बागलुङ: गायक, कलाकार तथा सज्जन कुमार सिंहको नयाँ गीत 'पोखरामा...' सार्वजनिक भएको छ । ‘पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको’ शिर्षभाकमा रहेको म्युजिक भिडियो इलाका खबर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सो म्युजिक भिडियोमा गायक सज्जन, जुना गुरुङ र सरिता धनकोटीको अभिनय रहेको छ भने अस्मिता अधिकारी र सज्जनले स्वर भरेका छन् । इश्वर बाबुले निर्देशन र सम्पादन गरेका छन् भने राजेश घिमिरेको छायांकन गरेका छन् । यस्तै बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । गायक सज्जन पत्रकारितामासमेत सक्रिय छन् । भिडियो:
पोखरा: पोखराको अमरसिंह चोकमा रहेको लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारमा आज (शनिबार) चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने भएको छ । अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुतको प्रस्तुती रहने भएको संचालक मीन गुरुङले जानकारी दिए । होटल टास्कको तीनवटै आउटलेटबाट MRP (न्युनतम खुद्रा मुल्य) मा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङको अवसर पारी शनिवार अपराह्न ४ बजेदेखी विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा पछिल्लो समय चर्चित सकम्बरी गीतका गायक प्रकाश सपुतको प्रस्तुती संगै युवापुस्तालाई लक्षित गरी स्थानिय ब्ल्याक फेदर ब्याण्डको लाइभ प्रस्तुती, लोकदोहोरी गायिका बत्ती थापा र प्रकाश सपुतको प्रत्यक्ष दोहोरी प्रस्तुती संगै तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिबाट नृत्य प्रस्तुत गरिने छ । कोभिड १९ का कारण आर्थिक मन्दी भई जनमानसमा पर्याप्त आम्दानी नभइरहेको बेला सेवामुलक व्यवसायमार्फत ग्राहकहरुलाई सर्वसुलभ मुल्यमा बियर र खानाका परिकारहरु पस्कदै आइरहेको छ । “सबैको लागि लेकाली, संधैको लागि लेकाली” भन्ने उद्घोषका साथ सञ्चालित लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बार गण्डकी प्रदेशको एकमात्र MRP (न्युनतम खुद्रा मुल्य) बियर रेष्टुरेण्ट हो । यस रेष्टुरेण्टमा गोर्खा बु्रअरीको उत्पादन टुबोर्ग, गोर्खा (प्रिमियम), काल्सबर्ग संगै बाह्रसिंगे, अर्ना र बर्डवाइजर बियरहरु MRP (न्युनतम खुद्रा मुल्य) मा ग्राहकहरुले उपभोग गरी बियरको मज्जा लिन सक्नेछन । त्यसैगरी रेष्टुरेण्टमा बियर संगै पोर्क (कालो धराने बंगुरको परिकारहरु) मटन, चिकन र बफका परिकारहरुको समेत स्वाद लिन सक्नेछन । रेष्टुरेण्टबाट स्थानीय उत्पादन कोदोको रक्सी (नारे पा) समेत प्रवद्र्धन गर्दै आइरहेको छ । गोर्खा ब्रुअरिको सहकार्य रहेको उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्नेछन ।
काठमाडौं: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात)वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
पोखरा: पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा ठूलो सेंसेशन बनाएका समिर श्रेष्ठले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । लेकसाइडस्थित क्लब क्याटवाकमा जेठ २० गते समिर श्रेष्ठ र क्रिसेन्ट्सको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए । समीरको ‘थामन हात, तिमि भएर, कुरी बसेछु, हेरन, चार देवार लगायतका गीत चर्चित छन् । कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इसेवा र पोखराको ओपन हाउसमार्फत् विक्री वितरण भइरहेको लामाले जानकारी दिए । करिब ९ महिना अघिदेखि सञ्चालनमा रहेको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले सेवा लिन पाउछन् । सो क्लबमा अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा व्यवस्था चुस्त रहेको क्लबले जनाएको छ ।
