पोखरा:    पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो ।  किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल ...

चितवन:    चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न ‘चितौन कचेहेरी’ कार्यक्रम आयोजना गरिएको छ । नारायणगढको नारायणी कला मन्दिरमा आजदेखि सुरु भएको कचेहेरी शनिबारसम्म सञ्चालन हुनेछ ।   मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् । चित्तौने कचेहेरीका सहनिर्देशक डा जीवन क्षेत्रीले अहिले नेतृत्व तहमा बसेका व्यक्ति जनताको समस्यालाई सामाधान गर्न सके सकेनन् भन्ने विषयमा बहस हुने बताउनुभयो । सभ्य समाज निर्माणका लागि कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।   कचेहेरीमा समसामयिक समस्या, समाधान र सम्भावना खोतल्ने गरी समूहगत छलफल गरिनुका साथै नाटक, साहित्य प्रस्तुत गरिने उत्सव निर्देशक सरिता तिवारीले बताउनुभयो । “दुई दिनसम्म कार्यक्रममा मानिसका जीवनमरणका विषय उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने छ”, उहाँले भन्नुभयो । कचेहेरीको पहिलो दिन सात वटा विषयमा समूहगत छलफल हुनेछ । घर गाउँको सिंहदरबारः कति विकास, कति शासन रु, कृषिमा उद्यमशीलताः कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसाः यथार्थ र भाष्य, पानी र पर्यावरणः नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति, विषयमा आज छलफल हुने आयोजकले जनाएको छ । आजै सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा नाटक प्रस्तुत गरिने तिवारीले जानकारी दिनुभयो । शनिबार विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि रु, कसरी लेखिँदैछ चितवनको आख्यान रु, मधेस र सत्ता, रैथाने भाषाको साहित्य, चितवनः हिजो, आज र भोलि, ‘स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम हुनेछ । आज उद्घाटन कार्यक्रममा थारु सांस्कृतिको नाच प्रस्तुत गरिरहेको छ । कार्यक्रममा साहित्यिक, राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, पत्रकारिता लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वको सहभागिता रहने छ ।

पोखरा:    पोखरामा नेपाली नाटकलाई समसामयिकतातर्फ परिस्कृत गर्न तीनदिने  नेपाली  नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनार २०८० सुरु भएको छ ।  नेपालका ८० र भारतका ४० वरिष्ठ नाट्यकर्मीको सहभागिता रहेको उक्त सेमिनारमा नेपाली नाटकलाई समसामयिकतर्फ ढाल्न तथा विविध पक्षका बारेमा भारतीय नाट्यकर्मीले १० वटा र नेपाली नाट्यकर्मीले आठवटा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । कार्यपत्रमाथि छलफल चलाइने जानकारी आयोजक संस्था नेपाल नाट्य प्रतिष्ठान पोखरा नेपालले दिएको हो ।  समाज र नाटकको बीचमा घनिष्ट सम्बन्ध रहेको छ । नाटककारले समाजका विकृतिअन्तर्गत सामाजिक, सांस्कृतिक,  राजनीतिक, आर्थिक विद्रुपता, असङ्गत मानवीय सम्बन्ध, बेरोजगारीका कारण सिर्जना गरेको असुरक्षित भविष्य, स्त्री र पुरुषको बीचमा विकसित जटिलतालाई चित्रण गर्ने गरेका छन् ।   नेपाली नाटकलाई विविध पक्षबाट परिस्कृत गर्न प्रा डा रामचन्द्र पोखरेल, प्रा डा सावित्री मल्ल कक्षपति, नवीन पौड्याल ९भारत०, डा अशोक थापा, डा वीरबहादुर  विश्वकर्मा ९भारत०, ताराप्रासाद पोखरेल, पूर्णकुमार  शर्मा (भारत) लगायतले कार्यपत्र प्रस्तुत गर्नुहुने भएको छ । समीक्षकहरू डा कृष्णराज घतानी, डा नेत्र एटम, प्रा डा दयाराम श्रेष्ठलगायत रहने बताइएको छ ।  सेमिनारको  उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रङ्गकर्म, नाट्य लेखन र प्रदर्शनको परस्पर सम्बन्धको प्रतिफल भएको बताउनुभयो । नाटक पाठ्य र दृश्य दुवै रुप हुने हुँदा पढेर अनुभव गरेको विचारले भन्दा रङ्गमञ्चमा  प्रदर्शित  रङ्गकर्मको  प्रत्यक्ष साक्षात्कारबाट  प्राप्त विचार सशक्त हुने आचार्यको भनाइ थियो ।  कला, साहित्य ताथ सांस्कृतिकरूपमा पोखरा असाध्यै धनी भएकाले पोखरालाई नाट्य क्षेत्रबाट पनि चिनाउन जरुरी भएको उहाँले बताउनुभयो । नाट्यकर्मी प्रा डा दयाराम श्रेष्ठले समसामयिक नाटकमा गम्भीर कथावस्तु, गतिशील चरित्र, विचारशील निर्देशन र सचेत अभिनेता प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ नाट्यकर्मी  अशेष मल्ल, वरिष्ठ सर्जक सरुभक्त क्षेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका  कुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालर हिसनबहादुर थापामगरलगायतले आफ्ना भनाइ राख्नुभएको थियो । 

