पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

  पोखरा:   आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । अद्वैत संस्थाका कुलपति प्रताप चक्रवर्तीले काठमाडौंमा आयोजित विशेष समारोह बीच बास्तोलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।   गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११६ औं जन्मजयन्ती तथा अद्वैत संस्थाद्वारा संचालित २०७८÷०७९ को दशमासीय राष्ट्रव्यापी महासत्संग समापनका अवसरमा आयोजित समारोहमा बास्तोलालाई पुरस्कृत गरिएको हो । अद्वैत संस्था नेपालका केन्द्रीय सभापति अनन्तलाल सरस्वतीबाट आफ्ना पिता ज्योतिलाल र आमा गंगादेवी चुकेको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।    सोही समारोहमा भरतचन्द्र चक्रवर्तीको पुण्य स्मृतिमा स्थापित पुरस्कारबाट लालबन्दी सर्लाहीका उपसन्न शिष्य राम भण्डारीलाई पनि पुरस्कृत गरिएको थियो । अद्वैत महाविद्यालयको २०७९ सालको वार्षिक परीक्षामा सर्वाधिक अंक प्राप्त गरेवापत उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।    उक्त कार्यक्रममा प्रमुख आमन्त्रित कुलपति प्रताप चक्रवर्तीले नेपाली वेदको जनक विशेषांक, आनन्द तत्व मिमांस र भक्तिवृत्ति प्रवाह तथा व्रह्मज्ञानको विमोचन गरेका थिए । अद्व्रैत संस्था नेपालका केन्द्रिय सभापति वसन्तलाल महासरस्वतीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रिय सहसभापति विष्णुदास उपाध्याय ढकालले उपस्थिति सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा गुरुआमा अपर्णा चक्रवर्तीको पनि संवोधन रहेको थियो । कार्यक्रमको संचालन संस्थाका केन्द्रिय कार्यवहाक सचिव लक्ष्यजीवी घिमिरेले गरेका थिए ।

  पोखरा:    पोखरा – ८  रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरका सोमबारदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम शुरु भएको छ ।   कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नुहुने छ ।   कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।   मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि सात लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।    भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ । बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने योजना रहेको मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले जानकारी दिनुभयो । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले कार्यक्रम उद्घाटन गर्नुभयो ।   उहाँले धार्मिक गतिविधिले मानिसलाई नैतिकवान बनाउने र गलत काम गर्न बाट रोक्ने बताउनुभयो । धर्मले सहयोगी भावना तथा आपसी माया र सद्भाव बढाउने उहाँको भनाइ थियो । मन्त्री थापाले मन्दिरलाई धार्मिकस्थलका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।   गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले परमात्माको पहिचान नभएसम्म आत्माको उद्वार हुन नसक्ने भन्दै हरेक मानिसले आत्मा र परमात्मा बुझ्न आवश्यक रहेको बताउनुभयो ।   पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम मोहन आचार्यले विकासका लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । त्यस अवसरमा मन्दिरका संस्थापक शिव बहादुर कार्की, कार्यक्रम संयोजक सीता ओझालगायतले बोल्नुभएको थियो ।   मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोहन प्रसाद ढकालले स्वागत र सचिव देवी प्रसाद खतिवडाले कार्यक्रम संचालन गर्नुभएको थियो । 