पोखरा: सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा पोखरामा भोलि प्रर्दशनको हुने भएको छ । कृष्णचरीत्र ,ठाडोभाका ,भैरमथानको यात्रा ,बाजेबज्यै पूजा ,तलु ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री प्रर्दशनको तयारी पूरा भएको सञ्चारकर्मी एवम् निर्देशक सिञ्जालीले जानकारी दिए । पोखरा महानगरपालिका ४ गैह्रापाटन स्थित पोखरा थिएटरमा प्रदर्शन हुने चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए । डकुमेन्ट्री मौलिक संस्कार ,संस्कृति संरक्षणका लागि प्रर्दशन गर्ने लागिएको उनको भनाई छ । साथै चर्चित कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति र चित्रेभञ्याङको मौलिक कौराहा समेत प्रर्दशन हुने उनले बताए । यसअघि हरीनास सिर्जनशील समूह पोखराले असोज १५ गते सिञ्जालीद्घारा निर्दशित १५ वटा डकुमेन्ट्री तथा भिडियोहरुको प्रर्दशनी गरेको थियो ।
पोखरा: मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन जेठ ६ गते हुने भएको छ । १५ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन चिप्लेडुंगा स्थित क्लाउड नाइन रेस्ट्रोमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगायत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् । चितवन अडिसनबाट करिब १० देखि १५ जना छनौट गरिने र उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा पुनः अडिसन हुनेछन् । जहाँबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ । प्रशिक्षणपछि काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुनेछ । पोखराबाहेक बुटवल, चितवन, दमक र विराटनगरमा अडिसन सम्पन्न भइसकेको छ। मिस्टर नेपालको विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यस्तै मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले २४० जनालाई विभिन्न सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र ९बिपिसी० को आयोजनामा विभिन्न १० विद्यामा २४० जनालाई सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो । छनौट भएका सहभागीहरूलाई अभिमुखीकरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर भित्र स्वरोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिमहरू आयोजना गरिएको बताउनुभयो । “महानगरपालिका भित्र स्वरोजगार सृजना गर्ने, तालिमका विभिन्न अवसरहरू सृजना गर्ने, तालिम पश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने, आवश्यक परेको खण्डमा स्टार्ट अपमा बिउ पुँजी पनि दिने लगायतका कार्यहरूमा हामीले सहयोग गर्छौँ, प्रमुख आचार्यले भन्नुभयो, तर, आफ्ना जीवनका लक्ष्यहरू प्राप्त गर्नका लागि लगनशीलता र धैर्यता पहिलो सर्त हुनुपर्दछ ।” सानो लगानीबाट पनि व्यवसायीक सफलताको लामो यात्रा पुरा गर्न सकिने उल्लेख गर्दै प्रमुख आचार्यले आफूले आर्जन गरेको ज्ञानको व्यवहारिक उपयोगमा जोड दिए । जागिरे मानसिकताले व्यक्तिको जीवनमा सार्थक परिवर्तन ल्याउन नसक्ने भन्दै स्वरोजगार सहितको उद्यमी बन्ने सपना देख्नु आवश्यक रहेको उनले बताएका छन् । “सुरुमा बेस बनाउन मात्र जागिर खानु स्वाभाविक हुन सक्ला तर, जीवनभर जागिरले मात्र हुँदैन, आफूले सिकेको सिपको उपयोग गर्दै उद्यमी बन्ने सोच राख्नु पर्छ, उहाँले भन्नुभयो व्यवसाय गर्नका लागि ठुलो रकम चाहिन्छ भन्ने हुँदैन, तर व्यक्तिमा इमान्दारीता भने अवश्य चाहिन्छ, पारदर्शिता चाहिन्छ, धैर्यता चाहिन्छ ।” तालिमलाई केवल सर्टिफिकेटमा सीमित गर्न नहुनेमा उनले जोड दिए । दक्ष जनशक्ति उत्पादन गर्ने महानगरको उद्देश्यमा केन्द्रित तालिमले सम्बन्धित क्षेत्रका विषयविज्ञहरुद्धारा तालिम प्रदान गर्ने उनले बताए । पोखरा महानगरपालिका वडा नं।१७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले तालिमले सहभागीहरूलाई व्यवसायीक जीवनको ठोस आकार दिन पर्याप्त अवसरहरू प्रदान गर्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले व्यक्तिको जीवनमा ज्ञान, सिप र क्षमतामा आधारित कर्म आवश्यक हुने भन्दै सहभागीहरूले महानगरपालिकाको उद्देश्य अनुरूप तालिमलाई व्यवहारिक र प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरे। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महिला उद्यमी संघकी पार्वती रेग्मी पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण, आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया लगायतले महानगरपालिकाले स्वरोजगार सृजना र उद्यमशीलताको विकासका लागि यस प्रकारको तालिमहरू सञ्चालन गर्नु अनुकरणीय कार्य भएको धारणा राखे । पोखरा महानगर आर्थिक विकास समितिका संयोजक एवं पोखरा महानगरपालिका वडा नं।१४ का वडाध्यक्ष बोध बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सञ्चालन गरेका थिए । तालिममा पञ्चेबाजा बजाउने, सिलाइ कटाई, ब्युटी पार्लर, मन्टेश्वरी, सुनचाँदी गहना निर्माण, भाषा तालिम, ए सी जडान, कुक, बारिस्ता, प्लम्बिङ लगायत रहेका छन् । विभिन्न संघ संस्थाहरूसँगको समन्वय तथा महानगरपालिकाको लगानीमा यी तालिमहरू सञ्चालन गर्न लागिएको हो । तालिमहरू प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० को नम्स र कतिपय गण्डकी बहुप्राविधिक शिक्षालयको समेत पाठ्यक्रममा आधारित १६० घण्टा देखी ३९० घण्टा सम्मका हुनेछन् ।
पोखरा: चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्रीहरुको पोखरामा प्रर्दशन हुने भएको छ । सिञ्जालीद्धारा निर्देशित कृष्णचरीत्र ,ठाडोभाका ,भैरमथानको यात्रा ,बाजेबज्यै पूजा ,तलु ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री तथा भिडियोहरु प्रर्दशन गर्ने लागिएको चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीका सचिव रुद्र सन्देश मगरले जानकारी दिए । डकुमेन्ट्री आगामी शनिवार जेठ ६ गते पोखरा थिएटर, गैह्रापाटनमा प्रदर्शन गरीने मञ्चका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए । मौलिक संस्कार ,संस्कृति संरक्षणका लागि डकुमेन्ट्री प्रर्दशन गर्ने लागिएको उनको भनाई छ । साथै चर्चित कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति र चित्रेभञ्याङको मौलिक कौराहा समेत प्रर्दशन हुने उनले बताए । यसअघि हरीनास सिर्जनशील समूह पोखराले असोज १५ गते सिञ्जालीद्घारा निर्दशित १५ वटा डकुमेन्ट्री तथा भिडियोहरुको प्रर्दशनी गरेको थियो ।
पोखरा: शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’ हेर्न गाउँ गाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्वजनीक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउस फुल भएको छ । हल्कारा फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुन्। झन्डै डेढ दर्शक अघि गण्डकी प्रदेशको राजधानी पोखराबाट संघिय राजधानी काठमाडौँ कलाकार बन्नकै लागि उनि आएका थिए। काठमाडौँ आएपछि ओस्कार कलेज अफ फिल्म स्टडिजमा अभिनय पढ्न थालेका त्रिपाठीले सोहि कलेजमा अध्यापक बने। हाल उनि अभिनय विभाग प्रमुख छन्। उनले पहिलो पटक अभिनय गरेको तर रिलिजको हिसाबले तेश्रो बनेको चलचित्र ’हल्कारा’ बाट प्रतिष्ठित अन्तराष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट अभिनेता समेत बनेपछि उनको चर्चा व्यापक भएको थियो। कोभिड १९ को महामारीले गर्दा केहि समय पहिले नै रिलिज हुनुपर्ने यो चलचित्र अहिले बल्ल रिलिज भएपछि दर्शकहरुको प्रतिक्षा पुरा भएको छ । शनिबार पोखराको ट्रेड मलमा रहेको हलमा सयौंको संख्यामा एकसाथ दर्शक आई चलचित्र हेरेका छन्। कास्कीका कास्कीकोट र मालेपाटन, काहु। ढिकुरपोखरी , वाम्दी लगायतका गाउँबाट उनीहरु बस नै रिजर्भ गरेर पोखरा आएका थिए। गत बर्ष ५५औँ वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो । यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केहि अन्तराष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनल सम्म पुगेको थियो । महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह(लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ ।