खजुरे ब्रो: कमेडी जनरामा एक सामाजिक कथा
पाेखरा | बैशाख २१, २०८१
पोखरा: बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।
विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार महेश त्रिपाठीले ‘खजुरे ब्रो’ सामाजिक कथामा आधारित सिनेमा भएको जानकारी गराए ।
उनका अनुसार सिनेमामा सामाजिक विषयवस्तुलाई रमाइलो तवरले प्रस्तुत गरिएको छ । सिनेमाको आफ्नो भूमिकालाई लिएर उनी आशावादी छन् । आइरहेका नेपाली सिनेमाभन्दा केही फरक भएकाले पनि सिनेमा दर्शकलाई मन पर्ने विश्वास त्रिपाठीलाई छ ।
सिनेमाका मूख्य पात्र रेयर राइले ‘खजुरे ब्रो’ आफ्ना लागि टर्निङ पोइन्ट हुनेमा आशावादी छन् । कन्टेन्ट अनुसारलाई आफुलाई अभिनयमा ढाल्ने प्रयत्न गरेको उनले बताए । सिनेमामा रेयर नै ‘खजुरे ब्रो’ पात्रमा देखिदैछन् ।
कलाकार पुष्कर कार्कीले सिनेमामा आफ्नो सस्पेन्स भूमिका भएको उल्लेख गरे । सामाजिक विषयवस्तु भएकाले पनि दर्शकको रोजाईमा ‘खजुरे ब्रो’ पर्नेमा उनी विश्वस्त छन् ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव रघुनाथ सापकोटाले मनसरा, पुजार सार्की र फर्कीफर्की जस्ता सिनेमाले ‘खजुरे ब्रो’ को व्यापारमा असर नगर्ने उल्लेख गरे । सिनेमाको छायाँकन दार्जलिङ, धरान र काठमाडौंमा गरिएको हो ।
अहिलेसम्म एक करोड पचास लाख माथिको खर्च भइसकेको निर्माण पक्षले जनाएको छ । सिनेमाको कथा सुरज सुनुवारले लेखेका हुन् । निर्देशन समेत उनकै हो भने निर्माता नबिन मानन्धर हुन् । सिनेमामा महेश त्रिपाठी, रेयर राई, पुष्कर कार्कीका अलवा नीति शाह, बिनिता थापा मगर, शन्तीला तामाङ, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

