काठमाडौं:    नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो । यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ ।  सञ्च...

पोखरा:   सङ्घर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ साहित्यकार भविलाल लामिछानेसँगको स्रष्टा साक्षात्कारसँगै  उनको पछिल्लो कथा कृति अर्धासत्यको अन्तरक्रिया तथा स्रष्टा सम्मान सम्पन्न गरेको थियो । स्रष्टा लामिछानेले असमका नेपाली भाषी बन्धुको विगतदेखि वर्तमानसम्मको अवस्थाकोसमेत चर्चा गर्दै साहित्यले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका पु¥याए तापनि राज्यको हेय दृष्टि र लेखन व्यावसायिक नहुँदा स्रष्टा साधक पिल्सनु परेको बताए । आफ्नो कथा लेखनबारे लामिछानेले थपे, ‘लामो समय शिक्षण पेशामा संलग्न रहँदाका अनुभवलाई लामा कथाकारूपमा प्रयोग गरेको थिए जुन प्रयोग सिद्ध भएकोमा छुट्टै सन्तोष मिलेको छ ।’ वरिष्ठ अधिवक्ता तिलक पराजुलीले विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली भाषी स्रष्टा साधकले नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याएको योगदान अतुलनीय रहेको धारणा राखे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गा शाह बाबाले साहित्य र संगीतलाई तनाव व्यवस्थापनको महत्वपूर्ण पाटाकारूपमा चिनाए । कार्यक्रममा साहित्यकार शोभाकान्त गौडेलले अर्धासत्य कृतिमाथि प्रकाश पारेका थिए भने डा. कालु शर्मा सुवेदीले लामिछानेलाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, सप्तरंगी साहित्य समाज गण्डकीकी अध्यक्ष अम्बिका भण्डारी, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, सङ्घर्षमा कलमका अध्यक्ष कृष्ण रानाभाट सारथि, छन्दवादी कवि छविलाल आचार्यलगायतले बोलेका थिए । सोही समारोहबीच लामिछानलाई नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याएको योगदानको कदरस्वरूप संस्थाद्वारा सम्मानसमेत गरिएको थियो ।  

पोखरा:  पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को अनिवार्य नेपाली पुस्तकमा एउटा उपन्यास समावेश गरेको छ, ‘एक चिहान’ ।   पढेर आनन्दित हुनेहरुले अब दृश्य हेरेर धुरुधुरु रुन र खित्का छाडेरै हाँस्न पाइने भएको छ ।    साहित्यकार हृदय चन्द्र सिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ को औपचारिक मञ्चन आज (मंगलबार) बाट थालिएको छ ।   निर्देशक परिवर्तनका अनुसार विद्यार्थीहरुका लागि अध्ययनमा सघाउ पुग्ने उद्देश्यसहित नाटक मञ्चन थालिएको हो ।      आगामी पौष ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा विद्यालयहरुको बुकिङका आधारमा निरन्तर मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए ।   यद्यपी अन्य दर्शकहरुलेपनि व्यक्तिगत रुपमा तिनै शोमा नाटक हेर्न पाउँनेछन् ।   नाटक शनिबार बाहेक बिहान ८ बजे, साढे १० बजे र दिउँसो साढे १२ बजे मञ्चन नाटक मञ्चन हुनेछ ।   करिब १ डेढ घण्टा अवधिको उक्त नाटकमा गरीब, किसान र मजदुरको जीवनीलाई प्रत्यक्ष नियाल्न पाइन्छ ।   यथार्थवादी एक चिहान नाटक गरिबीको परिवेशमा साढे १ घण्टा घुम्छ । जसलाई रोचक बनाउन हाँस्यव्यङ्ग्य र प्रेमकथालाई पनि स्थान दिइएको छ ।   सुक्कसुक्क रुनेहरुलाई डाक्टरको क्यारेक्टरले खित्का छाड्न बाध्य तुल्याउँछ ।     विशेषगरी नेवारी समुदायको पारिवारिक परिवेशमा घुमिरहने नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक घिमिरे, शुशिल बराल, रोहित पौडेल, प्रथम श्रेष्ठ, रमेशबाबु तिमल्सिना, सोनिया कार्की खत्री, अनुषा परियार लगायतको अभिनय हेर्न पाइन्छ ।   

