पर्यटन मन्त्रालयको विषयगत समितिमा पोखराका मेयर आचार्य

पाेखरा | साउन ६, २०७९

पर्यटन मन्त्रालयको विषयगत समितिमा पोखराका मेयर आचार्य


पोखरा:      पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छ । 

 

मन्त्रालयको नीतिगत छलफल हुने समितिमा मेयर आचार्य देशभरका ७५३ वटै स्थानीय तहको तर्फबाट सदस्य तोकिएका हुन् । संघीय पर्यटन मन्त्रीको अध्यक्षता रहने समितिमा सात वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । पर्यटन मन्त्रालयका सहसचिव यसको सदस्य सचिवको रुपमा रहन्छन । 

 

पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयरीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखराका मेयर आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिएको छ । मेयर आचार्यले देशभरका स्थानीय तह मध्येबाट पोखरा महानगरको मेयरलाई नियुक्त गरिनुले पर्यटकीय सहर पोखरा र पोखराबासीको अपनत्व लिएकोे प्रतिक्रिया दिएका छन् । 

 

उनले  पर्यटन मन्त्रालय र मन्त्री प्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वास समेत प्रकट गरेका छन् । ‘हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौं । मन्त्री ज्युले यसको प्रक्रिया आगाडि बढाएको र क्याविनेटमा लैजाने पनि जानकारी दिइसक्नुभएको छ । मन्त्रालयको विषयगत समितिमा पनि देशभरका स्थानीय तह मध्येवाट पोखरालाई प्राथमिकता दिनुले यहाँको पर्यटकीय महत्व उहाँले पक्कै बुझ्नुभएको छ भन्ने लाग्छ । यसका लागि म मन्त्रालय र मन्त्री ज्युप्रति आभार प्रकट गर्छु । पक्कैपनि पोखरालाई मन्त्रालयकै इनिसियसनमा छिट्टै पर्यकटकीय राजधानी घोषणा गराउनुहुनेछ भन्नेमा पनि विश्वस्त छु’ उनले भने ।

 

 

 


 

काठमाडौं:  जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन रहेको छ ।  यस सरकारलाई आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने...

थप पढ्नुहोस्

नवलपरासी:   गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन स...

थप पढ्नुहोस्

काठमाडौं:  भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ...

थप पढ्नुहोस्