पोखरा: आगामी साउन ११ गतेबाट रिलिज हुन लागेको चलचित्र इश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले ईश्वर सामाजिक कथामा आधारित भएको बताए । “ईश्वर समाजको कथा हो । समाजमा भएका वेथिति विरुद्धको आवाज ईश्वरले बोल्छ । प्रहरी प्रशासनमा देखिएका समस्यालाई उजागर गर्ने पात्रको भूमिकालाई प्रस्तुत गरएको छ”, उनले भने । सिनेमाको कथा मन परेकाले लगानी गरेको उनले बताए । सिनेमामा निर्माताको रुपमा निरन्तरता दिने प्रतिबद्धतासमेत उनले गरेका छन् । सिनेमाले दर्शकको मन छुनेमा उनी आशावादी देखिन्छन् । माओत्से गुरुङले अन्याय र अत्याचारको विरुद्धमा लाग्ने प्रहरीको विषयमा सिनेमा माध्यम उल्लेख गरिएको बताए । सिनेमामा उनी भूपूआर्मीको भूमिकामा देखिएका छन् । नायिका कृष्टी गुरुङले ईश्वर आफ्ना लागि सिनेमा क्षेत्रमा कडीको रुपमा साबित हुने बताइन् । उनी आफ्नो भूमिकामा आशावादी छिन् ।
काठमाडौं: अनिल बुढा मगरको डेब्यू निर्देशन रहेको फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अभिनय रहेको छ । गीतमा हर्क साउदको शब्द तथा मनोज थापा मगरको संगीत तथा स्वर छ । यही गीतको रिदममा फिल्मको ब्याग्राउण्ड म्युजिक तयार गरिएको छ । जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । जनक घर्ती मगरको निर्माण रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको अभिनय छ । फिल्म असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुन लागेको छ । एमएसएमले अस्ट्रेलियाले विदेश प्रदर्शन अधिकार लिएको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ ।
काठमाडौं: अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेतारअभिनेत्री घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’मा प्रदीप ‘प्रेम गीत–३’बाट उत्कृष्ट अभिनेता चुनिँदा मिरुनाले ‘जारी’बाट उत्कृष्ट अभिनेत्री भइन् । नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोसी प्रदेशको आयोजनामा विराटनगरमा बुधबार साँझ सम्पन्न फेस्टिभलमा उत्कृष्ट निर्देशक फिचर फिल्म सन्तोष सेन र स्वर्गिय चेतन गुरुङ, उत्कृष्ट माउन्टेन फिल्म ‘प्रेम गीत–३’, बेष्ट टुरिजम फिल्म ‘मन्त्र’, बेष्ट जुरी अवार्ड ‘बिच्छेद’, बेष्ट कल्चर फिल्म ‘जारी’, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, बेष्ट फिचर फिल्म नेपालतर्फको अवार्ड ‘बुलाकी’ले जितेको छ । दुई दिनसम्म चलेको फेस्टिभलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेशसहित पाँच देशबाट ४३ चलचित्र प्राप्त भएका थिए ।
काठमाडौं: प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले ाजितेका छने । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् । विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे । विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिनुभएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक थिए ।
गायन रियालिटी शो 'नेपाल आइडल' सिजन ५ को ग्राण्ड फिनाले भोलि (शनिबार) हुँदैछ। एपीवान टेलिभिजनको स्टुडिओमा बेलुका ६ बजेबाट सुरू हुने फिनालेमा टाइटलका लागि चार जनाले प्रतिस्पर्धा गरिरहेका छन्। बर्दियाका करण परियार, पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेल प्रतिस्पर्धामा छन्। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिनेछ। भोलि बेलुका ८ बजेसम्मका लागि भोटिङ खुला छ। यसपटक फिनालेमा पहिलो सिजनदेखिका प्रतिभावान प्रतिस्पर्धी, जो अहिले सांगीतिक क्षेत्रमा चर्चामा छन्, उनीहरूको समेत प्रस्तुति रहने निर्देशक सुरेश पौडेलले बताए। उनका अनुसार प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल, प्रविन बेडवाल, अफसर अली लगायतले फिनालेमा प्रस्तुति दिनेछन्। फाइनलिस्टसहित उत्कृष्ट १४ भित्रका अन्य १० प्रतिस्पर्धीको समेत प्रस्तुति रहनेछ। फिनालेका लागि सेट समेत परिवर्तन गरिँदैछ। फिनालेलाई एपीवान टेलिभिजन र नेपाल आइडलको युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने निर्देशक पौडेलले बताए। शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छ भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन्। सातै प्रदेशमा गरिएको अडिसनबाट १ सय ५२ जना प्रतिस्पर्धीहरू छनोट भएका थिए। प्रि–थिएटर, थिएटर, पियानो, गाला राउण्डमा प्रस्तुति दिँदै प्रतियोगीहरू फिनालेसम्म पुगेका हुन्। विजेताले २५ लाख रूपैयाँसँगै अन्य विभिन्न पुरस्कार पाउनेछन्। फस्र्ट र सेकेन्ड रनरअपले क्रमशः १० र ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्।
काठमाडौं: साउन ११ गतेदेखि देशव्यापी रिलिज हुने फिल्म ुईश्वरुको ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयवस्तुमा बनेको फिल्मको ट्रेलर निर्माण कम्पनीले सामाजिक संजाल युट्युबमार्फत सार्वजनिक गरेको हो । राजु गिरी निर्देशित फिल्म ईश्वरको ट्रेलमा अन्तरजातीय प्रेम कथालाई प्रमुख कथा बनाईएको छ । राजु गिरीले निर्देशन गरेको फिल्मको ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकारहरुले अभिनय गरेका छन् । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई हरिबहादुर थापाले निर्माण गरेका हुन् । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । अभिनेत्री अनु शाहले ५ वर्षपछि यसै फिल्मबाट अभिनयमा कमब्याक गरेकी छन् । उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो । फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । रामेश्वर हुँमागाईको छायांकन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ ।
पोखरा: फिल्म ‘दयारानी’ निर्देशन गरेर चर्चामा आएका निर्देशक माओत्से गुरुङले अब नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । उनले नयाँ फिल्म ‘पेन्सनपट्टा’ को उनले निदेशन गर्ने भएका हुन् । फिल्ममा कथा पनि उनको नै छ । यो फिल्मको छायांकन दशैं अगाडि नै गर्ने तयारी उनको छ । यो फिल्मका लागि कुनै पनि कलाकार तय नगरिएको निर्माणपक्षले बताएको छ । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा डीबी गुरुङ र माओत्से गुरुङको लगानी रहनेछ । एउटा लोभी युवक कसरी दानी बन्छ भन्ने कथामा यो फिल्म निर्माण हुन लागेको हो । माओत्सेको माग अभिनयमा पनि निकै छ । अधिकांश हिट फिल्ममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
पोखरा: फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पुरस्कृत गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पुरस्कृत गरे । प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत फोटोग्राफी विधातर्फ उनी वागमती प्रदेशबाट नगद ३० हजारसहित पुरस्कृत भएका हुन् । राष्ट्रिय फोटो पत्रकार समितिका सदस्य थापा ५ वर्षदेखि पोखरामा क्रियाशील छन् । यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर (पूर्व कुलपति) र श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार) लाई प्रदान गरियो । पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र छ । १ लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरियो । प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृति समेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४ सय ८२ कलाकारका ५ सय २२ कलाकृति प्रदर्शनीमा छन् ।
पोखरा: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा र पारिजातको ८७ औं जन्मजयन्ती मनाएको छ। अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार सुमल कुमार गुरुङले पारिजातको व्यक्तित्व स्मरण गर्दैदार्जीलिंगमा जन्मिएकी विष्णु कुमारी वाइबालाई जीवन्त राख्ने नाम पारिजात भएको बताए । उनले मदन पुरस्कार प्राप्त उनको उपन्यास शिरिषको फूलबाट नेपाली उपन्यास क्षेत्रमा नयाँ मोड आएको पनि स्मरण गरे । पारिजातका ३ कवितासंग्रह, १० उपन्यास, निबन्ध तथा कथा कृति प्रकाशित छन्। कार्यक्रम संयोजक डा रूपक श्रेष्ठले प्रकट पंगेनी शिवको व्यक्तित्व चर्चा गर्दै ‘किन रोयौ भन तिमी मनको बलेसी’मा जस्ता चर्चित गीत, ुसाँझमा दियो बालिराख्यौ को आउँदैछ आजु जस्ता शृङ्गारिक गजलका स्रस्टा पंगेनीलाई बहुप्रतिभाशाली सर्जकका रूपमा चिनाए । अभिनयमा पनि अब्बल पंगेनीले २०३८ सालमा सरुभक्तको ‘गोलार्धको कालो आकाश’ नाटकमा गरेको अभिनयका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले उनलाई ‘सर्वश्रेष्ठ अभिनेता’ घोषणा गरेको इतिहाससमेत श्रेष्ठले स्मरण गरे। पोखरामा जीवन र जगतका लागि अक्षरयात्राका एकजना परिकल्पनाकार रहेकोसमेत चर्चा गरे । साथै उनले डा संगीता स्वेच्छाको ुसेतो सिउँदो उपन्यासबारे चर्चा गर्दै श्रेष्ठले उपन्यास १८ वर्षको उमेरमा लेखिएको उपन्यासमा तत्कालीन नेपाली समाज र नारी मनोविज्ञानको यथार्थ चित्रण गरिएकोसमेत बताए। २०१३ असोज २४ गते कास्की जिल्लाको तत्कालीन देउराली गाउँ पञ्चायत २ मा जन्मेका प्रकटका ‘यो मन कतै अल्झेको छ’, ‘जूनको चिठी जूनालाई’,‘गीतिसंग्रह’, ‘प्रणय वेदका हृचाहरु’ गजलसंग्रह र अक्षरभरि अक्षता कविता संग्रह प्रकाशित छन् । उनका बाँकी रचना गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने तयारीमा रहेको प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीबाट जनकारी प्राप्त भएको छ । सोही समारोहबीच डा संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष साबी श्रेष्ठको मुक्तकसंग्रह ‘अपरिभाषित आभा’को विमोचन गरिएको थियो। उपन्यासकार डा संगीता श्रेष्ठ स्वेच्छाले आफ्ना पिताको प्रेरणाले सेन्ट जेभियर्स कलेजबाट आइएससी दिएर बसेको समयमा आफूले उक्त उपन्यास लेखेको स्मरण गरिन्। समाजकी कोषाध्यक्ष प्रतिमा केसीले ुसेतो सिउँदो’ उपन्यास नारीको संघर्षको बेजोड कथा भएको बताइन । कुमार केसीले साबी श्रेष्ठको ुअपरिभाषित आभा’ विविध विषय समेटिएको मुक्तकहरुको संग्रह मोबाइल साइजको बनोट तथा मुक्तक अनुसारका रंगिन चित्रहरुको सजावटले कृति विशिष्ट भएको धारणा राखे ।