सङ्घर्षमा कलम: स्रष्टा सम्मान तथा साक्षात्कार

पाेखरा | मंसिर १४, २०८०

सङ्घर्षमा कलम: स्रष्टा सम्मान तथा साक्षात्कार

पोखरा:   सङ्घर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


संस्थाले असमका वरिष्ठ साहित्यकार भविलाल लामिछानेसँगको स्रष्टा साक्षात्कारसँगै  उनको पछिल्लो कथा कृति अर्धासत्यको अन्तरक्रिया तथा स्रष्टा सम्मान सम्पन्न गरेको थियो ।


स्रष्टा लामिछानेले असमका नेपाली भाषी बन्धुको विगतदेखि वर्तमानसम्मको अवस्थाकोसमेत चर्चा गर्दै साहित्यले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका पु¥याए तापनि राज्यको हेय दृष्टि र लेखन व्यावसायिक नहुँदा स्रष्टा साधक पिल्सनु परेको बताए ।


आफ्नो कथा लेखनबारे लामिछानेले थपे, ‘लामो समय शिक्षण पेशामा संलग्न रहँदाका अनुभवलाई लामा कथाकारूपमा प्रयोग गरेको थिए जुन प्रयोग सिद्ध भएकोमा छुट्टै सन्तोष मिलेको छ ।’


वरिष्ठ अधिवक्ता तिलक पराजुलीले विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली भाषी स्रष्टा साधकले नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याएको योगदान अतुलनीय रहेको धारणा राखे ।


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गा शाह बाबाले साहित्य र संगीतलाई तनाव व्यवस्थापनको महत्वपूर्ण पाटाकारूपमा चिनाए ।


कार्यक्रममा साहित्यकार शोभाकान्त गौडेलले अर्धासत्य कृतिमाथि प्रकाश पारेका थिए भने डा. कालु शर्मा सुवेदीले लामिछानेलाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए ।


कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, सप्तरंगी साहित्य समाज गण्डकीकी अध्यक्ष अम्बिका भण्डारी, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, सङ्घर्षमा कलमका अध्यक्ष कृष्ण रानाभाट सारथि, छन्दवादी कवि छविलाल आचार्यलगायतले बोलेका थिए ।


सोही समारोहबीच लामिछानलाई नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याएको योगदानको कदरस्वरूप संस्थाद्वारा सम्मानसमेत गरिएको थियो ।  

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्