काठमाडौ: मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२र०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड ९माथिल्लो तह अध्ययनका लागि योग्य० भएका छन् । त्यस्तै ५६ जनाको परीक्षा रद्ध भएको छ । गत वर्ष जारी लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल नभने पनि एनजी आएकाहरुले माथिल्लो तहको अध्ययन गर्न पाउने छैनन् । उनीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माका अनुसार परीक्षा भएको ८० दिनपछि नतिजा सार्वजनिक हुँदा ५०.९१ प्रतिशत उतीर्ण भएका छन् । ‘विगत वर्ष भन्दा केही इम्प्रुभ भएको मानेका छौं’ उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने । यसले विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको घट्दो संख्यामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । यस्ताे छ नतिजा मंगलबार सार्वजनिक नतिजा अनुसार यो वर्ष नियमिततर्फ ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये ३.६१ देखि ४ जीपीए ल्याउने ६ हजार ९७६ जना छन् । ३.२१ देखि ३।६० जीपीए ल्याउने ३८ हजार ९९९ जना, २.८१ देखि ३.२० ल्याउने ६९ हजार १७४ जना, २.४० देखि २.८० आउने ६३ हजार ७७ जना, २.१ देखि २.४० जीपीए आउने ११ हजार ४३८ जना र १.६१ देखि २ जीपए ल्याउने ४७ जना छन् । माथिल्लो ग्रेड ल्याउनेको संख्या र प्रतिशत गत वर्षभन्दा बढेको र तल्लो ग्रेड ल्याउनेको प्रतिशत घटेको अध्यक्ष शर्माले बताए । यस हिसाबले पनि नतिजा सुधार भएको मान्न सकिने उनको दाबी छ ।अघिल्ला वर्षहरुमा दुईवटा विषयसम्म एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । तर यो वर्षदेखि जति वटा विषयमा एनजी आएको छ त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन पनि सक्ने सदस्य सचिव अर्यालले जानकारी दिए ।पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ ३ जना परीक्षकबाट जाँच गराउने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने गरिन्छ । यसरी आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ । १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा नयाँ अंक कायम हुनेछ ।
चितवन: भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा एक–आपसमा सवारी साधन ठोक्किएको छ । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको बलेरो जीप, स्कुटर र मोटरसाइकल एक–आपसमा ठोक्किएको हो । ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ भने अन्यको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ । तर, औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख डाक्टर राम साहले बताउनुभयो । उहाँका अनुसार अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि अभाव छ । बिरामी त्यसै घर फर्किन बाध्य छन् । राप्ती सोनारी–३ आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज हिरामणि गुरौ थारूले सबैलाई आँखामा हाल्ने औषधि दिन नसकेको बताउनुभयो । राप्ती सोनारीका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जिल्लामै औषधि अभाव भएकाले स्वास्थ्य चौकीमा समेत त्यसको असर परेको बताउनुभयो । राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले बिरामीको सङ्ख्याअनुसार स्वास्थ्य चौकीमा औषधि पुर्याउन नसकिएको बताउनुभयो ।
