पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

पोखराः    छायांनक नहुदै कलाकारको हेरफेर गरेको फिल्म प्रसाद २ मा  महेश त्रिपाठीको इन्ट्री हुने भएको छ । त्रिपाठीको अभियनको शैली देखेर निर्देशक निमार्ताहरुले त्रिपाठीलाई प्रसाद २ मा अफर गरेका हुन् ।  त्रिपाठीले यस अघि नै अमेरिकाको हुयुस्टन फिल्म फेस्टिभलमा नेपाली फिल्म हल्काराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । त्रिपाठीलाई त्यस पश्चात एक पछि अर्को गरी फिल्मका अफरहरु आइरहेका छन् ।  निमार्ण पक्षले  छायाँनकन सुरुवात नहुदै कलाकारहरुको विवाद रहेका  कारण रोकीएको छायाँकनमा  त्रिपाठीलाई अभियनको लागी अनुरोध गरेको थियो । यतिवेला सर्वाधीक फेम याक्टर महेश त्रिपाठी समेत प्रसाद २ मा अनुवन्दीत भएको कुरा निमार्ण पक्षले जनाएको छ । अन्तरजातीय विवाहको सामाजिक प्रभाव र प्रेमकथामा बन्ने यो  फिल्मको अघिल्लो भागलाई दर्शकहरुले निकै  रुचाएका  थियो ।   तिन वर्ष देखि निमार्ण गर्ने भनिएको फिल्ममा कोरोना र कलाकारका कारण समयमै छायाँनकन हुन नसकेको निर्माता  सुवास  थापाले बताएका छन् । सुरुमा  प्रमुख कलाकारको रुपमा घोषणा गरिएका नम्रता श्रेष्ठ र राज कटुवालले ‘प्रसाद २’ छाडेका छन् । नम्रताले फिल्म नगर्ने टुंगो लागेपछि उनको ठाउँमा केकी अधिकारी भित्रिएकी छन् । कलाकार हेरफेरसँगै फिल्मम ‘प्रसाद’को दोस्रो श्रृंखलाको छायांकन बिहीबार देखिसुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुटिङ सुरु भएको छ । ४० दिनको छायांकन तालिका छ । फिल्म सुटिङ सुरु हुने बेला विवाद निम्तिएपछि फिल्मको निर्माण अन्योलमा थियो ।निर्माता सुवास थापा र विपिन कार्की विच  मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति निर्माता संघमा भएको थियो । सोही सहमतिअनुसार नै सुटिङ अघि बढेको हो । एसजी फिलीम्स र सुलभ थापा प्रोडक्सनले फिल्म निर्माण गर्न लागेका हुन् ।  सुदर्शन बस्नेत निर्माता र सुवास थापा प्रस्तुतकर्ता हुन् । अर्पण थापा, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको फिल्ममा अभिनय हुनेछ । राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको पाश्र्वध्वनि, राजनराज सिवाकोटीको संगीत रहनेछ । पटकथा सुशील पौडेलले लेखेका हुन् । अघिल्लो सिक्वेललाई दिनेश राउतले निर्देशन गरेका थिए । दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्दै छन्  । सुटिङ सकिएपछि प्रदर्शन मिति तय गरिने निमार्ण पक्षले जनाएको छ ।

झापाः    झापा बिर्तामोडका योगश मगरलाई भ्वाइस अफ नेपाल सिजन ४ को विजेता बनाउन उनका साथीहरु एकजुट भएका छन् ।  भ्वाइस अफ नेपाल सिजन ४ को टप ८ मा पर्न सफल झापा बिर्तामोडका  मगरलाई जिताउन उनका साथीहरु एकजुट भएका हुन् ।  झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै स्थानीय युवाहरुले समिति बनाएरै अभियान सञ्चालन गरिरहेको छन् । बिर्तामोडमा योगेश मगरको सांगीतिक समूह हो, पन्छी एण्ड द सन ब्रस्ट ब्याण्ड । उनी त्यस ब्याण्डका गायक हुन्, यसै कारण पनि योगेश मगरलाई ‘पन्छी’को उपनामले पनि चिनिन्छ । उनकै ब्याण्डका सदस्यहरु मिलेर अहिले योगेश मगर जिताउ अभियानमा लागेका छन् । १७ सदस्यीय अभियानको संयोजकमा राहुल राई रहेका छन् । समितिको सदस्यमा प्रकाश तामाङ, जितेन पाँचकोटी, हिलिहाङ इजम, अपेक्षा राई, आर्यन बराइली, आशा गुरुङ, आदर्श खाती, नाम्ग्येल तामाङ, नसिब मगर, सेवासी मगर, प्रभाष मगर, किरण गुरुङ, खुम खड्का, रमेश शेर्पा, योगेश लिम्बू र योगेन्द्र थापा रहेका छन् । योगेशले टप १० मा आशिष रायामाझीलाई इलिमिनेट गरेका थिए ।  कोच प्रमोद खरेलको समूहमा रहेका योगेशले ब्लाइन्ड अडिसनमा सुरुको १ मिनेटभित्रै चारै जना कोचको कुर्सी घुमाएर थिए । भ्वाइस अफ नेपाल सिजन ४ का सम्भावित विजेता योगेशको पूख्र्यौली घर कुम्मायक गाउँपालिकाको यासोक पाँचथर हो भने हाल बिर्तामोडमा बस्दै आएका छन् । भ्वाइस अफ नेपालका प्रतियोगीमध्ये कम उमेरका योगेशलाई जिताउन झापाका विभिन्न स्थानमा अभियानले कार्यक्रम गर्दै आएको छ ।  भर्सटाइल गायक योगेश मगर फ्यान फलोइङ बढेर अहिले नै सेलिब्रेटी बनिसकेका छन् । उनलाई भोट गर्नका लागि खल्ती एप डाउनलोड गरी प्रमोद खरेललाई सेलेक्ट गर्नुपर्छ । उनको भोटिङ कोड १२ रहेको छ । बिर्तामोडका युवा जुटेर यसअघि नेपाल आइडलमा राम लिम्बूलाई जिताएका थिए भने अर्को सिजनमा नाम्ग्येल तामाङ रनरअप भएका थिए । अभियानका अगुवा प्रकाश लिङदेनले बिर्तामोडका युवाले अभिभावकत्व भूमिका निर्वाह गर्दै आएको सुनाए ।  

काठमाडौं:  लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ आयोजना हुने भएको छ ।  शो  डिएआर मुभिजले आयोजना गर्न लागेको हो ।  नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बीच प्रतिस्पर्धा रहने बताइएको शो को निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहनेछन् ।  नेपालमा पहिलो पटक हुन लागेको दोहोरी रियालिटी शो स्तरीय र निकै आकर्षक बनाइने कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए । शोका विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । माघबाट सुरु हुने दोहोरी आइडल नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।

पोखरा:   शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लबले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने भएको छ ।  महोत्सवकै आयोजना गरी प्रति टिकटबाट एक रुपैया छुट्याउदै आएको युनाईटेड क्लबले अगामी पुष २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं पोखरा महोत्सवबाट बचत भएको रकम मध्ये केही रकम सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागि छुट्याइने भएको हो । बिहीबार सम्पन्न एघारौं पोखरा महोत्सवको सल्लाहकार तथा महोत्सव उपसमिति संयोजकहरुको बैठकले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागी युनाईटेड क्लबले पहलकदमी थाल्ने निर्णय गरेको हो । स्थापना कालदेखीनै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको क्लबले दशौ पोखरा महोत्सव सम्म आइपुग्दा ५८ लाख ८५ हजार २ सय तीस रुपैया हस्तान्तरण गरिसकेको र चिडियाखाना निर्माणको सम्पूर्ण जिम्मेवारी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।   हाल आएर चिडियाखाना राष्ट्रिय गौरवको योजना अन्तर्गत रही यसको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार मातहतमा रही जिल्ला डिभिजन बन कार्यालय कास्कीले लिइसकेकाले क्लबले चिडियाखाना निर्माण पहलकदमीको एजेण्डालाई आगामी दिनमा सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्न लागेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । त्यसैगरी क्लबले एघारौ पोखरा महोत्सवबाट क्लवको जग्गा भएको स्थान पोखरा महानगरपालिका वडा नम्बर २६ अर्चलेमा रहेको जग्गामा भौतिक निर्माणका लागि समेत रकम छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । यसवाहेक क्लबले गर्दै आइरहेको सामाजिक क्षेत्रका कामहरु शिक्षा, स्वास्थ्य, खेलकुदमा समेत रकम छुट्याइ काम गरिने भएको छ ।  एघारौ पोखरा महोत्सवमा ४०  देखी ५० वटा स्टल निशुल्क रुपमा प्रदान गरिने भएको छ । जुन गैर नाफामुलक संस्थाहरु, पर्यटन सम्बन्धी स्टल, होम स्टेको प्रचार प्रसारका स्टल, सचेतनामुलक स्टलहरु निशुल्क  उपलब्ध गराइने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा २ सय ५८ स्टल रहने छन । त्यसैगरी महोत्सवमा साधारणका लागि ८० रुपैया र विद्यार्थीका लागी ६० रुपैया टिकट दर कायम गर्ने निर्णय संगै जेष्ठ नागरिक, एकल महिला, अपांग, सुरक्षाकर्मी, पत्रकार र विदेशी पर्यटकलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी गायक गायिका संगै ख्यातिप्राप्त ब्याण्डहरु, नेपाली संसकृति झल्कने झांकी तथा नृत्यहरुको समेत प्रस्तुती रहने छन ।  सो कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ,  सल्लाहकारहरु तीर्थलाल श्रेष्ठ, भरत केसि, तेज बहादुर गुरुङ, मेजर हितमान गुरुङ, दीपक थापा, लिलाधर अधिकारी, रमेश बहादुर काकी, पवित्रा देवी गुरुङ, महोत्सव हस्तकला उपसमिति संयोजक सविता श्रेष्ठ रञ्जित लगायतले महोत्सवलाई भब्य सभ्य रुपमा सम्पन्न गर्नका लागि सवैले आ आफ्नो ठाउबाट लाग्नुपर्ने बताए । 

पोखरा:  ‘मानवताका लागि सांगीतिक’ भन्ने नारासहित देश दौडाहामा रहेको नेपथ्यले आगामी पुष १२ गते पोखरामा कन्सर्ट गर्ने भएको छ । आयोजकका अनुसार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अपह्रान्ह ४ बजे कन्सर्ट सुरु हुनेछ ।  मानव सेवा आश्रमले भवन निर्माण तथा कोष स्थापनार्थ नेपथ्यको टोली साँगीतिक यात्रामा रहेको पोखराको प्रचारप्रसार संयोजक दिनेश शर्माले बताए ।   उनका अनुसार अहिलेसम्म नेपालको चर्चित सांगीतिक समूह नेपथ्यका अमृत गुरुङले विराटनगर, वीरगञ्ज, हेटौँडा र नारायणघाटमा प्रस्तुती राखिसकेका छन् भने आज (बिहिबार) नेपालगञ्जमा हुदैछ ।  सांगीतिक यात्रामा रहेको नेपथ्यले नेपालगञ्जपछि पुष ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल, १२ गते पोखरा र १६ गते काठमाडौंमा कन्सर्ट गरेर साँगीतिक यात्रा समापन गर्ने शर्माले बताए ।  उनका अनुसार टिकटदर १ हजार कायम गरिएको छ भने इसेवा, खल्ती, फोन पे मार्फत टिकट बुकिङ गर्न सकिने छ । आश्रमको भवन निर्माणार्थ कन्सर्ट पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा बाबियतरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी जग्गामा  निर्माणाधिन भवन सम्पन्न गर्न नेपथ्यको कन्सर्ट आयोजना गरिएको पोखराका प्रचारप्रसार संयोजक दिनेश शर्माले बताए । उनका अनुसार देश दौडाहामा रहेको सांगीतिक समुह नेपथ्यको कन्सर्टबाट संकलित रकम आश्रमको भवन निर्माणमा खर्च गरिने छ ।  उक्त भवन निर्माणलाइ पूर्णता दिनका लागि मानवताका लागि संगीत भन्ने नारासहित देश दौडाहामा रहेको उल्लेख गरे । ‘अहिले बनिरेको भवनलाई पूर्णता दिनका लागि नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिएको हो, उनले भने,  ‘अन्य शहरमा जस्तै पोखरामा आयोजना हुने कार्यक्रमबाट दर्शकको राम्रो साथ समर्थन प्राप्त हुनेछ ।’ यसैगरि मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले पोखराको कन्सर्टमा करिब ८ हजार दर्शकको अपेक्षा रहेको सुनाए । ‘पोखरा नेपथ्यको होमटाउन पनि हो, त्यसैले सबैभन्दा बढी करिब ८ हजार जति दर्शकको अपेक्षा गरेका छौ, उनले भने, ‘त्यसबाट सबै खर्च कटाएर २५ लाख जति बचत गरेर भवन निर्माणमा खर्च गर्ने योजना बनाएको छौ ।’ निर्माणाधिन भवनमा हालसम्म ५ करोडको काम सम्पन्न भइसकेको छ । तिमिल्सिनका अनुसार ४८ कोठासहितको तीन तले भवन निर्माण हुनेछ । सो भवनको एक कोठा निर्माण सम्पन्न गर्न ५ लाख १ हजार १ सय ११ रुपैयाँ लाग्ने उनले बताए । ‘एउटका कोठा बन्न करिब ५ लाख लाग्छ अहिलेसम्म केही संस्था र दाताहरुले कोठा निर्माण गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ ।’ उनले भने । उक्त भवन निर्माण भइसकेपछि करिब २ सय जनालाई सेवा प्रदान गर्न सकिने उनले बताए ।  तिमिल्सिनाका अनुसार हाल देशैभर गरेर झण्डै एक हजार ६ सय सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् ।  हेटौंडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले हालसम्म १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । गण्डकी प्रदेशको गोरखा, लमजुङ, बागलुङ र कास्कीमा गरि ४ जिल्लामा मानव सेवा आश्रमले सेवा दिइरहेको छ । पोखरामा भएको मानवसेवा आश्रममा १०२ पुरुष र ६३ जना महिला गरी १६५ जना आश्रित छन् ।

काठमाडौं:  यस्तो लाग्छ, ‘भ्वाइस अफ नेपाल’को फिनाले नहुँदै आशिष महर ‘स्टार’ भइसके । धनगढीमा जारी ‘सुदूरपश्चिम महोत्सव’को चौथो दिन महरले सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई जुरुकजुरुक पारे । महोत्सवको भीडमा एक्ला आकर्षण बनेका महरलाई हेर्न र छुन भीड उर्लिएको थियो । उनका समर्थक आशिष महरलाई जिताऊँ लेखिएको ब्यानरसहित त्यहाँ उपस्थित थिए । सञ्चालिका मञ्जु पौडेलले महर आउन लागेको माइकबाट बताएपछि भीड उर्लिएको थियो । आशिषको पक्षमा फ्यानले हुटिङ समेत गरे । आशिषको भीडलाई थाम्न प्रहरीलाई हम्मे समेत पर्‍यो । महरले भ्वाइस अफ नेपालमा गाएका गीतसँगै देउडा गाएर दर्शकलाई मन्त्रमुग्ध तुल्याए । उनले आफूलाई भोट गरेर जिताउन समेत आग्रह गरे । ‘अझै पनि मलाई तपाईंको साथ र सहयोग चाहिन्छ,’ उनले भने । द भ्वाइस अफ नेपालको अन्तिम आठमा प्रवेश गरेका आशिष कोच प्रमोदको टिमबाट प्रतिस्पर्धा गरिरहेका छन् ।

पोखराः   मिस तामाङ पोखराको तालिम शुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे प्रतियोगिताको शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको यो सातौं संस्करण हो । तालिममा २० जना तामाङ समुदायको युवतीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक राम लामाले बताउनुभयो ।  युवाहरुलाई आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदाय प्रति प्रेम जगाउनका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताउनुभयो  ।  शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी तामाङ्ग घेदुङ्ग का पूर्व अध्यक्ष धनप्रसाद तामाङ्गले युवापुस्ता मात्रै होइन अभिभावक पनि भाषा र संस्कार जोगाउन सचेत बन्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जन्म देखि मृत्यु सम्म तामाङ्ग समुदायको आफ्नै मौलिक संस्कार रहेको भन्दै यसबारे मा नयाँ पुस्ता जानकार हुनपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग सिम्पानीका अध्यक्ष गंगा तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग पोखरा महानगरका अध्यक्ष रामबहादुर तामाङ्ग (शिवु ब्लोन), मिस तामाङ्ग पोखरा २०२२ का विजेता मान्सी तामाङ्ग, रनरअप पेमा तामाङ्ग,  आरजे होल्डिङ्ग रियल स्टेटका प्रबन्ध निर्देशक राजु केसी, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ल लगायतले बोल्नुभएको थियो ।  पहिलो दिनको प्रशिक्षण नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदान गर्नुभएको थियो । ३५ दिन सम्म चल्ने प्रशिक्षणमा तामाङ्ग जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक राम लामाले जानकारी दिनुभयो ।  प्रतियोगितामा पोखरा पुम्दीभुम्दीका मनिषा तामाङ्ग, योगितामाया तामाङ्ग, नारेश्वरकी निशा तामाङ्ग, नदिपुरका खुसी बम्जन, कृतिका तामाङ्ग, फुलबारीका सुप्रिया तामाङ्ग, सेदीका रोश्मा तामाङ्ग, जुना तामाङ्ग, प्रिती तामाङ्ग , लेकसाइडका आकृति ब्लोन, मियापाटनका रसिला तामाङ्ग , रिठेपानीका रेनुका तामाङ्ग , न्युरोडका विकिता तामाङ्ग, लामागाउँका सुमित्रा तामाङ्ग, बगालेटोलका लक्ष्मी तामाङ्ग , अर्विना तामाङ्ग, विजयपुरका विपना तामाङ्ग र जिरोकिलोमिटरका जिना थिङ्ग सहभागी छन् । 

काठमाडौं:  साम्राज्ञी शाह अभिनित तीन फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुँदैछन् । पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ रिलिज हुनेछन् । छोटो समयमै फिल्म रिलिज हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्नेछ । यी तीन फिल्म चले सन् २०२२ भित्र ह्याट्रिक गर्ने साम्राज्ञीको मौका रहेको छ । यसैबीच, ‘तिम्रो मेरो साथ’मा साम्राज्ञीको बोल्ड अवतार भएको आइटम ट्रयाक सार्वजनिक भएको छ । यो रोमान्टिक फिल्ममा साम्राज्ञीले पुष्प खड्कासँग अनस्क्रिन रोमान्स गरेकी छन् । तन्नेरी पुस्तामाझ चर्चित २७ वर्षीया यी अभिनेत्रीको उक्त तस्वीर हट र स्मोकी महसुस हुनेछ ।  

काठमाडौं:   भारतीय फिल्म उद्योगमा फिल्म चलेन भने त्यसका अभिनेता अभिनेत्रीले केही हदसम्म पारिश्रमिक फिर्ता गरेका थुप्रै उदाहरण छन् । नेपाली फिल्म उद्योगमा पनि त्यसको सुरुवात भएको छ । नेपालमा फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्ने परिपाटीको सुरुवात अभिनेता पुष्प खड्काले गरेका हुन् । अभिनेता खड्काले फिल्म ‘कृष्ण लीला’ फ्लप भएको कारण निर्माणलाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत फिर्ता गरेको बताएका छन् । बिहिबार फिल्म ‘तिम्रो मेरो साथ’ ले आयोजना गरेको एक कार्यक्रममा पुष्पलाई पत्रकारले प्रश्न सोधका थिए ‘‘कृष्ण लीला’ वर्षकै फ्लप फिल्म बन्यो । के तपाईले घोषणा गरे अनुसार पारिश्रमिक फिर्ता गर्नुभयो ? । कार्यक्रममा उनले निर्मातालाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत रकम फिर्ता गरेको बताए । उनले ‘कृष्ण लीला’ मा कति बुझेका थिए र कति फिर्ता गरेको भने बताएनन् । ‘मैले ३३ प्रतिशत पारिश्रमिक लिन बाँकी थियो’, पुष्पले भने ‘फिल्म फ्लप भएपछि त्यो लिएको छैन । त्यौ नै फिर्ता गरेजस्तै हो । अव त्यो लिन्न । नलिएपछि फिर्ता गरेजस्तै भनेर ?’ फिल्म प्रदर्शन समयमा आफूले गरेको त्यो बाँचा नबिर्सिएको समेत खड्काले सुनाए । ‘कृष्ण लीला’ मा खड्काको अभिनेत्री श्रद्धा क्षेत्रीसँग रोमान्स रहेको थियो । नेपाली अभिनेताहरूमा पारिश्रमिक चर्को लिने होडबाजी नै छ । जसले गर्दा नेपाली फिल्मको निर्माण लागत ह्वात्तै बढेको छ । तर, पारिश्रमिक चर्को लिने कलाकारले फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्नु त टाढाको कुरा असफलताको दोष लिन समेत तयार हुँदैनन् । पुष्पले भने  फिल्म नचले पारिश्रमिकको केही प्रतिशत रकम फिर्ता गरेर फिल्म उद्योगमा आफूलाई एउटा जिम्मेवार अभिनेताको रुपमा प्रमाणित गरेका छन् ।