पोखरा:   कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् ।   उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।    देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आ...

पोखरा:  पोखरामा तमु (गुरुङ) समुदायले मौलिक तथा सांस्कृतिक वृहत र्‍यालीसहित ट्होटें पर्व मनाएका छन् ।    तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंगलबार मनाइने ट्होटें पर्व आज (मंगलबार) पोखरामा वृहत ¥यालीसहित मनाएका हुन् ।    हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहिन् भएकाले तमुहरुले पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरेको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले बताए ।    उनका अनुसार तमु धिँ नेपालको पहलमा पोखरेली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलबार गत  २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको छ ।      विगतमा गाउँघरमा मनाइने ट्होटेंको परिमार्जित स्वरुपसँगै एकताको सन्देश दिने उद्देश्यसहित  पोखरामा ट्होटें मनाएको तमु धिं नेपालका सहसचिव गोपाल गुरुङले बताए ।     उनका अनुसार उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुइपटक मनाइने प्रचलन छ ।   ‘गण्डकी लगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातीहरुको आज महानचाड हो,  गुरुङले भने, ‘वर्षको साउन र चैत महिनाको २ वटा मंगलबारमा ट्होटें मनाउदै आएका छौ । यो परिवर्तित समायानुसार मनाएको छौ । यसले हाम्रो आफ्ना संस्कृति जर्गेनामा महत्वपूर्ण सहयोग हुने हाम्रो विश्वास छ ।’     ट्होटें पर्वको महत्व   परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र) को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।   तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।       ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज पोखरा फुलबारीबाट ट्होटें र्‍यालीसहित महेन्द्रपुल,, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो ।    सो र्‍यालीमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएको थियो ।   तस्बिर: सुशान्त (अर्जुन​) गाहा मगर/सुनगाभा न्यूज ​                

काठमाडौं:  आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ।    काठमाडौंको रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको हो।    प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो।    सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ।     सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले ‘इन्टु मिन्टु लण्डनमा', 'मेरी मामु', 'रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्।   असार २१ गते मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनीसँगै नम्रता श्रेष्ठको मुख्य भूमिका थियो।

खोटाङ:  खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ ।    खोटेहाङ गाउँपालिका–७ खोटाङबजारबाट रसुवाका लागि छुटेकाे ना ६ त २४६६ नम्बरको ट्र्याक्टर पल्टिँदा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको ज्यान गएकाे हाे।    खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीको नेर्लामा बिहीवार हिजाे बेलुका ट्र्याक्टर पल्टिएर गम्भीर घाइते भएका तामाङको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ ।    उहाँको शव पोष्टमार्टमका लागि इन्द्रेणीपोखरी लगिएको छ ।

काठमाडौं:   भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक भएको छ ।   दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा फिल्मको टिजरमा देखाइएको छ ।    जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।    सार्वजनिक टिजरमा समावेश गरिएको कमेडी, पारिवारिक कथा, राजनीतिक बिषयवस्तुले दर्शकको मन छुने पक्का छ ।    यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ ।      यसअघि फिल्म ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ जस्ता सामाजिक कथावस्तुका फिल्म बनाएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ बर्षकै प्रतिक्षित फिल्म बनेको छ । टिजरले यो प्रतिक्षालाई अझै बढाएको छ । 

काठमाडौं:    विराटनगरका पाइलट समर्पण कार्की मिस्टर नेपाल-२०२३ बनेका छन्।   शनिबार भएको एक कार्यक्रममा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस्टर नेपालको उपाधि जितेका हुन्। उनलाई मिस्टर नेपाल नुतन श्रेष्ठले ताज लगाइदिएका थिए।   युवाको प्रेरणाको स्रोत बन्ने उद्देश्यसहित प्रतियोगीतामा सहभागी भएका कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे।   प्रतियोगीतामा उनले नगद ५ लाख बराबरको उपहारसहित 'मिस्टर वर्ल्ड २०२३' वा 'मिस्टर ग्लोबल २०२३' मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन्। समर्पण पेशाले पाइलट हुन्।    प्रतियोगीतामा काठमाडौंका निमेश कपाली फर्स्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा. विजय दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए।     अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारीलगायत निर्णायक रहेको प्रतियोगीतामा मोस्ट पपुलर रमननाथ गिरी, मिस्टर एक्टिभ र बेस्ट फिजिक प्रेम कुमार यादव, बेस्ट स्किन मिकाज कार्की, बेस्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात पारे।   यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो।

पोखरा:  मादी गाउँपालिका वडा ६ को कार्यालयले संस्कृतिको संरक्षणमा सघाउ पुर्याउने उद्देश्यसहित वाद्यवादनका समाग्री सहयोग गरेको छ ।   वडाध्यक्ष दिल बहादुर क्षेत्रीको अगुवाईमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको सहयोगमा मादी–६ बाजा समूहलाई एक सेट नौमती बाजा सहयोग गरेको हो ।    यस्तै  दुई भजन समूहलाई पनि वडाको तर्फबाट २ सेट वाद्यवादन समाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।      उनले सो समूह बाहेक आमासमुहलाई लक्षित गरी एक टोल एक मादल वितरण गरिएको बताए ।    ‘हामीले हाम्रो वडामा रहेको मौलिक कला संस्कृतिको संरक्षण र उजागर गर्ने हेतुले वाद्यवादनको समाग्री सहयोग गरेका हौं,’ वडाध्यक्ष क्षेत्रीले भने ।  

काठमाडौं:   काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई जरिवाना तिराएपछि अभिनेत्री करिश्मा मानन्धरले महानगरको निर्णयलाई लिएर मेयर बालेन शाहप्रति कटाक्ष गरेकी छन्।   जथाभावी पोस्टर टाँसेको भन्दै महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गरेको छ।   सोही विषयमा कटाक्ष गर्दै फिल्मको विशेष शोको तस्बिर सेयर गर्दै उनले क्याप्सन लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’   पोस्टर टाँस्दा दृश्य प्रदूषण भएको भन्दै महानगरले ‘बगान’लाई जरिवाना गराएको थियो। करिश्माको यो पोस्टमा विभिन्न खाले टिप्पणीहरु आइरहेका छन् ।   महानगरले जरिवाना तिराएपछि ‘बगान’का निर्माता सुरेश वाग्लेले पनि जरिवानाको रसिद सेयर गर्दै लेखेका छन्, ‘बालेनजी आदिपुरुष हिन्दी सिनेमालाई त रोक्नुभयो । नेपाली सिनेमालाई पनि सहयोग गरिदिनुहोला । वातावरण प्रदुषण विरुद्धको महानगरको अभियानमा हाम्रो साथ र सहयोग सदैव रहनेछ ।’   फिल्ममा एकल महिलाको पुनर्विवाह र एकल आमाले छोरी हुर्काउन गरेको प्रयत्नको कथावस्तु यसमा प्रस्तुत गरिएको छ ।   शुक्रबार प्रदर्शनमा आएको सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’मा करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्कीलगायतको शीर्ष भूमिका रहेको छ।

पोखरा:    राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार खेम सारुमगर पुरस्कृत भएका छन् ।    नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा पत्रकारिता मार्फत उजार गरेको भन्दै रेडियो नेपालमा कार्यरत पत्रकार खेम सारुमगरलाई आज (आइतबार) पुरस्कृत गरेको हो ।  रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक कार्यालयमा कार्यरत पत्रकार सारु मगरलाई गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापामगरले सम्मानपत्र, दोसल्ला तथा नगद १० हजार पुरस्कारस्वरुप प्रदान गरिन् ।    सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेकी थापामगरले पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा र भेषभुषाको संरक्षणको दायित्व सबैको रहेको बताइन् ।    ‘अहिले हाम्रा पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा  र भेषभुषाको संरक्षणमा सबैले चासो राख्नुपर्ने दायित्व रहेको छ’, उपसभामुख थापामगरले भनिन्, ‘विभिन्न समुदायमा बसोबास गर्ने विभिन्न जातजातिको संरक्षण र संस्कृतिको संरक्षणमा पत्रकारिताले थप सहयोग पुगेको छ ।’   उनले पत्रकारितामा इमान्दारिता र कर्तव्यमा रहेर यो पेशालाई थप जागरुक बनाउन आवश्यक रहेको धारणा राखिन् ।    यस्तै पुरस्कृत पत्रकार खेम सारुमगरले मगरहरुको कला संस्कृति र भेषभुषा संरक्षणमा थप जिम्मेवारी थपिएको बताउदै उत्प्रेरणा मिलेको बताए ।    ‘रेडियो नेपालमा मगर भाषामा समाचार पढ्दै मगर समुदायको कला संस्कृति संरक्षणमा कलम चलाउँदै आएको छु’, पत्रकार सारुमगरले भने, ‘मौलिक कौराहा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएपछि म माथि अझै थप जिम्मेवारी थपिएको छ र उत्प्रेरणा पनि मिलेको छ ।’   नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठन गरिएको समितिले पत्रकार सारुमगरलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।   श्र   व्यदृश्य माध्यमबाट मौलिक कौराहा संरक्षणमा योगदान पुर्‍याउँदै आएका पत्रकारहरुलाई पुरस्कार प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका केन्द्रिय अध्यक्ष हर्क आलेमगरले बताए ।   उनका अनुसार मौलिक कौराहा पत्रकारिता पुरस्कार स्थापना २०७५ मा गरिएको हो ।    यस अघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), मान बहादुर घर्ति (एमबी आस्था) मगर (कास्की), मनोज घर्ति मगर (कास्की ) पुरस्कृत भइरसकेका छन् ।   

मुस्ताङ:  तामाङ सेलोमा आधारित ‘मुस्ताङ्गे नानी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।   गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र धारा बिष्टको शब्द तथा संगीतमा निर्मित म्युजिक भिडियो एसटु प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।   उक्त म्युजिक भिडियोको निर्देशन र सम्पादन सुरज श्रेष्ठले गरेका छन् ।        उक्त गीत पूर्व गण्डकी प्रदेश सभा सदस्य लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ लोमान्थाङका इन्द्रधारा बिष्टले यो गीत दुई बर्ष अघि लेखेका थिए । तर अहिले आएर मात्रै श्रव्यदृष्यमा समेटिएको विष्टले बताए ।    उनका अनुसार गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ ।    उनले विशेषगरी मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी तयार गरिएको सुनाए ।  यसअघि ‘लोमान्थाङमै बसम’ र ‘हिमाल पारी लोमान्थाङ गाउँ’ गरी दुई गीत बजारमा ल्याइसकेका छन् ।   टिममा को-को छन् ?   किमी छ्योक्योङ गुरुङल निर्माता रहेको एसटु प्रोडक्सन प्रालिको प्रस्तुतीमा निर्मित गीतमा विश्व दोङले आवाज भरेका छन् भने नृत्य निर्देशक शुवास राई र रिक्साङ गुरुङको अभिनय रहेको छ ।    गीतको एरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा रहेका छन् ।   गीतको निर्देशन र सम्पादन भने सुरज श्रेष्ठले नै गरेका हुन् । मेकअप आर्टिस्टका रुपमा मञ्जु श्रेष्ठले सिंगारेका छन् भने गीतको कोरियोग्राफी भने एमडी सुुवास गुरु हुन् ।   म्युजिक भिडियोको कोरसमा महिलातर्फ रिक्साङ गुरुङ, कर्म याङडोन, धावा छोन्जोम, पासाङ ढोल्मा, सोनाम ल्हामो, रिन्जेन ढोल्मा र पुरुषतर्फ छेरिङ नोर्बु, पेमा वाङदी, तेञ्जिङ, छेवाङ जेन्देन र सोम छेरिङले साथ दिएका छन् ।