कास्की-२: एमालेको विरासत तोड्दै रास्वपाका उत्तम विजयी

पाेखरा | फागुन २३, २०८२

कास्की-२: एमालेको विरासत तोड्दै रास्वपाका उत्तम विजयी

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । 

 

एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा रास्वपाका उत्तमप्रसादले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् ।

 

५२ हजार ५ सय १९ मत खसेकोमा १ हजार ८४४ मत बदर भएको छ । रास्वपाका उत्तमप्रसादले ३१ हजार ९११ मत कास्की–२ बाट प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका छन् ।

 

नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ६ हजार ५०० मत पाएका छन् । यो क्षेत्रमा राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १ हजार ६४३ मत प्राप्त गरे ।

 

राप्रपाभन्दा पछि नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ मत पाएका छन् ।

 

उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरेका छन् । अन्य पार्टीले भने झिनो मत प्राप्त गरे । अहिलेसम्म नेकपा एमालेले जित्दै आएको क्षेत्रमा एमालेले युवा नेता केन्द्रीय सदस्य रश्मिलाई उठाएको थियो ।

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्