अन्नपूर्ण गाउँपालिका ९ तिखेढुङ्गामा तेस्रो अन्तरविद्यालय स्तरीय रङ्गोली प्रतियोगिता सम्पन्न भएको छ ।     प्रतियोगितामा उल्लेरी आधारभूत विद्यालय प्रथम, भगवती माध्यमिक विद्यालय दोस्रो र झिलिबराङ आधारभूत विद्यालय मोदी पर्वत तेस्रो भए । उत्कृष्ट रङ्गोली बनाउने विद्यार्थी समूहलाई दक्षिण कोरियाका कला शिक्षक कु ह्युम किमले जनही १५ हजार, १३ हजार, ११ हजार र सहभागी समूहलाई उत्सवको रङ व्यवस्थापनका लागि २ हजार नगद पुरस्कार र प्रमाणपत्र दिएका थिए ।   तिहारमा लक्ष्मीपूजाको दिन लक्ष्मीलाई घर भित्र्याउन बनाइने रङ्गोली नेपालीहरूको मौलिक मण्डेला निर्माण कलासँग नजिकको सम्बन्ध भएकाले कला प्रवद्र्धन गर्न विगत ३ वर्षदेखि रङ्गोली उत्सव र प्रतियोगिता गरिएको कला शिक्षक किमले बताए । उनले आफू भिजिट भिसामा नेपालमा आइ समाजसेवा गरेको र आफ्नो मृत्यु्पछि पनि अन्नपूर्णमा रङ्गोली उत्सव निरन्तर चलिरहन्छ भने ।   कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष रमेश गुरुङले ग्रामीण भेगका विद्यार्थीले प्रतियोगितामा सहभागी भएर आफ्नो कला प्रतिभा देखाउन पाउनु गौरवको कुरा भएको बताए । वडा सदस्य तथा कार्यपालिका सदस्य पुष्पा पुनले अभिभावकलाई सन्तानको शिक्षादीक्षाका लागि बाख्रा वितरण गर्नु सराहनीय भएको धारणा राखेकी थिइन् । खसीले मसी हुने ठहर गर्दै किमले १० जना अभिभावकलाई १ लाख ५० हजार बराबरको माऊ बाख्रा वितरण गरेका थिए ।  विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन र मौलिक कला संस्कृतिको संरक्षणमा रङ्गोली उत्सवले थोरै भए पनि योगदान दिने भएकाले रङगोली उत्सवका परिकल्पनाकार किमलाई विद्यायलयले विर्सन नहुने कुरा शैक्षिक विभाग प्रमुख कीर्तिराज ढकालले बताए ।     प्रत्येक सहभागी समूहलाई रङ व्यवस्थापन, १२ वटा परम्परागत माटोको दियो, फूलहरू दिएर रङगोली बनाइ साँझ दीप प्रज्वलन गरिएको थियो । सहभागी विद्यार्थीहरू र शिक्षकलाई आयोजक विद्यालयले नै आवास र खानपानको व्यवस्थापन गरेको थियो । रङगोली उत्सव कोरियन कला शिक्षक किमको परिकल्पना, आर्टफिल्ड ग्यालरी दक्षिण कोरियाको प्रायोजन, अन्नपूर्ण ड्रोइङ ड्रिम टिमको सहकार्य र परिचय डटकम पोखराको प्रवद्र्धनमा श्री भगवती माध्यमिक विद्यालयले आयोजना गरेको प्रतियोगितामा १२ वटा समूह प्रतियोगीका रूपमा रहेको कार्यक्रम संयोजक खेमबहादुर पुनले जानकारी दिए ।  लामो समयदेखि कला संस्कृतिको अध्ययन गरिरहेका किमले अन्नपूर्ण गाउँपालिकामा विगत १० वर्षदेखि चिकलाको शिक्षण, विद्यार्थीहरूलाई पोशाख, शैक्षिक सामग्री, छात्रावृत्ति वितरण, अभिभावकलाई बाख्रा वितरण परियोजना, विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् । किमले अन्नपूर्ण ड्रोइङ ड्रिम टिम गठन गरि चित्रकला सिकाउने, तत्स्थानीय चित्राङ्कन गराइ नेपाल र कोरियाका विभिन्न सहरमा कला प्रदर्शनी गरिसकेका छन् ।  भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हिमलाल जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक चन्द्रकुमारी गुरुङले स्वागत मन्तव्य राखेकी थिइन भने संयोजक खेमबहादुर पुनले कार्यक्रम सञ्चालन गरेका थिए । 

