ओझेलमा उज्यालो
बाग्लुङ | असार ३, २०८२

यामबहादुर थापा मगर
बागलुङ नगरपालिका -१०, भकुण्डे, धौलेचउर, बागलुङ
सकारात्मक सोच बोकेका अभियन्ताहरू
शब्द बिना झल्किने दीप जस्तै
अहिलेसम्म
ओझेलमा छन् ।
ध्यानभन्दा टाढा,
ध्वनि भन्दा मौन।
उनीहरूले सुझाव दिन्छन्,
सल्लाह दिन्छन्,
तर ती ध्वनि
हावादारी भाइरलको कोलाहलमा हराउँछ।
किनभने आज
नकारात्मकता बिक्छ,
भय बेचिन्छ,
र विभाजन रमाइलो ठानिन्छ।
सृजनशील विचार पर्खिरहेका हुन्छन्
शान्त कोठामा
तर चिच्याउने झूटा आरोपहरू
स्क्रिन भरि फैलिन्छन्।
अब प्रश्न उठ्छ ।
कसरी सिर्जनात्मक बनाउने यो बिग्रिएको समाज?
कसरी हुर्काउने ती सकारात्मक सोचका बिरुवाहरू
जुन माटोमै बाँच्न चाहन्छन्,
तर पानीको साटो विष पाउँछन्?
सुरुवात आफैंबाट गरौं।
एक विचार लेखौं— जुन जोड्छ,
एक कथा बनाऔं— जसले पुल बनाउँछ,
र एक दृष्टिकोण विकास गरौं ।
जो आलोचना होइन, समाधान खोज्छ।
हामी सबै बन्न सक्छौं पथप्रदर्शक ।
जब नकारात्मकताको बिरूद्ध
एक चोखो विचार उभिन्छ।
जब ‘भाइरल’ होइन, ‘वास्तविकता’ बन्छ मूल्य।
सकारात्मक सोच
कमजोरी होइन, साहस हो।
सल्लाह दिनेहरू हँसिला मात्र होइनन्,
गम्भीर सपना देख्नेहरू हुन्।
त्यसैले,
हामी लेखौं, बोलौं, सिर्जना गरौं ।
शब्दमा गहिरो उज्यालो बोकेर,
कथा बनाऔं— जुन टोड्ने होइन,
टुटाउने होइन जोड्ने हो।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक वडावासी युवाको उद्धार गरेका छन्। वैदेशिक रोजगारीका लागि २ वर्षअघि दुबई पुगेका...
काठमाडौं: राष्ट्रिय शोक दिवसमा बुधबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ। गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २३ र भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान...
काठमाडौं: जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका छ वटा शव विभिन्न जिल्ला पठाइएको छ। भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका शव विभिन्न जिल्ला पठाइएको हो। शव अन्तिम ...