१९ औं लेखनाथ महोत्सवमा उधौली उभौली पर्व

पाेखरा | पुस ११, २०८०

१९ औं लेखनाथ महोत्सवमा उधौली उभौली पर्व

पोखरा:   ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको छैटौ दिन मंगलबार विभिन्न विद्यालयका विद्यार्थीीहरुले मौलिक भुषभुषा र झाँकी ¥याली सहित नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुत गर्ने विद्यालयहरुमा नेपाल आदर्श आवासिय मा.वि, रामज्योति माध्यमिक विद्यालय, न्यू एरा एकेडेमी, अल्फा एकेडेमी, त्रिभुवन शान्ति मा.वि.रहेका थिए । 


किराँत समुदायको सांस्कृतिक पर्व उधौली, नेवार समुदायको यःमरी पुन्हि, ज्यापु दिवस र धान्य पूर्णिमा पर्वहरूले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । 


मंगलबार उधौली उभौली पर्वको अवसरमा बिदाको दिन समेत परेकाले महोत्सवमा दर्शकहरुको संख्या वढेको र यसले कारोबारमा समेत वृद्धि भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजु ले जानकारी दिए । मंगलबार मात्रै ३० हजार दर्शकले मेला अवलोकन गरेका छन् भने ८० लाख भन्दा माथी कारोबार भएको सुबेदीले जानकारी दिए ।


लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ४ करोड ७० लाख रुपैयाको  कारोबार भएको छ । मंगलबार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, राजु गुरुङ, आयुषा गौतम, राजन कार्की,  शिवहरी ढुंगाना, अमर धिताल, पार्वती गुरुङ, मधु थापामगर लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा पोखरेली माग्ने बुढा÷धुर्मुस,  युवराज भण्डारी र राजेन्द्र नेपाली, रचना रिमाल, टिका प्रसाई र एन एन एस व्यण्डले स्टेज तताएका थिए । 


महोत्सवमा बुधबार लोकदोहोरी कलाकारहरु विष्णु खत्री, बसन्त वि.क., तारापति सुवेदी, भुमिका गिरी, सुनिता नेपाली र कमला सुनार लगायतको प्रस्तुती रहनेछ भने हाँस्यव्यग्यतर्फ पुरुषोत्तम भण्डारी(पुर्खेबा), साहिमा श्रेष्ठ, रमेशराज भट्टराइ र जितु पुन लगायतले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।


यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।


साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।


 

स्याङ्जा:     स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौ...

थप पढ्नुहोस्

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलक...

थप पढ्नुहोस्

पोखरा:     यहि वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ । टाइगर ग्रुपबाट वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लवतर्फको पुरस्कार स्वरूप ५० हजा...

थप पढ्नुहोस्