मिस युनिभर्समा नेपाल 'टप ट्वान्टी'
काठमाडाैं | मंसिर ३, २०८०

काठमाडौं: यसवर्षको मिस युनिभर्स २०२३ मा नेपालको यात्रा अन्तिम २० मा पुगेर टुंगिएको छ ।
मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलेपनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन् ।
दीपिका अन्तिम २० मा छनोट भएपनि अन्तिम १० मा पुग्न सकिनन् ।
सन् २०१८ मा मनिता देवकोटा अन्तिम १० मा छनोट भएकी थिइन् । तर, दीपिकाको जस्तो प्रसिद्धी सम्भवतः नेपाली ब्युटी पेजेन्टको इतिहासमा यसअघि कसैले पनि पाएको देखिएन ।
सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका थिए ।
हुन पनि उनले मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचिन् । उनको आत्मविश्वासको पनि चर्चा भैरहेको छ ।
खासगरि, मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको प्रशंसा खुबै भयो । परिचय, नेसनल कस्ट्युमदेखि स्वीमसुट राउण्डमा उनको उपलब्धि हेर्दा उनी फाइनलिस्ट बन्ने अपेक्षा गरिएको थियो ।
ल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महा...
काठमाडौं: दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्ण...
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...