पोखरा: कस्केली अधिकृत समाजका आजीवन सदस्य एवम् पोखरा महानगरपालिकाका अधिकृत दुुर्गा न्यौपानेद्वारा लिखित आत्मकथा ‘नदेखिएका घाउ’ लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा आज पोखरामा आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गर्नुुभयो । कार्यक्रममा सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभै समाजमा पनि महत्वपूर्ण हुने बताउँदै आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्य हुुने बताउनुुभयो । न्यौपानेले आफ्ना जीवनका भोगाई र अनुुभवलाई कृतिमा समेट्ने प्रयास गरेको बताउँदै उहाँले साहित्यिक लेखनमा निरन्तरता हुने विश्वास व्यक्त गर्नुुभयो । कृतिका समिक्षक विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीले शाहस, संघर्ष र धैर्यताका कथा ‘नदेखिएका घाउ’ मा रहेको बताउनुुभयो । जीवनका भोगाईलाई न्यौपानेले कृतिमा प्रस्तुत गर्न खाज्नुुभएको उहाँले बताउनुुभयो । प्रा.डा.रामनाथ ओझाले आत्मकथा लेखन आँफैंमा धेरै दुुत्साहपूर्ण लेखन भएको बताउँदै न्यौपानेले जीवनका विभिन्न पक्षलाई कृतिमा उतारेको बताउनुुभयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य एवम् कस्केली अधिकृत समाजका सल्लाहकार दुुर्गा बहादुर शाह(बाबा)ले समाजमा धेरै विधा र क्षेत्रमा कृयाशिल व्यक्तित्वहरू आवद्ध रहेको बताउनुुभयो । न्यौपानेको नदेखिएको घाउ कृति साहित्यिक क्षेत्रमा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुुभयो । कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव महेश पौडेलले गर्नुुभएको थियाृे भने स्वागत उपाध्यक्ष लोकनाथ दवाडीले गर्नुुभएको थियो । कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी प्रकाश सायमी, मानव अधिकारका लागि महिला, एकल महिला समूहका अध्यक्ष कविता पाण्डे लगायतले कृति र साहित्यका बारेमा चर्चा गर्नुुभएको थियो ।
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौँ दिन दिउसोको स्टेज शो मा एलिना चौहान र सांझको लाइभ ब्याण्डमा दार्जलिङको चर्चित ब्याण्ड मन्त्र ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा शुक्रबार एलिना संगै जिवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्ड तर्फ मन्त्र ब्याण्डको प्रस्तुती रहने छ । महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । बद्रीले धेरै धेरै बधाइ छ छाडिजानेलाई, पैैसा सापटी, रातो गलबन्दी, झ्याउरेको तालैमा, चप्पलै छिनियो, ससुरालीमा, पञ्चेबाजा, कान्छि हे कान्छि लगायतको गित मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए । बद्रीसंगै बिहीबार जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङ लगायतको प्रस्तुती रहेको थियो । त्यसैगरी सांझको लाइभ ब्याण्डमा सबिन राई एण्ड द फेरोहको लाइभ कन्सर्टमा युवाहरु झुमेका थिए । महोत्सवको आठौं दिनमा जारि रहदा दर्शकको भीड लागेको छभने महोत्सवमा राखिएका स्टलहरुमा ब्यापार समेत बढेको छ । महोत्सवमा जाडोयामका लत्ता कपडा, घरायसी सामाग्री किन्नेको भीड लागेको छ । त्यसैगरी महोत्सवमा भेषभूषामा तस्विर खिचाउने, हिमाली याकको अवलोकन गर्ने, नेपाल टेलिकमको निशुल्क सिम लिने, घोड सवार गर्नेको समेत भीड लागेको छ । महोत्सवमा अनलाइन मार्फत रेभल एपबाट घरमै बसेर समेत महोत्सवमा आउने दर्शकले टिकट काट्न सक्ने र हरेक दिन तीन जनालाई निशुल्क टिकटको समेत ब्यवस्था गरिएको छ ।
