पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

  पोखरा:     यही सेप्टेम्बरदेखि पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा।लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । यस अघि उक्त कम्पनीले पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको उडान सुरु गरिएको थियो ।    हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङ्खलाको अदभूत दृश्य हेर्न पाइन्छ ।    बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ ।    यो एड्भेन्चरका लागि नेपालीलाई प्रति व्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति १ सय युएसडि (नेपाली १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ । साथै प्रती व्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्स समेत रहेको कम्पनीले जनाएको छ । बलुनको उडान अवधि ३० देखि ४० मिनेट रहनेछ ।     २१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ । बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न मिल्छ

तनहुँ  :   भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो ।    प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हटाउनुपर्ने अवस्था आएकाले संरक्षणका लागि समयमै ध्यान दिनुपर्नेमा स्थानीयवासीको माग छ ।     भानुभक्त मामाघर मानहुँ ९हालको व्यास–५० मा पुगेर पैदलबाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर आएको आम्दानीबाट कुवा खनाउने महान् विचारबाट भानु प्रेरित भई यस्तो कविता रचना गर्नुभएको थियो   भर्जन्म घाँसतिर मन दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।  घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन आज यस्तो ।   हाल कुवा रहेको पारीपट्टि पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्राह्मणको बस्ती छ । कुवाको नजिक पन्थ बस्ती रहेकाले पन्थ नै घाँसी भएको अनुमान गर्न सकिने भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराईले बताउनुभयो ।      पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत स्थानमा रहेको बुल्दी खोला किनारको भागलाई उठाएर समथर बनाएर संरक्षण गर्न सकिने विकल्पबारे स्थानीयवासीले सुझाव दिँदै आएका छन् । पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा ऐतिहासिक कुवाको अस्तित्व मेटिने हुँदा संरक्षण गर्न आवश्यक पहल गर्नुपर्ने व्यास नगरपालिका–११ पोल्याङ घाँसीकुवा निवासी भोजराज पन्थले बताउनुभयो । “जिजुबाजेदेखि जोगाउँदै आएको सम्पदा हो”, उहाँले भन्नुभयो, “भत्काएर इतिहास मेट्न हुँदैन, संरक्षणमा लाग्नुपर्छ ।”      घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरी दिँदा पहिचानमा कठिनाइ भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउनुहुन्छ । हाल घाँसीकुवा रहेको भन्दा २०० मिटर पर उत्तरतिर करिब १०० रोपनी सार्वजानिक जग्गामा स्थानीय बासिन्दाले भानुघाँसी उद्यान बनाउन दिने निर्णयसमेत भएको समितिका सदस्य प्रेम पन्थले जानकारी दिनुभयो ।      घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई व्यास–१२ कायम भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ । कुवा नरहे भानुभक्तको पहिचानमा असर पर्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नसकिने घाँसीकुवामा चमेनागृह सञ्चालन गर्दैआउनुभएकी लीलावती पन्थले बताउनुभयो ।      उक्त कुवा र उद्यान संरक्षणका लागि तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव छ । चिनीयाँ कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टो पुर्ने कार्य गरिरहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पूरा हुने गरी योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ ।      मुग्लिनदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण कार्य थालेको छ  । सो कम्पनीले सडक फराकिलो गर्न रु ६ अर्ब १४ करोडमा ठेक्का सम्झौता गरेको हो 

बागलुङ  :   गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका-१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन ।    ‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो । “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपथ्र्यो”, घर्तीले भन्नुभयो, “नौ, दस कक्षा पढ्ने बेलासम्मै त्यहीँ बाटो भएर हिँड्यौँ, हामी सानो छँदादेखि नै त्यहाँ झोलुङ्गे पुल थियो ।”    परम्परागत सीप र साधनबाट बनाइएको पुल संरक्षण गर्नुपर्नेमा उल्टै भत्काइएपछि घर्तीको मन कुँडिएको हो । बूढापाकाका अनुसार झण्डै १०० वर्षअघि व्यापारका सिलसिलामा ताराखोला पुग्नुभएकी ‘सेती थकाल्नी’ले उक्त पुल बनाउनुभएको थियो । “थकाली व्यापार गर्न जहाँ पुग्थिन त्यहीँ धर्मकर्मका नाममा पुल, चौतारी, पाटी, पौवा बनाउने गर्थिन, गाईघाटको पुल पनि सेती थकाल्नीले बनाएको भन्ने गाउँका पाकापुरानाबाट सुनिन्छ”, घर्तीले भन्नुभयो । तत्कालीन अर्गल गाविसका अध्यक्षसमेत रहनुभएका घर्तीले उक्त झोलुङ्गे पुलको लठ्ठा मात्र भए पनि जोगाउन सके इतिहास सुरक्षित हुने धारणा राख्नुभयो ।    “गाउँपालिकाको सङ्ग्रहालय बन्दैछ, त्यो लठ्ठालाई ल्याएर त्यहीँ राख्न सकिन्छ”, उहाँले भन्नुभयो, “हाम्रा पितापुर्खाको सीप र कौशल नयाँ पुस्ताले हेर्ने, बुझ्ने मौका पाउँथे ।”   दुर्भाग्य इतिहाससँग जोडिएको उक्त झोलुङ्ले पुलको लठ्ठा अहिले दरमखोलामा अलपत्र छाडिएको छ । बर्खामासको खोलाले बगाएर अन्तै पु¥याए पनि कसैलाई चासो छैन ।  ‘ट्रस्ट’ पुल निर्माणको जिम्मा पाएको बनौ निर्माण सेवाका प्रतिनिधि टोपबहादुर रोकाले लठ्ठालाई टुक्राएर निकाल्न सकिने बताउनुभयो । “यतिकै झिक्न त गाह्रो छ, मेसिनले टुक्रा बनाएर निकाल्न सकिन्छ”, उहाँले भन्नुभयो ।    निर्माण कम्पनीले पहिलेकै ठाउँमा ‘ट्रस्ट’ पुल बन्ने भएपछि पुरानो संरचना भत्काइएको जनाएको छ । गाउँपालिकाको रु २० लाख लागतमा गाईघाटमा नयाँ पुल बन्न लागेको हो ।  यसरी कुनैताका विकट गाउँ–बस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर बनाइएका झोलुङ्गे पुल आधुनिक प्रविधि भित्रिएसँगै मासिन थालेका छन् । झोलुङ्गे पुल बनाउने त्यो बेलाको रैथाने सीप र कौशल पनि अब इतिहास बनिसक्यो ।    