पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

पोखरा:    निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि दग्नाम म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् । एसटी क्रियशनको आयोजनामा भएको ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ताज पहिरिइन् । यस्तै नगद रु १ लाख, ट्रफि तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । कृष्टिनाले विधागत तर्फ मोस्ट चार्मिङ अवार्डसमेत हात पारिन् । उपाधिसँगै यस्तै बेगखोला म्याग्दीकै आशिका गर्बुजामगर फस्र्ट रनरअप घोषित हुँदै ताजसहित नगद रु ५० हजार प्राप्त गरिन् । साथै आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिप अवार्डसमेत प्राप्त गरिन् । सेकेन्ड रनरअपका रुपमा मुदी म्याग्दीकै नरिशा पुनमगर ताज र नगद रु २५ हजारसहित पुरस्कृत भइन् । उनले फोटो जेनिक अवार्डसमेत प्राप्त गरिन् । थर्ड रनरअपको उपाधि गौशाला महोत्तरीकी रश्मी आलेमगरले हात पारिन् आलेमगरले ताजसहित नगद रु १५ हजार हात पारिन् ।    यो पनि पढ्नुहोस   पोखरामा मिस मगरको प्रशिक्षण सुरु, मातृभाषा सिकाइदै मिस मगर नेपालको शिर्ष प्रायोजकमा ‘निट डेन्टल केयर प्रालि’ मगर भाषा र संस्कृति अध्ययन गर्न चित्रे पुग्यो मिस मगर नेपालको टोली मिस मगर नेपालका अन्तिम प्रतिस्पर्धीहरु निट डेन्टल केयरमा मिस मगर नेपालको ट्यालेण्ट राउण्ड सकियो, ग्राण्ड फिनाले २२ गते मिस मगर नेपालको एयरलायन्स पार्टनरमा ‘यति एयरलाइन्स’, ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रश्मीले विधागततर्फ मोस्ट ट्यालेन्टेड अवार्ड र बेस्ट पर्सनालिटी अवार्डपनि जितिन् । भने, भ्यूअर च्वाइस अवार्डबाट वालिङ स्याङ्जाकी माया दर्लामीमगर ताजसहित नगद रु १० हजारसहित पुरस्कृत भइन् भने उनले मोस्ट फ्रेन्ड्ली अवार्डसमेत हात पारेकी टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिइन् । उनका अनुसार विधागत अवार्डतर्फ मोस्ट डिसिपिलिन अवार्डबाट जानकी रास्कोटीमगर, बेस्ट टे«नी अवार्डबाट तंग्राम बाग्लुङकी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट अवार्ड रामेछापकी दिपिका आलेमगरले जितिन् ।  यसैगरी मोस्ट डेडिकेटेड अवार्डबाट जेलवाङ रोल्पाकी अस्मिता बुढामगर पुरस्कृत भइन् । मोस्ट पपुलर र मोस्ट क्रियटिभ अवार्ड सरिता थापामगरले जितिन् । भने, मोस्ट इन्थुजियास्टिक अवार्ड काठमाण्डौंकी जेरुशा पुनमगरले प्राप्त गरिन् । देशभरबाट कुल ११ जना ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । पोखरा ग्राण्डमा शनिबार भएको ग्राण्ड फिनालेको प्रस्तुतीको आधारमा निर्णायकहरुले अन्तिम नतिजा प्रस्तुत गरेको कार्यक्रमका निर्देशक सुरज थापाले जानकारी दिए ।  उनका अनुसार ग्राण्ड फिनालेको मूख्य निर्णायकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर थिए । भने, अन्य निर्णायकहरुमा थमनसिंह थापा, जेनिता थापामगर, हर्क आलेमगर र शान्ति श्रीसमगर र निर्णायक संयोजकमा उमेश दर्लामीमगर रहेका थिए । ग्राण्ड फिनालेको अवसरमा यही असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने समगर समुदायम आधारित चलचित्र खुस्माका नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी र निर्देशक अशोक थापामगर लगायतके सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहेको थियो । नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा सम्पन्न भएको सो कार्यक्रममा निट डेन्टल केयर प्रा।लि, आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा।लि, युमे जापानिज ल्याङग््व्येज, सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतको सहयोग रहेको थियो ।  यस्तै मिडिया पार्टनरमा सुनगाभा न्यूज, फेवा टेलिभिजन र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको थियो ।

