सामूहिक बलात्कार गरेकाे आरोपमा कांग्रेस नेता पाण्डे पक्राउ, अन्यकाे खाेजी जारी
कास्की | साउन ६, २०७९

पोखरा: पोखराको लेकसाइडस्थित सहारा होटलमा एक युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा नेपाली कांग्रेसका नेता मधुसुदन पाण्डेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार जबरजस्ती करणी उद्योग गरेका नुुवाकोटको बेलकोटगढी १३ का मधुसुदन पाण्डेलाई गत २५ गते पक्राउ गरिएको हो ।
‘जाहेरीमा सामूहिक बलात्कार भनिएको छ । घटना २२ गतेको हो । युवतीले काठमाडौं गएर जाहेरी दएकी थिइन्, डिएसपी तिवारीले भने, ‘घटना पोखराकै भएको कारणले यहाँ काजगपत्र आएको छ । पाण्डेलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैराछ भने अन्य फरार अभियुक्तहरुलाई पनि खोज्ने काम तिव्र पारेका छौं ।’
सामाजिक सञ्जालमार्फत चिनजान भएकी ति युवतीलाई चितवनमा बोलाएर चालकसहित ५ जनाले पोखरा ल्याएको डिएसपी तिवारीले बताए । ‘पीडकहरु चितवनमा थिए । ति युवतीलाई पनि त्यही बोलाएर पोखरा ल्याएको देखिन्छ, उनले भने, ‘पोखरा आएर सहारा होटलमा दुईवटा कोठा लिएर बसेको देखिन्छ । सोही रातमा सामूहिक बलात्कार भएपछि अर्काे दिन काठमाडौं फर्केपछि मालीगाउँमा जाहेरी दिनुभएछ । उताबाट कागजात आएपछि अहिले केस हामीले हेर्दैछौं ।’
पक्राउ परेका पाण्डेलाई जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान गरिरहेको उनले बताए ।
पक्राउ परेका पाण्डे नुवाकोट जिल्लाको क्षेत्र नम्बर २ प्रदेश (क) का नेपाली कांग्रेका प्रवक्ता समेत भएको बताइएको छ ।
काठमाडौं: तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ तुर्कमनेबासी अन्त...
गण्डकी: लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...
पोखरा: होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट ए...