ताराखोला गाउँपालिका–२ अर्गलका ६८ वर्षीय गोविन्द घर्तीले पुल बनाउने फलाम लिन २०२८ साल तिर बुबाको साथ लागेर बुटवलसम्म पुगेको स्मरण गर्नुभयो । उहाँका अनुसार बुटवल पुग्न १४÷१५ दिनसम्म लाग्थ्यो । पुल बनाउने योजना बनेपछि गाउँभरिका मानिस लाम लागेर फलाम लिन बुटवल झर्थे ।    त्यसरी ल्याएको फलाम आरनमा गालेर लठ्ठा बनाउन तीन महिनासम्म लाग्थ्यो । पूरै झोलुङ्गे पुल तयार हुँदा आठ महिना बित्थ्यो । फलाम गालेर, पिटेर बनाइएका साङ्ला एकापसमा गाँसेर लामो लठ्ठा बनाउने गरिन्थ्यो । स्थानीय विश्वकर्मा समुदायका कालीगढले फलामको लठ्ठा बनाउने जिम्मा लिन्थे । लठ्ठा बनेपछि मात्र पुलको अरु काम सुरु हुन्थ्यो ।   त्यसताका अहिले जस्तो सिमेन्ट, बालुवा नराखी ढुङ्गाले मात्र पुलको ‘जिप’ बनाउने गरिएको गोविन्दले सुनाउनुभयो । उहाँका अनुसार ठूल्ठूला ढुङ्गा र खाल्डा प्रयोग गरेर पुलको लठ्ठा तन्काउने गरिन्थ्यो ।    “जिपको पछाडिपट्टि ठूलो खाल्डा खनी त्यसमा गारो चिन्ने अनि त्यहीँमाथि ढुङ्गा चढाइ लठ्ठा खिच्ने गरिन्थ्यो । लठ्ठा ढुङ्गामा बाँधेपछि तल चिनिएको गारो विस्तारै झिक्दा ठूलो ढुङ्गा तल खस्दै जान्थ्यो अनि लठ्ठा तानिन्थ्यो,” उहाँले भन्नुभयो ।    उक्त काम होसियारीपूर्वक नगरे पुलको ‘जिप’ नै भत्किने खतरा हुन्थ्यो । लठ्ठा खिच्ने ढुङ्गा ल्याउन, खाल्डो खन्न, लठ्ठा खिच्न मान्छेको बल र बुद्धिको खाँचो पथ्र्यो । ठूलो ढुङ्गा टाढाबाट डोरी लगाएर ल्याउन ४०÷५० मजदुर खटिन्थे ।   यसरी ढुङ्गा अल्झाएर तानेको लठ्ठाले नै पुलको भार थाम्ने गथ्र्यो । ढुङ्गा र पहरा भएका ठाउँमा छिनाले दुई हातसम्म प्वाल पारेर लठ्ठा अड्काउने गरिन्थ्यो । लठ्ठा तानेपछि पुलको तलपट्टि काठ बिछ्याउने र दायाँबायाँ फलामकै पाताले बार लगाउने गरिन्थ्यो ।    झोलुङ्गे पुल निर्माणमा आधुनिक प्रविधि भित्रिएसँगै रैथाने सीप र प्रविधि लोप मात्र भएको छैन आरान चलाउने, भारी बोक्ने, कालीगढी गर्ने व्यक्तिको कमाइको श्रोत पनि गुमेको छ । झोलुङ्गे पुल निर्माणमा व्यवस्थापकीय र सामाजिक परिचालनका काममा सघाउँदै आएको भिमापोखरा युवा क्लब ९बिवाइसी०का कार्यक्रम संयोजक प्रेम केसीले परम्परागत प्रविधिबाट बनेका झोलुङ्गे पुल जीर्ण बनेपछि त्यहीँ ठाउँमा नयाँ पुल निर्माण भइरहेको बताउनुभयो ।   “पुरानो प्रविधिबाट बनेका अधिकांश पुल जीर्ण छन्, कुनै प्रयोगविहीन त कुनै कामै नलाग्ने अवस्थामा छन्”, उहाँले भन्नुभयो, “सर्वेक्षणका क्रममा केही पुल संरक्षण गर्नुपर्ने भनेर तोकिएको पनि छ ।” स्थानीयले जोगाउन चाहेको र अरु हिसाबले पनि महत्व बोकेका पुललाई संरक्षण गर्नुपर्ने संयोजक केसीको सुझाव छ ।    पुल निर्माणमा नयाँ प्रविधिले ठाउँ लिए पनि रैथाने सीपमा आधारित परम्परागत शैलीका झोलुङ्गे पुलको संरक्षणमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । दुई वर्षअघि गलकोट नगरपालिकाको पुरानो ‘राजाको पुल’लाई परम्परागत प्रविधि र मौलिकता झल्काउने गरी पुनःनिर्माण गरिएको थियो ।    