ओली कप: उपाधिका लागि मधेस प्रदेश र आर्मी भिड्ने

पाेखरा | मंसिर १४, २०८०

ओली कप: उपाधिका लागि मधेस प्रदेश र आर्मी भिड्ने Photo: Umesh Pun

पोखरा:  पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश भिड्ने भएका छन् । 

 

पोखरा रंगशालामा आज (बिहीबार) भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । 

 

टस जितेर पोखरा रंगशालामास्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस प्रदेशले एपिएफ क्लबलाई १९८ रनको विशाल लक्ष्य दिएको थियो ।  १९८ रनको पछ्याएको एपीएफ २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८६ रन मात्र जोड्न सक्यो । 

 

मधेसका लागि अनिल शाह ५७ र इम्रान शेखले ५० रन बनाएर आवट भए । पवन सराफले ३३, रुपेश सिंहले २१, हिमान्शु दत्तले १५ र कप्तान हरिशंकर शाहले १० रन बनाए । 
 

 

एपीएफलाई पराजित गर्न मधेस प्रदेशका विशाल पटेल ३ विकेट र हरिशंकर शाह र प्रदिप पासवानले समान २/२ विकेट लिए ।
 

 

एपिएफका लागि ओपनर प्रदिप एैरीले ५५ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन । यस्तै सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ५ छक्का र ३ चौकाको सहयोगमा ५४ रन जोडे । लोकेश बम ३२, भुवन कार्कीले १४ र सुमित महर्जनले १३ रन बनाए । 

 

बलिङतर्फ एपीएफका मौसम ढकालले सर्वाधिक ३ विकेट लिए । अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिए ।

 

प्रतियोगिताको फाइनल खेल शुक्रबार बिहान ११ बजेपछि हुने आयोजकले जनाएको छ ।

 

मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 

म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्