पोखरा महानगरपालिकाको ‘बुस्टर डोज’ अभियान
पाेखरा | साउन ६, २०७९
पोखरा: पोखरा महानगरपालिकाले कोभिड–१९ विरुद्व ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यलय स्वास्थ्य महाशाख विभागले एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो ।
प्रकाशित सूचनामा भनिएको छ,‘कोभिड–१९ विरुद्वको खोप ‘एस्ट्रेजेनिका’ दोस्रो मात्रा लगाएको ३ महिना पुरा भएका र ‘जेनसेन’ खोपको १ मात्रा लगाएको ३ महिना पुरा भएका व्यक्तिहरुले सम्बन्धित खोप केन्द्रबाट ‘भेरोसेल’ खोपको अतिरिक्त मात्रा‘बुस्टर डोज’ खोप अनिवार्यरुपमा लगाउनु पर्ने छ ।’
सूचनामा उल्लेख गरिएको छ , ‘खोपको अतिरिक्त मात्रा लिन आउँदा अनिवार्यरुपमा पहिलो खोप कार्ड लिएर आउनु पर्ने छ । भने सो अभियान श्रावन ६ गते पोखराका १४ विभिन्न स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने छ ।’

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