झोलुङ्गे पुल बनाउने बागलुङको रैथाने प्रविधि पनि संरक्षण होस् भनेर उक्त पुलको माथिपट्टि पुरानै पुलको लठ्ठा प्रयोग गरिएको छ । चौबिसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा उक्त पुल बनेको थियो ।    झोलुङ्गे पुल बनाउने बागलुङको परम्परागत प्रविधिलाई ‘इन्जिनियरिङ’ गरी नयाँ प्रविधि भित्र्याइएको तत्कालीन जिल्ला प्राविधिक कार्यालय बागलुङमा झोलुङ्गे पुल हेर्ने इन्जिनियर बलविक्रम दाहालले बताउनुभयो । उहाँका अनुसार आधुनिक प्रविधिबाट अहिले बन्ने पुल तीन महिनामै तयार हुन्छन् । लठ्ठा, जालीलगायतका निर्माण सामग्री सबै तयारी अवस्थामै किन्न पाइन्छन् । गुणस्तर, लागत खर्च, समय इत्यादि कारणले आधुनिक प्रविधि नै उत्तम रहेको इन्जिनियर दाहालको भनाइ छ ।    आधुनिक प्रविधिको झोलुङ्गे पुल निर्माणमा परम्परागत प्रविधिकै विकसित रुप (जसलाई बागलुङ प्रविधि पनि भनिन्छ) नै प्रयोगमा आएको पाइन्छ । ‘झोलुङ्गे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा ४१० भन्दा बढी झोलुङ्गे पुल छन् । 

चितवन  ः  भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु गरिएको छ । महानगरले उपलब्ध गराएको रु २० लाखको अक्षयकोषबाट भत्ता दिन सुरु गरिएको हो ।   सो कोषमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले रु एक लाख थप गरी भत्ता वितरण थालिएको हो । कोषका लागि भरतपुर महानगरपालिकाले आज एक समारोहकाबीच रकम हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले महासङ्घका अध्यक्ष नारायण अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।   महासङ्घले कोषमा जम्मा गर्नुपर्ने रकमबाट गत वैशाखदेखि असारसम्म तीन महिनाको चार जना पत्रकारलाई मासिक रु चार हजारका दरले हुन आउने रु १२ हजार जनही वितरण गरिएको छ । योग्यता पुगेका एक जना नेपाल बाहिर रहेकाले पछि सो रकम हस्तान्तरण गरिने महासङ्घले जनाएको छ । महासङ्घ र महानगरपालिका मिलेर भरतपुर महानगर ज्येष्ठ पत्रकार निवृत्तिभरण कार्यान्वयन कार्यविधि २०७८ बनाई सो कार्यविधिअनुसार कोष स्थापना गरी प्राप्त व्याजबाट भत्ता वितरण सुरु गरिएको हो । कार्यविधि बनाएर काम अघि बढाएको महानगरले जनाएको छ ।   लाभग्राही पत्रकार थपिएसँगै स्वतः महानगर र महासङ्घले कोषमा रकम थप गर्ने गरी कार्यविधि बनाइएको छ । कोष सञ्चालनका लागि महासङ्घका पदाधिकारी र महानगरका कर्मचारी रहेको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ ।   रकम हस्तान्तरण गर्दै प्रमुख दाहालले महासङ्घसँग सहकार्य विगतमा झै आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो । उमेर घटाउने र कोषलाई वृद्धि गर्दै लग्ने विषयमा महानगरले छलफल गर्ने उहाँको भनाइ छ । उहाँले नेपालमानै पहिलोपटक पत्रकारिता क्षेत्रमा नमूना कार्य गरिएको बताउनुभयो ।   महासङ्घले अघि बढाएको पत्रकार तालिम केन्द्रका लागि महानगरले दुई कठ्ठा जमिन संरक्षणका लागि दिएको भन्दै उहाँले तालिम केन्द्रका लागि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यससँगै लेखनवृत्ति, क्षमता अभिवृद्धिलगायतका कार्यमा महानगरले सहकार्य गर्ने उहाँको भनाइ छ । प्रमुख भएसँगै अघिल्लो कार्यकालमा पत्रकारिता क्षेत्रलाई प्रवद्र्धन हुने गरी विभिन्न कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो । यस कार्यकालमा पनि महासङ्घका प्रस्तावलाई सम्बोधन गरिने उहाँले जानकारी दिनुभयो ।   