पोखराः तनहुँको घिरिङ गाउपालिका वडा नम्बर ३ मा रहेको उवाथोक सामुदायिक होमस्टेको टोली पर्यटकलाई निम्तो दिन पोखरा महोत्सवमा आइपुगेको छ । महोत्सव आयोजक युनाइटेड क्लबले एघारौं संस्करणको महोत्सवमा होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेसंगै तनहुको घिरिङ गाउपालिका उवाथोकमा रहेको सामुदायिक होमस्टेको टोलीले महोत्सव स्थलमा स्टल बनाइ महोत्सवमा आउने दर्शकहरुलाई पाहुनाको रुपमा आफ्नो होमस्टेमा आउनका लागि आमन्त्रण गरेको हो । २०७५ देखि सञ्चालनमा आएको होमस्टेमा ३५ देखी ४० जना पाहुनालाई राख्न सकिने होमस्टेका सल्लाहकार मन बहादुर रानाले जानकारी दिए । १२ वटा घरमा सञ्चालित होमस्टेमा आउने पाहुनाहरुलाई कोदोको ढिंडो, मकैको च्याख्ला, स्थानीय गोफा खोलाको लोकल माछा, लोकल कुखुरा, लोकल कालो सुंगुरको परिकार, लोकल खसी, सिस्नुको परिकार, लोकल दुध, दही, मह, खुदो लगायतका परिकारहरु पस्किने गरेको छ । होमस्टेमा हाल सम्म विदशी र स्वदेशी गरी २५ सय वढी पर्यटकहरुले घरबास गरिसकेका छन । उवाथोक होमस्टेमा आउने पर्यटकहरुले घिरिङकोट भ्युटावरबाट कालीगण्डकीको फेरो संगै पर्यटकीय शहर पोखरा, नवलपरासीको देवचुली वरचुली लगायतका मनोरम दृश्यहरु संगै गोफाखोलामा निर्माणाधिन घुमाउने तालको अवालोकन गर्न सक्ने होमस्टेका अध्यक्ष पूर्ण बहादुर थापाले जानकारी दिए । होमस्टेमा घरबास गर्ने पर्यटकहरुले मगर संस्कृति झल्कने कौरा नाच, स्थानिय झ्याउरे र दोहोरीमा रमाइलो गर्न सक्ने समेत थापाले बताए । महोत्सवमा उवाथोक संगै लम्जुङको पुरानोकोट होमस्टेको टोलीपनि पर्यटकहरुलाई आफ्नो होमस्टेमा आउनका लागि अनुरोध गर्दै महोत्सव स्थलमा आइपुगेको छ । महोत्सवको छैठौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको सहभागीता समेत वढ्दै गएको छ भने महोत्सवमा राखिएको स्टलहरुमा ब्यापार समेत बढ्दै गइरहेको महोत्स्व प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा सोमबार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले लोकदोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिएभने लोकदोहोरी गायक प्रजापति पराजुली, जीवन दाहाल, शिवहरी ढुंगाना, गगन गुरुङ, प्रशान्त तामाङ, शान्ति डोटेल, नविना सुवेदी, नारायण सुनार, तुलसा जिसी, सन्तोष सुवेदी लगायको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टतर्फ छेवाङ लामाको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिएका थिए । महोत्सवको सातौं दिन प्रिति आले, प्रजापति पराजुली, जीवन दाहाल, शिवहरी ढंगाना, निश्चल दवाडी, मञ्जु बिक, सरीता सारु मगर, टस गुरुङ, तुलसा जिसी लगायतको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्टमा झिल्के एण्ड द कम्पनीको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
गण्डकीः कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे।।। सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा।।।’ जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप हुनुभएको छ । बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो । पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो । गत वर्ष उहाँ आफैंले गाएको गीतले भनेझैँ, निराका लागि यस वर्ष (२०७९) नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइनेछ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ । लोकगायक विष्णु खत्रीले नेपाली सङ्गीत जगतले एउटा प्रतिभावान कलाकार गुमाएको प्रतिक्रिया दिनुभयो । “प्रत्यक्ष लोकदोहोरीमा उहाँको छुट्टै पहिचान बनिरहेको थियो, मञ्चीय कार्यक्रममा उहाँको प्रस्तुति आकर्षक हुने गर्थ्यो, गायक खत्रीले सम्झिनुभयो । गायक खत्री र गायिका छन्त्यालको सहकार्यमा गतवर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो । “बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयो”, खत्रीले सुनाउनुभयो । उहाँहरूबीच बुधबार बागलुङको भीमपोखरामा हुने माघे सङ्क्रान्ति मेलामा एउटै मञ्च साझा गर्ने तय भइसकेको थियो । खत्रीकै समन्वयमा निरा भीमपोखराको मेलामा जाँदै हुनुहुन्थ्यो । स्थानीय प्रगतिशील युवा क्लबले उहाँहरूलाई आमन्त्रण गरेको थियो । गायिका निराको निधनले मर्माहत बन्नुभएका गायक खत्रीले भीमापोखराको उक्त मेलामा आफू पनि नजाने निधो लिनुभएको छ । “बैनीको दुःखद घटनापछि मैले पनि त्यो मञ्चमा उक्लिएर एक्लै गीत नगाउने निर्णय गरेँ”, गायक खत्रीले भन्नुभयो, “मैले नै सिफारिस गरेर निरा बैनी भीमपोखरा आउने योजना बनेको थियो ।” आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समयतालिका थियो । त्यहीँबाट बागलुङको भीमपोखरा जाने कार्यक्रम थियो । “बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, श्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो”, गायक खत्रीले भन्नुभयो, “त्यहीँ कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे ।” प्रत्यक्ष दोहोरीको प्रवर्द्धन गरिरहेको ‘सारङ्गी संसार’ युट्युब च्यानलका सञ्चालक ताराकान्त विकले गायिका निरालाई ऊर्जाशील कलाकारका रूपमा स्मरण गर्नुभयो । “एउटा आशलाग्दो प्रतिभा हुनुहुन्थ्यो, हँसिलो, चञ्चल, ऊर्जा पनि उस्तै”, विकले भन्नुभयो, “मञ्चीय कार्यक्रममा दर्शक र श्रोतालाई अडाइरहन सक्ने क्षमता उहाँमा थियो ।” ‘सारङ्गी संसार’का छवटा भागमा गायिका निरा मुख्य भूमिकामा प्रस्तुत हुनुभएको थियो । प्रत्यक्ष दोहोरीमा खरो उत्रन सक्ने उहाँको आफ्नै युट्युब च्यानल पनि छ । चर्चित गायकहरूसँगको उहाँको दोहोरी घम्साघम्सीले युट्युबमा उल्लेख्य दर्शक पाएको छ । तीज गीत, पञ्चेबाजालगायत गीत सार्वजनिक गर्नुभएकी निरा प्रत्यक्ष दोहोरीबाट अझ बढी चिनिएको विकले बताउनुभयो । “प्रत्यक्ष दोहोरीमा गज्जबले जम्न सक्नुहुन्थ्यो, मौलिक शब्द र बागलुङे लवज उहाँको गायनमा झल्कन्थ्यो”, विकले भन्नुभयो, “अब त्यो सम्झनामा मात्र रहने भयो, एल्बम र युट्युबमा मात्र उहाँका गीत बाँकी रहे ।” बडिगाड–८ का टीका पाइजाले छन्त्यालले सानैदेखि रुचि लिएर गायन क्षेत्रमा लागेको बताउनुभयो । “पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो”, पाइजाले भन्नुभयो, “दुई–तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।” सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौँ छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो । सोही दिन टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटुनाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो । पोखरा उड्नुअघि निराले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिनुभएको थियो । फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देश हेर्न नपाउँदै छन्त्याल सेतीखोँचमा अस्ताउनुभएको हो । बडिगाड–८ का वडाध्यक्ष खडक पुनले गायिका निराको अप्रत्याशित निधनले आफूहरू स्तब्ध बनेको बताउनुभयो । “सङ्गीत क्षेत्रमा सङ्घर्षशील, आफ्नै प्रतिभा र क्षमताले स्थापित गाउँकी चेलीलाई गुमाउनुपर्दा गहिरो पीडाबोध भएको छ”, उहाँले भन्नुभयो, “विद्यालयमा पढ्दादेखि नै नाच्ने गाउनेमा उहाँको बढी रुचि थियो, गाउँमा हुने वैशाखे पूर्णिमालगायत मेला, कार्यक्रममा सानैदेखि गीत गाउनुहुन्थ्यो ।” छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गर्नुभएको थियो । बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मनुभएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ । उहाँको शव बुझ्न वडाध्यक्षसहित आफन्त पोखरा झरेका छन् ।