पोखरा:   सातौं संस्करणको निट डेन्टल केयर प्रिजेन्ट्स मिस मगर नेपाल–२०२४ का अन्तिम ११ प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् ।    शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही पियानो बजाउने, अभिनय र विषयगत प्रस्तुती राखे ।    विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन्  । उनका अनुसार सेल्फ ट्यालेण्ट राउण्डको निर्णायकमा राहुल थापा मगर, जसु गरुङ र थमनसिंह थापा मगर रहनुभएको थियो ।    कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह चन्दले अहिलेका युवा पुस्तालाई विदेश पलायन हुने सपना नदेख्न सुझाव दिनुभयो ।      आफ्नै देशमा बसेर केही गर्ने सोंच बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले पैसालाई मात्रै सबैथोक ठान्न नहुने धारणा व्यक्त गर्नुभयो ।    आफ्नो मातृभाषा, संस्कार, संस्कृतिबारे युवा पुस्तालाई सचेत बनाउने उद्देश्यले मिस मगरको आयोजना गरेकोमा खुशी लागेको जनाउँदै प्रहरी नायब महानिरीक्षक चन्दले मगर समुदायलाई नीति निर्माण तहमा पु¥याउन स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने र महिलाहरु उद्यमशिलता तिर अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।   उहाँले उक्त कार्यक्रमले महिला सशक्तिकरणलाई टेवा पुग्नेसमेत बताउनुभएको थियो ।   यस्तै नेपाल मगर संघका केन्द्रीय सल्लाहकार एवं युवा नेता बालकृण्ण काउछाले मगर समुदायको पहिचानलाई स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउँदै युवा पुस्तामा आफ्नो पहिचानप्रति चासो जगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।    नेपाल मगर संघ, कास्कीका अध्यक्ष राम बहादुर थापाले मिस मगर नेपालको माध्यम बाट मगर जातीको भाषा, भेषभुषा, संस्कार र संस्कृतिलाई चिनाउन महत्वपुर्ण भुमिका खेलेको र प्रतियोगीहरूलाई देशको नेतृत्व गर्ने जनशक्ति   बन्ने गरी अघि बढ्न शुभकामना दिदै मगर समुदायको हितमा हुने कार्यका लागि नेपाल मगर संघ सधैं साथमा रहेको धारणा व्यक्त गर्नुभयो ।    कार्यक्रममा मिस मगर नेपालका कार्यक्रम संयोजक रुद्र श्रीसले कार्यक्रमका बारेमा प्रकाश पार्दै स्वागत मन्तब्य गर्नुभएको थियो ।    एम बी आश्थाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिस मगर नेपाल २०२२ की थर्ड रनरअप तथा टिम संयोजक प्रियंका गर्बुजाले गर्नुभएको थियो ।    “मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ एसटी क्रियशनद्वारा आयोजित सातौं संस्करणको मिस मगर नेपालको ग्राण्ड फिनाले भने यही भाद्र २२ गते होटल पोखरा ग्राण्डीमै भब्य साँस्कृतिक कार्यक्रम सहित हुने कार्यक्रम निर्देशक सुरज थापाले जानकारी दिनुभयो ।   कार्यक्रमलाई निट डेन्टल केयर प्रा.लि. आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज ल्याङवयेज, सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट आदीको सहयोग रहेको छ ।     अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट ११ प्रतियोगिहरुले करिब एक महिना सम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । सुस्मिता पुन, बिनु राना, दिवा पाईजा, कबिता थापा, दिक्षा थापा र उमा पुनको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आले (रामेछाप) आशिका गर्बुजा (बेगखोला, म्याग्दी), अनुजा पुन (तंग्राम, बाग्लुङ) नरिशा पुन (मुदी, म्याग्दी), सरिता थापा (मन्थली, रामेछाप), माया दर्लामी (वालिङ, स्याङ्जा), रश्मि आले (गौशाला, महोत्तरी), जानकी राजकोटी (बर्दीबास, महोत्तरी), अश्मिता बुढा (जेल्बाङ, रोल्पा), कृष्टीना पुन (दग्नाम, म्याग्दी) र जेरुशा सारु (काठमाण्डौं) रहेका छन् ।   कार्यक्रमको मिडिया पार्टनरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको छ ।    

पोखरा:   सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले सामाजिक विकृति विरुद्ध तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।   नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजमा रहेका विकृति विसंगति न्युनिकरण गर्न खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको हो ।   प्रतियोगितामा लागुऔषध सुधार आमा समुहले प्रथम स्थान हासिल गरेको छ । विषय वस्तुमा आधारित हुँदै प्रस्तुति दिएको समुहले ४ सय अंकमा २८० अंक प्राप्त गर्दै प्रथम भयो । सो समुहले नगद २५ हजार रुपैयाँ हात पारे ।    यस्तै २७८ अंकका साथ सक्षम अभियान नेपाल दोस्रो हुँदै १५ हजार रुपैयाँ प्राप्त ग¥यो । एकलधारा सिर्जनशिल समुह तेस्रो हुँदै १० हजार तथा धरहरा आमा समुहले सान्त्वना स्थान हासिल गर्दै पाँच हजार रुपैयाँ प्राप्त ग¥यो ।    भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी संघका प्रमुख डीआइजी दुर्गा सिंह, प्रदेश प्रहरी पोखराका प्रमुख एसएसपी धु्रवराज राउत, पोखरा महानगरपालिका वडा नम्बर ९ की वडा सदस्य लक्ष्मी पहारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम महासचिव घनश्याम तिमिल्सिनाले सञ्चालन गरेका थिए ।    यस्तै प्रतियोगितामा विभिन्न विधामा समेत पुरस्कृत गरिएको थियो । महासचिव तिमिल्सिनाका अनुसार उत्कृष्ट नृत्य अन्नपुर्ण आमा समुह, उत्कृष्ट भेषभुषा शिवशक्ति आमा समुह, उत्कृष्ट शब्द दिदीबहिनी समुह तथा उत्कृष्ट स्वर दृष्टिविहिन दिदीबहिनी समुह र नवदुर्गा आमा समुह घोषित हुँदै नगद पुरस्कार प्राप्त गरे ।   प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो । सोही क्रममा लोकदोहोरी गायक प्रजापति पराजुलीलाई सम्मान समेत गरिएको थियो । 

काठमाडौं:  दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’ ले केही हलमा प्रदर्शनको ५१ औं दिन मनाएको छ ।   आईएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीन हल, गोंगबुस्थित बीएसआर मुभिज, सामाखुसीस्थित क्यूएफएक्सको सिटी स्क्वायर हल र नेपालगञ्जको सिने रोयलमा हलमा फिल्मले शनिबार ५१ दिन मनायो ।   यो खुसीयालीमा निर्माताले शनिबार बेलुका समारोह आयोजना गरेका थिएँ, जहाँ केक काट्नेदेखि प्रदर्शनमा सघाउने सबैलाई सम्मान प्रदान गरियो ।   उक्त समारोहमा उपसभामुख इन्दिरा राना, कलाकार, निर्माता, निर्देशकसहित फिल्मको टोली सहभागी थियो ।     असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको पनि अभिनय छ । फिल्मले ५१ औं दिनसम्म साढे ५ करोडको व्यापार गरेको जनाइएको छ ।   फिल्म दुई करोड रुपैयाँको लागतमा निर्माण भएको हो । मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित फिल्मलाई अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

लेखनाथ नेवा: खलको आह्वानमा गगन नेवा खल:द्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ ।   शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवा: खल पोखरा–३० दोस्रो, रुपा देउराली नेवा: खल तेस्रो तथा मिलीजुली नेवा: खल पोखरा–३३ बागमाराले सान्तन्वा स्थान प्राप्त गरेका छन् ।    प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुुनेले क्रमश: रु ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।   प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन  नेवा: खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बन्नुभयो भने वेशभूषामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रुपा देउराली नेवा: खलकी सोनिसा श्रेष्ठ पुरस्कृत बन्नुभएको छ ।   प्रतियोगितामा विभिन्न नौवटा समूहले प्रतिष्पर्धा गरेका थिए ।    तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवा: खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले बताउनुुभयो ।   प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हाम्रा प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुुपर्नेमा जोड दिनुभयो ।    नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगरपालकिा वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गगन नेवा: खलका सचिव शरणकुमार प्रधानलगायतले तायमचाको सांस्कृतिक महत्वसँगै यसको जगेर्ना गर्नुपर्ने लगायतमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।  

काठमाडौं:    “तँ त साह्रै रुन्चे थिइस्, अहिले कसरी बोलेरै मान्छे हँसाउने भइस है ?”       ठूलो बुबाकी छोरी (दिदी) को यो प्रश्नले सुमनलाई अझै लज्जित बनाउँछ । आजभन्दा २३–२४ वसन्तअघि गाउँलेहरु शौच गर्न बाँसको झ्याङ, खोला, खोल्सी र कान्लातिर धाउँथे । सरसफाइ नहुँदा पखालाले गाउँलेका धेरैको ज्यान लिन्थ्यो ।      ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–२ बाक्साको ठूलाबारी गाउँ । गाउँभन्दा तल सुसाइरहने दूधकोसी । गाउँको सिरानमा उभिएको बडेमान लिब्जु डाँडा । बाक्सामा भर्खरै एउटा अभियान चलेको थियो, ‘घरमा चर्पी बनाउने, चर्पीमा शौच गरिसकेपछि र खाना खानुअघि साबुन पानीले हात धुने । नङ काट्ने, दाँत माझ्ने ।’ यो अभियान बालबालिकामा केन्द्रित थियो ।      प्रत्येक साता गाउँको चोकमा केटाकेटी जम्मा पारिन्थ्यो । यी सबै नियम पूरा गर्नेले कापी कलम पाउँथे । त्यही लहरमा साबुनपानीले हात मिचेर, नङ सफा चट पारी, दाँत माझिसकेपछि इँ गर्दै ङ्च्चि दाँत देखाउन पुग्नुभएको थियो सुमन कार्की । उहाँले पनि कापी कलम पाउनुभयो । फुरुङ्ग हुनुभयो । सङ्कट त त्यतिबेला आइलाग्यो जब अगाडि उभ्याएर उही दिदी (ठूलो बुबाकी छोरी) ले स्वास्थ्य अभियानबारे केही बोल्न लगाउनुभयो ।      सुमनलाई सुरुमा त बोल्ने साहस जागेको थियो । सधैँ तँ तँ, म म गर्ने गाउँकै साथीहरुको अघिल्तिर उभिइसकेपछि त सबै पराइ झैँ लाग्यो । मुटु चिसो भयो र कोखा घोच्यो । फोक्सोको आकार बढेर छातीभित्र अटेन । शरीर काँप्न थाले । वाक्य बन्द भयो । शरीरमा पसिनाको मूल फुट्यो थाल्यो । अनि एक्कासि भक्कानो छुट्यो । बोल्नुको साटो क्वाँक्वाँ रुन थाल्नुभयो । अनि वक्ताको जिम्मेवारीबाट सुमनले उन्मुक्ति पाउनुभयो । “भयो भयो नरो”, दिदीले भन्नुभयो, “तैँले बोल्नु सकिनस् ।” तर यो घटनाले सुमनलाई झन्डै एक साता सतायो । बाख्रा चराउन जाँदासमेत साथीभाइले देख्लान् कि भनेर लुक्नुुप¥यो । कारण केही थिएन, थियो त केवल साथीभाइले जिस्काउँछन् भन्ने लाज । विद्यालयमा त झन् निहुरमुन्टीमै केही दिन बित्यो ।      हो त्यही सुमन कार्की अहिले युवा पुस्ताका उम्दा हास्यकलाकार (कमेडियन) हुनुहुन्छ । हुन त उहाँ ‘करिअर’को यात्रामै हुनुहुन्छ । थाहा छैन शिखरमा पुग्नुहुन्छ या पुग्नुहुन्न । तर नेपाली हास्यव्यङ्ग्य क्षेत्रको आधार शिविर टेकिसक्नुभएको छ । दर्शकसामु परिचित भइसक्नुभएको छ ।  “म सानो छँदा बुबालाई किन झिसमिसेमै निद्राले छोडेको होला जस्तो लाग्थ्यो”, सुमनले भन्नुभयो, “त्यो त जिम्मेवारीले पो रहेछ । अहिले आएर बुझेँ ।”      एक दशकअघिका सुरुआती दिनमा सुमनलाई आनन्दै थियो । “हुन्छ भने हुन्छ, हुँदैन भने केही गरौँला भन्ने लाग्थ्यो । अब त अर्को क्षेत्र रोज्न पनि गाह्रो । ‘करिअर’को यो चरणमा दबाब महसुस हुने रहेछ । आफूलाई ‘अपग्रेड’ गर्दै यही क्षेत्रमा टिक्नुपर्ने चुनौती छ”, उहाँ भन्नुहुन्छ ।      सुमनका बुबा बल उमेर हुन्जेल मजदुरीका लागि भारततिर धाइरहनुहुन्थ्यो । सुमनलाई पनि बालखैमा केही वर्ष भारत लैजानुभयो । उताबाट फर्केपछि गाउँकै मनकामना माविमा एकैचोटि कक्षा ३ मा भर्ना गर्नुभयो । खान लाउनै नपुग्ने पहाडका पाखा रेखा छाडेर सुख खोज्दै कक्षा ४ पढिसकेपछि बुबाले मोरङको रतुवामाई नगरपालिका–९ मा बसाइँ लानुभयो ।       सुमनका एक दाजु र एक बहिनी हुनुहुन्छ । पढाइमा सामान्य सुमनले २०६५ सालमा फलामे ढोका एलएलसी पार गर्नुभयो । अनि त्यहीँको कलेजबाट १० जोड दुई पढ्नुभयो । त्यतिबेला रेडियोको लोकप्रियता धेरै थियो । रेडियोमा फोन गर्ने श्रोतासमेत चर्चित हुन्थे । गाउँमै रेडियो सुनाखरी सञ्चालन हुने तयारीबारे सुनेपछि सुमनको खुट्टा एकै सेकेन्ड भुइँमा अडिएन । रेडियोसम्बन्धी तालिममा सहभागी हुनुभयो ।      तालिम सकिएपछि १० जना छनोट गर्ने प्रक्रियामा सामेल हुनुभयो । तर उहाँ छनोटमा पर्नुभएन । छनोटमा नपरे पनि उहाँले रेडियो स्टेसन धाउन छाड्नुभएन । “म चाहिँ त्यत्तिकै धाइरहेँ घरबाट साइकल पेलेर । मलाई विज्ञापनमा बोल्न पो दिहाल्छन् कि, नाटक खेल्न पो दिन्छन् कि भनेर आश लाग्ने नि त”, हालैको एक दिन अनामनगरस्थित मण्डला थियटरमा कफीको चुस्की लिँदै सुमनले विगत स्मरण गर्नुभयो, “रेडियोमा गइरहेपछि सबैले चिन्नुभयो । पछि काम गर्न बोलाउनुभयो ।”      त्यसपछिका तीन वर्ष सुनाखरी रेडियोको माइक्रोफोनसँग बित्यो सुमनको । गाउँको रेडियोमा ‘अलराउन्डर’ भूमिका । जेनेरेटर चलाउनेदेखि, प्राविधिक, कार्यक्रम प्रस्तोता, समाचारवाचक, विज्ञापन बनाउनेलगायत सबै । रेडियोको ‘क्रेज’ क्रमशः ओरालो लाग्दै थियो । सुमनले स्नातक उत्तीर्ण गर्नुभयो । मूल सपना कलाकार बन्नु थियो, दर्शकमाझ चिनिनु थियो । त्यसका लागि एकपटक सङ्घीय राजधानीमा पाइला राख्नै थियो ।        