पोखरा: लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरीले वर्षेनी लागूऔषध ओसारपोसार गरेको भन्दै लागूऔषधसहित कास्कीमा विभिन्न व्यक्तिहरुलाई प्रकाउ गर्छ । विशेषगरी प्रतिबन्धित गाँजा, चरेस, ब्राउन सुगर, डाइजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित विभिन्न व्यक्तिहरुलाई प्रकाउ गरेको गएको चार आर्थिक वर्षको रेकर्ड जिल्ला प्रहरी कार्यालय कास्कीसँग छ । गएको चार आर्थिक वर्षमा लागूऔषध नियन्त्रण ब्यूरो र कास्की प्रहरीले गाँजा, चरेश, ब्राउन सुगर, डाईजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित विभिन्न व्यक्तिहरुलाई प्रकाउ गरेको रेकर्ड छ । तर गत आर्थिक वर्ष कास्की प्रहरीले पोखराबाट एलएसडी र एम्फेटामाईन नयाँ लागूऔषधसहित एक विदेशी नागरिकसहित दुईजनालाई पोखराको लेकसाइडबाट प्रकाउ ग¥यो । पोखराको लेकसाइडबाट एक विदेशी नागरिकसहित प्रकाउ परेका दुईजनाको साथबाट बरामत भएको एलएसडी र एम्फेटामाईन चार वर्षयताकै नयाँ लागूऔषध भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् श्रवणकुमार विकले जानकारी दिए । ‘कास्कीमा लागूऔषध नियन्त्रण ब्यूरो र कास्की प्रहरीले गाँजा, चरेश, ब्राउन सुगर, डाईजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित प्रकाउ गरेको रेकर्ड छ’, डीएसपी विकले भने, ‘अघिल्लो वर्षमा यस्तो लागूऔषध भेटिएको थिएन, गत आर्थिक वर्षमा एलएसडी र एम्फेटामाइन भेटिएको छ, अहिले मुद्धा चलिरहेको छ ।’ उनका अनुसार प्रहरीले गत आर्थिक वर्ष एलएसडी २६ पिस र एम्फेटाईन लागूऔषध ४ सय ग्रामसहित दुईजनालाई प्रकाउ गरेको हो । कुन आर्थिक वर्षमा कति कुन लागूऔषध प्रहरीको नियन्त्रणमा ? जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएको चार आर्थिक वर्षमा सबैभन्दा बढी डाईजापाम, फेनेरागन र नुर्फिन बढी फेला परेको छ । कास्की प्रहरीले आर्थिक वर्ष ०७८÷०७९ मा १३ हजार १ सय ६१ एम्पुल लागूऔषध नियन्त्रणमा लिएको थियो । भने ०७६÷७७ मा ८ हजार ४ सय ६७ एम्पुल, ०७७÷७८ मा ८ हजार १ सय ३३ र गत आर्थिक वर्ष ७ हजार ८ सय ५ एम्पुल लागूऔषध बरामत गरेको थियो । गाँजा– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०७६/०७७ मा ३५ किलो ६सय ८७ ग्राम, ०७७/७८ मा ७२ किलो ५ सय ५१ ग्राम, ०७८/०७९मा १ सय १९ केजी ४० ग्राम र गत आर्थिक वर्ष ०७९/८० मा ४१ केजी ३ सय ३६ग्राम गाँजा बरामत गरेर नष्ट गरेको जनाएको छ । यस्तै, चरेश– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष ०७६/०७७ मा चार वर्ष यताकै बढी १८ केजी ७ सय ६९ केजी चरेश नियन्त्रणमा लिएको थियो । प्रहरीले आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ग्राम, ०७८/०७९ मा २ किलो ६सय ९१ ग्राम र गत आर्थिक वर्ष ३ केजी ३ सय ग्राम चरेश बरामत गरेर नष्ट गरेको जनाएको छ । ब्राउन सुगर– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष ०७८/०७९ मा चार वर्ष यताकै बढी ९३ ग्राम ६सय ६२ ग्राम ब्राउन सुगर नियन्त्रण लिएको थियो । यस्तै २०७६/०७७ मा ४० ग्राम ३ सय ६६ मिलिग्राम, ०७७/०७८मा ८७ ग्राम र गत आर्थिक वर्ष ०७९/०८० मा ८५ ग्राम ७ सय ३४ मिलिग्राम नियन्त्रण लिएको कास्की प्रहरीले जनाएको छ । यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष भने चार वर्ष यताकै नयाँ लागूऔषध एलएसडी २६ पिस र एम्फेटामाईन ४ सय ग्राम बरामत गरेको थियो ।
पाँच लाख घुससहित सप्तरीमा दुई जना पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर विरेन्द्रकुमार यादवलाई दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई ३ लाखको चेकसहित पक्राउ गरेको हो। इटहरीबाट खटिएको अख्तियारको टोलीले राजविराज नगरपालिका- ३ बाट बुधबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। उनका अनुसार सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो।
