विद्यार्थीको मन जित्दै ‘दुई नाटक’, ‘बुकिङ शो’ मार्फत मञ्चन जारी

पाेखरा | साउन ३२, २०८०

विद्यार्थीको मन जित्दै ‘दुई नाटक’,  ‘बुकिङ शो’  मार्फत मञ्चन जारी

पोखरामा ‘दुई नाटक’ मञ्चन जारी रहेको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर यो नाटक  तयार भएको हो ।  हालसम्म ‘बुकिङ शो’  मार्फत १५ पटक  मञ्चन भएको यो नाटक ‘पब्लिक शो’ मार्फत समेत गन्धर्व नाटकघरमा देखाइसकिएको  छ । 

 

यसैक्रममा बुधबार गुरुकुल विद्या सदनमा अध्यनरत १ सय २० जना विद्यार्थीले नाटक हेरे । उनीहरुले  थिएटरमा पुगेर नाटक मात्र हेरेनन् थिएटरमा प्रयोग हुने  विभिन्न प्राविधिक पक्षको बारेमा समेत जान्न पाए । स्टेज, लाइट लगायतका थिएटरमा प्रयोग हुने विविध पक्षको बारेमा प्रयोगात्मक शैलीमा  जानकारी दिइयो । जसका कारण विद्यार्थी थप उत्साहित बने । 

 

नाटक हेरिसकेपछि  सोही बिद्यालयका शिक्षक अशोक सोतीले पाठ्यपुस्तकमा पढेको कथा र एकांकीलाई  नाटक मार्फत थिएटरमा हेरपछि विद्यार्थीको ज्ञानको दायरा बढेको आफुलाई महशुस भएको बताए । कलाकारले गरेको मेहनतको उनले खुलेर तारिफ  गरें । नाटकप्रति विद्यार्थीको रुचि बढ्नु सुखद पक्ष भएको भन्दै नयाँ पुस्तालाई थिएटर प्रति आकर्षित गर्नको लागि थिएटरले गरिरहेका गतिविधिको प्रशंसा समेत गरें ।

 

गुरुकुल विद्या सदन सँगै ज्योतिकुञ्ज मावि, फेवा पब्लिक स्कुल, डाइमण्ड मावि, ज्ञान सरोवर, तारापुञ्ज शिक्षा एकेडेमी, वेलनन एकेडेमी, ताराकुञ्ज शिक्षा एकेडेमी, कुम्दिनी होम्स, रेन्बो एकेडेमी होम्स, गण्डकी बोडिङ स्कुल, पश्चिमाञ्चल मावि, एसओएस हर्मन माइनर, प्रतिभा मावि, शुक्रराज बलभद्र मावि, बालप्रभात, अक्सफोर्ड एकेडेमी, लिटल ड्याफोडिल र द ड्रिम्स स्कुलका विद्यार्थीले नाटक हेरिसकेको पोखरा थिएटरले जनाएको छ ।

 

नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ । 

 

भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा मञ्चन गरिएको हो । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकोले उनीहरुलाई लक्षित गरेर नाटक मञ्चन भैरहेको बताए । यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानिय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उनको भनाइ छ । ‘यो नाटकले विद्यार्थीको लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ’ पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनले भने ।

 

झण्डै  एक घण्टा अवधिको यो नाटक  ‘बुकिङ शो’  मार्फत भाद्र २२ गतेसम्म र  दर्शकको माग आएमा ‘पब्लिक शो’ मार्फत समेत मञ्चन गरिने पोखरा थिएटरले जनाएको छ ।

 

नाटकलाई सुन्दर बनाउन रमेश बाबु तिमल्सिनाले प्रकाश परिकल्पना, रञ्जु दाहालले ध्वनि परिचालन, सुसन पौडेलले प्रकाश परिचालन, दिप्सना विश्वकर्माले कस्टुम म्यानेजर, सोनिया कार्की खत्रीले आर्टिष्ट म्यानेजरको रुपमा सघाएका छन् ।

काठमाडौं:  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...

थप पढ्नुहोस्

काठमाडौं:  हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...

थप पढ्नुहोस्

 पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...

थप पढ्नुहोस्