पोखराको सबैभन्दा ठुलो स्पा, ट्रान्क्युलिटी स्पा सञ्चालनमा
पाेखरा | साउन ५, २०७९
पोखरा: नेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा समेत सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशकअघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । पोखरा लेकसाइडस्थित १४ नम्बर स्ट्रिट मा सञ्चालनमा आएको यो स्पा पोखराकै सबैभन्दा ठुलो क्षेत्रफलमा फैलिएको स्पा हो ।
यसका सञ्चालक रनिल फैजुका अनुसार सरोवरमा सात हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा सञ्चालनमा आएको छ ।
सेवाग्राहीले यहाँबाट मसाज थेरापी, ब्युटी थेरापी, हाइड्रो थेरापी सहित अन्य प्याकेजमा सुविधा उपलब्ध गराउनेछ । स्पासँगै सलून, साउना, स्टिम, ज्याकुजीको सेवा पनि उपलब्ध हुने उनले जानकारी दिए ।
“हामीले सेवालाई थप आधुनिक र परिस्कृत गदै लैजानेछौँ” उनले भने ।
ट्रान्क्युलिटी स्थापले पोखरामा बिगत १० वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । राजधानी काठमाडौंमा करिब १५ वर्ष अगाडिबाट सेवा प्रदान गर्दै आइरहेको ट्रान्क्युलिटी स्पाको दुइवटा शाखा मलेसियामा समेत छ ।
ट्रान्क्युलिटी स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदिक थेरापी, एरोमा थेरापी, स्पाइनल थेरापी, शिरोधारा, सौना वाथ, स्टिम वाथ लगायत सेवा प्रदान गर्दै आइरहेको छ ।
स्पामा अन्तर्राष्ट्रियस्तरका स्पासँग सम्बन्धित सामग्री प्रयोग गरिएको हुनाले यस किसिमको सेवाले स्वस्थ समाज निर्माण गर्न सहयोग हुने उनले बताए । शारीरिक थकान, मानसिक तनाव, जिउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुन्छ ।
यसबाहेक ब्युटी र स्पासम्बन्धि विश्वस्तरीय तालिम पनि केही दिनमा नै सुरु हुने उनले जानकारी दिए । तालिममा नेपाली र विदेशी सबैले सहभागी हुन पाउनेछन ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

