नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने
पाेखरा | माघ २०, २०८०
पोखरा: एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते हुदैछ । पोखरा १७ छोेरेपाटनको गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसमा अडिसन हुन लागेको हो ।
गायन क्षेत्रमा रुची भएकाहरु आईडलको अडिसनका लागि पोखरामा भाग लिन सक्ने छन् । १६ देखि ३० वर्षसम्म उमेर समुहका युवाले निःशुल्क रुपमा अडीसनमा सहभागिता जनाउन सक्नेछन् । पुस २१ गते झापाबाट सुरु भएको सिजन ५ को अडिसन पोखरामा हुदाँ यस क्षेत्रका संगितप्रेमीहरु उत्साहित छन् ।
नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् । नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेट फर्म भएको निर्देश सुरेश पौडेले जानकारी दिए । उनले पोखराबाट धेरै प्रतिभाहरु नेपाल आइडलका अघिल्ला सिजनहरुमा आएको भन्दै यस पटक पनि उत्कृष्ट प्रतिभा पोखराबाट आउने बताए ।
नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर हुन् । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा पोखरा कै हुन् । पोखरा अडिसका लागि नेपाल आईडलको ७० जनाको टोली पोखरा आउदै छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

