गलकोटः   विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ ।  काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसे...

काठमाडौँ:  सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठक आह्वान गर्नुभएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो १२ः३० बजे बोलाइएको बैठकमा मुलुकमा देखापरेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले अवरोध हुँदै आएको छ । सोही कारण महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।   प्रधानमन्त्रीले आह्वान गर्नुभएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आमन्त्रण गरिएको छ । संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले पहल गर्दै आउनुभएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । सोही विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ । सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन् । रासस

भारतको लद्दाखमा शनिबार भएको एक सवारी दुर्घटनामा परी ९ जना भारतीय सैनिकको मृत्यु भएको छ।   टाइम्स अफ इन्डियाका अनुसार सैनिकहरू चढेको गाडी शनिबार दिउँसो पौने ५ बजेतिर अनियन्त्रित भएर सडकबाट खोंचमा खसेको थियो।   लेहबाट आएको उक्त सैनिक गाडी न्योमा क्षेत्रमा दुर्घटनामा परेको हो।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतक सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

काठमाडौँ: समाजवादी मोर्चाको बैठक आज९आइतबार० साँझ ६ बजे नेकपा ९एकीकृत समाजवादी० को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक बस्न सकेको थिएन ।   विद्यार्थी सङ्गठनको कार्यक्रममा भने समाजवादी मोर्चाका नेताहरू एकसाथ देखिएका थिए । त्यस यता समाजवादी मोर्चाको बैठक सर्दै आएको थियो । आजको बैठकमा समसामयिक राजनीति र भ्रातृ संस्थाहरूबारे छलफल हुने बताइएको छ ।

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।   आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश(०२(०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ जनाको मृत्यु भएको हो।   मृत्यु हुनेमा ३२ वर्षीय रामकुमार भारती र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीय अनिता थापा छन्।   मृतक पुरूषको ठेगाना खुलिसकेको छैन। उनीहरू दुबैलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको केहीबेरमा मृत्यु भएको हो।   मोटरसाइकलमा सवार १० वर्षीया बालिका गम्भीर घाइते छिन्। उनको परिचय खुलिसकेको छैन। उनको कलंकीस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।   मोटरसाइकललाई ठक्कर दिने बसका चालक धादिङ गंगाजमुना गाउँपालिका- ७ घर भई बस्ने बर्षीय ४१ बहादुर दान बहादुर थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।

सर्लाहीको पर्सा नगरपालिकाबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीवनकुमार यादव र प्रकाश यादव रहेका छन् ।   भारतीय नम्बर प्लेटको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा नेपाल आएका सर्लाही हरिपूर्वा नगरपालिका–६ खरमारका २३ वर्षीय जीवनकुमार यादवलाई एक थान पेस्तोल  र १५ राउन्ड  गोली तथा  २० वर्षीय  प्रकाश यादवलाई एक थान नलकटुवा पेस्तोल र पाँच  राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।    सशस्त्र प्रहरी बल संग्रामपुरका सशस्त्र प्रहरी निरीक्षक  कृष्णबहादुर गुरुङका अनुसार उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा गएराति पक्राउ गरेको  हो ।  पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।  

