पोखराः एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक युनाईटेड क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । एघारौं पोखरा महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहसिक पर्यटकीय गन्तब्य निर्माण र युनाईटेड क्लबको आफ्नै जग्गा पोखरा २६ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशीय छात्राबास निर्मालाई जोड दिइने क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार क्लबले लिएको शिक्षा, स्वास्थ्य, खेलकुुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणलाई निरन्तरता दिइने छ । महोत्सवमा प्रत्येक टिकटबाट एक रुपैया सेती नदी संरक्षणको लागि छुट्याइने छ । १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने र दुई देखी दुईलाख पचास हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, रामजी खांड प्रिति आले, चोलेन्द्र पौडेल, ज्योती मगर, राजु परियार, चिज गुरुङ, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, आलिफ खान लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछभने कन्सर्ट तर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, छेवाङ लामा, भिटेन, मेलिना राई, दिक्षिता कार्की, झिल्के एण्ड द कम्पनी, अनुप्रस्था, अभय एण्ड द स्टीम इन्जीन्स, एएसएम र लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ । त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी थप आकर्षणमा घोड सवार, चिडियाखाना अवलोकनको लागि सवारीको ब्यवस्था, भिआर नाइन डी, टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमहरु हुनेछन । एघारौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्सेस, प्रायोजकहरुमा रारा तयारी चाउचाउ, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, वण्डर स्वीच एण्ड एससोरिज, युएनआइ एक्सपर्ट एलईडी लाइटिङ, युनाईटेड युथ सर्कल युएसए, सिजी हार्डवेयर एण्ड सप्लायर्स, स्काईलिंक टेक्नोलोजी, फिस्टेल ड्रिमपार्क रहेको छ । त्यसैगरी अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा.लि. आफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स रहेको छ,भने प्रवद्र्धकमा नेपाल टुरिजम वोर्ड र विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि रहेको छ । त्यसैगरी सहयोगी संस्थामा युथ कम्युनिटी क्लव रहेको छ । त्यसैगरी मिडिया पार्टनरहरुमा एबीसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक र एभरेष्ट एफएम ९३ मेघाहर्ज रहेका छ । महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निः शुल्क प्रवेश गराइने छ । महोत्सवको गण्डकी प्रदेशका नव निर्वाचित गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीले बुधवार उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
पोखराः हार्मोनी पोखराले पुस २९ गते पोखरा सभागृहमा रारा टेस्ट अफ हार्मोनीको चौथो संस्करणमा आयोजना गरेको छ । हार्मोनीको चौथो संस्करणमा पोखरामा दीपानारायण झाका गीतहरु गुञ्जदैछन । हार्मोनी पोखराकी अध्यक्ष इतु जोजिजुले दीपानारायण झाको सभागृतमा दीपानारायण झाको स्वर प्रत्यक्षसमेत गुञ्जिनेछ । कार्यक्रममा दीपालाई विशेष सम्मानसमेत गरिनेछ । ‘दीपानारयण झाको विगतको अनुभव हामीले सुन्न पाउनेछौं । उहाँले केही चर्चित गीतहरुमा प्रस्तुती दिनुहुनेछ’, उनले भनिन् । दीपाले नेपाली सुगम संगीतसहित सम्झना, कुसुमे रुमाल, मसाल, अन्याय, पिरती, सन्तान, कन्यादान, फेरि भेटौंला, कर्जा, पछ्यौरी, देउकी, ट्रक ड्राइभर, कसम लगायत नेपाली चलचित्रका गीतहरुमा दिएको स्वर यादगार छन् । सोही अवसरमा झासँगै पोखरेली गायिकाहरु इतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति गुरुङले झासँगै स्टेज शेयर गर्नेछन् । उनीहरुको सहयोगी गायका रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमु पनि सहभागी हुनेछन् । उक्त कार्यक्रमको अवसरमा क्यान्सर पीडित लक्ष्मी भट्टराई र भायोलिन तथा पियानो वादक उपासना पाख्रिनलाई पनि प्रोत्साहन सम्मान गरिने आयोजकले जनाएको छ । २०७३ मा स्थापना भएको हार्माेनी पोखराले टेस्ट अफ हार्माेनीको पहिलो संस्करण लेजेन्डरी हार्माेनियस इभिनिङ गरेको थियो ।
