साउन दोस्रो साता ‘बिबिआर’ फुटसल प्रतियोगिता, एकजना ‘ए’ डिभिजन खेलाडी राख्न पाइने
कास्की | साउन ५, २०७९
पोखरा: पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ हुने भएको छ ।
आगामी १० र ११ गते स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले ‘फाइभ ए साइड फुटसल प्रतियोगिता’ आयोजना गरिने खेल संयोजक राहुल गुरुङले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार हात पार्नेछ ।
यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडीले ट्रफीसहित २ हजार ५ सय, र सर्बाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकले जनही २ हजार प्राप्त गर्नेछ ।
दुई दिन सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिमले चाहेको खण्डमा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजनका एक जना खेलाडीलाई समावेश गर्न पाइने बताइएको छ । उक्त प्रतियोगिताको दर्ता शुल्क नगद रु ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