देबिका तामाङ /पोखरा:   २९ औं तामाङ प्रसारण दिवसको अवसरमा नवगठित तामाङ पत्रकार संघ कास्कीले एक दिने तालिम सम्पन्न गरेको छ ।   आज (शनिबार) संगमटोलमा सञ्चार माध्यममा तामाङको सवाल एवं एक दिने पत्रकारिता तालिम सम्पन्न गरेको हो ।   कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेकी पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आफ्नो पहिचान र अस्तित्व संरक्षणमा स्वयमंको अग्रसरता महत्वपूर्ण रहेको बताइन् ।    उनले पत्रकारितामार्फत समुदायलाई माथि उठाउन सकिने बताउदै स्वच्छ र निष्पक्ष पत्रकारितामा सक्रिय हुनुपर्ने धारणा राखिन् ।   उपप्रमुख गुरुङले पत्रकारसँग न्यायिक समिति कार्यक्रम रहेको जानकारी दिदै आगामी दिनमा महानगर सहकार्य र सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाएकी थिइन् ।     सो कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दिपक तामाङ, संघका सल्लाहकार एवं नेपाल तामाङ घेदुङ कास्की समन्वय समितिका सचिव मिनमाया तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङ लगायतले बोलेका थिए ।    रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय कुमार मल्लले नवगठित तामाङ पत्रकार संघ कास्कीका पदाधिकारी एवं सदस्यहरुलाई लक्षित गरी पत्रकारिताबारे प्रशिक्षण दिएका थिए ।   सो तालिममा तामाङ सम्बद्ध विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु सहित करिब ७० जनाको उपस्थिती रहेको थियो ।   तामाङ पत्रकार संघ कास्कीका अध्यक्ष पवित्रा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सदस्य सुजन तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संघका उपाध्यक्ष सन्तोष तामाङले गरेका थिए ।    

पोखरा:   कास्कीको रुपा गाउँपालिका ६ निगालाझाँपामा आज करिब ४ बजे मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेमा लमजुङको दुधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही स्थानकै २४ वर्षीय अशोक गुरुङ रहेका छन् ।   प्रदेश नम्बर ३ –०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपातालतर्फ जादैं गर्दा घुम्तीबाट मोटरसाइकल तल्लो सडकमा खस्दा गम्भीर घाइते भएका थिए ।   त्यसपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको  छ ।  

पोखरा:  अग्रज फोटोपत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार अर्पण गरिएको छ ।   विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभामा गुरुङलाई उक्त सम्मान अर्पण गरिएको हो ।   फोटोग्राफीको क्षेत्रमा विगत लामो समयदेखि योगदान दिदैं आएको भन्दै उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।   सो अवसरमा बोल्दै पुरस्कृत गुरुङले आगामी दिनमा थप काम गर्न उत्साहित गरेको बताए ।    उनले फोटोपत्रकार हुनु अघि फोटोग्राफर नै हुनुपर्ने धारणा राख्दै अनुज फोटोग्राफरहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।   सोही कार्यक्रमकै अवसरमा संघमा आबद्ध सदस्यहरुको १२ पास गरेका छोराछोरीलाई सम्मानसमेत गरेको थियो ।

दैलेख:   ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्।   दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि  प्रहरीले अनुसन्धान थालेको हो।   सु​र्खेतको वीरेन्द्रनगर नगरपालिका  –१० चौखेढुगां खोला पुलको आडैमा मृत फेला परेका सशस्त्र प्रहरी बल रक्तकाली गणमा कार्यरत ४५ वर्षीय वरिष्ठ हवल्दार रामबहादुर थापा रहेका छन्।   वीरेन्द्रनगर नगर पालिका – १२ विरुवाबारी भन्ने स्थानमा घर भएका प्रहरी हवल्दार थापा शुक्रवार राती साढे १० बजे ड्युटीमा खटिएका थिए। उनी सहित ७ जना प्रहरी ड्युटीमा रहेका थिए।   ठुलो वर्षा आएको र फर्कने बेला माथिल्लो बाटो भएर खोला तर्न लाग्दा उनी बगेर मृत्यु भएको सुर्खेत प्रहरी प्रवक्ता लक्ष्मण शाहीले बताए। घर नजिकै भएकाले घरतिर गएको होला भनेर अरु ६ जना प्रहरीहरू गणमा राती पुगेका थिए।   सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुलमुनि मृत भेटिएका दैलेखको दुल्लु नगरपालिका–१० छुवालाका करिब ४० वर्षीय लालबहादुर भण्डारी रहेको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। भण्डारी वीरेन्द्रनगर नगरपालिका –१ मा बस्दै आएका थिए।     त्यस्तै दैलेखका गाउँ गाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँच दिनमा दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा मृत फेला परेका छन्।