पाेखरा: गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक रोशन गाहामगरले मगर समुदायमा शैक्षिक जागरणको आवश्यकता रहेको बताएका छन् । सिर्जनशिल एकता मगर समाज मध्यनेपाल नगरपालिका ५ मगरगाँउ लमजुङको व्यवस्थापन तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङद्वारा माघे सक्रान्तिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा प्रमुख सचेतक गाहामगरले शैक्षिक योग्यताले पहुँच स्थापना गर्न मद्दत पुर्याउने बताउदै शैक्षिक जागरण आवश्यक रहेको बताएका हुन् । उनले शैक्षिक योग्यताकै कारण प्रशासनिक तथा राजनीतिक क्षेत्रमा पहुँच स्थापना गर्न भूमिका खेल्ने बताउदै मगर जाति शैक्षिक रुपमा अब्बल हुनुपर्ने बताए । ‘समग्र जातिको जनसँख्या हेर्ने हो भने हामी तेस्रोमा छौ । अनि आदिवासी जनजातिमा पहिलोमै छौ । तर समुदायको विकासको हिसाबले, आर्थिक उन्नती र शैक्षिक योग्यताको हिसाबले, सामाजिक प्रतिष्ठाको हिसाबले र राजनीतिक पहुँचको हिसाबले हेर्ने हो भने धेरै पछि छौ’, उनले भने, ‘त्यसैले शैक्षिक जागरण आवश्यक छ किनभने हाम्रो सत्रु भनेकै अशिक्षा हो ।’ उनले मगर समुदायको विकास र पहुँका लागि मगर समुदायको नेतृत्व पङ्ती गम्भीर बन्नुपर्ने धारणा राखे । ‘सँख्याको आधारमा अघि तर पहुँच र विकासको हिसाबले पछि पर्ने यो विषयलाई नेतृत्व पङ्तीले गम्भीर भएर सोच्नुपर्छ’, गाहामगरले भने, ‘यो मगर जातिको मात्रै समस्या होइन । आदिवासी जनजातिकै समस्या हो । हामी अशिक्षाकै कारण पछि परेका हौं । त्यसैले पहिलो प्राथमिकता हामीले शिक्षालाई दिन जरुरी छ ।’ अभिभावकहरुले आफ्ना सन्तानलाई शैक्षिक योग्यता वृद्धि गर्नतर्फ अभिप्रेरित गर्नुपर्नेमा उनले जोड दिए । ‘तपाइहरुको गैह्रीखेत, टारीखेत जे भनेनी तपाइहरुकै छोराछोरी हो । त्यसैले शिक्षित बनाउन सम्झौता गर्नुहुँदैन ।’ गाहामगरले भने । उनले फरक प्रसंगमा बोल्दै माघे सक्रान्ति मगर समुदायको राष्ट्रिय पर्व रहेकाले एकताको सुत्रमा बाध्न सहयोग पुर्याउने बताए । ‘माघे सक्रांतीलाई पछिल्लो समय राष्ट्रिय पर्वको रुपमा मनाइएको छ’, उनले भने ‘यो परिवर्तित समय अनुसार पनि चल्नुपर्छ । पहिले आफ्नो चेलीबेटीलाई बोलाएर आफ्नो क्षमता अनुसार मिठो मसिनो खुवाउने चलन थियो । अहिले एकताका लागि सामुहिक रुपमा मनाउने प्रचलन रहेको छ । यसले आत्मियता बढाउँछ ।’ उनले आदिवासी जनजाति सँस्कृतिकै कारण फरक पहिचान भएको बताउदै भने, ‘हामी भाषा, कला, धर्म र सँस्कृतिकै कारण पृथक छौं त्यसैले यसको संरक्षण तथा जगेर्ना गर्न अतिआवश्यक छ ।’ गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक तथा प्रदेश सांसद गाहामगरले आगामी दिनमा नेपाल मगर संघ लम्जुङको कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । सोही कार्यक्रमकाबीच प्रभु बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजु रानामगर तथा लमजुङको विभिन्न स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाईसमेत सम्मान गरिएको थियो । माघे सक्रान्तिको दिन नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङले हरेक वर्ष लमजुङ जिल्लाको विभिन्न मगर गाउँमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरि माघी पर्व मनाउँदै आएको छ । २०६८ को जनगणना अनुसार लमजुङ जिल्लामा मगर जातिको जनसँख्या करिब ५ हजार रहेको छ ।
पोखराः पोखरा– १४ छिनेडाँडाकी कृतिका तामाङ्ग अहिले दश जोड दुईमा अध्ययनरत छिन् । मिस तामाङ्ग पोखरा २०२३ की प्रतियोगीका रुपमा उनले यो पटक भाग लिएकी हुन् । तामाङ्ग भएर पनि तामाङ्ग समुदायको विषयमा थाहा नपाउँदा आफूलाई निकै खिन्नता महसुस गर्ने उनी आफ्नो समुदायको भाषा, संस्कार र संस्कृतिका बारेमा बुझ्न मिस तामाङ्ग पोखरामा सहभागी हुन आइपुगेकी हुन् । मिस तामाङ्ग पोखराका अर्का प्रतिस्पर्धी सुमिता तामाङ्ग पोखरा सराङ्गकोट निवासी हुन् । भर्खरै व्यवस्थापन संकायमा दश जोड दुई सकेकी सुमिता आफ्नो प्रेरणा तथा साहसको प्रतिकका रुपमा आमालाई मान्छिन् । आत्मविश्वासी बन्न चाहने सुमितालाई मिस तामाङ्ग पोखरामा सहभागी भइसके पछि आफ्नो समुदायको बारेमा धेरै विषयहरुमा जान्न पाएकोका खुसी लागेको छ । मिस तामाङ्ग पोखराका अर्का प्रतिस्पर्धी रेनुका तामाङ्ग पोखरा २७ रिठेपानीमा बस्छिन् । भर्खरै सुनकोशी माविबाट दश जोड दुइको अध्ययन पुरा गरेकी रेनुका पेशागत रुपमा एक शिक्षिका पनि हुन् । उनले ओखलढुङ्गाको श्री सुनकोशी माविमै अध्यापन गराउछिन् । आफ्नो आमाको प्रेरणाको कारण उनि मिस तामाङ्ग पोखरामा सहभागी हुन आइपुगेकी हुन् । उनले प्रतियोगितामा सहभागि भए पछि तामाङ्ग समुदायको बारे आफुले थाहा नपाएको इतिहास देखि आज सम्मका विषयमा जानकारी पाएकोमा दंग छिन् । पछिल्लो युवा पुस्तालाई कला, संस्कृतिको जर्गेनाका लागि सघाउने उद्देश्यले समाजले प्रतियोगिता आयोजना गर्दै आइरहेको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । बढ्दो आधुनिकता सँगै आफ्नो संस्कार र संस्कृतिबारे युवा पुस्ताको चासो कम हुँदै गएकाले तामाङ्ग समुदायको संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक राम लामाले जानकारी दिए । मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिए । सातौं संस्करण प्रतियोगितामा लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्ग, जुना तामाङ्ग, निशा तामाङ्ग, विकिता तामाङ्ग, सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग, आकृति तामाङ्ग, विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग र रोश्मा तामाङ्ग प्रतियोगीका रुपमा सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार, ताज, ट्रफी, फस्ट रनरअपले नगद ५० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजारले पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक राम लामाले जानकारी दिए । कार्यक्रमबाट बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए । ग्राण्ड फिनालेमा कालो चश्मा गीतका चर्चित गायिका तथा कलाकार डोल्मा ह्याल्मोले गीत गाउने छन् । कार्यक्रम गण्डकी प्रदेशको मुख्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । कलाकार तथा बरिष्ठ पाइलट विजय लामा कार्यक्रमको आकर्षण रहने छ ।
पोखराः पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा महोत्सवको अवलोकनसंगै दर्शकहरुले टिकटक बनाएर पुरस्कार जित्ने अवसर आयोजकले ल्याएको छ । महोत्सव अवलोकनमा आएका दर्शकहरुले महोत्सव स्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन । दर्शकहरुले कुनैपनि गीतमा टिकटक बनाएर #2079PM राखेर भिडियो अप्लोड गर्नुपर्ने छ । सर्वाधिक भ्युज आउने भिडियोलाई पुरस्कार प्रदान गरिन प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव स्थल भित्र टिकटक बनाउनका लागि आयोजकले टिकटक निर्माणका लागी सजावट गरी विभिन्न स्थानमा टिकटक स्पट समेत निर्माण गरेको छ । टिकटक माघ ८ गते सांझ ४ बजे सम्म अपलोड गरिसक्नुपर्नेछ । टिकटकका सर्वाधिक भ्युज आउने टिकटकलाई प्रथम पुरस्कार नगद ३० हजार र दोस्रो पुरस्कार २० हजार प्रदान गरिने समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । पोखरा महोत्सवले टिकटकमा सामाजिक सन्देशमुलक भिडियोहरु अपलोड गराउने र टिकटकबाट मनोरन्जनसँगै टिकटक चलाएर पुरस्कार समेत पाइन्छ भन्ने प्रस्ट्याउन पनि प्रतियोगिताको आयोजना गरिएको हो । तेस्रो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको आर्कषण बढीरहेको छ भने ब्यापार समेत बढेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाले बताए । महोत्सवमा विशेष गरी जाडो यामका सामाग्रीको बिक्री वितरण र घरायसी सामाग्रीहरुको बिक्री वढेको बानियाले जानकारी दिए । महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहेको थियो । भने साँझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिएका थिए । महोत्सवमा शनिबार लोकदोहोरी तर्फ प्रकाश सपुत, जीवन दाहाल, शिवहरि ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, बसन्ती थापा, सुमन केसी, तुलसा जिसीको प्रस्तुती रहनेछ भने साँझ लाइभ कन्सर्टमा लाहुरेको प्रस्तुती रहने छ ।
पोखराः पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरेको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई सिफ्टमा निशुल्क बस सेवा उपलब्ध गराइएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव प्रवेश टिकटपछि दर्शकले निशुल्क रुपमा बस सेवाको उपलब्ध गराउने र चिडियाखाना पुगेपछि भने दर्शकले टिकट काट्नुपर्नेछ । चिडियाखाना अवलोकनको लागि विद्यार्थीलाई १५ र सर्वसाधारणका लागि २५ रुपैया टिकट लाग्ने समेत प्रचार प्रसार संयोजक सुनारले बताए । युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी थाल्दै आएको र एघारौं संस्करणको पोखरा महोत्सव सम्म आइपुग्दा चिडियाखाना निर्माणको कार्य तीब्र गतिमा बढिरहेको छ । चिडियाखाना अवलोकनमा जाने दर्शकहरुले निलगाइ, हुचिल, इजिप्सियन भल्चर, मृग, बांदर लगायतका जीवजन्तुहरुको अवलोकन गर्न पाउनेछन । महोत्सवको दोश्रो दिन दर्शकहरुको उल्लेख्य सहभागिता रहेको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । महोत्सवमा बिहीबार दर्शकहरुलाइ लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरी ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदिप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जि.सी. नवराज अधिकारी लगायतले लोकदोहोरी मार्फत मनोरन्जन प्रदान गरेका थिएभने हास्य ब्यङ्ग्य तर्फ कमेडियन जादुगर दिपक थापा मगरले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । सांझको कन्सर्ट तथा लाईभ ब्याण्ड तर्फ द स्क्रयाच जर्नीको प्रस्तुती बाट युवाहरुले मनोरन्जन लिएका थिए । महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखराः लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजनामा माघ १ (जनवरी १५ तारिख)मा बेलायतको एम्पाएर हल एल्डरशटमा प्रदर्शन हुने लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले जानकारी दिए । ‘घान्द्रुकमा पहिलो प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन गरिएको छ, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई पहिलो पटक बेलायतमा प्रदर्शन गर्दै छौं, बेलायतपछि हङकङ, जापान लगायतका देशका शहरमा प्रदर्शन गर्ने तयारीमा छौं ।’ लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ ।
म्याग्दी: बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधवार हिजो भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९र८० को पहिलो पाँच महिनाको अवधिमा तीन करोड ३७ लाख छ सय ४५ रुपैयाँ आम्दानी भएको जानकारी गराइएको हो । कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा यस अवधिमा २० लाख दुई हजार रुपैयाँ खर्च भइ तीन करोड १६ लाख ९७ हजार रुपैयाँ बचत भएको जानकारी दिनुभयो। गएको असारसम्मको आम्दानी दुई करोड ९० लाख ८२ हजार रुपैयाँ थियो, उहाँले भन्नुभयो, ‘खातामा रहेको ब्याज, भक्तजनले चढाएको भेटी, दान र भाडालगायत शीर्षकमा भएको आम्दानीबाट खर्च कटाएर पाँच महिनाको मात्र २६ लाख १५ हजार रुपैयाँ बचत भएको छ ।’ मेलापर्वमा भेटी २२ लाख ५६ हजार, मण्डप भेटी आठ लाख २२ हजार, ब्याज आम्दानी पाँच लाख ५९ हजार, यज्ञ दर्ताबापत एक लाख ६३ हजार, यात्री निवास शुल्कबाट एक लाख ३१ हजार, दान दुई लाख ५८ हजार ८६, जिन्सी सामान बिक्रीबाट एक लाख ९९ हजार र स्टल भाडा दुई लाख २२ हजार रुपैयाँ सङ्कलन भएको छ । आव २०७८र७९ मा ४० लाख ८५ हजार भेटीसहित ९१ लाख ८२ हजार रुपैयाँ आम्दानी भएको थियो । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब दश करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ, उहाँले भन्नुभयो, ‘भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।’ जडभरत संस्कृत माविका तीन शिक्षकको तलबका लागि मासिक ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्न क्षेत्रका भान्छेलाई मासिक १७ हजार रुपैयाँ तलब मन्दिरको आम्दानीबाट दिने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि रहेको गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमवार, बालाचर्तुदशी र शिवरात्रिमा विशेष मेला लाग्छ । अन्य समय दैनिक पूजाआजा हुने गलेश्वर मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ ।
पोखरा: पोखराको अमरसिंह चौरमा आजदेखि एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लबको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरे । महोत्सवको उद्घाटन पछि बोल्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्ने बताए । ‘मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुगेका छ ।’ मुख्यमन्त्री अधिकारीले भने । उनले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको बताउदै मेला महोत्सवमा हुने ब्यापारिक स्टलहरुमा स्वदेशी उत्पादनलाई जोड दिन समेत आग्रह गरे । युवाहरुलाई स्वदेशमै रोक्नका लागी पनि स्वदेशी उत्पादनका सामाग्रीहरुको उत्पान आवश्यक रहेको उनको भनाइ रहेको थियो । त्यसैगरी मेला महोत्सवहरुले स्थानिय भाषा, संस्कृतिको उत्थान समेत गर्ने उनले बताए । गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम)ले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको बताउदै युनाइटेडले लिएको उद्देश्य अनुसारको गतिविधीमा सहयोग र साथ दिने बताए । गण्डकी प्रदेशमा आर्थिक गतिविधी बढाउन र पर्यटकीय गतिविधी बढाउनका लागी पोखरा महोत्सवले उल्लेख्य भुमिका खेलेको उनको भनाइ रहेको थियो । गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले पोखरा महोत्सव महोत्सवको पनि महोत्सव भएकाले सम्पूर्णले सहयोग र साथ दिदै सामाजिक सेवामा सहभागी हुन आग्रह गरे । महोत्सवकै आयोजना गरी सामाजिक काम संगै पर्यटकीय गन्तब्य निर्माणका लागि समेत अगाडि वढ्नु आफैमा चुनौती रहेको बताउदै यसका लागी सम्पूर्ण पोखरेलीले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले उद्देश्य सबैले लिएपनि पुरागर्न गाह्रो हुने बताउदै युनाइटेड क्लबले आफ्नो उद्देश्यप्रति कटिवद्ध रहेको एकमात्र क्लब रहेको बताए । पोखराको जिल्ला प्रशासन कार्यालय कास्कीमा धेरै संस्गाहरु दर्ता र नविकरणकै बिच हराइरहदा युनाइटेड क्लव एकमात्र गण्डकी पैदेश सरकारलाई नै ध्यान केन्द्रीत बनाउने क्लब बनेको वताउदै पोखरा ताल र हिमाल हेर्ने शहर मात्र नभइ सेती नदीको बारेमा कोही कसैले चासो नदिइरहदा क्लबले पहलकदमी गरेर सेती खोंचलाई शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा अगाडि वढिरहेकाले त्यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको समेत बताए । राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्व वहादुर गुरुङले युनाइटेड क्लब संग आफुले स्थापना कालदेखीनै सहकार्य गर्दै आइरहेको र युनाईटेड क्लबले छोटो समयमानै आफुलाई स्थापित बनाउन सफल भएको बताउदै आगामी दिनमा पनि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । सम्पूर्ण वडाहरुको प्रतिनिधीत्व गर्दै पोखरा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले महोत्सव मार्फत आर्थिक चलायामान संगै कला संस्कृतिको जगेर्ना हुने वताउदै युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम अगाडि वढाइरहदा आगामी दिनमा आफ्नो वडा संगै महानरबाट समेत सहयोगका लागि पहल गर्ने बताए । त्यस्तै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागी शान्ति सुरक्षाको दृष्टीले कुनैपनि कसर बांकी नराखी सुरक्षा निगरानीलाई चुस्त दुस्त वनाउने बताए । त्यस्तै अमरसिंह माविका प्रध्यानाध्यापक तेजस्वी बरालले युनाईटेड क्लवले अमरसिंहमा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडि वढाइरहदा अमरसिंह माविको समेत सामाजिक काममा अप्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै युनाइटेड क्लबको हरेक गतिविधीमा सहकार्य गरेर अगाडि वढ्ने बताए । त्यस्तै कोलपाटन आमा समुको अध्यक्ष सावित्री पौडेलले पोखरा महोत्सवले संघ संस्थाहरुलाई सहभागी बनाइ आफुहरुलाई पनि सामाजिक भावमा सहकार्य गराउन सफल भएको बताइन । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब ले एघारौं संस्करण सम्म आइपुग्दा पोखरामा खुल्ला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको र एघारौ महोत्सवदेखी पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई एक शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीहरुका लागि आवाशिय ब्यवस्था सहितको शिक्षालय निर्माण गर्न तर्फ लाग्ने उनले बताए । शिक्षा, स्वास्थ्य खेलकुदका गतिविधीलाई भने निरन्तरता दिने उनको भनाइ रहेको थियो । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । यसैगरी महोत्सव पूर्व पोखरा रंगशालादेखी महोत्सव स्थल सम्म झांकी तथा ¥यालीको आयोजना गरिएको थियो । उक्त झांकी तथा र्यालीमा झांकी तर्फ नेपाल मगर संघ रामबजार इकाइले प्रथम स्थान हासिल गरेको छ । भुरुँदी स्यो बौद्ध अर्घौ तमु समाज द्धितीय, डढुवा दुर्छा लम्जुङ तमु समाज तृतिय र थारु समाज कास्कीले सान्त्वना स्थान हासिल गर्न सफल भयो भने ¥याली तर्फ ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखरा १० प्रथम, सुनकोशी आमा समुह पोखरा १० द्धितीय, नेपाल तामाङ घेदुङ संघ कास्की तृतिय र नागवेली शिर्जनशील आमा समुहले सान्तवना स्थान हासिल गर्न सफल भयो ।