पोखरा:   वैशाख २९ गते शुक्रबारदेखि अल नेपाल रिलिज हुने चलचित्र “हल्कारा” बदल्दिो समयको कथा भएको बताइएको छ । बिहीबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा निर्देशक विक्रम सापकोटाले “हल्कारा” नेपाली समाजको व्यथा समेटिएको कथा भएको उल्लेख गरे । चलचित्रका लेखक समेत उनै हुन् ।  उनले धैर्यता र आशालाई समेत कथा मार्फत दर्शाउन खोजिएको बताए । घरघरको कथालाई पर्दामा दर्शकले हेर्न पाउने भनाई उनको छ । “देशको अवस्थाले विदेशिनु पर्ने नेपाली समाजको बाध्यतालाई चलचित्रमा प्रस्तुत गर्न खोजेका हौं । टेक्नोलोजीको विकाससँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटोलाई समेत उल्लेख गरिएको छ ।’, उनले भने ।  सापकोटाले चलचित्रमा ९० प्रतिशत भन्दा बढी साउण्ड ओर्जिनल नै राखिएको बताए । संगीत समेत ओर्जिनल नै हो । साराङ्गी र बाँसुरीलाई बढी प्रयोग गरिएको छ । डिजिटल प्लाटफर्ममा मात्रै चलचित्र निर्माण हुँदा सिनेमेटिक्स एक्सपेरियन्स घट्दै गएको भनाई उनको छ । उनले राम्रो निर्देशकमा सम्पादन गर्ने कला पनि राम्रो हुनुपर्ने बताएका छन् ।  चलचित्रका मुख्य पात्र नायक महेश त्रिपाठीले “हल्कारा” आफ्ना लागि महत्वपूर्ण चलचित्र भएको उल्लेख गरे । हुलाकी भूमिकामा अभिनय गरेका त्रिपाठीले यसै चलचित्रबाट गत वर्ष ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । अफिसियली आफुले लिड क्यारेक्टर गरेको पहिलो चलचित्र भएको उनले बताए ।  “हल्कारा” को स्क्रिप्ट मन परेर नै आफु अभिनयका लागि तयार भएको भनाई उनको छ । हर नेपालीको चलचित्र भएकाले पनि दर्शकको साथ मिल्नेमा उनी आशावादी छन् । चलचित्रमा अहिले सम्म नउठाइएका विषयलाई उठाउन खोजिएको दाबी उनले गरेका छन् ।  चलचित्र पत्रकार संघ नेपालका निवर्तमान उपाध्यक्ष एवम् चलचित्र विकास बोर्डका मिडिया कोर्डिनेटर पत्रकार जीवन पराजुलीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्रको छायाँकन, सम्पादन र सिनेमेटोग्राफीलाई दर्शकले मन पराउने उनले बताए । “हल्कारा” हुलाक आउनुभन्दा अगाडिको समयको कथा भएको भनाई उनको छ । हुलाकमा चिठी लेखेर पठाउने मात्रै गरिन्थ्यो तर ‘हल्कारा’ भन्नाले लेखेको चिठी पढने र त्यसको जवाफ समेत फर्काउने भन्ने बुझिने उनले बताए । ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट चलचित्र र उत्कृष्ट सिनेमेटोग्राफीको समेत अवार्ड हात पारेको थियो ।  चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आफ्नो भनाई राख्दै उनले, नेपाली परिवेशमा निर्माण भएको चलचित्रलाई सबैले माया गर्नुपर्नेमा जोड दिए। उनले हल्काराले आफ्नो गाउँ(ठाउको कथा बुनेको बताउदै राम्रो ठेट नेपाली चलचित्रलाई उकास्न सबैले सकारात्मक सहयोग गर्नुपर्ने बताए । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, कास्कीका सचिव सन्तोष बस्यालले गरेका थिए। यसअघि काठमाडौंमा भएको ग्राण्ड प्रिमियरमा ४ सय जनाको सहभागिता रहेको पराजुलीले जानकारी गराए । उक्त प्रिमियरमा हल्काराले तारिफ पाएको भनाई उनको छ । उक्त शोमा प्रतिनिधि सभा सदस्यहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली लगायत चलचित्रकर्मीहरु तथा संचारकर्मीहरु बाक्लो उपस्थिति रहेको उनले उल्लेख गरे ।  हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म बनेको थियो । फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो । कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापा मगर,शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई कास्कीका केही ठाउँ, तनहुँको बन्दिपुर र काठमाडौंमा छायाँकन गरिएको हो । पाँच वर्ष अगाडि छायाँकन गरिएको चलचित्रमा लगानी अन्य चलचित्र भन्दा कम नै भएको जानकारी गराइएको छ । 

