कञ्चनपुरको शुक्लाफाँटामा सेप्टिक ट्याङ्कीमा परेर हात्ती मर्यो
कञ्चनपुर | साउन ३२, २०८०
फाइल तस्बिर
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति सेप्टिक ट्याङ्कीमा परेर जङ्गली हात्ती मरेको छ ।
शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा परेर हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।
राति १२ बजेपछि जङ्गली हात्ती आएर सेप्टिक ट्याङ्कीमा पछाडिको खुट्टा परेर मरेको देखिएको छ मेहताले भन्नुभयो ।
उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मरेको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । ुयस सम्बन्धमा थप अनुसन्धान भइरहेको छु, उहाँले भन्नुभयो, ुविधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिनेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

