काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...

पोखरा:  पोखरा आदर्श सेकेन्डरी स्कुलले कक्षा ११ मा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।   शनिबार एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई अभिनन्दनसहित नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो ।   सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका पोखरा विश्वविद्यालयका डीन डा. अजय थापाले शिक्षाले व्यावहारिक एवम् जीवनोपयोगी  ज्ञाप प्रदान गर्नुपर्ने धारणा राखे ।   उनले पछिल्लो समय धेरै निजी विद्यालयहरु अस्तित्वमा रहेको बताउदै पोखरा आदर्श सेकेन्डरी स्कुलको छबी पृथक रहेको बताए ।   उनले आदर्श सेकेन्डरीले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गरेको बताउदै आथामी दिनमा रचनात्मक र सकरात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।   त्यसैगरी अभिनन्दित वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले  गीत प्रस्तुत गर्दै  विद्यार्थीहरुलाई पढ्न र लेख्न अभिप्रेरित गराएका थिए ।   सो कार्यक्रममा माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपाने , लेक सिटी कलेजका अध्यक्ष प्रा. डा विश्वकल्याण पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कक्षा १० का छात्राहरुले स्वागत नृत्य १२ का विद्यार्थीहरुले विभिन्न भाषामा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।    ‘नराम्रो सोचाइमा डुल्न हुँदैन’ गीतको रचनाकार नेपाली विषय शिक्षक ज्ञानेश्वर सुवेदी तथा उक्त गीतमा स्वर भर्ने बाल कलाकारहरु क्रमशः संस्कृति सुवेदी, रोधा तामाङ , अभिषेक आचार्य , अस्मित पराजुली र निरुता श्रीसलाई सम्मान गरिएको थियो ।    कार्यक्रममा कक्षा १२ र ११ मा  अध्ययनरत विद्यार्थीहरुले गायन , नृत्य , कविता प्रस्तुत गरेका थिए भने कक्षा ११ विज्ञान संकायकी छात्रा ऋचा अधिकारीले धन्यवाद मन्तव्य राखेकी थिइन् । मनोरञ्जनात्मक कार्यक्रमको संचालन विद्यार्थीहरु क्रमशः भैरव सिर्पाली, नम्रता आचार्य , इश्वर रसाइली र आयुशा आचार्यले संयुक्त रूपमा गरेका थिए ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदर्श सेकेन्डरी स्कुलका प्राचार्य श्री फणिन्द्र प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाली भाषा विषय शिक्षक ज्ञानेश्वर सुबेदीले कार्यक्रम सञ्चालन गरेका थिए । 

दुई किलो सुनसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् ।   हिजो शनिवार बेलुका सुनका दुई वटा बिस्कुट सहित सुदीप शेर्पा पक्राउ परेका थिए । उनले छातीमा कपडाभित्र लुकाएर सुन बोकेका थिए । शेर्पासँग सोधपुछका क्रममा टिमुरेकै फुर्साङ्बु शेर्पाले सुन दिएको पाइएपछि फुर्साङ्बुलाई पनि पक्राउ गरिएको रसुवाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।   सुन चीनबाट तस्करी भएर आएको हो वा नेपालभित्रैबाट कारोबार भइरहेको हो भन्नेबारेमा नखुलेको पनि उहाँले बताउनुभयो ।   सुन र पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको डीएसपी बुढाथोकीले जानकारी दिनुभयो ।

पोखरा: पोखरा नदिपुरस्थित प्रतिभा माविका विद्यार्थी शनिबार महतगौंडा स्थित पोखरा वृद्धाश्रम पुगे । हजुरबुवा हजुरआमालाई नचाए र,आफ्नो खाजा खर्च कटाएर बचत भएको रकमले किनेका सामाग्री हस्तान्तरण गरे ।  विद्यालयमा गठित क्रियटिभ माइण्डस् क्लबका विद्यार्थीले मानवीय सेवाको कार्य गरी पुण्य मिलेको महसुस गरेका छन् । क्लबका अध्यक्ष सिद्धान्त खनालका अनुसार विद्यार्थीहरुले बचत गरेको ७० हजार रुपैंया बराबरको फलफूल, खाद्यान्न, कपडा लगायतका आवश्यक सामाग्री किनेर वृद्धाश्रमलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थी केन्द्रित गतिविधि गर्दै आइरहेको क्लबले सामाजिक भावले ओतप्रोत भई आज ज्येष्ठ नागरिक भइसक्नुभएका आमाबाबाको लागि सहयोग गर्ने भावना जागृत भएको देख्दा अत्यन्त हर्षविभोर बनेको बताए । विद्यालयले संस्थागत रुपमै अबका वर्षदेखि वार्षिक २५ हजार रुपैंया वृद्धाश्रममा प्रदान गर्ने घोषणासमेत प्राचार्य सापकोटाले गरे ।  विद्यार्थीहरुले बृद्धा बाआमासँग आशिर्वाद लिँदै मनोरञ्जन समेत आदान प्रदान गरे । वृद्धाश्रमका सञ्चालक सदस्य धर्मराज रेग्मीले वृद्धाश्रमका बारेमा विद्यार्थीहरुलाई अवगत पनि गराए । हाल वृद्धाश्रममा २६ जना आमाहरु र २२ जना बुवाहरु आश्रित रहेको उनले जनाए । क्रियटिभ माइण्डस् क्लब, प्रतिभा माविले गण्डकी प्रदेश स्तरीय साइन्स क्वीज, वक्तृत्वकला प्रतियोगिता, ट्राफिक सचेतना लगायतका अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरिसकेको छ । 