पोखरा:   नाबालिकालाई जबरजस्ती करणी गरि फरार रहेका युवकलाई कास्की प्रहरीले ५ घण्टामै पक्राउ गरेको छ ।   पोखरा महानगरपालिका ५ लब्लीडाँडामा गत शुक्रबार राती जबरजस्ती करणी गरि ११ बजे  फरार रहेका कुश्मा नगरपालिका ६ स्थायी घरभई हाल पोखरा १३ बस्ने २४ वर्षिय खिम बहादुर बिकलाई बिहान पौने ४ बजे कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो ।   करणी गरि फरार रहेका बिकलाई पोखरा महानगरपालिका ५ को वडा कार्यालय पछाडीबाट नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताए । ‘हामीले सब फिल्ड क्लियर पारेका थियौ । आवश्यक ठाउँमा चेकपोष्ट खडा गरिसकेका थियौ, तिवारीले सुनगाभा न्यूजसँग भने, ‘प्रहरीलाई देखेपछि लुक्दोरैछ । अन्तत उसलाई ५ नम्बर वडा कार्यालय पछाडीबाट नियन्त्रणमा लिएको हौं ।’   उनका अनुसार अहिले पक्राउ परेका बिकलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थपगरि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।   फोन उठायो र भन्यो 'म हरिचोकतिर छु' जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार खिमबहादुर बिक चाउमिन फ्याट्रिमा काम गर्छन् । १३ वर्षिया नाबालिका सुलोचना (परिवर्तित नाम) लाई उनले गत शुक्रबार बेलुकीपख बाहिर हावा खान (आउटिङ) जाने बहानामा फकाएर लब्लीडाँडा पुर्याए ।   खिमबहादुर र सुलोचनाबीच पहिल्यैदेखि बोलचाल हुन्थ्यो र चिनजान थियो । त्यही क्रममा खिमबहादुरले सुलोचनालाई ललाई फकाई गरि लब्लीडाँडा घुमाउन लगे । त्यँही मौका छोपेर जबरजस्ती करणी गरे । त्यसपछि राती पौने ११ बजे सुलोचना त्यहाँबाट उम्किइन् ।   उनलाई नेपाल प्रहरीलाई खबर गर्नुपर्छ भन्ने हेक्का नभएपछि आफुनिकट संस्थाका अगुवालाई घटनाबारे बेलीबिस्तार लगाइन् । उक्त संस्थाले काठमाडौं प्रहरीलाई घटना विवरण सुनायो । काठमाडौं प्रहरीबाट कास्की प्रहरीलाई घटनाबारे अनुसन्धान गर्न जिम्मा लगाइयो ।   घटनाबारे सबै विवरणपाएपछि कास्की प्रहरीले रातारात ‘क्विक रेस्पोन्स’ गर्याे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक (डिएपसी) सुन्दर तिवारी नेतृत्वको टोली सुलोचनालाई सम्पर्कमा ल्यायो । र फरार खिमबहादुरको खोजीकार्यलाई रातारात तिव्रता दियो ।    सुलोचनाको मोबाइल नम्बरबाट फरार खिमबहादुरलाई फोन लाग्यो र उठाउँदै भन्यो, ‘म हरिचोकतिर छु ।’ त्यसपछि प्रहरी टोलीको ध्यान त्यँतातिर केन्द्रित भयो । सोहीबीच प्रहरीको टोलीले सम्भावित स्थानहरुमा चेकपोष्ट तैनाथ गरिसकेको थियो । र आवश्यक प्रहरी परिचालन गरिसकेको थियो ।    फरार खिमबहादुरले प्रहरीलाई देखेपछि लुक्ने गर्थे । यसरी कास्की प्रहरीलाई झुक्काउँदैं भाग्न खोजीरहेका खिमबहादुर पोखरा ५ को वडा कार्यालयपछाडी लुकिरहेको प्रहरी टोलीले चाल पायो । र नियन्त्रणमा लियो ।   अहिले सुलोचनालाई मनोपरामर्श दिइएको छ भने करणी गरेका खिमबहादुरलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।   

