फुटबलर स्व. गुरुङको स्मृतिमा ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन

पाेखरा | पुस ११, २०८०

फुटबलर स्व. गुरुङको स्मृतिमा ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन

पोखरा: नेपालका पूर्व राष्ट्रिय खेलाडी स्व. गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् ।


तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका आजीवन सदस्य समेत रहेका स्व. गुरुङका छोरा देवान गुरुङले आगामी पाँच वर्षसम्म दुई विधामा प्रथम पुरस्कार प्रायोजन गरेका हुन । 


आफ्ना बुबा खेलाडीसँगै सामाजिक व्यक्तित्व रहेको र आफुहरुलाई समेत सामाजिक कार्यमा संलग्न हुन बारम्बार प्रेरित गरेको सुनाउँदै मञ्चसँग जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त गरे ।  मंगलबार मञ्चको कार्यालयमा मञ्चका पदाधिकारी र स्व. गुरुङका छोरा देवान गुरुङबिचमा पाँच वर्षका लागि पुरस्कार प्रायोजन सम्झौता भएको हो । देवानले आफुलाई अपांगता भएका व्यक्तिलाई सहयोग गर्न मन पर्ने बताउँदै उनीहरुमा शाहस ल्याउनका लागि बुबाको नाममा सहयोग गर्न लागेको सुनाए । 


‘बुबालाई हामीले मात्र नभई यो संस्थाले समेत सम्झि राखेको पाउँदै खुसी छु । यो संस्थाले राम्रो गर्नुभएको रहेछ । म पनि खेल प्रति चासो राख्ने गर्दछु र मलाई अपांगता भएका व्यक्तिहरुलाई सहयोग गन निकै मन पर्छ’ उनले भने, ‘नसक्नेहरु पनि रमाइलो गरोस् भन्ने चाहान्छु  । मेरो लक्ष्य बुबाको नाममा केही गर्छु भन्नेछ र म पाँच वर्षका लागि ह्विचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार दिन चाहान्छु ।’ उनले मञ्चको आजिवन सदस्य समेत लिएका छन् । देवान क्योकुसिन कान कराते खेलाडी समेत हुन् । 


मञ्चका अध्यक्ष हरिपराजुलीले अग्रज खेलाडीहरुले स्थापना गरेको संस्थाले उचाइ छुदैँगर्दा स्व। गंगा गुरुङको समेत योगदान रहेको सुनाए । उनले आजिवन सदस्यहरुका परिवारलाई समेत मञ्चले जोड्ने चाहाना रहेको र थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्व। गुरुङको भिजन र खेल तथा संस्थाप्रतिको योगदानको कदर गर्दै उनको स्मृतिमा पुरस्कार प्रायोजन गरेकोमा धन्यवाद दिए । 


मञ्चका निवर्तमान अध्यक्ष तथा सफल पोखरा म्याराथनका अन्तर्राष्ट्रिय समन्वय संयोजक तेज गुरुङले संस्थाको बारेमा जानकारी दिदैँ संस्था बनाउने अग्रजका परिवारहरु यसबाट टाढा रहन नसक्ने बताए । उनले संस्था पूर्व खेलाडीहरुको साझा घर भएकाले यसको प्रतिष्ठासँग सबै जोडिने सुनाए । मञ्चका द्धितीय उपाध्यक्ष खेम बहादुर गुरुङ र संस्थाका आजिवन सदस्य कमल गुरुङको समेत उपस्थिति रहेको थियो । 


मञ्चले फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गर्दैछ । म्याराथनमा १२ वटा इभेन्टहरु हुनेछन् ।

विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...

थप पढ्नुहोस्

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्