पोखराः मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिनुभयो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको फाइनलमा १६ सहभागीले प्रतिस्पर्धा गर्नेछन् । सातौं संस्करण प्रतियोगिता अन्र्तगत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतिभा प्रस्फुटन राउण्डमा सहभागिहरुले बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरका थिए । जस अन्र्तगत लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्गले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । जुना तामाङ्ग र निशा तामाङ्गले भाषण कला, विकिता तामाङ्गले हस्तकला प्रस्तुत गरेका थिए । सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग र आकृति तामाङ्गले गजल तथा कविता प्रस्तुत गरेका थिए । विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग, रोश्मा तामाङ्गले साँस्कृतिक नृत्य तथा प्रिती तामाङ्गले तामाङ्ग गाउँका बारेमा प्रस्तुती दिएका थिए । ट्यालेण्ट राउण्डको निर्णायकहरुमा गीतकार तीर्थ तामाङ्ग, मिस तामाङ्ग पोखराका पूर्व विजेता दिप्ती तामाङ्ग, निमा तामाङ्ग रहेका थिए । सहभागिहरुलाई विभिन्न विधामा तालिम प्रदान गरिएको कार्यक्रम संयोजक राम लामाले जानकारी दिनुभएको छ । तामाङ्ग भाषा तथा संस्कृति देखि व्यक्तित्व विकास सम्मका तालिम सहभागिहरुलाई प्रदान गरिएको छ । समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ्ग घेदुङ्ग कास्कीका अध्यक्ष भक्त तामाङ्ग, गीतकार तथा ट्यालेण्ट राउण्डका प्रमुख निर्णायक तीर्थ तामाङ्ग, कार्यक्रम संयोजक राम लामा, मिस तामाङ्ग पोखराका पूर्व विजेता निमा तामाङ्ग लगायतले बोलेका थिए ।
पोखराः ११ औंं पोखरा महोत्सवको सुरक्षा ब्यवस्था चुस्त दुस्त पारिने भएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सुरक्षामा कुनै किसिमको कसुर बांकी नराख्ने कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताए । महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुसंगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले पोखरा महोत्सवको सुरक्षाका लागि कास्कीका चार वटै सुरक्षा निकायहरुलाई महोत्सव स्थलमा खटाउने बताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीद्धारा महोत्सव अवधिभर महोत्सवको सुरक्षामा लाग्ने बताउदै प्रमुख जिल्ला अधिकारी केसीले महोत्सव आयोजकसंग सहकार्य गरेर सुरक्षा निकायले महोत्सवको सुरक्षा गर्ने बताए । युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको आफुले थाहा पाउदा खुसी लागेको बताउदै कुनैपनी संघ संस्थाले आयोजना गर्ने मेला महोत्सवहरुलाई सुरक्षा प्रदान गर्नु आफुहरुको कर्तब्य रहेको बताउदै पोखरा महोत्सवको सुरक्षामा पनि आफुहरुले कुनैपनि कसुर बांकी नराख्ने बताउदै महोत्सवको सफलताको कामना समेत गरे । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले महोत्सवको सुरक्षाका लागी नेपाल प्रहरीले शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, आयोजकले उपलब्ध गराएको निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवमा कुनैपनि अप्रिय घटनाहरु हुन नदिने बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका कार्यसमिति सदस्य तथा सुरक्षा ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले पोखरा महोत्सवको सुरक्षाका लागी सुरक्षा निकाय संगै आफुहरुले निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवलाई सुरक्षित गर्ने बताए । त्यस्तै महोत्सवमा सुरक्षाकर्मी संगै महोत्सवमा एकदर्जन बढी सिसि क्यामेरा द्धारा समेत २४ सै घण्टा निगरानी गरिने समेत गुरुङले जानकारी दिए । त्यस्तै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढिरहदा एघारौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै गरी प्रशासनबाट सहयोगको अपेक्षा राखे । क्लवका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै महोत्सवले रमाइलो गर्नेमात्र नभइ सामाजिक कामकै लागि महोत्सवको आयोजना गरिदै आएको बताए ।
काठमाडौं: अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका निश्चित भएको र प्रोमो छायांकन भइसकेको जानकारी दियो । दमन रुपाखेतीसहितका कलाकारले यो कार्यक्रमको तेस्रो सिजनमा प्रवेश गरेका छन् । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् । अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ, जसलाई श्याम रानाले निर्वाह गर्नेछन् । ‘छक्कापञ्जा’ फेम्ड सुमन गिरी भाञ्जा कार्यक्रम संयोजकको रुपमा हुनेछन् । ‘नेपाल र भारतीय कमेडी कार्यक्रममा नभएको कुरा यसपटक देखिनेछ,’ स्रोतले भन्यो । ५२ भाग प्रसारण हुने बताइएको यो सिजनपछि जितु नेपाल र डीसीको टिम फिचर फिल्मको तयारीमा लाग्नेछ । जितु नेपालको फिचर फिल्म ‘ह्यारीकी प्यारी’ रिलिजको तयारीमा छ । प्रियंकाको फिल्म ‘चि मुसी चि’ समेत प्रदर्शन तयारीमा छ ।
