विन्ध्यवासिनी मन्दिरबाट थालियो चलचित्र “इश्वर” को शुटिङ

पाेखरा | माघ २२, २०८०

विन्ध्यवासिनी मन्दिरबाट थालियो चलचित्र “इश्वर” को शुटिङ

पोखरा:  गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको नयाँ सिनेमा “इश्वर” को शुटिङ शुभारम्भ गरेका छन् । 

 

सोमबार साँझ विन्ध्यवासिनमी मन्दिरमा इश्वरको छायाँकन शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सिनेमामार्फत पोखराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

‘पोखरा सुन्दर नगरी हो । यहाँ अक्सर थुप्रै सिनेमाहरु छायाँकन भइरहेका हुन्छन् । पोखराको प्रचारप्रसारमा सिनेमा क्षेत्र मार्फत महत्वपूर्ण योगदान मिलेको छ ।’, उनले भने । 

 

सिनेमा सम्बन्धि गतिविधि बढाउन प्रदेश सरकारलाई घच्घच्याउन सिनेकर्मीको साथमा आफु पनि रहेको उनले बताए । सिनेमा इश्वरले समसामयिक विषयहरुलाई उठान गरि दृश्य मार्फत सकरात्मक सन्देश प्रवाह गर्नेमा आफु विश्वस्त रहेको भनाई उनको छ । 
 

आफु मन्त्री हुँदा प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्ने प्रक्रियाको सुरुवात भई नीति तथा कार्यक्रममा समेत समेटिएको र पछि राजनीतिक उताडचढावका कारण अगाडि बढ्न नसकेको उनले उल्लेख गरे ।

 

चलचित्रकर्मीहरुले पहल गरे प्रदेशमा विकास बोर्ड गठन पनि हुने उनले बताए । जसका लागि आफु सदैव साथमा रहेको भनाई उनको छ । 

 

कलाकार सुनील थापाले विन्ध्यवासिनी मन्दिरमा आफुले चिनो सिनेमाको छायाँकन पछि पाइला टेकेको सम्झना गरे । इश्वरको स्किृप्ट मन परेकाले आफु अनुबन्धित भएको भनाई उनको छ । 

 

माओत्से गुरुङले पोखरामा पछिल्लो समय एक पछि अर्को सिनेमा छायाँकन भइरहेको र यो पोखराका लागि राम्रो कुरा भएको बताए । काठमाडौंबाट मात्रै सिनेमा निर्माण हुन्छ भन्ने धारणालाई चिर्दै इश्वर माथि उठ्नेमा उनी विश्वस्त छन् ।

 

माओत्से गुरुङद्वारा निर्देशित सिनेमा “दयारानी” माघ २६ बाट अल नेपाल रिलिज हुँदैछ । 
 

इश्वर सिनेमाका नायक ध्रुव बहादुर थापाले सिनेमामा आउने सानै देखिको रहर बल्ल पुरा भएको उल्लेख गरे । आफ्नो अभिनयलाई लिएर उनी आशावादी देखिन्छन् । समाजको वेथिति, विसंगति, मायाप्रेम र जीवन संघर्षका कथा सिनेमामा रहेको उनले जानकारी गराए । 

 

नायिका कृष्टी गुरुङले सिनेमाबाट आफुले राम्रो तारिफ पाउने बताइन् । गुरुङ सिनेमामा अभिनय गरेकी उनी पहिलो पटक नेपाली सिनेमाको नायिकाको रुपमा देखिदैछिन् । 

 

निर्देशक राजु गिरीले इश्वरको कथा आफ्नोपनको कथा भएको उल्लेख गरे । कमेडी, लबस्टोरी र एक्शनमा सिनेमा बन्ने उनले जानकारी गराए । सिनेमाको सम्पूर्ण छायाँकन पोखरा र कास्की मादी गाउँपालिकाको याङ्गजाकोटमा हुनेछ । 

 

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने सिनेमाको मुख्य भुमिकामा कलाकार माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ ।
 

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् ।

 

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने सिनेमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।
 

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्...

थप पढ्नुहोस्

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  ...

थप पढ्नुहोस्

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्