जबरजस्ती करणीको आरोपमा नेकपा एमाले निकट युवा संघ बेलबारी नगर कमिटीका अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका- ८ का २८ वर्षीय तामाङ साउन ३२ गते पक्राउ परेका हुन्।   उनीविरूद्ध साउन २४ गते एक महिलाले  जबरजस्तीकरणीको जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि साउन ३२ गते तामाङ आफैं इलाका प्रहरी कार्यालय बेलबारीमा उपस्थित भएका डिएसपी दाहाले बताए।   अहिले उनीविरूद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप भई घटनाको अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए। बेलबारी- ८ का वडाध्यक्ष धनपति गौतमका अनुसार तामाङ केहीवर्ष अघिमात्रै विदेशबाट फर्किएर युवासंघमा आवद्ध भएका थिए। उनी क्रसर उद्योगी पनि हुन्।   घटनाबारे इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ।

काठमाडौँ:  सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठक आह्वान गर्नुभएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो १२ः३० बजे बोलाइएको बैठकमा मुलुकमा देखापरेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले अवरोध हुँदै आएको छ । सोही कारण महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।   प्रधानमन्त्रीले आह्वान गर्नुभएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आमन्त्रण गरिएको छ । संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले पहल गर्दै आउनुभएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । सोही विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ । सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन् । रासस

भारतको लद्दाखमा शनिबार भएको एक सवारी दुर्घटनामा परी ९ जना भारतीय सैनिकको मृत्यु भएको छ।   टाइम्स अफ इन्डियाका अनुसार सैनिकहरू चढेको गाडी शनिबार दिउँसो पौने ५ बजेतिर अनियन्त्रित भएर सडकबाट खोंचमा खसेको थियो।   लेहबाट आएको उक्त सैनिक गाडी न्योमा क्षेत्रमा दुर्घटनामा परेको हो।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतक सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

काठमाडौँ: समाजवादी मोर्चाको बैठक आज९आइतबार० साँझ ६ बजे नेकपा ९एकीकृत समाजवादी० को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक बस्न सकेको थिएन ।   विद्यार्थी सङ्गठनको कार्यक्रममा भने समाजवादी मोर्चाका नेताहरू एकसाथ देखिएका थिए । त्यस यता समाजवादी मोर्चाको बैठक सर्दै आएको थियो । आजको बैठकमा समसामयिक राजनीति र भ्रातृ संस्थाहरूबारे छलफल हुने बताइएको छ ।

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।   आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश(०२(०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ जनाको मृत्यु भएको हो।   मृत्यु हुनेमा ३२ वर्षीय रामकुमार भारती र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीय अनिता थापा छन्।   मृतक पुरूषको ठेगाना खुलिसकेको छैन। उनीहरू दुबैलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको केहीबेरमा मृत्यु भएको हो।   मोटरसाइकलमा सवार १० वर्षीया बालिका गम्भीर घाइते छिन्। उनको परिचय खुलिसकेको छैन। उनको कलंकीस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।   मोटरसाइकललाई ठक्कर दिने बसका चालक धादिङ गंगाजमुना गाउँपालिका- ७ घर भई बस्ने बर्षीय ४१ बहादुर दान बहादुर थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।

सर्लाहीको पर्सा नगरपालिकाबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीवनकुमार यादव र प्रकाश यादव रहेका छन् ।   भारतीय नम्बर प्लेटको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा नेपाल आएका सर्लाही हरिपूर्वा नगरपालिका–६ खरमारका २३ वर्षीय जीवनकुमार यादवलाई एक थान पेस्तोल  र १५ राउन्ड  गोली तथा  २० वर्षीय  प्रकाश यादवलाई एक थान नलकटुवा पेस्तोल र पाँच  राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।    सशस्त्र प्रहरी बल संग्रामपुरका सशस्त्र प्रहरी निरीक्षक  कृष्णबहादुर गुरुङका अनुसार उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा गएराति पक्राउ गरेको  हो ।  पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।