प्रकाश र उषा पोखरा साइकल दौड च्याम्पियन
पाेखरा | जेठ ५, २०८१

पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् ।
पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता बनेका हुन् ।
दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेको समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय भए । अच्युतकृष्ण खरेल चौँथो र लक्ष्मण मल्ल पाँचौ भएको आयोजकले जनाएको छ । खरेलले एक घण्टा ४८ मिनेट १० सेकेन्ड र मल्लले एक घण्टा ५२ मिनेट ५१ सेकेन्डमा दौड पुरा गरेका थिए ।
महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय भए । बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट १ सेकेन्डमा २० किलोमिटर दूरी पार गरेका थिए । सोफिया विक चौँथो र प्रेमा परियार पाँचौ भए । सोफियाले दुई घण्टा २१ मिनेट १२ सेकेन्ड र प्रेमाले दुई घण्टा ३९ मिनेट ३ सेकेन्डमा दौड सकेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः ३०/३० र २०/२० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । चौँथो र पाँचौ हुनेले क्रमश ः १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बने । उनीहरुले १०/१० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए । दौडमा सहभागी हुनेमध्ये पोखराभित्रका खेलाडी जो सुरुमा फिनिसिङ लाइन पुग्छ उसले पोखरा च्याम्पियनको उपाधि पाउँछ । सोफियाले महिलातर्फ चौँथो भएकोमा १० हजार र पोखरा च्याम्पियन बनेकोमा थप १० हजार गरेर २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार हात पारिन् ।
पोखरा महानगरपालिका १७ र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना र नेपाल साइक्लिङ संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र रन फर फन विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए । रन फर फन विधामा सहभागी खेलाडीले प्रमाणपत्र प्रदान गरियो ।
पावरहाउसबाट सुरू भएको दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्स्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो । कास्की जिल्ला साइक्लिङ संघ र नेपाल साइक्लिङ संघको पहलमा प्रतियोगिताको लागि यो नयाँ रुट तय भएको हो ।
विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा १७ कि वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, पोखरा–१७ का वडा सदस्यहरुले पुरस्कार हस्तान्तरण गरे ।
प्रदेश सांसद कार्कीले विकास भनेको भौतिक पूर्वाधार निर्माण मात्र नभएको र खेलाडी उत्पादन पनि राष्ट्रका लागि उपलब्धी भएको बताए । ञविकास भनेको बाटो बन्ने मात्र हो । खेलकुदमा राज्यको ध्यान जति पुग्नुपर्ने हो पुगेको छैन । मेरो ठाउँबाट जे गर्न सक्छु मैले गर्छु’ उनले भने । कार्कीले विश्वभर नै बिरामी हुनै नदिन खेलतर्फ अग्रसर गराउन अस्पताल छोडेर खेल मैदान बनाउने अवधारणा आइरहेको र नेपालमा पनि त्यसको खाँचो रहेको बताए ।
पोखरा १७ कि वडाअध्यक्ष राधिका शाही योगीले पोखरा पर्यटकीय राजधानी घोषणा भएकाले पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आवश्यक भएको बताइन् । उनले रानीवनभित्रको रुट धेरै साइकलिष्टको रोजाइँमा पर्ने गरेको र नयाँ रुट थपिनु सकारात्मक भएको बताइन् ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...