पोखरा: एघारौं पोखरा महोत्सवमा स्वरोजगार तालिम प्रदान गरिने भएको छ । आगमी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी स्वरोजगार तालिम प्रदान गर्न लागिएको हो । महोत्सव अवधिभर सञ्चालन हुने तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा लगायतका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम प्रदान गरिने एघारौं पोखरा महोत्सव हस्तकला ब्यवस्थापन उपसमिति संयोजक सबिता श्रेष्ठ रञ्जितले जानकारी दिइन । श्रेष्ठका अनुसार प्राविधिक शिक्षालय ९सिटीइभिटी० को प्राविधिक सहयोगमा २० जना लाई उक्त तालिम दिइने छ । महोत्सव अवधिभर १२ दिन तालिम प्रदान गरिने र स्वरोजगार हुन चाहनेहरुलाई दुई महिने निशुल्क तालिम समेत प्रदान गरिने बताइन । तालिममा सहभागी हुन चाहनेहरुले पुष २५ भित्र युनाईटेड क्लवको कार्यालयमा सम्पर्क गर्न समेत संयाजक श्रेष्ठले आग्रह गरेकी छिन ।
काठमाडौँ: तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘अल्लारे सोझो म्हीँ’ बजारमा आएको छ । ओेएसआर डिजिटलबाट शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । तामाङ मेगास्टार कुमार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन । प्रतिक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन । गायक प्रकाश लामा र गायिका बिना घलेको आवाज रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन । अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त भिडियोलाई नरेन मोक्तानले कोरियोग्राफी, बिक्रम मोक्तानले छायांकन, राजेन्द्र मोक्तानले कलर गरेका हुन । भिडियोको तामाङ मेगास्टार कुमार मोक्तान र रोहनी लामाको आवाज रहेको छ ।
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ घान्द्रुकमा गुरुङ जातिको मौलिक चाड ल्होछार पर्वको अवसरमा ल्होछार कार्यक्रम आयोजना गरिएको छ । २५ औं ल्होछार रजत जयन्तीको अवसरमा ङग्युुर दोर्जे साङाग छयोएलिङ्ग गुम्बा ल्होछार पर्वको कार्यक्रम आयोजना गरिएको हो । २५ औं ल्होछार रजत जयन्तीको अवसरमा बाघ वर्गको विदाई र विरालो वर्गको आमगनको अवसरमा घान्द्रुकमा पुस ११ गते धर्म गुरुहरुको उपस्थितिमा जगे(किलखोर) स्थापना भएको छ, भने पुष १२ देखि १४ गतेसम्म हयुमपाठ वाचन तथा पुजा भइरहेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुुरुङले जानकारी दिए । ‘पुस १५ गते बिहान ७ः३० देखि ८ बजेसम्म पितृ पुजा, ९ देखि ११ बजेसम्म कङग्युर (त्रिपिटक) ह्युम पुस्तकसहित गाउँ परिक्रमा गर्दछौं, गुरुङले भने, ‘१२ बजेदेखि १ सम्म गुरु ढकर रिन्पोछे बाहुल्यबाट आयु छेवाङ ( अभिषेक) दिने र दिउँसो २५ औं ल्होछार जयन्तीको अवसरमा शुभकामना तथा सास्कृतिक कार्यक्रम आयोजना गर्दै छौं ।’ २५ औं ल्होछार रजत जयन्तीको अवसरमा बाघ वर्गको विदाई र विरालो वर्गको आमगनको अवसरमा घान्द्रुक गुम्बा परिसरमा ल्होछारको सुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडौं: अभिनेत्री सुहाना थापाले नयाँ व्यवसाय सुरू गरेकी छन्। उनले समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्म ‘गुलाबी’ बाट फिल्म वितरण व्यवसाय थालेकी हुन्। उनी सीइओ रहेको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले ‘गुलाबी’ वितरणबारे सम्झौता गरेको हो। मंगलबार सुहाना र निर्देशक भट्टबीच औपचारिक सम्झौतापत्र आदान-प्रदान गरिएको छ। फिल्मको प्रदर्शन र डिजिटल अधिकार एकसाथ बिक्री भएको छ। डिजिटल अधिकार भने ओएसआरले खरिद गरेको छ। ओएसआर प्रमुख ओम अग्रवाल र भट्टबीच डिजिटल अधिकारमा सम्झौता भएको हो। राम्रो प्रस्ताव र आकर्षक लगानी आएपछि दुवै कम्पनीसँग सम्झौता गरिएको निर्देशक भट्टले बताइन्। फिल्ममा समावेश एक गीतको छायांकन गरेसँगै फिल्मको पनि छायांकन सम्पन्न भएको छ। दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नाजिर हुसैन मुख्य अभिनेता छन्। पारलैङ्गिकताको कथा बोल्ने फिल्ममा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतको अभिनय छ। फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्। यो फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका हुन्। फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन। अभिनेत्री सुहाना थापा निर्माता सुनिलकुमार थापा र अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी हुन्। उनी पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा देखिएकी थिइन्। उनी यतिबेला फिल्म ‘भगवत् गीता’ मा व्यस्त छिन्।