सामाजिक विकृतिविरुद्ध तीज गीत प्रतियोगिता
लागुऔषध सुधार आमा समुह प्रथम
पाेखरा | भदौ १६, २०८१
पोखरा: सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले सामाजिक विकृति विरुद्ध तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजमा रहेका विकृति विसंगति न्युनिकरण गर्न खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा लागुऔषध सुधार आमा समुहले प्रथम स्थान हासिल गरेको छ । विषय वस्तुमा आधारित हुँदै प्रस्तुति दिएको समुहले ४ सय अंकमा २८० अंक प्राप्त गर्दै प्रथम भयो । सो समुहले नगद २५ हजार रुपैयाँ हात पारे ।
यस्तै २७८ अंकका साथ सक्षम अभियान नेपाल दोस्रो हुँदै १५ हजार रुपैयाँ प्राप्त ग¥यो । एकलधारा सिर्जनशिल समुह तेस्रो हुँदै १० हजार तथा धरहरा आमा समुहले सान्त्वना स्थान हासिल गर्दै पाँच हजार रुपैयाँ प्राप्त ग¥यो ।
भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी संघका प्रमुख डीआइजी दुर्गा सिंह, प्रदेश प्रहरी पोखराका प्रमुख एसएसपी धु्रवराज राउत, पोखरा महानगरपालिका वडा नम्बर ९ की वडा सदस्य लक्ष्मी पहारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम महासचिव घनश्याम तिमिल्सिनाले सञ्चालन गरेका थिए ।
यस्तै प्रतियोगितामा विभिन्न विधामा समेत पुरस्कृत गरिएको थियो । महासचिव तिमिल्सिनाका अनुसार उत्कृष्ट नृत्य अन्नपुर्ण आमा समुह, उत्कृष्ट भेषभुषा शिवशक्ति आमा समुह, उत्कृष्ट शब्द दिदीबहिनी समुह तथा उत्कृष्ट स्वर दृष्टिविहिन दिदीबहिनी समुह र नवदुर्गा आमा समुह घोषित हुँदै नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो । सोही क्रममा लोकदोहोरी गायक प्रजापति पराजुलीलाई सम्मान समेत गरिएको थियो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिंग सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनामार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचन...
पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अन्दाजी २०/२५ वर्ष जस्तो देखिने...
अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हाे । उनले आसन्न निर्वाचनलाई लक्षित गर्दै आज (आइतबार) देखि अनिश्चितकालका ...

