गलकोटः   विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ ।  काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसे...

पोखरा:     पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट प्रदेशमा चार हजार पाँच सय ५४ पशुचौपाया मरेका छन् ।  गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जोशीले प्रदेशसभा सदस्य भीमबहादुर कार्कीद्वारा दर्ता गरिएको लम्पी स्किन भाइरसविरुद्ध सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उक्त जानकारी दिनुभएको हो । प्रदेशमा लम्पी स्किन रोगबाट पाँच दशमलव ६९ प्रतिशत चौपाया मरेको बताउँदै उहाँले यसको रोकथामको लागि तीनै तहका सरकार र व्यक्तिगत गरी कुल एक लाख १० हजार चार सय ४९ पशुलाई खोप दिइएको बताउनुभयो । सबैभन्दा बढी गाई र गोरुमा सङ्क्रमण देखिएको उल्लेख गर्दै मन्त्री जोशीले भन्नुभयो, “लम्पी स्किनबाट प्रदेशमा मर्नेमा ९५ प्रतिशत गाई गोरु र पाँच प्रतिशत भैँसी छन् । हिमाली भेगमा चौंरीमा समेत उक्त रोगको सङ्क्रमण देखिएको छ ।”  गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये ८२ वटा पालिकामा यो रोगको सङ्क्रमण फैलिएको छ । उहाँले सीमित स्रोत साधन तथा जनशक्तिको अभावमा पनि प्रदेश सरकार यस रोगप्रति संवेदनशील रहेको देखिएको स्पष्ट पार्नुभयो ।  मुस्ताङको लोमान्थाङ, लो घेकर दामोदर कुण्ड र मनाङ जिल्लाको नापाभूमि गाउँपालिकामा भने लम्पी स्किन रोग देखिएको छैन । पशुमा उच्च ज्वरो आउने, घाँटी, पेट र पछाडिको भागमा गिर्खा, जोर्नी र खुरु सुनिने तथा निको भएपछि पनि बाजो पन देखिने यो रोगले दीर्घकालसम्म पनि कृषि क्षेत्रमा ठूलो क्षति हुने यो रोगको रोगथाम स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले पशु बीमा दाबी भुक्तानीका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिएको जानकारी दिनुभयो । प्रदेशसभामा पहिलोपटक सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदै प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले लम्पी स्किन रोगको कारण कृषकको जीवनस्तर कष्टकर बनेको उल्लेख गर्दै उचित राहत उपलब्ध गराएर प्रदेश सरकारप्रति जनताको आशा जगाउनुपर्नेमा जोड दिनुभयो ।  प्रदेशसभा सदस्य राजकुमारी भुजेल प्रस्तावक र बिन्दु पौडेल समर्थक रहनुभएको उक्त सार्वजनिक प्रस्तावमा रेखा गुरुङ, फणेन्द्र देवकोटा, डिल्लीराम सुवेदी, भक्तबहादुर कुवर, सरस्वती गुरुङ, कृष्णप्रसाद पाठक, कल्पना तिवारीलगायतले दुहुना गाई भैँसी र जोत्ने गोरु खाल्टोमा पुर्न बाध्य कृषकको घाउमा मलम लगाएर उनीहरुलाई आशावादी बनाउन प्रदेश सरकारले तत्काल राहतका योजना ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

पोखरामा ‘दुई नाटक’ मञ्चन जारी रहेको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर यो नाटक  तयार भएको हो ।  हालसम्म ‘बुकिङ शो’  मार्फत १५ पटक  मञ्चन भएको यो नाटक ‘पब्लिक शो’ मार्फत समेत गन्धर्व नाटकघरमा देखाइसकिएको  छ ।    यसैक्रममा बुधबार गुरुकुल विद्या सदनमा अध्यनरत १ सय २० जना विद्यार्थीले नाटक हेरे । उनीहरुले  थिएटरमा पुगेर नाटक मात्र हेरेनन् थिएटरमा प्रयोग हुने  विभिन्न प्राविधिक पक्षको बारेमा समेत जान्न पाए । स्टेज, लाइट लगायतका थिएटरमा प्रयोग हुने विविध पक्षको बारेमा प्रयोगात्मक शैलीमा  जानकारी दिइयो । जसका कारण विद्यार्थी थप उत्साहित बने ।    नाटक हेरिसकेपछि  सोही बिद्यालयका शिक्षक अशोक सोतीले पाठ्यपुस्तकमा पढेको कथा र एकांकीलाई  नाटक मार्फत थिएटरमा हेरपछि विद्यार्थीको ज्ञानको दायरा बढेको आफुलाई महशुस भएको बताए । कलाकारले गरेको मेहनतको उनले खुलेर तारिफ  गरें । नाटकप्रति विद्यार्थीको रुचि बढ्नु सुखद पक्ष भएको भन्दै नयाँ पुस्तालाई थिएटर प्रति आकर्षित गर्नको लागि थिएटरले गरिरहेका गतिविधिको प्रशंसा समेत गरें ।   गुरुकुल विद्या सदन सँगै ज्योतिकुञ्ज मावि, फेवा पब्लिक स्कुल, डाइमण्ड मावि, ज्ञान सरोवर, तारापुञ्ज शिक्षा एकेडेमी, वेलनन एकेडेमी, ताराकुञ्ज शिक्षा एकेडेमी, कुम्दिनी होम्स, रेन्बो एकेडेमी होम्स, गण्डकी बोडिङ स्कुल, पश्चिमाञ्चल मावि, एसओएस हर्मन माइनर, प्रतिभा मावि, शुक्रराज बलभद्र मावि, बालप्रभात, अक्सफोर्ड एकेडेमी, लिटल ड्याफोडिल र द ड्रिम्स स्कुलका विद्यार्थीले नाटक हेरिसकेको पोखरा थिएटरले जनाएको छ ।   नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ ।    भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा मञ्चन गरिएको हो । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकोले उनीहरुलाई लक्षित गरेर नाटक मञ्चन भैरहेको बताए । यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानिय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उनको भनाइ छ । ‘यो नाटकले विद्यार्थीको लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ’ पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनले भने ।   झण्डै  एक घण्टा अवधिको यो नाटक  ‘बुकिङ शो’  मार्फत भाद्र २२ गतेसम्म र  दर्शकको माग आएमा ‘पब्लिक शो’ मार्फत समेत मञ्चन गरिने पोखरा थिएटरले जनाएको छ ।   नाटकलाई सुन्दर बनाउन रमेश बाबु तिमल्सिनाले प्रकाश परिकल्पना, रञ्जु दाहालले ध्वनि परिचालन, सुसन पौडेलले प्रकाश परिचालन, दिप्सना विश्वकर्माले कस्टुम म्यानेजर, सोनिया कार्की खत्रीले आर्टिष्ट म्यानेजरको रुपमा सघाएका छन् ।

बाग्लुङ: पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् ।    लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा र करिडोर अन्तर्गतको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध पारेको हो ।   बुधवार हिजो बेलुकादेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको उहाँले बताउनु भयो ।    लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका ठाउँबाट बुर्तिबाङ, बाग्लुङ, पोखरा, काठमाण्डौलगायतका ठाउँ पुग्ने गाडी बीच बाटोमै रोकिएका छन् ।   यस्तै, कालीगण्डकी करिडोरमा चल्ने बाग्लुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका गाडी ठप्प भएको छ । सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले बताउनुभयो । 

नेकपा ‍माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले योग्य श्रमशक्ति पलायनको चक्र रोक्नुपर्ने बताएका छन्।   पार्टीको अर्थ तथा योजना विभागले गरेको अन्तरक्रिया कार्यक्रममा विभाग प्रमुखसमेत रहेका पुनल त्यसका लागि औद्योगीकरणमार्फत उत्पादन बढाउने  र रोजगारी सिर्जना गर्नेतर्फ जोड दिनुपर्ने बताए। उनले श्रमशक्तिको निर्यात नभई स्वदेशमै उपयोग गर्ने नीति अवलम्बन गर्न ढिला हुन लागिसकेको बताए।   ‘नेपालमा केही हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोज्यो। गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरूरी छ,’ उनले भने। पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने बताए।   आफूले अर्थमन्त्री भएका बेला केही उदाहरणीय काम गरेर देखाएको पुनको दाबी थियो। समस्याग्रस्त अवस्थामा रहेका सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र बाणिज्य बैंकलाई बचाउन भूमिका खेलेकोदेखसि करिब बन्द हुने अवस्थामा रहेका तीनवटै सरकारी बैंकलाई पुँजी वृद्धि गरेर जोगाइएको बताए।   हाल कमजोर अवस्थामा रहेका सार्वजनिक संस्थान बचाउन पनि केही न केही नयाँ नीतिमा फड्को हाल्नुपर्ने उनले बताए। आफू अर्थमन्त्री हुँदा दुई न्यारोबडी जहाज किनेर वायु सेवा निगमलाई डुब्नबाट जोगाएको बताए।   उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको स्पष्ट गरे। मुलुकको समग्र आर्थिक विकासका लागि सार्वजनिक, निजी र सहकारीको नीति खम्बे अर्थनीतिलाई आत्मसात गरी पुँजीको सही उपयोगमार्फत उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने पुनको भनाइ थियो।   पार्टीको अर्थ तथा योजना विभागले आर्थिक अवस्थामा सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ।   अन्तरक्रिया कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, जलश्रोत, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इन्जिनियरिङ, जलश्रोत र बाणिज्यसहित विज्ञिन्न क्षेत्रका जानकारहरुले सुझाव दिएका थिए।

मुस्ताङको बाढीग्रस्त क्षेत्र कागबेनीमा आइतबार साँझदेखि नै विद्युत आपूर्ति हुन सकेको छैन।   धार्मिक स्थल मुक्तिनाथको निकाससमेत रहेको कागखोलामा आइतबार साँझ आएको बाढीले बिजुलीका खम्बाहरू ढलाउँदा विद्युत् आपूर्ति ठप्प हुन पुगेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। अहिले कागखोला पारी केही ठाउँमा विद्युत आपूर्ति भए पनि बाढीग्रस्त ठाउँका मानिसले अन्धकारमै रात बिताउन बाध्य भएको उनले बताए।   ‘कम्तीमा २५ वटा पोलहरू बाढीले बगाएको छ। तारहरू लत्रिएको छ। त्यसलाई पन्छाएर विद्युत आपूर्ति गर्न सकिएको छैन, हामी लागिपरेका छौं,’ उनले भने। शनिबारसम्म विद्युत आपूर्ति गर्ने गरी काम भइरहेको पनि उनले जानकारी दिए। बाढीग्रस्त क्षेत्रमा खानेपानीको समेत हाहाकार थियो। तर, बुधबारबाटै सञ्चालनमा ल्याइएको उनले बताए।   ‘खानेपानी हामीले नियमित गरिसकेका छौं। पक्की पुल बगाएको ठाउँमा गेग्रान सम्याएर खोलैबाट बाटो बनाएकाले माथिल्लो मुस्ताङ जान पनि समस्या छैन। यद्यपि, माथि पनि एउटा पुलमा समस्या निम्तिएको छ भन्ने छ, त्यसलाई पनि आजबाट व्यवस्थित गर्छौं,’ उनले भने।   खोलामा गेग्रानसहितको बाढी आउँदा लेदो–थेग्रेनीले बजार पूरै ढाकेको थियो। लेदोले कतिपय घरहरूको भुइँतला पूरै पुरेको प्रजिअ केसीले बताए। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले त्यसलाई पन्छाइरहेका छन्। साथै खोलाले अहिले पनि किनारका घरहरू कटान गरिरहेकाले प्राकृतिक बहावममा फर्काउन च्यानलिङको काम भइरहेको केसीको भनाइ छ।   ‘खोलाले अहिले पनि छेऊछाउका घर कटान गरिरहेको छ। त्यसैले खोलालाई बीचमा ल्याउन दुईवटा डोजर परिचालन गरेका छौैं। त्यस्तै, विस्थापितहरूको व्यवस्थापन पनि भइरहेको छ,’ उनले भने।​कागखोलाको बाढीबाट ६० जनाजति विस्थापित भएका थिए। त्यस्तै अन्यत्र जिल्लाबाट काम गर्न गएका सय हाराहारी मजदुर पनि अलपत्र परेका थिए। तीमध्ये कति घर फर्किइसकेका छन् भने त्यहीँ रहेकालाई ठेकेदार कम्पनी, गाउँपालिकाले पनि व्यवस्थापन गरिरहेको छ।   स्थानीय अधिकांशले आफन्तकहाँ शरण लिइरहेका छन्। उनीहरूलाई खानपानको प्रबन्ध भने गाउँपालिकाले नै गरेको प्रजि केसीले बताए। ‘हिजो पनि प्रदेश सरकारका तर्फबाट केही त्रिपाल र ब्ल्यांकेटहरू आएको छ। राहतको काम भइरहेको छ। अहिलेको मुख्य चुनौती भनेको खोलालाई प्राकृतिक बहावमा फर्काउने हो,’ उनले भने, ‘हिजो पनि सिमसिम पानी पर्‍यो। मौसमले प्रतिकूल नरहने हो भने हामी खोलाको च्यानलिङ सक्छौं।’   रेन स्याडो जोनुमा पर्ने मुस्ताङको मौसम चक्रमा फेरबदल देखा पर्न थालेको छ। पानी नै कम पर्ने कागबेनी आसपासका क्षेत्रमा शनिबार साँझदेखि नै एकनास झरी परेको थियो। बाढी आएको दिन जोमसोम स्टेसनमा २५।२ मिलिमिटर वर्षा मापन भएको थियो।   त्यसका अलावा कागखोलाभन्दा माथिको खोला पहिराले थुनिएको आशंका पनि जल तथा मौसम विज्ञान विभागले गरेको थियो। त्यहाँ रहेको स्टेसनमा केहीबेर खोला सुकेर एक्कासि बढेको देखाएको सिनियर डिभिजनल हाइड्रोलोजिस्ट सुनील पोखरेलले बताएका थिए।  

कञ्चनपुर:  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति सेप्टिक ट्याङ्कीमा परेर जङ्गली हात्ती मरेको छ ।    शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा परेर हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।   राति १२ बजेपछि जङ्गली हात्ती आएर सेप्टिक ट्याङ्कीमा पछाडिको खुट्टा परेर मरेको देखिएको छ मेहताले भन्नुभयो ।    उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मरेको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । ुयस सम्बन्धमा थप अनुसन्धान भइरहेको छु, उहाँले भन्नुभयो, ुविधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिनेछ ।

काठमाडौँ:     त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार तस्करीको सुन प्रकरण अभियोगमा थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाईलाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रवक्ता कडायतका अनुसार चारै जनालाई सङ्गठित सुन तस्करीको अभियोगमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । सीआईबीले चार जनालाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।  योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २१ पुगेको छ ।

काठमाडौं:     राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा आफ्नो प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार भदौ १३ गतेभित्र प्राप्ताङ्क पुनः परीक्षणका लागि आवेदन दिन सकिनेछ । उहाँले जसका लागि मार्कसिटको लेजर र प्रवेश पत्रको प्रतिलिपि एक–एक प्रतिसहित नजिकको परीक्षा बोर्डको प्रादेशिक कार्यालय वा केन्द्रीय कार्यालय सानोठिमीमा बुझाउन सकिने बताउनुभयो । निवेदनका दिँदा कुनै शुल्क भने नलाग्ने जानकारी उहाँले दिनुभयो । प्रवक्ता अर्यालका अनुसार निवेदन दिएको पाँच–छ दिनभित्रै पुनः परीक्षणको नतिजा सार्वजनिक गरिनेछ । कक्षा १२ को नतिजा हिजो ९मङ्गलबार० सार्वजनिक भएको थियो । कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बोर्डका अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५१ जनाको परीक्षा रद्द गरिएको थियो । कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार ९७६ छन् । त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ । यसैगरी, जीपीए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ११ हजार चार सय ३८ छ । यस्तै, १.६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ । यसैगरी, एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेनन् ।

पोखरा:   जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास १६६० रुपैयाँमा विक्री वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।  कास्की प्रशासनले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगाएतका एलपी ग्यासहरुको खुद्रा मुल्य १६६० मा विक्रि वितरण गर्न भनेको छ ।  जिल्ला प्रशासन कास्कीले जारी गरेको सूचनामा डिलरबाट विक्री मुल्य प्रति सिलिण्डर १६१६ रुपैया र खुद्रा मुल्य १६६० रुपैयाँमा विक्रि वितरण गर्न भनिएको छ । तोकिएको मुल्य भन्दा बढी लिएमा, अनलाइन भ्याट बिल जारी नगरेमा विक्रि वितरण गर्ने फर्म, व्यक्ति वा कम्पनीलाई कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।