पोखरा: पोखरा आएर नवल खड्काले काँडेतार देशप्रेमीको सिनेमा भएको बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतारको प्रचारप्रसारका लागि पोखरा आएका उनले काँडेतार हर देशप्रेमीले हेर्ने कथा भएको बताए । “काँडेतार नेपालीको कथा हो । यसमा हाम्रो सिमाना रक्षाका विषयहरु उठान गरिएको छ । माटो र मान्छे जोगाउने उद्देश्यले सिनेमा निर्माण गरिएको हो ।”, उनले भने । ६० वर्षको इतिहासमा काँडेटार जस्तो सिनेमा नबनेको दाबी खड्काको छ । आफु देशको सच्चा नागरिक भएकाले पनि राष्ट्र र राष्ट्रियता जोगाउने बाटोमा अग्रसर रहेको उनले बताए । राष्ट्रप्रेमी भएकाले पनि राष्ट्रवादी विषयहरु उठान गर्न खड्कालाई मन पर्छ । खड्काकै निर्देशनमा काँडेतार बनेको हो । समा अभिनय समेत उनकै छ । निर्माता, निर्देशक र अभिनेताका रुपमा उनलाई काँडेतारमा देख्न सकिन्छ । यसअघि उनले दशगजा, भीमदत्त जस्ता सिनेमा निर्माण गरिसकेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका खड्काले सेन्सरबाट पास भएको सिनेमा काँडेतारलाई प्रदर्शन गर्न विरगञ्जमा लगाइएको रोकलाई राष्ट्रघाती कदम भएको उल्लेख गरे । “नेपालको माटो र नेपालीपनलाई जोगाउने हेतुले काँडेतार निर्माण गरिएको हो । हरेक नेपालीको कथा हो यो । सेन्सर भइसकेको सिनेमा देखाउन हामी ठाउँठाउँमा पुगिरहँदा विरगञ्जमा रोक लगाइयो । यो कदम नै राष्ट्रघाती छ ।”, उनले भने । देश जोगाउन काँडेतार महत्वपूर्ण साबित हुने विश्वास उनको छ । खड्काले नेपालका नेताहरु भारतबाट परिचालित भएको समेत उल्लेख गरे । “तालाचाबी उता छ अनि कसरी बन्छ यो देश”, उनको गुनासो छ । खड्काले अहिले ठाउँठाउँमा पुगेर च्यारेटी शो गरिरहेका छन् । ७० भन्दा बढी च्यारेटी शो सम्पन्न भइसकेको काँडेतारको पोखरामा भने माघ १३ गते बिहान ११ बजे विशेष च्यारेटी शो हुँदैछ । बाराही “ख” तेर्सापट्टीमा हुने च्यारेटी गरिब, जेहेन्दार र असहाय विद्यार्थीहरुका लागि छात्रवृति प्रदान गर्ने उद्देश्यले राखिएको हो । मनिलाल प्रतिष्ठानको आयोजनामा हुने च्यारेटीको टिकट १ हजार रुपैयाँ तोकिएको छ । पत्रकार सम्मेलनमा नायक प्रशान्त यादव, निर्माता अन्जु केसी, च्यारेटी शोका आयोजक संस्थाका अध्यक्ष रामहरी गुरुङ लगायतले बोलेका थिए । सिनेमा प्राविधिक पक्षबाट पनि बलियो बनेको दाबी निर्माण पक्षको छ । काँडेतारमा नवल खड्का, गौरव पहारी, सुरबिना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।
पोखरा: नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ । मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ग) को अवसरमा आगामी ६ गते (शनिबार) न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक जसपाल पाख्रिन तामाङले जानकारी दिए । उनले हालसम्म २० टिमले दर्ता गरिसकेको बताउदै आगामी शनिबार बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिने बताए । उनका अनुसार सो प्रतियोगिताको विजेता समूहले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वित्तिय हुने समूहले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् भने तृतीय हुने टिमले नगद रु १५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । संयोजक तामाङले सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजार ट्रफीसहित प्रमाणपत्र