नीति निर्णयकर्ताहरुसगँ फेडोको  छलफल  सम्पन्न

पाेखरा | साउन ६, २०७९

नीति निर्णयकर्ताहरुसगँ फेडोको  छलफल  सम्पन्न

 

पोखरा:   दलित महिला संघ (फेडो) कास्कीको आयोजनामा बिहिबार पोखरामा  नीति निर्णयकर्ताहरु सँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

 

फेडोले नीति निर्णयकर्ताहरुसगँ  आयोजना गरेको  सो छलफल महिला जातिय बिभेद, लैङ्गकि बिभेद र बजेट योजना तर्जुमामा रहेको संघ कास्कीकी परियोजना कार्यक्रम संयोजक इश्वरी बिकले बताइन् ।

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीको तर्फबाट महिला सेल समिक्षा खत्रिले गण्डकी प्रदेशमा घटेका महिला हिसांका घटना,जातिय हिसांका घटनाहरुको साथै तथ्याङको बारेमा जानकारी गराएकी थिइन् ।

 

कार्यक्रममा इन्सेक गण्डकीका संयोजक शिव खकुरेल, कोपिला नेपालको तर्फबाट श्याम सुन्दर ढुङगाना, सिआइसीका अमिन परियार एकल महिला संघको तर्फबाट जुना केसी, वडा नम्बर ६ र ८ को वडा सचिव, र जनप्रतिनिधि गैसस, एन्जियो फेडे्सन कास्कीका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

 

दलित महिला संघ कास्कीका अध्यक्ष सुमित्रा गायको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संयोजक इश्वरी बिकले गरेकी हुन ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्