमजा युनाईटेडको आयोजनामा सम्पन्न वडास्तरीय भेट्रान्स (३५ वर्ष माथि) फुटबल प्रतियोगितामा पोखरा महानगरपालिका वडा नंं. १५ च्याम्पियन बनेको छ ।   हेमजास्थित गौरीशङ्कर खेल मैदान(गौरी) मा शनिबार भएको फाइनल खेलमा वडा १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा १५ च्याम्पियन बनेको हो ।   उपाधिसँगै वडा १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसैगरी उपविजेता वनेको वडा १ ले नगद रु ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र हात पार्याे ।   सो प्रतियोगिताबाट वडा १ का इश्वर गुरुङ चन्द्र सर्वाेत्कृष्ट खेलाडीका रुपमा नगद रु ५ हजार र ट्रफिसहित पुरस्कत भए ।    यसैगरी सर्वाधिक गोलकर्ताका रुपमा वडा २५ का सुविन श्रेष्ठ, उत्कृष्ट गोलरक्षकमा वडा १५ का बलराम खत्री, उत्कृष्ट डिफेन्डरमा वडा १५ का मिलन गुरुङ, उत्कृष्ट मिडफिल्डर वडा १५ कै धर्मराज पराजुली, र उत्कृष्ट फरवार्डका रुपमा वडा १ का वासु जिसी तथा उत्कृष्ट प्रशिक्षकमा वडा १५ का नितेष गुरुङ पुरस्कृत भए ।    यस्तै अनुशासित टिमका रुपमा नगद रु १० हजारसहित वडा ५ पुरस्कृत  भएको हेमजा युनाइटेडका उपाध्यक्ष तथा खेल संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए ।   प्रतियोगितामा प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, वडा १ का वडाध्यक्ष सहारा प्रधान, हेजमा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठ, खेल संयोजक इन्द्र बहादुर कुँवर, पूर्व राष्ट्रिय खेलाडी बलबहादुर कार्की, नेपाली काँग्रेस पोखरा–२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, हेमजा युनाइटेडका सल्लाहकार प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।  

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीय स्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।   पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाज नेपालको समन्वयमा सञ्चालित ‘मेलमिलाप सम्बन्धी तालिम समापन समारोहमा प्रमुख अतिथि भट्टले सामुदायिक मेलमिलाप सम्बन्धी असल अभ्यासका पक्षलाई राम्रोसँग ग्रहण गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।       ‘स्थानीयस्तरमा हुनेगरेका विवादको न्यायिक निरूपण गर्न र मेलमिलाप मध्यस्थताको लागि मेलमिलापकर्तालाई यो तालिम महत्वपूर्ण र आवश्यक पनि हो ।’ उहाँले भन्नुभयो – ‘सूचीकृत मेलमिलापकर्ताले न्यायिक प्रक्रियामा सहभागी भई गरेको योगदानको म प्रशंसा गर्दछु ।’   बैकल्पिक उपायहरु वार्ता, मेलमिलाप र मध्यस्थताबाट विवाद समाधान गर्ने अभ्यास बढी प्रचलनमा आएको अवस्थामा स्थानीय न्यायिक समितिको व्यवस्था यसैको उपज रहेको भन्दै भट्टले नेपालको संविधानले स्थानीय सरकारले न्यायिक अधिकार अभ्यास गर्न पाउने परिकल्पना गरेबमोजिम न्यायिक समिति सक्रिय रहेको बताउनुभयो ।     संविधान र कानुनप्रतिको विश्वास, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायिक सुशासनको मूल्य मान्यता अंगीकार गरी कानुनको परिपालना गर्दै निष्पक्ष न्याय सम्पादन गरी नागरिकलाई न्याय सुनिश्चित गर्नु यो समितिको मूल कर्तव्य रहेको उहाँको भनाई छ ।     ‘मेलमिलाप विवाद समाधानको वैकल्पिक विभिन्न उपायमध्ये सर्वोत्तम उपाय हो । जीत–जीत तथा लाभ–लाभको अनुभूति गर्दै कम खर्चमा तत्काल न्याय प्राप्त हुने प्रक्रिया नै मेलमिलाप हो ।’ उहाँले भन्नुभयो – ‘आफैले रोजेको मेलमिलापकर्ताको सहयोगमा दुवै पक्ष सहभागी भई छलफल गरी चित्त बुझ्ने गरी विवादको टुङ्गो लगाउने माध्यम नै मेलमिलाप हो । मेलमिलापकर्ताले विवादका विषयमा सहमति कायम गर्नका लागि उत्प्रेरित गर्दछन् ।’     स्थानीय न्यायिक समितिमा जननिर्वाचितमध्येबाट पदमा बहाल रहने हुँदा न्यायिक निरुपणमा निष्पक्ष  र तटस्थ बन्नुपर्ने अनिवार्यता रहेको उहाँको भनाई छ । ‘परस्पर विरोधी सवालमा सन्तुलित कार्य सम्पादन गर्न समितिसमक्ष यो ठूलो चुनौती हो । दक्षताको सीमितता, सीमित श्रोत साधन, न्यायिक समिति प्रमुख उपाध्यक्ष एवं उपप्रमुख हुने हुँदा बहुल जिम्मेवारीका कारण कार्यसम्पादनमा कठिनाई भएको पाएको छु ।’   पोखरा महानगरपालिकाले घरेलु हिंसामा परेका महिलाहरुको लागि उपप्रमुखको प्रत्यक्ष निगरानीमा महिला कानुनी परामर्श तथा सहायता कक्ष सञ्चालन गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।   यसले महिला कानुनी परामर्श, निवेदनको मस्यौदा लेखन सहयोग र अन्य आवश्यक सहयोग मिल्दा नागरिकलाई सहजता प्रदान गर्ने उहाँको भनाई छ । 

फेवातालको सिमाना (तालघर) मा पिल्लरहरु गाड्न सुरु गरिएको छ ।   तिनै तहका सरकारका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सिमाङ्कन गरी सिमाक्षेत्रमा क्षेत्रमा पिल्लरहरु गाडिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।   फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएका छन् ।   फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको थियो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् ।   यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएको छ ।   ती विन्दुहरूको आधारमा तालको चार किल्ला क्षेत्रको सिमानामा १ हजार ५५ वटा पोलहरू गाडिने योजना रहेको छ ।   पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव निरीक्षक दिनेश कुमार आचार्य लगायतको उपस्थितिमा फेवातालको सिमाक्षेत्रमा ७ वटा पोलहरू गाडिएका छन् ।   सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको छ ।   उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग कि.मी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ ।