सुन तस्करी प्रकरणमा चारजना चिनियाँ नागरिक पक्राउ
काठमाडाैं | साउन ३१, २०८०
सांकेतिक तस्वीर
काठमाडौँ: त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार तस्करीको सुन प्रकरण अभियोगमा थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाईलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
प्रवक्ता कडायतका अनुसार चारै जनालाई सङ्गठित सुन तस्करीको अभियोगमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
सीआईबीले चार जनालाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २१ पुगेको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