सोही अवसरमा उपप्रमुख चित्रसेन अधिकारीले नेपालमै महानगरले महासङ्घसँग सहकार्य गरेर अनुकरणीय काम अघि बढाएको बताउनुभयो । यसबाट दुई संस्थाबीचको सहकार्य थप मजबुत हुने उहाँको भनाइ छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले सबै प्रक्रिया पूरा गरेर महासङ्घसँग सहकार्य गरी भत्ता वितरण कार्यका लागि कोषमा जम्मा हुने गरी रकम वितरण गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्यालले देशमानै नमूना काम यहाँको महासङ्घ र महानगरले गरेको भन्दै प्रशंसा गर्नुभयो ।   महासङ्घका अध्यक्ष अधिकारीले संस्थागतरुपमा महासङ्घबाट आएका प्रस्ताव अहिलेसम्म फर्किनु नपरेको भन्दै अब अगाडि सारिएका आयोजनामा सहकार्य गरिदिन आग्रह गर्नुभयो । सोही अवसरमा ६० वर्ष कटेका ज्येष्ठ पत्रकार रेशम वीरही, डिल्लिराम पोख्रेल, मोहोन पोख्रेल र महेन्द्रराज श्रेष्ठलाई तीन महिनाको निवृत्तिभरण रकमबापत रु १२ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो । निवृत्तिभरण रकम बुझेसँगै वीरहीले पत्रकारको योगदान हालसम्म राज्यले गर्न नसकेको बताउनुभयो । यो कार्यको थालनी महत्वपूर्ण भएको उहाँको भनाइ थियो ।   भत्ता वितरण कार्यविधिअनुसार महिला, दलित, अपाङ्ग र अल्पसङ्ख्यकका लागि ५५ वर्ष र अन्यको हकमा ६० वर्ष कटेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारलाई यो कोषबाट भत्ता वितरण गर्ने व्यवस्था रहेको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाउनयोग्य उमेर भएपछि यो कोषबाट भत्ता पाइने छैन । यससँगै नेपाल सरकारका कुनै पनि निकायका नियमित सुविधा लिनेलाई कोषमा समावेश गरिने छैन ।

पोखरा : पोखरामा सार्वजनिक यातायात केन्द्रीय महासंघको गण्डकी प्रदेश कमिटीको कार्यालय उद्घाटन गरिएको छ । पोखरा ११ स्थित रानीपौवामा गण्डकी यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिजालले कार्यालयको उद्घाटन गरे ।   सो अवसरमा बोल्दै रिजालले यातायात महासंघको उद्देश्य अनुरुप नै काम गर्नेमा विश्वास व्यक्त गरे । उनले फरक प्रसंगमा बोल्दै यातायात व्यवस्थामा सेवाग्राहीलाई व्यवस्थित तरिकाले सेवा सुविधा प्रदान गर्नका लागि लागिपरेको उल्लेख गरे । ‘हाम्रो कार्यालयमा हुने गरेको बेथितीको विरुद्धमा मैले काम गरिरहेको छु, उनले भने, ‘अब डिजिटलाइजलाई ध्यानमा राखेर मैले विभागमा प्रस्तावहरु लगिसेको छु । जसरी हुन्छ भीडभाडलाई कम गर्ने र नागरिकमैत्री सेवा प्रदान गर्नको लागि म लागिपरहेको छु ।’   उनले मुलुक संघीय संरचनामा गइसकेको बताउदै प्रदेशमा अधिकार नदिएको बताए । ‘हाम्रो सर्भर समेत हाम्रो हातमा छैन, उनले भने, ‘एउटा नयाँ कर्मचारी सरुवा भएर आयो भने उसको एकाउण्ट बनाउने केन्द्रलाई नै गुहार्न पर्छ । त्यसैले हाम्रो अधिकार केन्द्रमै डम्पिङ भएको छ ।’   