पोखरा:     वैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हल्काराको निर्माण टिमले चिठीमार्फत्  शुभचिन्तकहरूलाई हलमा निम्तो दिएको छ।बुधबार हुने प्रिमियर शोमा पत्रकार, चलचित्रकर्मी तथा शुभचिन्तकलाई कलमले पत्र लेखेर निम्तो दिइएको हो।   चिठी युगको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा हल्काराको भावनात्मक यात्रा प्रस्तुत गरिएको छ।विक्रम सापकोटाले निर्देशन गरेको फिल्मा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य अभिनय रहेको छ। फिल्मले अमेरिकाको प्रतिष्ठित वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा ३ विधामा अवार्ड समेत जितेको थियो।   निर्माण टिमले हातले लेखिएको पत्रमार्फत् निम्तो दिने शैलीबारे सामाजिक सञ्जालमा चर्चासमेत भएको छ । आइतबार मात्रै  राजधानीमा टिम ‘मुभी लभर्स’ले विशेष शो’को आयोजना गरेको थियो।‘मुभी लभर्स फिल्म स्क्रिनिङ’को परम्परालाई निरन्तरता दिँदै यसपालि बहुप्रतीक्षित चलचित्र ‘हल्कारा’को विशेष शो’को आयोजना गरेको थियो । विशेष शोपछि अधिकांश चलचित्रकर्मीहरुले चलचित्रको प्रशंसा गरेका थिए।

पोखरा:   नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा  पोखरामा वैशाख २८ देखि ३० गतेसम्म नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार गर्ने भएको छ ।  पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली नाटकबारे पहिलोपटक पोखरामा अन्तरराष्ट्रिय सेमिनार आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।  नेपाली नाट्यप्रतिष्ठानका अध्यक्ष प्रा।डा रामचन्द्र पोखरेलले  आगामी वैशाख २८ देखि ३० गतेसम्म सञ्चालन हुने जानकारी दिए ।  उनले नेपाली नाटकबारे पोखरामा हुने सेमिनारमा नेपाल र भारतका १ सय ५० बढी प्रतिनिधि आउने बताए ।  पोखरेलका अनुसार गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने अन्तरराष्ट्रिय सेमिनारमा भारतबाट सीपी शर्मा, सिक्किमका मुख्यमन्त्रीबा स्वकीय सचिव लगायतको उपस्थिति हुने छ ।  तीन दिन चल्ने सेमिनारमा नेपाली नाटक र भारतीय नेपाली नाटकका सम्बन्धमा छलफल गरी त्यसबाट निस्केको निष्कर्षलाई प्रकाशित गर्ने, विगतको नेपाली नाटक र रङ्गमञ्चको सम्यक विश्लेषण गरी समसामयिक नेपाली नाटक र रङ्गमञ्चका सम्बन्धमा स्पष्ट दृष्टिकोण बनाउने, भारत र नेपालका नाट्यकर्मीहरुबीच भावनात्मक सम्बन्ध विस्तार स्थापित गर्ने लक्ष्य प्रतिष्ठानले राखेको छ ।  प्रतिष्ठानले २०८० सम्मका सम्पूर्ण नाटक र अशेष मल्लका नाटक नाट्यग्रन्थ प्रकाशित गर्ने र प्रकाशित नाट्यग्रन्थलाई अङ्ग्रेजी भाषमा अनुपाद गरी प्रकाशन गर्ने अन्तरराष्ट्रिय सेमिनारमा उद्धेश्य राखेको छ ।  सेमिनार गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा हुने आयोजनकले जनाएको छ ।

  पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् ।   काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उनलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो ।    रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पारे । उनले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो र जसमा लोकदोहोरी गायक रामजी खाँण र गायिका अन्जु पन्तको आवाज रहेको छ । पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने उनको योगदान अतुलनीय छ ।     नेपाली लोकगीत क्षेत्रमा उनले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ । प्रेमिल भावका गीत सँगै उनले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गरेका छन् भने,  घर शुन्य भो, बाख्रा पालम्ला उनका सामाजिक यथार्थपरक गीत रहेका छन् । 

पोखरा:   पोखरामा किरात समुदायले सामुहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय चाडको रुपमा साकेला उभौली (वैशाख पूर्णिमा) पर्व मनाएका छन् ।    २०४८ सालदेखि हरेक वर्ष मनाउँदै आएका किरात सेवा समाज कास्कीले माङखिममा प्रकृति पुजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आज (शुक्रबार) उभौली पर्व मनाएका हुन् ।     किँरात सेवा समाज कास्कीका निवर्तमान अध्यक्ष लोकेन्द्र चाम्लिङ राईका अनुसार विशेषगरी वर्षमा साकेला दुई पटक मनाउने प्रचलन छ । उधौली पर्वका रुपमा मंसिरको पूर्णिमा र उभौलीका रुपमा वैशाखको पूर्णिमाको दिनमा साकेला पर्व मनाउने प्रचलन छ ।    आज सोही अनुरुप वैशाख पूर्णिमाको दिन उभौली साकेला पर्व मनाएको राईले बताए । ‘हामी प्रकृतिपुजक नै हौ । उभौली र उधौली गरी हामीले वर्षमा दुईपटक साकेला पर्व मनाउछौ, उनले भने,‘मंसिरका पूर्णिमाको दिन मनाउलेलाई उधौली भन्छौ जो अन्नवाली स्याहार्ने समय हो भने अहिले मनाउने भनेको अन्नवाली रोप्ने समय हो यस्लाई उभौली भन्ने गर्छा । यसरी वर्षमा दुई पटक पर्व मनाउने प्रचलन छ ।’   उनले किरात समुदाय गण्डकी प्रदेशको रैथाने नभएपनि पूर्वबाट पोखरा बसाईसरेका र विभिन्न कामकाजका लागि पोखरामा रहेका किरातीहरुले सँयुक्त रुपमा उभौली पर्व मनाएको सुनाए । ‘पहिलेपहिले आफ्नो भवन थिएन शान्तिवनमा बनभोज गरेर मनाउने गर्थाै, उनले भने, ‘अहिले आफ्नै समाजघर छ । अचेल यही मनाउने गरेका छौं । यसले एकताको सन्देश पनि दिएको छ ।’   उनका अनुसार कास्कीका करिब ७ हजार बढी किँरातीहरु बसोबास गर्दै आएका छन्  । आ –आफ्नो कामका शिलशिलाले गर्दा पूर्वमा जस्तो रौनक भने भेटिदैन । यद्यपी आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्नुपर्छ भन्ने भावनाको विकास भएको पाइन्छ । त्यसैले सामुहिक रुपमा पोखरामा उभौली उधौली पर्व तामझामका साथ मनाउदै आएको छ ।    सो साकेलामा पूर्वको ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा लगायतका समुदायको उपस्थिति रहदै आएको छ ।    साकेला नाच्दा डोलक र झ्याम्टासहित किँरात पोशाक अपरिहार्य मानिन्छ । आफुलाई किँरात पोशाक लगाउन पाउँदा निकै खुशी लागेको बताउदै पहिचान र अस्तित्व संरक्षणको जिम्मा युवाहरुको काधमा आएको रुविना राईले बताइन् । ‘म आज मात्रै होइन सधै आउँछु । मैले लगाएको किरात ड्रेस हो, उनले भनिन्, ‘हामीले मात्रै होइन  यो पहिरन लगाएको हाम्रो बाउ बाजेको समयदेखि नै लगाउनु भएको हो त्यसैले यसलाई लोप हुन नदिनु हाम्रो दायित्व हो ।’   उनले किरात समुदायको संस्कार र संस्कृतिको संरक्षण गर्न सम्बन्धित समुदाय कै कस्सिनुपर्ने सुनाइन् । ‘हाम्रो भाषा, धर्म, र अस्तित्व जोगाउन हामी नै त लाग्नुपर्छ । किनभने यो हाम्रो सम्पत्ति हो,’ उनले भनिन् ।   तस्बिरहरू: बिबि रोका मगर/सुनगाभा न्यूज ​                        

पोखरा:   टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन् ।  पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोर्टस् अवार्डमा दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै उनले हसाउँनेछन् । पछिल्लो समयमा दर्शकको  आर्कषण देखिएको स्ट्यान्ड अप कमेडीलाई यस पटकको अवार्ड कार्यक्रममा आर्कषणको रुपमा राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । विषयवस्तुको गहिराईमा पुगेर त्यसलाई सुन्दर प्रस्तुती मार्फत कथामा उतार्न सक्ने खुबी भएका गौडेलको प्रस्तुतीले दर्शकको ध्यान खिच्ने अपेक्षा आयोजकले गरेको छ । स्याङजा जिल्लाका मेक्सम कार्यक्रमलाई लिएर उत्साहित छन् ।  हाल कमेडी च्याम्पियन कार्यक्रममा सह–प्रस्तोताको रुपमा दर्शकमाझ देखिरहेका उनको शैलीले दर्शको ध्यान खिचिरहेको छ । कमेडी च्याम्पियनमा उनले प्रस्तुती राख्दा टिकट पाउने नेता, सेलिब्रेटिको लाइफ स्टाइल, भाइरल बाबा लगायतका प्रस्तुती दर्शकको लागि रुचिकर बनेका थिए । अवार्ड कार्यक्रममा भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती समेत रहनेछ । यसैगरी हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ । अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।   वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । मञ्चले २०७२ सालदेखि निरन्तर अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने अवार्ड कार्यक्रमलाई सफल पार्न विभिन्न व्यक्ति तथा संघ संस्थाको साथ मञ्चलाई मिलेको छ ।

पोखरा: “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” भन्ने उद्घोषका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार संचालन हुँदै आइरहेको साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९८ औं श्रृंखला शनिबार पोखरा घारिपाटन अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा तत्स्थानमा सिर्जित रचना वाचन गरी सम्पन्न भएको छ ।  । अक्षरयात्राको परिकल्पनाकार मध्येका एक दीपक समीपले विगत १८ वर्षदेखि अविच्छिन्न रुपमा संचालन हुँदै आएको कार्यक्रममा विगतमा आएको वैश्विक महामारी कोरोनाको कारणले लगभग एक वर्ष रोकिनु परेको कुरा बताउँदै अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा विगतमा पनि कार्यक्रम संचालन गर्दा हार्दिकतापूर्वक स्वागत गरेकोमा आभार व्यक्त गर्नुभयो । संग्रहालयका प्रमुख निर्मला न्यौपानेले संग्रहालयले हरेक समय अक्षरयात्रीहरुलाई स्वागत गर्ने बताउँदै आभार प्रकट गर्नुभयो ।   अक्षरयात्राका अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका महासचिव संजीव पौडेल, मुक्तकमन्च,केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्य, संगम संगीत समितिका अध्यक्ष काजी गाउँले, सूरज पौडेल, रोष नास्तिक, कपिल शर्मा, बिकाश लुँगेली,अमृत क्षेत्री र वसन्त विनोदले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रमको अध्यक्षता गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदले गरेका थिए भनें संचालन सूरज उपाध्यायले गरेका थिए ।