काठमाडौँ:   लोकप्रिय ब्यान्ड १९७४ एडी लामो समयपछि गुञ्जने भएको छ । नोभेम्बर १९ देखि दार्जिलिङको खर्साङमा हुने 'द फाइन ट्रि फेस्टिभल'बाट सुरु हुने कन्सर्टको ‘मिनी टुर लिस्ट’ नै सार्वजनिक भएको छ ।    ब्यान्डका भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन, भोकलिस्ट/ड्रमर एड्रियन प्रधान र फ्लुटिस्ट मनोज सिंह कन्सर्टका लागि अमेरिकाबाट नेपाल आइसकेका छन् ।   नेपालमा रहेका संस्थापक तथा बेसिस्ट निराकार याकथुम्बा, लिड गिटारिस्ट मनोजकुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठसहित ब्यान्डका सबै सदस्य मिलेर कन्सर्टका लागि अभ्यास गरिसकेका छन् ।   खर्साङको टुर सकिएसँगै डिसेम्बर २ मा दुबई, डिसेम्बर ३ मा अबुधाबी, डिसेम्बर ९ मा पोखरा (मंसिर २३ गते ), डिसेम्बर ११ मा बिर्तामोड र डिसेम्बर १५ मा काठमाडौंमा कन्सर्ट हुने बताइएको छ ।   सन् १९९४ मा झम्सिखेलबाट स्थापना भएको १९७४ एडीले ९ एल्बम निकालिसक्यो । ब्यान्डका थुप्रै गीत दर्शकको मन मुटूमा बस्न सफल छन् ।   त्यसमध्ये ‘सम्झी बस्छु’, ‘शताब्दी’, ‘जङ्गी निशान’, ‘पिँजडाको सुँगा’ ‘सम्झी बस्छु’, ’मुटु भरि भरि’, ‘यो मन त मेरो नेपाली हो’, ‘सम्बोधन’, ‘हिँड्दा हिँड्दै’, ‘गुँराश फुल्यो’, ‘धेरै धेरै आउँछ मनमा’ जस्ता गीत निकै चर्चित छन् ।

काठमाडौं:   यसवर्षको मिस युनिभर्स २०२३ मा नेपालको यात्रा अन्तिम २० मा पुगेर टुंगिएको छ ।   मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलेपनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन् ।   दीपिका अन्तिम २० मा छनोट भएपनि अन्तिम १० मा पुग्न सकिनन् ।   सन् २०१८ मा मनिता देवकोटा अन्तिम १० मा छनोट भएकी थिइन् । तर, दीपिकाको जस्तो प्रसिद्धी सम्भवतः नेपाली ब्युटी पेजेन्टको इतिहासमा यसअघि कसैले पनि पाएको देखिएन ।   सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका थिए ।     हुन पनि उनले मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचिन् । उनको आत्मविश्वासको पनि चर्चा भैरहेको छ ।   खासगरि, मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको प्रशंसा खुबै भयो । परिचय, नेसनल कस्ट्युमदेखि स्वीमसुट राउण्डमा उनको उपलब्धि हेर्दा उनी फाइनलिस्ट बन्ने अपेक्षा गरिएको थियो ।   ल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौँ:  आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।   तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।   आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।    बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठको दोस्रो दिन हिजो खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् ।   छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।    विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको हाे । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ ।  