उनले विचौलीया प्रथालाई अन्त्य गर्ने उद्देश्य सहित प्रविधिको प्रयोग गर्न तर्फ पहल गरिरहेको समेत बताएका थिए । यसैगरी सार्वजनिक यातायात केन्द्रीय महासंघको गण्डकी प्रदेश कमिटीका अध्यक्ष बसन्त प्रधानले उक्त कार्यालयबाट सवारीमा लगानी गर्ने र यात्रुहरुको समस्या समाधानको पक्षमा लाग्ने बताए । उनले सार्वजनिक यातायातले भोग्ने गरेको समस्या र यात्रुलाई गरिने ठगीको विषयमा गम्भीर भएर काम गर्ने समेत प्रतिवद्धता जनाएका थिए ।    प्रदेश कमिटिीले प्रदेशभित्र सञ्चालन हुने यातायात सेवाको संरक्षण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा गुणस्तरीय सेवा प्रदान गर्ने, नेपाल सरकार तथा कम्पनी ऐन, पर्यटन ऐन, साविक करार ऐन, यातायात व्यवस्था ऐन र अन्य प्रचलित ऐन कानूनको अधिनमा रहि दर्ता भए गरेका यातायातसँग सम्बन्धित सम्पूर्ण कम्पनी, प्रालिलाई सदस्यता प्रदान गर्ने, पेशागत संरक्षण गर्ने, यातायात क्षेत्रसँग समबन्धित निकायहरुसँग आवश्यक समन्वय गर्ने, आलोपालो पद्धती अनुसार रुटको व्यवस्था गर्ने, यातायातसँग सम्बन्धित आवश्यक नीति  नियम आचारसंहिता ऐन, कानून निर्माण, तर्जुमा गर्नका लागि सम्बन्धित निकाय तथा प्रदेश सरकारलाई राय सुझाव तथा परामर्श दिने लगायतको उद्देश्य अघि सारेको छ । अध्यक्ष प्रधानका अनुसार हाल उक्त कमिटीमा २४ वटा यातायात प्रालिहरु सदस्यका रुपमा आवद्ध भइसकेका छन् ।  

पोखरा  :   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र नेपालका लागि अस्ट्रेलियका राजदूत फ्यालिसिटी भोल्कबीच सोमबार भेटवार्ता भएको छ ।    मुख्यमन्त्रीकै कार्यकक्षमा भएको भेटघाटमा समसामयिक विषयसहित नेपालको संघीयता कार्यान्वयनका क्रममा देखिएका सबल पक्ष र दुर्बल पक्षका बारेमा उनीहरुबीच कुराकानी भएको छ ।    मुख्यमन्त्री पोखरेलले नेपाल र अस्टे«लिया बीचको सम्बन्ध अझ सुदृढ हुँदै जाओस् भन्ने चाहना व्यक्त गरे । उनले भने, ‘गण्डकी प्रदेशको विकासमा विशेष गरी शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, प्रविधि प्रवद्र्धनमा अस्टे«लियाको सहयोग हाम्रा लागि अपेक्षित छ । यहाँको भ्रमणले हामी बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्धत गर्ने नै छ ।’    नेपाल र अस्ट्रेलिया बीचको कुटनीतिक सम्बन्ध सन् १९६० मा स्थापना भए पश्चात २ देश बीचको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहँदै आएको मुख्यमन्त्री पोखरेलले बताए । २ मुलुकको शिक्षा र पर्यटन क्षेत्रको संलग्नताले गर्दा २ देशको सम्बन्ध जनस्तरसम्म फैलिएको उनको भनाइ थियो ।      अस्टे«लियन डेभलपमेन्ट कोअपरेसन कार्यक्रममा १९७९ मा नेपाललाई समावेश गराइएपछि आपसी सहयोग अझ बढेको मुख्यमन्त्री पोखरेलले स्मरण गरे । अस्ट्रेलियन सरकार र निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, वन वातावरण, प्रविधि, मानव विकास, ग्रामीण विकास, शान्ति निर्माण प्रक्रियामा महत्वपूर्ण सहयोग गरेको भन्दै उनले प्रशंसा गरे ।    नेपालले कपडा, कार्पेट, पेन्टिग आदि अस्ट्रेलिया निर्यात गर्दै आएको छ । भने नेपालले प्रशोधित तेल, तरकारी आदिको आयात गर्ने गर्दछ । मुख्यमन्त्री पोखरेलले भने, ‘अस्ट्रेलिया नेपालीका लागि प्यारो घरजस्तो भएको छ । ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अस्ट्रेलियामा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गएका छन् ।’    कतिपय नेपाली युवाहरु अस्ट्रेलियामा राम्रो काम प्राप्त गर्न सफल भएको र कतिपयले स्थायी आवासको अनुमति लिई परिवार नै बसोवास गरेको अवस्था छ । नेपाली विद्यार्थी र अस्टे«लियामा बसोबास गर्ने नेपालीप्रति अस्टे«लियामा देखाइएको सहयोगका लागि मुख्यमन्त्रीले आभार प्रकट गरे ।  प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालय र अस्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यका लागि समेत मुख्यमन्त्री पोखरेलले चासो व्यक्त गरे । राजदूत फ्यालिसिटी भोल्कले अस्ट्रेलिया सरकारले नेपालमा लामो समयदेखि शासकीय सुधारका क्षेमा काम गर्दै आएको भन्दै अहिले पनि संघीयता सुदृढीकरणमा समेत अहिले पनि आर्थिक र प्राविधिक सहयोग गरिरहेको जानकारी गराइन् । राजदूत भोल्कले सोमबार नै पोखराको हरियोखर्कस्थित ग्रिन पास्चर अस्पतालमा स्थापित अक्सिजन प्लान्टको उद्घाटन गरेकी छन् ।    कोभिडका बेलामा नेपाल सरकारले दातृ निकायसँग गरेको आग्रह अनुसार अस्ट्रेलियाले सहयोग गरेको उनले स्मरण गरिन् । अहिले पनि कोभिडबाट प्रभावितका लागि आर्यआर्जनका क्षेत्रमा आइएनएफमार्फत् काम हुँदै आएको उनले बताइन् । उनले भनिन्,‘जीविकोपार्जन, आयआर्जन, अपांगता भएकाहरुकाको लागि सबलीकरण कार्यक्रममा हामीले सहयोग गर्दै आएका छौं ।’   उनले गण्डकी विश्वविद्यालयसँग अस्ट्रेलियका शैक्षिक संस्थासँग सहकार्यका लागि समन्वय गर्ने प्रतिबद्धता समेत उनले जनाइन् । राजदूत भोल्कले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन र आसन्न प्रदेश सभा, प्रतिनिधि सभाको निर्वाचनको तयारीका बारेमा समेत राजदूतले चासो राखेकी थिइन् ।    अक्त अवसरमा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, कानुन, सञ्चार तथा संसदीय मामिला मन्त्री बिन्दुकुमार थापाले संघीयता कार्यान्वयमा देखिएका चुनौतीका बारेमा अनुभव सुनाए ।    भेटघाटमा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, प्रदेश सभा सदस्य ओमकला गौतम, सरीता गुरुङ, ललितकला गुरुङ, मनकुमारी गुरुङ, प्रकाशचन्द्र दवाडी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवद्वय रामप्रसाद आचार्य र मनमाया पंगेनीसहित सहभागी थिए ।     

पोखरा :  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ ।   समाजसेवी एवं व्यवसायी विमलमान गुुभाजूू तथा परिवारद्वारा बुुबा स्व. वेदमान गुुभाजूू र आमा स्व. नेत्रकुमारी गुुभाजूूको स्मृतिमा स्थापित सो पुरस्कारका लागि नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा पाँच सदस्यीय छनौट समिति गठन गरिएको हो ।   पोखरा-२५, सुुइखेतस्थित सुुइखेत रिभर भ्याली रिसोर्टमा सम्पन्न फोनिज गण्डकी प्रदेशको बैठकले छनौट समिति गठन गर्ने निर्णय गरेको महासचिव धनबहादुर गुरुङ (सुमन)ले जानकारी दिए । उनका अनुसार छनौट समितिको सदस्यहरूमा शान्ति गुरुङ, एमबी आस्था मगर, अध्यक्ष रूद्रबहादुर श्रीसमगर र महासचिव धनबहादुर गुरुङ (सुमन) रहेका छन् ।    उक्त पुरस्कार आगामी साउन २७ गते फोनिजको २२ औं स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश कार्यक्षेत्र भएका दुुई जना आदिवासी जनजाति पत्रकारलाई जनही २५ हजार नगदसहित प्रदान गरिनेछ । यस पुरस्कारबाट यसअघि, रूद्रबहादुर थापामगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ र केबी रानामगर पुरस्कृत भइसकेको महासचिव धन बहादुर गुरुङले बताए ।    यसैबीच बैठकले फोनिजको २२ औं स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्न सचिव सुशान्त गाहामगरलाई संयोजकको जिम्मेवारी तोकिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र सञ्चारिका समूह गण्डकीसँग फोनिज, गण्डकी प्रदेशले मैत्रीपूर्ण फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको हो । त्यसैगरी, फोनिज, गण्डकीले स्थापना दिवसको अवसरमा लेखनवृत्ति प्रतियोगिता समेत आयोजना गर्ने निर्णय गरेको छ । लेखनवृत्तिको लागि पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन गरिएको छ । फोनिज, गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगरको अध्यक्षतामा भएको बैठकमा फोनिज, गण्डकी प्रदेशका निवर्तमान इञ्चार्ज हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष एमबी आस्था मगर, पुरस्कारका संस्थापक विमलमान गुुभाजूूले विभिन्न सुुझाव दिएका थिए ।

  कैलाली :  कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा भेटिएको माकुरो । आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो ।

काठमाडौँ  :  बागमती नदीभित्र हुने अनाधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् ।    गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेष्ट पेट्रोल पम्प मुनिको बागमती  नदी किनारमा लामो समयदेखि अनाधिकृत रूपमा फोहर सङ्कलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको फुटाइदिएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो ।    समितिले आयोजनाको काममा नै अवरोध पु¥याउने गरी फोहर सङ्कलन केन्द्र नराख्न तीनपटक पत्राचार गरिसकेको छ । तर घिसिङले समितिको पत्राचारलाई अटेर गर्दै आएको जनाइएको छ । श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ । घिसिङले अटेर गरी नदी किनारामा फोहर सङ्कलन केन्द्र बनाउँदा वाग्मती सौन्दर्यीकरणको काममासमेत असर पुगेको समितिले जनाएको छ ।     अनधिकृत रूपमा फोहर सङ्कलन केन्द्र स्थापना गरेर स्थानीयवासीलाई समेत धम्की दिँदै उनले बागमती  कोरिडोर क्षेत्रबाट फोहर उठाउने गरेका हुन् । जसले गर्दा जम्मा भएको आधा फोहर वाग्मतीमा बग्ने गरेको छ ।    नियमित अनुगमन गर्ने क्रममा समितिको ‘क्वीक रेस्पोन्स टिम’मा सहभागी  श्रेष्ठमाथि कुटपिट गरेपछि यो घटना सार्वजनिक भएको हो ।  ‘‘हामी नियमित अनुगमनमा गएका थियौँ, मैले फोहर सङ्कलनस्थलको तस्बिर खिच्न लागेको थिएँ, त्यहीबेला ममाथि एक्कासि मुक्का प्रहार भयो’’, उहाँले भन्नुभयो । आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाँका लगाइएको छ । श्रेष्ठको हाल नेपाल भारत मैत्री अस्पताल मित्रपार्कमा उपचार भइरहेको छ ।