राष्ट्रिय बालनाटक मेला फागुनमा हुने
काठमाडाैं | माघ १८, २०७९
काठमाडौँ: बालबालिकामा निहित अभिनयलगायत विविध क्षमता प्रस्फुटनका लागि मञ्च प्रदान गर्ने लक्ष्यले फागुन १ देखि ७ सम्म राष्ट्रिय बालनाटक मेला आयोजना गरिने भएको छ।
नाट्यकर्मी महासङ्घद्वारा आयोजना गरिने यस मेलामा सहभागी भएर उत्कृष्ट अभिनयलगायत विविध विधामा एक लाख रुपियाँ र अन्य २० विधामा पुरस्कार प्रदान गरिने महासङ्घले जनाएको छ।
नाटक मेलामा सहभागिताका लागि देशभरबाट नाटक आह्वान गरिएको छ। मेलामा सहभागिताका लागि प्राप्त नाटकबाट अन्तिम प्रतिस्पर्धाका लागि २० वटा नाटक छनोट गरी मञ्चन गरिनेछ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