पोखरा:   नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवा खलः कास्कीलाई पुरस्कृत र सम्मान गरिने भएको छ ।    नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशक भन्दा लामो समय देखि काम गर्दै आएको झि पुच: (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले आज पोखरामा नेवा खल कास्कीका कार्यसमिति र सल्लाहाकार तथा सदस्यहरु माझ जानकारी दिएको हो ।   यो पुरस्कार आगामी फागुन पहिलो साता कोशी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आथित्यमा भव्य समारोह आयोजना गरि प्रदान गरिने पुचः का अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए  । सो दिन नेवा खलः कास्कि लाई पुरस्कारसहित सुशोभन, सम्मान र सांस्कृतिक स्मारिका समेत विमोचन गरिने झी पुच:ले जनाएको छ ।   नेवा खल: कास्कीका अध्यक्ष अशोाक पालिखेले यो सम्मानले नेवा समुदायमा अझ धेरै भाईचारा बढ्ने बताए । उनले संस्कृति संरक्षण र प्रवर्दनमा यसले ठुलो सहयोग पुग्ने बताए ।   सुदर्शन कपिला सिरपा पुरस्कारको स्थापना वि.सं. २०७६ (नेपाल संवत् ११४०)मा झी पुच का संरक्षक एवं समाजसेवी विराटनगर १० का सुर्दशन बहादुर श्रेष्ठ तथा उनका परिवारले स्थापना गरेका थिए । यो पुरस्कार नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन एवं जर्गेना गर्ने संस्था वा व्यक्तिलाई झी पुचः मार्फत प्रत्येक २/२ वर्षमा कदर स्वरुप प्रदान गरिन्छ ।   उतिवेला श्रेष्ठ तथा उनका परिवारले सुर्दशन कपिला सिरपा द्वारा सम्मान र २ लाख नगद पुरस्कार दिनका लागी २० लाखको अक्षय कोष खडा गर्ने उद्घोष गरेअनुसार झी पुच: विराटनगरले सुर्दशन कपिला ट्रष्टको विनियमावली बनाई झी पुच:ले विशेष समिति मार्फत काम गर्दै आएको छ ।    बिनियमावली अनुसार प्रत्येक १० वर्ष पछि सिरपा थ्रली रकममा ५० हजारका दरले थप गरी एकमुष्ठ बृद्धी रकम सहित सुर्दशन कपिला सिरपाबाट सम्मान एवम पुरस्कृत गर्ने कार्ययोजना रहेको झी पुच:ले जनाएको छ ।    यो पुरस्कारबाट पहिलोपटक वि.सं. २०७६ फागुन २ गते संस्कृतिविद सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । त्यसपछि वि.सं. २०७८ मा सिक्कीम नेवा गुठीलाई सुर्दशन कपिला सिरपाबाट सम्मान गरिएको थियो ।    झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघ  विराटनगरको स्थापना ४४ वर्ष अगाडी वि.सं. २०३८  (नेपाल सम्बत ११०१) सालमा भएको थियो ।    आफनै सामुदायिक भवन, सचिवालय, संग्राहलय, राष्ट्रिय विभूति संखधर साख्वा स्मारक रहेको झि पुच:ले प्रत्येक वर्ष नेपाल सम्बतको नयाँ वर्ष, बेल विवहा (इंहि), व्रतबन्ध (कयता पुजा), गाई जात्रा (सपारु) जस्ता संस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजन गर्दै आएको छ ।

पोखरा:   तिहार सकिएपनि पोखराका सडकमा देउसी भैलोको तडक भडक देखिएको छ ।   आजबाट छठपर्वको आरम्भ भएको छ । तैपनि पोखराका विभिन्न स्थानहरुमा भने अझैपनि दउसी भैलोको समूह भेटिएका छन् ।   यद्यपी बुटवल क्षेत्रमा भने हरिबोधनी एकादशीको दिनसम्मै भैलो खेल्ने प्रचलन रहेको छ ।    पछिल्लो समय लोकसंस्कृति झल्कने देउसी भैलो भन्दा भड्किलो देउसी भैलो मौलाएको छ । यसले संस्कृतिमा संरक्षणको सट्टा विकृती बढेको प्रष्ट देखिएको छ ।   हेर्नुहोस् तस्बिर:                      

पोखरा:   तनहुँकी २० वर्षीया विनु रानामगरले छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ को उपाधि जितेकी छिन् ।    १० प्रतिस्पर्धीलाई पछि पार्दैै विनु यस वर्षको मिस मगर नेपालको ताज जितिन् ।   उनले उपाधिको ताजसहित नगद पुरस्कार ७० हजार रुपैयाँ, अवार्ड प्राप्त गरिन् । उनले मोष्ट डेडिकेटेडको टाइटल अवार्डसमेत प्राप्त गरिन् ।   यस्तै म्याग्दीकी दिवा पाइजामगर फष्ट रनर अप भइन् । उनले फष्ट रनर अपको ताजसँगै मोष्ट पपुलर तथा मोष्ट ट्यालेन्टेडको टाइटल अवार्ड पनि जितिन् ।   उनले नगद पुरस्कार ३० हजार रुपैयाँ र अवार्ड प्राप्त गरिन् । म्याग्दीकै कविता थापामगर सेकेण्ड रनर अप घोषित भइन् । उनले सेकेण्ड रनर अपको ताजसहित बेष्ट वाकको टाइटल अवार्ड हात पारिन् । उनले नगद पुरस्कार २० हजार रुपैयाँ र अवार्ड प्राप्त गरिन् ।   उदयपुरकी दीक्षा थापामगर थर्ड रनर अप भइन् । उनले थर्ड रनर अपको ताजसँगै मोष्ट इन्टेलिजेन्ट तथा बेष्ट पर्सनालिटीको टाइटल अवार्ड आफ्नो पोल्टामा पारिन् । उनले नगद पुरस्कार १० हजार रुपैयाँ र अवार्ड प्राप्त गरेकी छिन् । त्यस्तै, म्याग्दीकी उमा पुनमगरले भ्यूअर्स च्वाइस अवार्ड जित्न सफल भइन् । उनले मोष्ट चार्मिङको टाइटल अवार्ड पनि जितिन् ।   मिस मगर नेपाल २०२३ मा सहभागी प्रतियोगीहरूले अन्य विभिन्न टाइटल अवार्ड समेत जित्न सफल भए । जसमा कर्णाली प्रदेशको सुर्खेतकी बबिता बाकाबलमगरले मोष्ट डिसिप्लिन तथा बेष्ट ट्रेनीको टाइटल अवार्ड जित्न सफल भइन् ।   त्यसैगरी, बागलुङकी एलिना थापामगरले बेष्ट हेयर, म्याग्दीकी चिना पुनमगरले मोष्ट फ्रेन्डली, स्याङ्जाकी सलिना रानामगरले मोष्ट फोटोजेनिक र बागलुङकी खगी थापामगरले मोष्ट कन्फिडेन्टको टाइटल अवार्ड जित्न सफल भए ।   मिस मगर नेपाल–२०२२ की बिजेता मिलन थापामगरले २०२३ की मिस मगर नेपाल बिजेता विनु रानामगरलाई ताज पहिराइदिएकी थिइन् ।     त्यस्तै, मिस मगर नेपाल २०२२ की फष्ट रनर अप भावना खपाङ्गीमगर, थर्ड रनर अप प्रियंका गर्बुजामगर, मिस मगर नेपाल २०१९ बिजेता सनम गर्बुजामगर र कोरियोग्राफर सुस्मिता पुनमगरले अन्य बिजेतालाई ताज लगाइदिइन् ।   ग्राण्ड फिनालेको प्रमुख निर्णायकमा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एवं नेपाल मगर संघका पूर्व महासचिव, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, निर्णायकहरूमा प्राध्यापक निर्मल थापामगर, आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका महासचिव एवं नृत्य निर्देशक गोविन्द पुनमगर, गायिका एवं मोडल शान्ति श्रीसमगर र नायिका, मोडल तथा कोरियोग्राफर जेनिता थापामगर रहेकी थिइन् ।   निर्णायक मण्डलको संयोजन मिस मगर नेपालका निर्देशक शिव थापामगरले गरेका थिए ।