प्रदान गरिने बताए । उनले तामाङ समुदायको संस्कृतिलाई संरक्षण, संबद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउदै प्रतियोगितामा तामाङ समुदाय बाहेक अन्य समुदायका नृत्य समूहले पनि सहभागिता जनाउन पाउने तामाङले बताए । ‘यो प्रतियोगिता हामीले हाम्रो संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित आयोजना गरेका हौं । त्यसैले तामाङ समुदाय मात्र नभएर अन्य समुदायबाट पनि भाग लिन पाउनुहुनेछ, उनले भने, ‘तर पोशाक र गीत भने तामाङ सेलोमा आधारित हुनुपर्नेछ ।’ सो प्रतियोगिताको निर्णायकमा जसु गुरुङ, सुवास राई र अमन तामाङ रहने छन् भने गायक विश्व दोङ तामाङ र लक्ष्मी डिम्डुङ तामाङले सांगीतिक प्रस्तुत राख्ने आयोजकले जनाएको छ ।
पोखरा: पोखराको अमरसिंह मैदानमा जारी पोखरा महोत्सवमा दर्शकको साथ बढ्दै गएको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहयो । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत दर्शकहरुको भीड लागेको थियो । महोत्सवमा घोडसवार, याक हेर्ने र महोत्सवको टिकटमा राखिएको नेपाल टेलिकमको निशुल्क सिम लिनेहरुको भिड लागेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । पोखरा महोत्सवको प्रवेश टिकटबाट बम्पर उपहार राखिएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । उनका अनुसार महोत्सवको अन्तिम दिन पुरस्कारको घोषणा गरिने छ । दर्शकले महोत्सव प्रवेशमा काटेको टिकटको अर्धकट्टी सुरक्षित राख्नु पर्नेछ । दर्शकहरुले पहिलो पुरस्कार एभरेष्ट स्टील दराज, दोस्रो पुरस्कार प्लाष्टिक डाइनिङ सेट, एक थान टेबल र चार थान कुर्ची र तेश्रो पुरस्कार प्लाष्टिक डाइनिङ सेट पाउने छन । महोत्सवमा शनिवार लोकदोहोरी कलाकार प्रिती आलेको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । वालवालिका, युवाहरुले प्रिती आलेको प्रस्तुतीमा भरपुर मनोरन्जन लिएका थिए । प्रिती आले संगै प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, अमर धिताल, निश्चल थापा, किसन नेपाली, सुरज आचार्य, सरस्वती लामिछाने, इन्द्रा गुरुङ, सगीता गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाइभब्याण्ड तर्फ माइलाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा आइतबार समिक्षा अधिकारी, राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुती रहने छभने सांझको लाइभब्याण्डमा रकहेड्सको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: बिहीबारदेखि पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको दोश्रो दिन जारी रहदा महोत्सव स्थलमा हिमाली याकको प्रदर्शनी र घोडसवारले रौनक थपेको हो । हिमाली भेगमा मात्र पाइने याकलाई पोखरा महोत्सवमा पहिलो पटक प्रदर्शनीमा राखिएको हो । याक प्रदर्शनी संगै यसका बारेमा जानकारी दिइने भएकाले महोत्सवमा आउनेहरुले महोत्सवको रमाइलो संगै याकको बारेमा जान्न सक्नेछन् । त्यसैगरी महोत्सवमा घोडसवारबाट समेत दर्शकहरुले मनोरन्जन लिन सक्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सव प्रवेशमा काटिने हरेक टिकटमा नेपाल टेलिकमको सिमकार्ड निशुल्क गरिएको छ । महोत्सवको टिकट काटेर भित्र छिर्ने दर्शकले महोत्सव परिसरमा राखिएको नेपाल टेलिकमको स्टलबाट सिमकार्ड लिन सक्नेछन् । त्यसैगरी पोखरा महोत्सवमा घरमै बसेर पनि अनलाइनमार्फत टिकट काट्न सक्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । महोत्सवमा वढी भिडभाड हुने भएकाले आयोजकले रेभल संग सहकार्य गरेर अनलाइन मार्फत टिकट काट्ने ब्यवस्था मिलाएको हो । महोत्सवमा आउन चाहने दर्शकहरुले घरमै बसेर रेभल एप मार्फत पोखरा महोत्सवको टिकट काट्न सक्नेछन् । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा लोकदोहोरी र विभिन्न ख्याति प्राप्त ब्याण्डहरुको लाइभ कन्सर्टबाट समेत दर्शकहरुले मनोरन्जन लिन सक्नेछन । महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, केशव सापकोटा, सुरेशरमन अधिकारी, सन्तोष सुवेदी, ज्योती लोहोनी, पुजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्ड तर्फ स्थानिय ब्याण्डहरु ब्ल्याक फेदर, प्रोभर्वस र ब्ल्याक ओको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवमा शनिवार लोकदोहोरी तर्फ प्रिती आले, प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, अमर धिताल, निश्चल थापा, किसन नेपाली, सुरज आचार्य, सरस्वती लामिछाने, इन्द्रा गुरुङ, सगीता गुरुङ लगायतको प्रस्तुती रहनेछने हांस्यब्यङग्य तर्फ दिपक थापा मगर र सांझको लाइभब्याण्ड तर्फ माइलाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारबाट नाटक ‘१२ दुर्वासा’ मञ्चन सुरु भएको छ । अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको यस नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन् । परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनी सहित १३ जना कलाकारले अभिनय गरेका छन् । यसरी अभिनय गर्नेमा रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सा विश्कर्मा र रोहित पौडेल रहेका छन् । प्रिमियर शो हेर्न पुगेका दर्शकले लामो समयपछि खुला शो मार्फत मञ्चन भएको यो नाटक राम्रो लागेको भन्दै नाटकको टीमले गरेको कामको प्रशंसा गरेका थिए । यो नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको छ । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएकोलले दर्शकले नौलो अनुभव समेत गर्न पाउनेछन् । ‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत रहेको छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सर्घष नै नाटकको विषयवस्तु हो । यसलाई प्रभावकारी बनाउन कलाकारले निकै मेहनत गरेका छन् । सन् २०५४ मा टेलि प्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् । आगामी माघ १३ गतेसम्म मञ्चन हुने योे नाटकले वर्गीय,जातिय, क्षेत्रिय, लैङ्गीक समाजको चित्रण गर्ने भएकोले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ । लगातार विद्यार्थी केन्द्रीत नाटक मञ्चन भइरहेकोसमयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कनको लागि यो नाटक उपयुक्त हुने ठानेर मञ्चन गर्न खोजिएको नाटकका निर्देशक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले खुलाए । यो नाटकबाट उनी अभिनयको क्षेत्रमा समेत पुनः फर्किएका हुन् । ‘गन्धर्व नाटकघरमा लामो समयपछि नियमित मञ्चनको रुपमा १२ दुर्वासा मञ्चन सुरु भएको छ, सबैजना नाटकप्रेमीलाई नाटक हेरे प्रतिक्रिया दिन आग्रह गर्छु, यो नाटकबाट म पनि पुनः अभिनयको क्षेत्रमा फर्किएको छु’ उनले भने । १ घण्टा ४० मिनेट हाराहारीको यो नाटक प्रचार–प्रसार र व्यस्थापनका लागि बजार प्रबन्धक प्रकाश पराजुली र लेखा हेर्ने शुभेक्क्षा शर्माले