पोखरामा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर शो

‘माराङ’ फागुन २६ गते  बाराही हलमा प्रदर्शन हुने

पाेखरा | फागुन १०, २०८०

पोखरामा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर शो

पोखरा:   मगर कथानक चलचित्र ‘माराङ’को पोखरामा प्रिमियर शो गरिएको छ । नेपाल मगर संघ कास्कीको समन्वयमा मगर कथानक चलचित्र ‘माराङ’ पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको हो । 


पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको मगर कथानक चलचित्र ‘माराङ’को प्रदर्शन बाराही हलमा फागुन २६ गते प्रदर्शन गर्ने निर्माता तुलबहादुर सारु मगरले बताए । 


‘मगर कथानक चलचित्र माराङ हामीले देशको विभिन्न जिल्लामा प्रदर्शन गरिसकेका छौं’, निर्माता सारु मगरले भने, ‘भाषा र संस्कृतिकलाई मुख्य जोड दिएको माराङ पोखरामा फागुन २६ गते प्रदर्शन गर्दै छौं ।’


उनले माराङ चलचित्र फाइदाको लागि भन्दा पनि मगर समुदायको भाषा, संस्कृति संरक्षणको लागि निर्माण गरेको बताए । ‘माराङ चलचित्र कुनै पनि फाइदाको लागि निर्माण गरेको होइन, मगर समुदायको भाष, संस्कृति र कलाको संरक्षणलाई मध्यनजर गर्दै निर्माण गरेका हौं ।’ उनले भने । 


नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरले माराङ चलचित्र मगर भाषामा भएकाले यस भाषाको संरक्षणमा जोड दिएको उल्लेख गरे । ‘पछिल्लो पुस्ताले मगर भाषा बुझ्दैन, बोल्न खोज्दैन, हाम्रो कला संस्कृति हराउँदै छ’, थापामगरले भने, ‘माराङ चलचित्र मगर भाषामा निर्माण भएको छ,यस चलचित्रले भाषा, संस्कृतिसँगै कलाको संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउँछ ।’


मगर कथानक चलचित्र माराङमा रमेश बाबु थापामगर, सृजना मरासङ्गी मगर, टिका थापामगर, टेक रानामगर, गणेश घले, प्रेमकुमारी मगर, लक्ष्मी थापामगर र सञ्जोक लाफामगर लगायतको अभिनय रहेको छ । 


 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्