  पोखरा: बगर भाईखलक पोखराले ग्रासरुट फुटबल प्रशिक्षण सुुरु गरेको छ ।    पोखरा महानगरपालिका १ बगरस्थित पोखराको विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनसँगै फुटबलको विकासमा सहयोग पु¥याउने उद्धेश्यसहित आइतबारदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुुरु गरेको हो ।    सो प्रशिक्षणमा विभिन्न विद्यालयमा अध्ययनरत ८ देखि १६ वर्ष उमेर समुहका १ सय बढि विद्यार्थीहरुलाई प्रशिक्षण दिईने संस्थाका सदस्य तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङले जानकारी दिए । उनका अनुसार मुख्य प्रशिक्षकका रुपमा फुटबल खेलाडी अन्जन देवकोटा रहेका छन् भने सहायक प्रशिक्षकमा अश्बिन गुरुङ र जनक गुुरुङले प्रशिक्षण दिनेछन् ।   निरन्तर चल्ने सो प्रशिक्षण हरेक हप्ता ४ दिन सञ्चालन हुने बताउदै प्रति महिना प्रशिक्षार्थीलाई जनही १ हजार दस्तुर निर्धारण गरिएको गुरुङले बताए । ‘हामीले विद्यार्थीलाई अध्ययनसँगै खेलकुदमा पनि अभिप्ररित गराउने उद्देश्यले हप्तामा ४ दिन मात्रै सिकाउने गरेका छौं, उनले भने, ‘त्यसले गर्दा विद्यार्थीको पढाईमा पनि रुचि जाग्ने हुन्छ । र प्रशिक्षार्थीले ट्रेनिङ नछाडोस भन्नका लागि महिनाको १ हजार रुपैयाँ निर्धारण गरेका छौं ।’   उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले  गरे । सोही अवसरमा बोल्दै मन्त्री गुरुङले सो प्रशिक्षणपश्चात खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरेका थिए ।    यसैगरि संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले स्तरीय खेलाडीको उत्पादन गर्ने उद्देश्यले फुटबल प्रशिक्षण अगाडी सारेको बताए । ‘फुटबल नेपालको लोकप्रिय खेल हो, उनले भने, अहिले युवाहरु खेल क्षेत्रमा छन् तर विदेशीन बाध्य भएका छन् । त्यसैले त्यसलाई कम गर्न अध्ययनसँगै खेकलुदमा लाग्न आवश्यक छ ।’   ग्रासरुट फुटबललाई संघ संस्थाको सहयोग   पोखरा महानगरपालिका १ बगरस्थित पृथ्वीनारायण क्याम्पसको खेलमैदानमा सुुरु भएको ग्रासरुट फुटबल प्रशिक्षणका लागि पोखरा महानगरपालिका वडा नम्बर १ को कार्यालयले २० हजार बराबरको फुटबल र पोस्टको लागि जाली सहयोग गरेको छ ।    यसैगरि युके निवासी राजेन्द्र गुरुङले नगद १० हजार सहयोग गरे । कास्की जिल्ला क्रिक्रेट संघका वरिष्ठ उपाध्यक्ष जिमी गुरुङले बगर भाइखलकलाई ३० थान जर्सी सहयोग गरे भने पोषिलो फुस्ट प्रालिले २० जना खेलाडीलाई लक्कीड्रमार्फत आधा केजीको पोषण वितरण गरेका थिए ।    ग्रासरुट फुटबल प्रशिक्षणलाई युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद गण्डकी, महानगरपालिका खेलकुद विकास समिति, पृथ्वीनारायण क्याम्पस पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की, दीप अस्पतालले सहयोग संस्थाका महासचिव मनकाजी गुरुङले जानकारी दिए ।    

पोखरा:   पोखरा महानगरपालिका १७ स्थित ड्यामसाइडमा आज (आइतबार)​ दिउँसो १ बजे मिनीमाइक्रोलाईनगरबसले ठक्कर दिँदा मिनीमाइक्रो चालक गम्भीर घाइते भएका छन् ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार गोरखा घर भइ पोखरा ५ मालेपाटन बस्ने मिनीमाइक्रो चालक २४ वर्षिय सुमन गुरुङको अवस्था गम्भीर रहेको जनाएको छ । उनको अचेत अवस्थामा रहेको बताइएको छ ।    जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी वरिष्ठ नायब निरिक्षक शिव प्रसाद पाठकका अनुसार राष्ट्रबैंकचोकबाट विरौटातर्फ जाँदै गरेको ग १ ख ३७९० नम्बरको नगरबसले र विपरित दिशाबाट आएको ग १ ज ३४१७ नम्बरको मिनीमाइक्रोलाई ठक्कर दिएको थियो ।    उक्त दुर्घटनामा पर्दा  घाइते भएका १६ जना यात्रुको अवस्था सामान्य रहेको छ भने नगरबस चालक पोखरा १६ महेन्द्रगुफाका ४० वर्षिय रमेश कुचिकारको अवस्था मध्यम रहेको छ । घाइते सबैको पोखरा १७ विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको पाठकले जानकारी दिए ।    उनका अनुसार घाइते हुनेहरुमा माइक्रोमा सवार पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी १२ वर्षिया रिता विक, सोही स्थानकै ३३ वर्षिया चन्द्र विक, सोही वडाकै १० वर्षिया मुस्कान विक, पोखरा २२ कै ६ वर्षिय रितिक विक र पोखरा २१ का ३३ वर्षिय नारायण विक रहेका छन् ।   यसैगरि नगरबसमा सवार घाइतेहरुमा भोजपुर घर भई पोखरा ५ का २० वर्षिय राजकुमार मगर, सोही स्थानकै २० वर्षिय आयुष तामाङ, सोही वडामै बस्ने १३ वर्षिय अभिषेक तामाङ, मालेपाटनकै १७ वर्षिय कुशल तामाङ, पोखरा ८ सृजनाचोक बस्ने २३ वर्षिया विनिता राई, सोही स्थानकै २० वर्षिय निरन राई, पोखरा ८ सिमलचौकका १७ वर्षिय रविन श्रेष्ठ, पोखरा २२ का २३ वर्षिय विज्ञान परियार, पोखरा १७ का १८ वर्षिया अन्जली सुनार, सोही स्थानकै ३१ वर्षिया सुमित्रा आले, सोही वडार्क ७१ वर्षिया लक्ष्मी गुरुङ रहेकी छिन् ।    नगरबसका चालक कुचिकारलाई कास्की प्रहरीले  नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।  

काठमाडौं,  बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई प्रहरीले पक्राउ गरेको छ।    उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीको टोलीले शुक्रबार काठमाडौंको टुडालदेवीबाट पक्राउ गरेको हो।    जबरा उच्च अदालत पाटनको २०७८ चैत २१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र ६६ लाख रुपियाँ जरिवाना ठहर भएर फरार रहेको प्रहरीले जनाएको छ।    सिटिजन्स बैंक लिमिटेडमा जबराको नाममा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्दै पाटन अदालतले उक्त फैसला गरेको थियो।    फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा जबरालाई प्रहरीले पेश गरेको जनाएको छ। 

  पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ६ जनालाई जुवाखालबाट  प्रकाउ गरेको छ ।    पोखरा महानगरपालिका वडा न. ८ न्यूरोडस्थित नवीन गौचनको घरबाट कास्कीबाट खटिएको प्रहरीको टोलीले नगद २ लाख ५३ हजार ५ रुपै याँसहित ६ जनालाई प्रकाउ गरेको हो ।    कास्की प्रहरीका अनुसार पकाउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका ३ का ३२ वर्षिय नवीन गौचन, ५४ वर्षिय सोमत तुलाचन, पोखरा अर्चलबोटका ५३ वर्षिय बिराट के।सी, म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ का ४९ वर्षिय कबिन तुलाचन, पोखरा फूलबारी बस्ने ४६ वर्षिय अमित गुरुङ र ४५ वर्षिय नरकाजी गुरुङ रहेका छन् ।    पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:    गण्डकी प्रदेश सरकारले ताल तथा जलाधार क्षेत्र संरक्षणको लागि कार्यकारी प्रमुखको आवेदन (भ्याकेन्सी) खुला गरेको छ ।   ताल संरक्षण तथा विकास प्राधिकरण ऐन, २०७५ बमोजिम स्थापित ताल संरक्षण तथा प्राधिकरणको कार्यकारी प्रमूखको छनौटको लागि रोष्टरमा नाम समावेश गराउने सम्बन्धमा आवेदन खुलाएको गण्डकी प्रदेशले सोमबार सुचना प्रकाशित गर्दै उल्लेख गरेको छ ।    प्रकाशित सुचनामा भनिएको छ, ‘पहिले पनि प्रमूखको छनौटको लागि आवेदन खुुलाइए पनि ऐन बमोजिमको संख्यामा रोष्टरमा नाम समावेश हुन नसकेको कारण पुण आवेदन खुलाइएको हो ।’   इच्छुक योग्य व्यक्तिले उम्मेद्वारमा नाम दिन सम्बन्धित विषयमा स्नात्तोकर गरी दश वर्षको अनुुभव भएको हुनुपर्ने उल्लेख गरिएको छ । आवेदन दिने व्यक्ति उमेरले ५५ ननाघेको,  नैतिक पतन तथा फौजदारी कसूरमा दोषि नठरिएको र राजनीतिक दलमा समावेश नभएको हनुुपर्नेछ ।    साथै व्यक्तिगत विवरण, कार्ययोजना, नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यता, अनुुभवको प्रमाणपत्रसहित वन वातावरण तथा भू–संरक्षण मन्त्रालयमा प्राप्त हुुनेगरि सूचना प्रकाशन भएको १५ दिन भित्रमा पेश गरि सक्नुपर्ने जारी सुचनामा उल्लेख गरिएको छ ।

