सकियो श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ

पाेखरा | बैशाख १०, २०८१

सकियो श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ

पोखरा:   नयाँ वर्ष अवसरमा पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म चलेको महायज्ञ सोचेअनुरुप सफल भयो ।

 

लोकको कल्याणका लागि आयोजित महायज्ञ सफल भएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले बताए ।

 

महायज्ञमा हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज कथावाचन गरेका हुन् ।

 

उनको मुखारबिन्दबाट कथा सुन्न भक्तजनको दैनिकरुपमा उल्लेख्य भए । महायज्ञमा करिब १२ सय जना कर्ता बसेको महायज्ञ मूल आयोजक समिति कोषाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए ।

 

कथावाचन आइतबारसम्म भएकोमा सोमबार समापनमा पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण गरिएको हो । त्यसअघि, सप्ताहव्यापी पाठपरायण, प्रवचन तथा अनुष्ठान भएको महायज्ञका कार्यालय सचिव नरेन्द्र रानाभाटले बताए ।

 

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा नारायणप्रसाद अर्यालको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा गण्डकी प्रदेशसभाका सदस्य एवं पूर्व मन्त्री पञ्चराम गुरुङ, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत उपस्थित थिए ।

 

निकै व्यवस्थितरुपमा महायज्ञ आयोजना गरिएको भए पनि अर्थ संकलनको कुनै उद्देश्य थिएन । कतिपयले स्वेच्छिक सहयोग गरेको महायज्ञका महासचिव सूर्यभक्त सिग्देलले बताए ।

 

महायज्ञमा कथावाचनसहित बिहान साढे ४ देखि राति ९ बजेसम्म विभिन्न कार्यक्रमले प्रदर्शनी केन्द्र महायज्ञमय बनेको मूल आयोजक समितिका सूर्यप्रसाद भण्डारीको भनाइ छ ।

 

महायज्ञका सल्लाहकार एवं विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सहअध्यक्ष शंकर खरालले अर्थ संकलन उद्देश्य नराखी सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने उद्देश्यले पोखरामा फरकखालको महायज्ञ भएको बताए ।

 

घरमा सप्ताह यज्ञ अनुष्ठान गर्न असहज परिस्थिति भएकाहरुको सुविधाका लागि महायज्ञमा त्यस्तो सुविधा दिइएको महायज्ञका सहअध्यक्ष महेश पराजुलीले बताए ।

 

उनका अनुसार योग, ध्यान, पूजाअर्चना, भक्ति, ज्ञानका साधना निरन्तर भए । मूल आयोजक समिति अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन विष्णु पौडेलले गरेका थिए । 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्