बिबिवाइसी फुटसलमा डोना एफसी च्याम्पियन, विनय बने सर्बाेत्कृष्ट

पाेखरा | माघ १४, २०८०

बिबिवाइसी फुटसलमा डोना एफसी च्याम्पियन, विनय बने सर्बाेत्कृष्ट

पोखरा:   विन्ध्यवासिनी बसपार्क युथ क्लबद्वारा आयोजित प्रथम बिबिवाइसी एमेच्योर फुटसल प्रतियोगितामा डोना एफसी च्याम्पियन बनेको छ ।

 

पोखरा महानगरपालिका ४ स्थित बिफिट फुटसलमा शनिबार भएको फाइनल खेलमा नदीपुर टिम ‘बि’ लाई टाईबेकरमा ४–३  गोल अन्तरले पराजित गर्दै डोना एफसी च्याम्पियन बनेको हो ।

 

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा पुगेको थियो ।

 

च्याम्पियन बनेसँगै डोना एफसीले ५५ हजार ५ सय  रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता टिमले २७ हजार ७ सय ७७ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । 

 

खेल संयोजक विकास साईका अनुसार सो प्रतियोगिताबाट डोना एफसीका विनय तामाङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

 

 

यस्तै सोही टिमकै मुमिन तामाङ उत्कृष्ट गोलरक्षक र नदीपुर टिम ‘बि’ का आशिष गुरुङले प्रतियोगिता अवधिभर १० गोल गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए ।

 

कुल २८ टिमको सहभागिताबाट विजेता तथा उपविजेता बनेका टोलीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरका २ का वडाध्यक्ष दिवसमान प्रधानांग, नेपाल राष्ट्रिय खड्की समाजका अध्यक्ष हर्कमान साई, ज्ञानुबाबा माविका सञ्चालक कृष्ण बहादुर गुरुङ र शुभकन्या गुरुङ तथा आयोजक संस्थाका अध्यक्ष रुपेश साई लगायतले पुरस्कार वितरण गरेका थिए ।

सुर्खेत:     दैलेखबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको बस वीरेन्द्रनगर-१४ स्थित कटकुवा नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रूपेश खड्काका अनुसार म...

थप पढ्नुहोस्

सङ्खुवासभा:   सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार रातका समयमा परेको चट्याङ...

थप पढ्नुहोस्

तनहुँ:    तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ ।  गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त ...

थप पढ्नुहोस्