काठमाण्डौ: बागलुङको तमानखोला गाउँपालिका धेरैजसो पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ । तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका छन् । करिब चार महिना लेकमै बस्ने गोठाला यस अवधिका लागि पुग्ने खर्चपर्च लिएर गएका हुन्छन् । खर्च सकिएपछि बेसी नै झर्नुपर्छ । गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरुको दैनिकी हो । गाउँघर र स्वास्थ्य संस्थाबाट टाढा हुने हुँदा गोठाला बिरामी पर्दा पनि बेसी झर्दैनन् । उनीहरु यस अवधिमा जडीबुटी र धामी झाँक्रीको भरमा बस्छन् । बुकीमा एउटा पनि धारा छैन । गोठालाले पोखरी, रूखको टोड्का र खुला मूलको पानी प्रयोग गर्ने हुँदा समय–समयमा बिरामी पर्ने गर्छन् । बिरामी हुँदा कतिपयको गोठमै ज्यान जान्छ । तमानखोलाले गोठालालाई लक्षित गरी बुकीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बर्खाको समय विद्यालय बन्द हुने हुँदा बालबालिका पनि अभिभावकसँग बुकीमा जान्छन् । बुकीमा बालबालिका र वृद्धवृद्धा सबै पुग्ने हुँदा उनीहरुका लागि शिविरमार्फत गोठमै स्वास्थ्य सेवाको व्यवस्था मिलाइको हो । गाउँपालिकाले तमानखोलाका मात्रै नभई गुर्जाघाटमा बस्दै आएका अन्य पालिका र जिल्लाका गोठालाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । ‘स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्ने हुँदा बुकीमै उपचारको व्यवस्था मिलाएका हौँ,’ उहाँले भन्नुभयो । तमानखोलाबाट गुर्जाघाट पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ । अहिलेसम्म त्यहाँ सडक पुगेको छैन । बुकीभन्दा धेरैमाथि रहेका गोठालाले यस पटक सेवा लिन नपाएको अध्यक्ष बुढा मगरले बताउनुभयो। ‘गोठाला उपचारका लागि कि ढोरपाटन पुग्नुपर्छ, कि बोङ्गादोभान नै आउनुपर्छ, त्यहाँ कोही बिरामी भयो भने उपचार पाउँदैन्, त्यसैले बुकीमै गएर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो । स्वास्थ्य शिविरका लागि बुकी पुग्नुभएका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालामा ज्वरो आउने, पखला लाग्ने, उच्च रक्तचापलगायत समस्या भएको बताउनुभयो । केहीलाई गम्भीर किसिमको रोग देखापरेकाले सुविधायुक्त अस्पतालमा जान सुझाएको उहाँको भनाइ छ ।
पोखरा: गण्डकी प्रदेशसभाको दास्रो कार्यकाल सुरु भएको सात महिनापछि ‘मिनि ससंद्’ मानिने विषयगत समिति गठन भएका छन् । प्रदेशसभा नियमावलीमा व्यवस्था भएअनुसार गठित चारवटै समितिमा मनोनीत सदस्यको नामावलीलाई मङ्गलबार बसेको प्रदेशसभा बैठकले अनुमोदन गरेको हो । प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिमा प्रदेशसभा सदस्य कल्पना गिरी, कृष्णप्रसाद पाठक, खगराज अधिकारी, जीतबहादुर शेरचन, डा टकराज गुरुङ, टीकाकुमारी बस्याल, दमयन्ती रुचाल, दोर्णकुमार कुँवर, नन्दकला दमै नेपाली, निर्मला थापा, पञ्चराम गुरुङ, भीमबहादुर कार्की, सरस्वती गुरुङ, सुधीरकुमार पौडेल र हरिबहादुर चुमान रहनुभएको छ । सामाजिक विकास तथा कृषि समितिको सदस्यमा अशोककुमार श्रेष्ठ, दिलमाया पौवी, नम्डु गुरुङ, फणीन्द्र देवकोटा, विन्दुकुमार थापा, वेदबहादुर गुरुङ, भक्तबहादुर कुँवर, महेश भट्टराई, राजकुमारी भुजेल, राजीव गुरुङ, लिलबहादुर थापा मगर र श्यामराजा महत रहनुभएको छ । सो समितिको पदेन सदस्यमा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी, ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी र सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा रहनुभएको छ । प्रदेश मामिला तथा कानुन समितिमा कुसुम बुढा पुन, गोविन्दबहादुर नेपाली, चम्पादेवी खड्का, देवका पहाडी त्रिपाठी, नन्दप्रसाद न्यौपाने, विकल शेरचन, भेषबहादुर पौडेल, मित्रलाल बस्याल, मुनिन्द्रजङ्ग गुरुङ, यशोदा रिमाल, रेखा गुरुङ र रोशनबहादुर गाहा थापा रहनुभएको छ । प्रदेश मामिला तथा कानुन समितिको पदेन सदस्यमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहनुभएको छ । अर्थ तथा विकास समितिमा गणेशमान गुरुङ, डिल्लीराम सुवेदी, पद्मा जिसी