पोखरा:   नापी कार्यालयका प्रमुख दिनेश काफ्लेको नेतृत्वमा गठित छानबिन समितिले पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिनुभन्दा ४८ घण्टा अगाडी भाडामा दिएको ६३ रोपनी सार्वजनिक जग्गाको सम्झौता रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ ।   पोखरामा शुक्रबार पत्रकार सम्मेलन गर्दै निवर्तमान मेयर मान बहादुर जिसीले कानूनी प्रक्रिया नपुर्‍याई   सम्झौता गरेको ठहर गर्दै बदर गर्नुपर्ने जानकारी दिएको हो ।   गैरकानुनी तरिकाले भाडामा लगाइएका कारण सम्झौता र सम्बन्धित प्रस्तावहरू बदर गर्नुपर्ने उल्लेख गरिएको प्रतिवेदन पोखराका मेयर धनराज आचार्यलाई काफ्लेको नेतृत्वको छानबिन समितिले बुझाएको हो ।  प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्षलाई सार्वजनिक गर्दै काफ्लेले पूर्ण रुपमा कानून बर्खिलाप सम्झौता गरेको बताए । ‘उपत्यका नगर विकासको स्वामित्वमा रहेको जग्गा तथा संरचना भाडामा लगाउने सम्बन्धमा बोलपत्र सम्बन्धि कागजात तयार गर्ने, सुचना प्रकाशन गर्ने देखि सम्झौता प्रकृयामा विभिन्न त्रुटीहरु रहेको कागजातहरु केरमेट गर्ने सच्याउने थप्ने सम्झौता रितपूर्वक नभएको  कागजातहरु संकास्पद देखिएकाले यस सम्बन्धमा थप अनुसन्धान गर्न अनुसन्धान दुरुपयोग आयोगलाई पठाउन उपयुक्त हुने भनी राय पेश गरेका छौं ।’ उनले भने ।   सो प्रतिवेदनमा आगामी दिनमा उपत्यका नगर विकास समिति मातहतमा रहेका जग्गा तथा संरचनाहरू भाडामा लगाउँदा कार्यविधि तथा मापदण्ड पु¥याएर सम्झौता गर्नुपर्ने समेत सुझाव दिएको छ  ।    यस्तै, मातहत रहेको जग्गाको यकिन विवरण पनि अद्यावधिक गर्न समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।    निवर्तमान मेयर मानबहादुर जिसीले प्रक्रिया मिचेर ६३ रोपनी जग्गा आफ्नै ज्वाईसहितको निजी कम्पनीलाई दिएको प्रकरण अध्ययन गर्न एक हप्ताको म्यादसहित काफ्लेको संयोजकत्वमा काफ्लेसहित विष्णु बराल, झपिन्द्रराज रेग्मी, देवेन्द्र रानाभाट र शुकदेव गौतम सदस्य रहेको समिति गठन गरेको थियो ।     निर्वतमान मेयर जिसीको बदमासी   आफ्नो कार्यकाल सकिन २ दिन बाँकी रहदाँ निवर्तमान मेयर मान बहादुर जिसीले पोखरा पर्यटन बसपार्कको १८ रोपनी जग्गा, गल्फ एकेडेमीको ४० रोपनी जग्गा आफ्नै छोरीज्वाइँ राम भण्डारीका सहोदर भाइ विष्णु भण्डारीको कम्पनीलाई १० देखि २५ वर्षसम्म भाडामा दिएका थिए ।   जेठ ५ गते कार्यकाल सकिने भएपछि मेयर जिसीले ३ गते आफ्नै निवासमा बोलाएर पृथ्वीचोकमा रहेको ट्रायल सेन्टरको पाँच रोपनी जग्गासहित ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौतामा आफैँले हस्ताक्षर गरेका थिए । पोखरा महानगरको स्वामित्वमा आइनसकेको पर्यटन बसपार्क, यसअगाडी पनि भाडामा दिएर सम्झौता नसकिएको गल्फ एकेडेमीको जग्गा मेयर जिसीले हतारहतार उपत्यका नगरविकास समितिका सदस्यदेखि सदस्यसचिव महानगरका प्रमुख प्रशासकीय अधिकृत पनि नभएको मौका पारेर निजी कम्पनीलाई दिएका थिए ।   गैरकानूनी रुपमा जग्गा भाडामा लिएको कम्पनीलाई पनि तत्काल काम अगाडी नबढाउन पोखरा महागरपालिकाले पत्राचार गरिसकेको महानगरले जनाएको छ ।   यदि निवर्तमान मेयरले कानून बर्खिलाप जग्गा सम्झौता गरेको खण्डमा वर्तमान मेयर ठेक्का रद्द गर्न पाउने कानूनी प्रावधार रहेको छ ।