काम गरिरहेका छन् । मिलन क्षेष्ठ, रञ्जु दाहाल, विकास अधिकारी, प्रथम श्रेष्ठ, अनिशा खरेल लगायतले व्याक स्टेजमा रहेर साथ दिएका छन् । लामो समयमो अन्तरमा खुला रुपमा सबै दर्शकलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागेको कारण नाटकप्रेमीबाट सकारात्मक रेसपोन्स पाइरहेको उनीहरुले खुलाए । नाटक बुधबार बाहेक हरेक दिन साँझ ४ः४५ बजे शनिबार र आइतबार अतिरिक्त शो को रुपमा दिउँसो १ बजेसमेत नाटक मञ्चन हुने पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए ।
पोखरा: बाह्रसिङ्गे बियरको मुख्य प्रायोजनमा पोखरामा पहिलोपटक ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ सम्पन्न भएको छ । शनिबार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको फेस्टिबलमा उदीयमान गायिका प्रजिना, पोखरेली स्रिजल विक्रम भण्डमारी (श्रीगो) र उवदीत गायक जोन चाम्लिङ राईले प्रस्तुती दिए । १७ वर्षे पोखरेली श्रीगोले पहिलो पटक आफ्नै शहरमा स्टेज चढ्दै सांगितिक यात्रा प्रारम्भ गरे । उनको पहिलो गीत ‘हराएको माया’ चङ्गा प्रोडक्सनले सार्वजनिक गरेको थियो । त्यसपछि एकाएक युवा पुस्तामाझ लोकप्रिय बन्न पुगेका श्रीगोले आफ्नो करिअरको पहिलो स्टेज शो पोखरामै गर्ने योजना बुनेका थिए । सोही अनुरुप चङ्गा प्रोडक्सनले पोखरखामा पहिलो पटक म्युजिक एन्ड आर्ट फेस्टिबल आयोजना गरेको प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए । उनका अनुसार सो फेस्टिबलमा नेपालको क्लाेथिङ ब्राण्ड हुबाले रनवे (फेशन शो) सहित आफ्नो प्रमोसन गरेको थियो । सबै तस्बिर: नविन श्रेष्ठ
पोखरा: पोखराका गुरुङ (तमु) समुदायले पुरानो वर्षलाई बिदाई गर्दैै नयाँ वर्षलाई स्वागत गर्दैै ल्होसार पर्व मनाएका छन् । गुरुङ (तमु) समुदायहरुले पुस १५ लाई तमु ल्होसारको रुपमा मनाउँदै आएका छन् । आजबाट विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागत गर्दै ल्होसार पर्व मनाएका हुन् । ल्होसार पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ । गुरुङहरुको कुल १२ ‘ल्हो’ वर्गहरुमध्ये गिद्ध (मुप्रिल्हो), सर्प (सप्रिल्हो),घोडा (तल्हो), भेँडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा(च्यल्हो), कुकुर (खिल्हो), मृग (फोल्हो),मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो), बिरालो (ह्यूल्हो) वर्ग छन् । गुरुङ (तमु) क्यालेन्डर अनुसार प्रत्येक वर्षको पुस १५ मा वर्ग परिवर्तन हुन्छ । आजदेखि बिरालो वर्गको विदाई भयो भने,, गिद्ध वर्गको सुरुवात भएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङले एकताको सन्देश दिने गरी ल्होसार पर्व मनाउन लागेको बताए । ‘हामीले पुस १५ लाई ल्होसार पर्वको रुपमा भब्यताका साथ मनाउँदै आएका छौं, यसवर्ष पनि ल्होसार पर्व मनाउँदै छौ’, अध्यक्ष गुरुङले भने, ‘मानव सभ्यताको विकाससँगै तमुहरुको सांस्कृतिक विकाससँगै ल्होसार पर्व मनाउँदै आएका हौ ।’ उनले ल्होसार पर्वको अवसरमा रानीपौवाबाट झाँकी ¥यालीसहित तमु धिं नेपालको प्राङ्गणमा गएर औपचारिक कार्यक्रमसँगै परम्परागत खेलकुद लगायतका कार्यक्रममा जोडिने बताए । सुरेन्द्र गुरुङले सम्पूर्ण गुरुङ जातिहरुलाई एकतामा बाध्न ल्होसार पर्व मनाउन थालेको बताए । उनले ल्होसार/ल्होछार जे भनेपनि एकाताको सन्देशसहित नयाँ वर्षको सुरुवात भएको उल्लेख गरे । तस्बिरहरु: