नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो
पाेखरा | माघ १४, २०८०
पोखरा: नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ ।
यस अगाडि मञ्चन भएका नाटक भन्दा केही फरक स्वाद भएको कारण नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकलाई रुचिकर बन्यो । दर्शक मात्र नभएर नाटकमा अभिनय गरेका कलाकार समेतले यो नाटकबाट भिन्न खालको अनुभव सगाल्न पाएकोमा उत्साहित थिए ।
सबैजनाको मेहनतका कारण नाटक मञ्चन सफल भएको भन्दै पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले सबैप्रति आभार व्यक्त गरेका छन् । थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनी सहित १३ जना कलाकारले अभिनय गरेका थिए ।
यसरी अभिनय गर्ने रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सना विश्वकर्मा र रोहित पौडेल थिए ।
अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको यस नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका थिए । यस नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको कारण समेत दर्शकले नौलो अनुभव समेत लिन पाए । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएको संस्थापक सदस्य गुरुङले बताए ।
‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत रहेको थियो । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सर्घष नै नाटकको विषयवस्तु थियो । यो विषयवस्तुलाई प्रभावकारी बनाउदै निष्कर्षमा पुगन् कलाकारले गरेको अभिनयात्मक बहस तारिफयोग्य थियो । उनीहरूको रोचक बहसले दर्शकलाई एकटकले स्टेजतर्फ ध्यान तान्न सफल भएको थियो ।
सन् २०५४ मा टेलि प्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् । यो नाटकले वर्गीय,जातिय, क्षेत्रिय, लैङ्गीक समाजको चित्रण गरेको थियो ।
लगातार विद्यार्थी केन्द्रीत नाटक मञ्चन भइरहेकोसमयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कन गरेको प्रयास सफल भएको निर्देशक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । यो नाटकबाट उनी अभिनयको क्षेत्रमा समेत पुनः फर्किएका थिए । नाटक मञ्चनलाई भव्य बनाउन सहयोग गर्ने सबैप्रति उनले आभार समेत व्यक्त गरेका छन् ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