कलाकार बन्ने धोको      सुमनका हजुरबुबा भारतीय गोर्खा सैनिक । भर्तीबाटै ल्याउनुभएको थियो रेडियो । झिसमिसेमा चराचुरुङ्गीको चिरबिरसँगै रेडियो ‘अन’ हुन्थ्यो । रेडियो नेपालको शङ्ख ध्वनिले सुमनको निद्रा भाग्थ्यो । रेडियोमा सुनेका नाटक, विज्ञापनका संवादहरु जस्ताको तस्तै सुनाउँदा साथीहरु हाँस्थे । नाटकका संवाद हुन् या कृषि कार्यक्रमको ‘हरि शरणम्’ ठ्याक्कै पार्नुहुन्थ्यो सुमन ।      यो रेडियोमा कसरी बोल्ने होला रु कस्ता मान्छेले बोल्ने होला ? यस्ता जिज्ञासाको जवाफ पाउन चाहिँ सुमनले दशकौँ कुर्नुप¥यो । काकाको बिहेमा वाक्सादेखि ओखलढुङ्गा सदरमुकाम जन्ती जाँदा पहिलोपटक टिभी देख्नुभएको थियो । तर त्यो पनि कार्टुनभित्र । टिभीमा मान्छे देखिन्छ रे भन्ने सुन्दा कस्तो देखिन्छ होला भन्ने हुटहुटीले पोलिरहन्थ्यो ।       सानोमा उटपट्याङ उत्तिकै आउने सुमनलाई । गोठालो जाँदा गाउँलेको गोरु जुधाउनेदेखि भाले जुधाउनमा माहिर । जसरी भए पनि कसैले मलाई चिनोस् भन्ने मनमा लाग्नु नै सायद सुमनको कलाकार बन्ने अदृश्य चाहना थियो । त्यही चाहनाले सुमनलाई आज यहाँसम्म डो¥याएको हुनुपर्छ ।      बुबाआमाले तराई झारेपछि पनि घरमा टिभी किन्ने आर्थिक हैसियत थिएन । छिमेकी वा गाउँले कहाँ गएर हेर्नुपर्ने । “एकाएक निखिल उप्रेतीको ‘ब्लाइन्ड फ्यान’ भइयो”, सुमन सुनाउहुन्छ, “निखिल जस्तो बन्न भित्ता, छानामा झुन्डिनेदेखि खेतको कुनै आली बाँकी रहेन उल्टी सुल्टी जिन्म्यास्टिक हान्ने कामले ।”      निखिललगायत कलाकार भेट्न एसएलसी पास गर्ने बित्तिकै एउटा झोला भिरेर काठमाडौँ हान्निनुभयो । उहाँलाई लाग्थ्यो काठमाडौँ कत्रो होला र ? बढीमा विराटगर जत्रो त होला । त्यत्रो फिल्म खेल्ने कलाकार त काठमाडौँमा बाटोमै छ्यापछ्याप्ती भेटिएलान् । भेट्ने हो, कुरा गर्ने हो, फोटो खिच्ने हो । सके फिल्म खेल्ने प्रस्तावै गरौँला । तर काठमाडौँ टेकिसकेपछि थाहा भयो, काठमाडौँ र मोरङका सहरबीचको भिन्नता । महिनौँसम्म कुनै सडक र गल्लीमा उहाँले टेलिभिजनका पर्दामा देख्नुभएको कलाकारको छायाँसम्म भेट्नुभएन । कलाकार भेट्ने भूत ओर्लियो र फेरि उही रतुवामाई फर्किनुभयो ।      रेडियो सुनाखरीमा उहाँले एउटा कमेडी कार्यक्रम प्रस्तुत गर्नुहुन्थ्यो । उहाँ रेडियोमा मात्र सीमित हुनुहुन्थेन । माइक भेटिने जति कुनै कार्यक्रम बाँकी नराख्ने । गाउँका पुराणदेखि पशुचौपायासम्बन्धी शिविरमा समेत केही न केही सुनाएर मान्छे हँसाउने ।  “पूर्वमा राष्ट्रिय कलाकार सहभागी हुने सांस्कृतिक कार्यक्रममा त ‘ओपनिङ’ मा सानो प्रस्तुति राख्न पाए मात्रै संसार जिते झैँ लाग्ने । अझ कुनै कुनै आयोजकले पोस्टरमा सानो फोटो राखिदिँदा खुसीको सीमा नहुने”, कफिको अन्तिम सुर्को तानेपछि उहाँले भन्नुभयो ।      स्थानीय रेडियोमा काम गर्ने रहर पूरा भएपछि अब स्नातकोत्तर पढ्ने र सकिएमा कलाकारिता गर्ने सोचले उहाँले काठमाडौँ जाने योजना बुन्नुभयो । तर काठमाडौँमा उहाँका आफन्त कोही थिएनन् । कहाँ जाने ? कहाँ बस्ने ? योजना सुनाइरहँदा एकदिन इटहरीस्थित सप्तकोसी एफएममा कार्यरत सन्दीप भट्टले काठमाडौँमा गएर रेडियो अडियोमा काम गर्न सुझाव दिनुभयो । सुझाव मात्र दिनु भएन उहाँले रेडियो सञ्चालक दीपेन्द्र खनियालाई टेलिफोन गरेर संवाद गराउनुभयो ।       विसं २०७२ को भूकम्पपछि उहाँ काठमाडौँ आउनुभयो । खनियालाई भेट्न रेडियो अडियोमा जानुभयो । उहाँको प्रस्तुतिहरु सुनिसकेपछि नभन्दै खनियाले जागिर दिनुभयो । काठमाडौँमा टिक्नकै लागि भए पनि उहाँले फेरि रेडियोमा बोल्न थाल्नुभयो । तर यहाँको रेडियोको प्लेटफर्म र रतुवामाईको प्लेटफर्मबीचमा आकाश जमिनको भिन्नता थियो । यहाँ राष्ट्रियस्तरका कलाकारहरुसँग दैनिक भेट भइरहन्थ्यो । चिनजान हुन थाल्यो ।       यही क्रम चलिरहँदा २०७४ सालको वैशाखमा एकाएक वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले टेलिफोन गरेर उहाँलाई एउटा कामको प्रस्ताव गर्नुभयो । सुमनलाई उक्त प्रस्ताव सपना हो कि विपना भनेर छुट्याउन आफैँलाई चिमोट्नुप¥यो ।  आचार्यको उपन्यास ‘हरिबहादुर’ विमोचनमा एउटा प्रहसन गर्नु थियो । यसमा पत्रकार ऋषि धमलाको अभिनय सुमनले गर्नुपर्ने थियो । आचार्यले दीपेन्द्र खनियालाई सोध्दा सुमनको नाम सिफारिस गर्नुभएछ । त्यसपछि हरिवंशले सुमनलाई पुस्तक विमोचनको दिन नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा र पछि देश दौडाहामा सँगै लैजानुभयो ।      “त्यो क्षण मेरा लागि एउटा कलाकारले ओस्कार अवार्ड पाएभन्दा ठूलो थियो”, कफी सकिएपछि कालो चिया मगाउँदै उहाँले भन्नुभयो, “पहिलो दिन डबलीमा हरिवंश दाइसँग अभिनय गर्दा त मैले पूरै बेहोसीमै गरेँ । अहिले पनि त्यो भिडियो हेर्दा त्यतिबेला म होसमा थिएँ जस्तो लाग्दैन ।” तर हरिवंश आचार्यसँगको त्यो कामले उहाँलाई धेरै कुरा सिकायो । अनुशासन, दर्शकलाई गर्नुपर्ने व्यवहार, विनम्रता, हास्यव्यङ्ग्य प्रस्तुति र लेखनमा ध्यान दिनुपर्ने विषय आदि सिक्न पाउनुभयो ।       त्यसपछि उहाँ ‘कमेडी च्याम्पियन’ नामक प्रतियोगितामा सहभागी हुनुभयो । विजेता हुन नसके पनि प्रतियोगिताले परिचय थप फराकिलो बनाइदियो । पछि ‘डान्सिङ स्टार’ नामक ‘रियालिटी शो’को प्रस्तोताको भूमिका पनि निर्वाह गर्नुभयो ।  ‘कमेडी क्लब विथ च्याम्पियन’ नामक टेलिभिजन शोमा विभिन्न भूमिकामा देखिनुभयो । केही चलचित्रमा अभिनय गर्नुभयो । उहाँकै भनाइमा आफूले थाहा पाउने गरी धेरैवटा र दर्शकले थाहा पाउने गरी दुईवटामा अभिनय गरिसक्नुभएको छ । ती दुई चलचित्र ‘दिमाग खराब’ र ‘महजात्रा’ हुन् ।      सामाजिक विषयमा व्यङ्ग्य           हास्यका विविध विधा छन् । त्यसमध्ये सुमन सामाजिक विषयवस्तुमा व्यङ्ग्य गर्नुहुन्छ । उहाँ प्रहसन, ‘मिमिक्री’, ‘स्ट्यान्ड अप’ कमेडी गर्नुहुन्छ । उहाँको कमेडी पुरानो पुस्ताका कमेडियनभन्दा आधुनिक छन् । तर अहिलेका युवा पुस्ताको झैँ  उत्तर आधुनिक पनि हैन ।      “अहिलेका युवा र पुरानोको बीचमा परियो । म अलि पुरानो पुस्ताको कमेडियन हेरेर हुर्किएँ । कमेडीको विभिन्न फम्र्याट छन् । मैले मह जोडीको प्रहसन, दीपक दीपा, जितु नेपालको सिरियल हेरेर हुर्किएको हुँ”, उहाँ भन्नुहुन्छ,  “अहिलेको ‘योङ जेनेरेसन’को कमेडी चाहिँ पूरै युवाले मात्र मन पराउने सहरिया र विदेशी किसिमको देखिन्छ ।”      उहाँले सामाजिक विषयवस्तुमा कमेडी गर्न मनपर्ने बताउनुभयो । “मलाई सामाजिक विषय मनपर्छ । म गाउँको मान्छे । यही समाजमा हुर्केको भएकाले मलाई यही विषय थाहा हुन्छ । धेरैजसो दर्शक पनि यही समाजका भएकाले यही मन पराउँछन् जस्तो लाग्छ । नजानेको विषयमा कमेडी त गर्नु पनि सक्दिन होला । सामाजिक विषयमा त मैले देखिरहेको पात्रहरु हुन्छन्”, उहाँले थप्नुभयो ।      त्यसो त उहाँलाई हास्य मात्रै नभएर गम्भीर प्रकृतिका अभिनय गर्ने इच्छा पनि छ । तर अहिले ‘करिअर’को मध्य अवस्थामा धेरैले आफूबाट हँसाउने अपेक्षा राखेको उहाँको अनुभव छ । कुनै दिन अवसरमा मिलेमा ‘कमिक क्यारेक्टर’ मात्र नभइ ‘सिरियस क्यारेक्टर’ गर्ने धोको पनि छ उहाँमा ।      उहाँलाई अझै लेखन सिक्ने भोक छ । सदाबहार प्रकृतिका कमेडी गर्न मन छ । “जसरी मह जोडीको पुरानो प्रहसनहरु हेर्दा अझै उस्तै लाग्ने खालको छन्, त्यस्तै, लामो समय जीवन्त हुने कमेडी गर्नु मन छ”, सुमन भन्नुहुन्छ, “हास्यव्यङ्ग्य ले हँसाउने मात्र हैन नि यसबाट अरूले बोल्न नसकेका विषय उठान गर्न सकिन्छ ।” सकेसम्म विवादित चीजहरु आफ्ना प्रस्तुतिबाट नआऊन् भनी सधैँ कामना गर्नुहुन्छ उहाँ ।      कलाकारितामा आफूलाई ‘अपडेट’ र ‘अपग्रेड’ गर्नुपर्ने चुनौती छ । अबको पाँच वर्षपछि यस्तै कमेडी चल्छ कि चल्दैन रु दर्शक पनि अपग्रेड हुन्छन् । इन्टरनेटको दुनियाँ छ । आफूलाई दर्शकले हेर्ने बन्न आफैँ गतिलो हुनुपर्छ । कस्तो हास्यव्यङ्ग्य दर्शकले मन पराउँछन् होला रु उहाँ भन्नुहुन्छ, “म यही क्षेत्रमा टिक्नुसक्छु कि सक्दिन होला भन्ने चिन्ता प्रमुख हो ।”       कमेडी, कलाकारिता र अभिनयबाट जीविका चलाउन भने सहजै छ । केही महिनाअघि मात्रै अमेरिकाको विभिन्न राज्यमा १२ वटा कार्यक्रम गरी दुई महिना बिताएर फर्किनुभएका उहाँ यही भदौ १३ गते युरोप टुरका लागि उड्ने तयारीमा हुनुहुन्छ । भदौको १५ गते पोल्यान्डबाट सुरु हुने कार्यक्रम एक महिनामा  सकिन्छ । यसपटकको युरोप यात्रामा पोल्यान्ड, बेल्जियम, जर्मनी, फ्रान्स, फिनल्यान्ड, स्पेन, माल्टा, पोर्चुगल, नर्वे र डेनमार्कमा १२ वटा कार्यक्रम छन् ।       विदेश यात्राको सुरुआत कमेडी च्याम्पियनले पहिलोपटक दुबई लगेर गराएको थियो । विशेष कार्यक्रम र यात्राको क्रममा उहाँ ‘भ्लगिङ’ पनि गर्नुहुन्छ । भ्लगिङ गर्दा अपडेट हुने, संस्मरणका रुपमा रहने उहाँको अनुभव छ । अलिअलि फोन खर्च पुग्ने पैसा नि युट्युबबाट प्राप्त हुने उहाँले बताउनुभयो ।      “मेहनत गरियो, आफूसँग कन्फिडेन्स छ र भाग्यले नि साथ दियो भने कमेडीबाट राम्रो कमाई हुने रहेछ”, उहाँले भन्नुभयो, “तर अति उत्साही भइहाल्नु नि हुन्न, धेरै कुरामा ख्याल गर्नुपर्छ । कलाकारिता पेसा त्यति सहज पनि छैन ।”      हाँस्नु जति सजिलो छ, हँसाउनु उत्तिकै गाह्रो काम हो । बरु कसैलाई भावुक बनाएर रुवाउन सजिलो होला तर कसैलाई आत्मादेखि हँसाउनु कठिन हुन्छ । आफैँभित्रका हजारौँ दुःखहरु लुकाएर पनि हास्यव्यङ्ग्य कलाकारहरुले दर्शकहरुलाई हँसाइरहेका हुन्छन् ।       विश्वचर्चित कवि पाब्लो नेरुदाले भनेका छन्, ‘हाँसो आत्माको भाषा हो’ । कुनै बेलाको एउटा रुन्चे बालक सुमन अहिले नेपाली दर्शकको आत्माको भाषा बुझ्ने लहरमा दौडिरहनुभएको छ । 

गण्डकी:    लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा...’ युट्युबमा सार्वजनिक हुँदासाथ वरिष्ठ गीतकार राजेन्द्र थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, “गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा अचानक यो गीत ! अदभूत !” उक्त गीतको युट्युब भिडियो फेसबुकमा साझा गर्दै उहाँले अचानक मरुभूमिमा विष्णु माझीको सरस्वतीमय स्वरको मुसलधारे वर्षा भएको भन्दै बिम्वात्मक शैलीमा गीतप्रति टिप्पणी गर्नुभयो । तीज गीतका नाममा मौलाइरहेको विकृतिलाई निरुत्साहित गर्न माझीद्वारा स्वरबद्ध उक्त गीतलाई करोडौँ ‘भ्यूज’ पुग्ने गरी दर्शक÷स्रोताले साथ दिनुपर्ने उहाँको भनाइ छ ।    गायक एवं सङ्गीतकार बसन्त थापा पनि माझीको तीज गीत आउँदा उत्साहित बन्नुभयो । “बल्ल तीज आए झैँ भो, प्यासीले पानी पाए झैँ भो...” फेसबुकमा उहाँले लेख्नुभएको छ । उहाँको पोष्टमा टिप्पणी गर्दै रमेश क्षेत्रीले लेख्नुभएको छ– “यसलाई भनिन्छ तीज गीत, त्यसैले आजबाट मेरा लागि तीज सुरु भयो ।”   सुनिता क्षेत्रीको टिप्पणी पनि उस्तैउस्तै छ– “साँच्चै हो नि विष्णु माझीको तीज गीत नआएसम्म तीज गीत आएजस्तो हुँदैन ।” शनिबार ‘सपना म्यूजिक इण्ड्रष्टिज’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत लोकसङ्गीतप्रेमीको रोजाइमा परेको छ । सार्वजनिक भएको दुई दिन नबित्दै उक्त गीतको म्यूजिक भिडियोलाई युट्युबमा ३० लाखभन्दा बढी पटक हेरिएको छ । गीतको सर्वत्र चर्चा र प्रशंसा भइरहेको छ ।   तीज पर्वको छेकोमा सार्वजनिक भएको उक्त गीतमा १८ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीतलाई धेरैले रुचाएको गायक तथा सङ्गीतकार आशिष अविरलले बताउनुभयो ।  “महिलाको संवेदना र मनोविज्ञान गीतमा झल्किएको छ, समग्रमा गीतको मौलिक पक्ष सशक्त छ, गायकीका हिसाबले विष्णु माझी अब्बल हुनुहुन्छ”, उहाँले भन्नुभयो, “तीज गीतको मुल प्रवृत्तिलाई यो गीतले पक्डेको छ ।” विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् ।  यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्धलगाउनेसम्मको अवस्था सिर्जना भएको थियो । यस वर्षपनि दर्जनबढी त्यस प्रकृतिका गीत विवादमा मुछिएका छन् । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपर्ने स्थिति सिर्जना भयो । ऐतिहासिक पर्व गीतमाथि खलल पु¥याएकामा लोकसङ्गीतप्रेमीले विरोध जनाए ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष रीता थापा मगरले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा माझीको गीतले त्राण दिएको उल्लेख गर्नुभयो । उक्त गीतले पाएको चर्चा र प्रशंसालाई इङ्कित गर्दै उहाँले समाज सँधै स्तरीय सिर्जनाको खोजीमा रहने हुँदा गायिका माझीको गीत पनि त्यही कोटीमा परेको बताउनुभयो । कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरुले तीज गीतलाई विकृत पारिरहेका बेला विष्णु माझी जस्ता कलाकारका गीतले उनीहरु निरुत्साहित बनेको उहाँको भनाइ छ ।  वरिष्ठ लोकगायिका हरिदेवी कोइराला पनि तीजमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राख्नुहुन्छ । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उहाँको बुझाइ छ ।  पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको प्रसङ्ग जोड्दै उहाँले तीज गीतमा विशेष गरी नारी मुक्तिको आवाज मुखरित हुने गरेको स्मरण गर्नुभयो । बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जक÷कलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ ।  गायिका माझीद्वारा स्वरबद्ध उक्त तीज गीतमा सुन्दरमणि अधिकारीले शब्द र सङ्गीत दिनुभएको छ । गीतको भिडियोमा कलाकार ललिता पौडेललगायतको अभिनय र नृत्य रहेको छ । तीजमा माइत जान नपाएकी चेलीको मनोभावनालाई गीतले उठान गरेको छ । गायिका माझीले तीन वर्षअघि ल्याएको तीज गीत ‘चरी जेलैमा..’ पनि त्यो बेला चर्चित बनेको थियो ।  उक्त गीतले हालसम्म युट्युबमा पाँच करोड बढी ‘भ्यूज’ बटुलीसकेको छ । उहाँ र गायक कुलेन्द्र विश्वकर्माले पाँच वर्षअघि गाएको ‘सालको पातको टपरी...’ गीत युट्युबमा सबैभन्दा बढी हेरिएको लोकदोहोरीमा पर्छ । उक्त गीतको भिडियोलाई अहिलेसम्म नौ करोड ६० लाख भन्दा बढीपटक हेरिएको छ । सार्वजनिक रुपमा देखा नपर्ने गायिका माझीले गुमनाम अवस्थामै नेपाली लोकसङ्गीतलाई अमर गीतहरु दिइरहनुभएको छ ।  

काठमाडौं:      महिला हिंसाविरुद्धको कथामा तयार गरिएको चलचित्र ‘देवी’ तीजलाई लक्षित गर्दै प्रदर्शन हुने भएको छ ।   अभिनेत्री शिल्पा मास्केले सञ्चारकर्मीसँग कुराकानी गर्दै तीजका अवसरमा चलचित्र प्रदर्शन हुन लागेको र चलचित्रले समाजमा महिला हिंसाविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।  “महिला हिंसाविरुद्ध केही गर्नुपर्छ भनेर म यस चलचित्रमा अभिनेत्रीसँगै सह निर्मात्रीका रूपमा जोडिएकी छु । यो चलचित्र हेरेर यस्ता घटना केही कम गर्न सकियो भने नै हाम्रो जित हुनेछ”, उहाँले भन्नुभयो । अभिनेत्री मास्केले महिलाकै कथा भएकाले तीजलाई लक्षित गर्दै प्रदर्शन गर्न लगिएको जानकारी दिनुभयो ।  चलचित्रका निर्देशक सञ्जोग राईले फोटो पत्रकार हुँदा नै महिला हिंसासम्बन्धी पढेका खबरलाई चलचित्रको विषय बनाउनुपर्छ भन्ने प्रेरणा मिलेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “हामी महिलालाई देवी भनेर पूजा गर्छौं तर यही समाजमा महिला हिंसाका धेरै घटना सुन्न र पढ्न पाइन्छ । त्यसका लागि हामीले हाम्रो कानुन नै बलियो बनाउनुपर्छ । महिला हिंसाविरुद्धको हाम्रो आवाज हो ‘देवी’ चलचित्र ।”  भदौ २१ गतेदेखि सार्वजनिक प्रदर्शन हुने चलचित्रमा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्कालगायत कलाकारले अभिनय गर्नुभएको छ । 

पोखरा:   मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ को पोखरामा दोस्रोपटक भव्य प्रदर्शन भएको छ ।   बागलुङ -पोखरा मगर समाजले आज (शुक्रबार) विरेन्द्रचोकस्थित समाजको आफ्नै हलमा विशेष प्रदर्शन गरेको हो । उक्त प्रदर्शनमा करिब ३ सय बढि दर्शकको उपस्थिति रहेको निर्माता मिना थापामगरले जानकारी दिइन् । गत ३ गते पोखरा सभागृहमा पहिलो पटक विशेष प्रदर्शन गरिएको सो चलचित्रले दर्शकको माया पाएको थियो । त्यसपछि चलचित्र प्रदर्शनको मिति तय हुन थालेको छ ।    अब उक्त चलचित्र तनहुँ, गलकोट लगायतको स्थानमा पनि प्रदर्शन गरिने तयारी भइरहेको निर्माता थापामगरले बताइन् ।    उनका अनुसार शनिबार चिलाउनेखर्कमा प्रर्दशन गरिनेछ । चलचित्रमा विपन्न परिवारमा जन्मेका नारीको सफलतापछाडिका सँघर्षलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । जसलाई मजबुद बनाउन  प्रेमसम्बन्धको प्रसंगलाई निर्देशक अशोक थापामगरले बुनेका छन् ।   यस्तै समय समयमा हुने हास्य ब्यङ्ग्यले चलचित्रलाई स्वादिलो बनाउन मद्दत पुर्याएको छ ।     मेनोको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको हो । सो चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन्  ।     चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।   अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा (कथा) र मीना थापा मगर (पटकथा) छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् ।    यो पनि पढ्नुहोस   चलचित्र ‘दिलसरा’ले ‘दिलसरा प्रभावशाली मगर महिला २०८१’ खोज्दै पोखरामा चलचित्र दिलसराको विशेष प्रदर्शन, दर्शकको सकारात्मक प्रतिक्रिया