श्रेष्ठ, पार्वती तामाङ, प्रकाश बराल, प्रकाशबहादुर केसी, भोजराज अर्याल, लक्ष्मणबहादुर पाण्डे, विमला गौचन, बिन्दु पौडेल, सीताकुमारी सुन्दास र हरिबहादुर भण्डारी रहनुभएको छ । उक्त समितिको पदेन सदस्यमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आले, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली रहनुभएको छ । समितिको सभापति सदस्यले निर्वाचनबाट चुन्ने प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताउनुभयो । सभापतिको टुङ्गो नलाग्दासम्म ज्येष्ठ सदस्यले समितिको बैठकको अध्ययता गर्ने उहाँको भनाइ छ । प्रतिपक्षी दल नेकपा ९एमाले०का प्रमुख सचेतक गोविन्द्रबहादुर नेपालीले दलहरुबीच कुन समितिको नेतृत्व कस्ले लिने भन्ने विषयमा सहमति जुट्न बाँकी रहेको बताउनुभयो । “सार्वजनिक लेखा समितिसहित दुई समितिको नेतृत्व हामीले पाउनुपर्ने माग छ, सत्तापक्ष र प्रतिपक्ष दलबीच छलफल भएर समितिको सभापति लिने विषयमा टुङ्गो लाग्छ”, उहाँले भन्नुभयो । विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधयक दोहोरो बहस र छलफलबिनै सोझै प्रदेशसभा बैठकबाट पारित हुँदै आएका थिए । प्रदेशसभा सदस्य नै कानुन निर्माणका अभ्यासमा भाग लिन पाएका थिएनन् । प्रदेशसभा सदस्यले समिति गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन माग गर्दै आएका थिए ।
पर्वत: लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका हुन् । तीन कोठा पुरिए पनि आठवटा कोठामा जोखिमपूर्ण रुपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । पहिलो पटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो । सोही स्थानमा यही साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ । पहिरोले विद्यालयको आँगनसमेत पुरिँदै गएको छ । “आठ कोठामा विद्यार्थी राख्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । जोखिमकैबीच आधारभूत तहदेखि कक्षा आठसम्मको पठनपाठन भइरहेको छ । हाल विद्यालयमा दुई सय ४० विद्यार्थी अध्ययनरत छन् । “जुनकुनै बेलामा पनि पहिरोले थप क्षति गर्न सक्ने अवस्था छ”, प्रअ शर्माले भन्नुभयो– “दुई तीनवटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परिरहेको छ ।” नौडाँडा–कार्कीनेटा–फलेवास–जैमुनी सडकको नवनिर्मित सडकको डिल भत्किएर तीनवटा कक्षाकोठामा क्षति भएको शिक्षक सन्तोष रिजालले बताउनुभयो । विद्यालयका आठवटा कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अस्थायी रूपमा एकै ठाउँमा राखेर अध्यापन गरिँदा उनीहरूको सिकाइ उपलब्धिमा असर पर्न थालेको छ । थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय हो ।
काठमाडौं: गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । मङ्गलबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको जानकारी बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालले दिनुभयो । बैठकपछि पत्रकार सम्मेलन गरी बोर्डले नतिजा सार्वजनिक गरेको हो । कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५१ जनाको परीक्षा रद्द गरिएको जानकारी बोर्डका प्रवक्ता अर्यालले दिनुभयो । कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार ९७६ छन् । त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ । यसैगरी, जीपीए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ११ हजार चार सय ३८ रहेको छ । यस्तै, १.६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ । यसैगरी, एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेनन् । यसरी हेर्न सकिन्छ नतिजा ? कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/ र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।